कहिँ नभएको बिरोध नेपालमै हुन्छ! बिरोध पनि हदसम्मका हुन्छन! बिराटनगरमा निस्केको यो ‘भिखारी एकता समाज नेपाल’ को जुलुस हेर्नुहोस !
भिखारीलाइ पनि पेशाको रुपमा बिकास गर्ने नियतले गरिएको यो जुलुस कुनै राजनीतिक शक्तिले आफ्नो निहीत स्वार्थ पूर्ति गर्ने गरेको सहजै अनुमान गर्न सकिन्छ । काम नगरी पैसा कमाउने यस्तो जुक्तिलाई कतिपय देशमा चोरी बराबरको दर्जा दिने गरिन्छ । नेपालमा संगठित रुपमा भिख माग्ने कार्यको थालनीको रुपमा बुझिने यस्तो जुलुसले अपराधिक गतिबिधिमा बढाबा दिने शंका गर्न सकिन्छ । भिखारीको जुलुसलाई प्रहरीको सुरक्षा सहित परिक्रमा गर्न दिइएको यस घटनाले भोली चोर, डाँका, तस्कर आदि अपराधिक गतिबिधी संचालन गर्ने व्यक्तिहरुले पनि संगठन खोलेर ब्यापार गर्न पाउने संदेश दिन्छ ।
भिखारीलाई न्यूनतम भिख रु ५ दिनु पर्ने माग राख्ने यस्तो जुलुस देख्दा अबका दिनमा भिखरीको पेशाको सुरक्षाको लागि शुरक्षा गार्ड र भिख माग्ने कलामा प्रशिक्षण आदि खबर आउन थालेमा पनि अचम्म नमाने हुने भएको छ । विराटनगरको कालीमन्दिरबाट सुरु भएको ६०–७० जना भिखारी सम्मिलित सो जुलुशले विराटनगरका विभिन्न ठाउको परिक्रमा गरेको छ । सो बिरोध जुलुसमा विराटनगरका भिखारीहरुले आफ्नो हक र अधिकार खोज्नुका साथै सामाजिक सदभाब कायम हुनु पर्ने माग पनि गरेका थिए ।
नेपालमा हुने बिभिन्न बिरोध, बन्द र आन्दोलन देख्दा बिरोध, आन्दोलन आदिमा गिनिज बुकले रेकर्ड राख्न थाल्ने हो भने कम्तिमा पनि ९० प्रतिशत रेकर्ड त नेपालले नै राख्छ होला । यस्तो खालको जुलुस देख्दा तपाईलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला ।
फोटो – सुबास कार्की, दिपेश राउत र अन्य मार्फत
अपडेट – यस सन्धर्भमा गणेश लम्सालको कुरा जायज लागेको ले थपिएको छ :
कसैले उक्साएर निकाल्न लगाएको भएपनि उनीहरुमा पनि चेतना हुन्छ भन्ने प्रस्ट पारे उनीहरुले । उनीहरु पनि मानव हुन । उनीहरुलाई राज्यले सधै भीखारी वनाईराख्न पाउदैन , यसैले उनीहरुलाई घरवास र रोजगार दिनुपर्छ भन्ने मेरो पनि सर्मथन । अझ यी वालिका भीख माग्ने भीखारीकै एक छोरी हुन । यिनका अरु ३ जना भाईवहिनी पनि छन । सडकमै जन्मेका यिनीहरुको दिन पनि वावु आमासंगै भीख मागेरै वित्छ । विद्यालयको मुख देखेका छैनन । कसैको नजर परेहुन्थ्यो यिनीहरु माथि ।
ठिकै हो नेताने त आ-आफ्नो माग लै त आदान गरेर छोडेका छैनन् यी भनेका त गरिब, असहाय , निमुखा हरु त हुन्नी
प्रचण्ड जी केहि भन्नु छ अब? तपाइको कार्यकर्ता होलान नहोलान, येनिहरुको माग सम्बोधन गर्न बार्तामा बोलाउने कि ? आखिरी सबैले जे मागे पाएकै छन् नि त . तपाईहरु अहिले भण्डारे हुनुहुन्छ ni.
यो बेग्गर संग को नेता पनि अब लखपति हुने भो ****
कति दुख को कुरा………अब त आफुलाई एउटा नेपाली भनेअर चिनाउन पनि लाज लाग्छ/ किन देश मा एस्तो हुदा पनि नेताहरु चुप लगेअर बसेका छन/ के नेपाल मा तेस्तो बेक्ती नै छैन जसले एस्तो अपराधिक गतिबिधि को बिरुद्धमा आवाज उठाउने …………धिकार छ ति हिजडा नेताहरुमा र ति पाखण्डी र लाचार जनताहरुमा……..!!!!!!!!!!!
कस्तो अच्मको………… दान पनि minimum र maximum हुन्छ र ………? दान भन्ने कुरो त आफनो कुशी र इच्छया को कुरो हो / तिनीहरु भिखारी भाको त काम गर्न जागर नभएर हो ……….stop f**king doing nonsenses things …..and do hardwork ……….f**king barbaric people ………….!!!!!!!!!!
भिकारी को त्यो ठाउँ मा हाम्रो नेता हरु भाको बा राम्रो दखिन्थ्यो