प्रचण्ड पुत्र, प्रकाश दाहालको जिवनि

नोट : प्रकाश दाहाल दिवंगत भएको एक बर्षको उपलक्षमा उनको एक स्मारिकामा प्रकाशित भएको थियो। यो प्रकाश दाहालको जिवनि सोहि स्मारिकाबाट साभार गरिएको हो। आनन्दको नेपालि अनुरुपको बनाउन यसमा भएका सबै दिर्घलाइ ह्रस्व बनाइएको छ।

(क) बाल्य काल :
साकार दाहाल क. ‘प्रकाश’को जन्म वि.सं. २०३८ साल असार महिनाको १७ गते (सन् १९८१ जुलाइ १) बुधबारका दिनचितवन जिल्लाको शिवनगर गाविसको भिमसेननगरमा भएको हो । पिता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माता सिता दाहालको कोखबाट जन्मिएका प्रकाश परिवारको कान्छो सन्तान थिए । तिन छोरि ज्ञानु दाहाल, रेनु दाहाल र गङ्गा दाहालपछि कान्छो सन्तानका रुपमा जन्मिएका कारण साकार ‘प्रकाश’ सानै उमेरदेखि सबैका प्रिय थिए ।
हजुरबुवा मुक्तिराम दाहालको परिवार वि.सं. २०१९ सालमा कास्किको ढिकुरपोखरिको लेवाडेबाट बसाइ सरि शिवनगर आएको थियो, जतिबेला प्रकाशका पिता प्रचण्ड जम्मा ८ वर्षका थिए । प्रचण्ड परिवारको निम्न मध्यमवर्गिय आर्थिक धरातल थियो । चितवनमा भएको अढाइ बिघा जमिनमा कृषि गरेर परिवार पालिन्थ्यो ।
जतिबेला प्रकाश दाहालको जन्म भयो, त्यतिबेला पिता प्रचण्ड तात्कालिन चौथों महाधिवेशनको ‘होल्टाइमर’को रुपमा भुमिगत राजनितिमा हेलिएका थिए । आर्थिक अवस्था दयनिय थियो । राजनितिक र आर्थिक असुरक्षाका बिच २०३८ मा प्रकाशको जन्म भयो । बुवाको भुमिगत राजनितिका कारण तिन छोरा र एक छोरा प्रकाशको लालनपालन र शिक्षादिक्षा आमा सिताकै मुख्य जिम्मेवारिमा आयो ।
प्रकाश दाहाल सानैदेखि निर्भिक र हक्कि स्वाभावका थिए । आफुलाइ जे कुरा लाग्थ्यो, त्यो फ्याट्टै भन्थे, मनमा लोभ र कसैप्रति इश्र्या बिल्कुलै थिएन । नयाँ कुरा देख्नेबित्तिकै सिक्नुपर्ने स्वाभाव प्रत्येक बालकमा हुन्छ, प्रकाशमा पनि त्यो स्वाभाव थियो, तर सरदरभन्दा ज्यादा । हरेक नयाँ कुरा सिक्न उनि उत्सुक भइहाल्थे । त्यहि उत्सुकताका कारण बाल्य कालमा पनि सबैका प्रिय थिए प्रकाश ।
प्रकाश सानैदेखि निकै असल र मिलनसार स्वाभावका थिए । आमा सिता दाहाल भन्छिन्, ‘‘सानैमा असाध्यै असल थियो प्रकाश । ‘नगर बाबु’ भन्नेबित्तिकै सबै कुरा मानिहाल्थ्यो ।’’शिवनगरका उनका दौंतरिभन्दा प्रकाश ज्यादा नै सरल थिए, जोसँग पनि घुलमिल भइहाल्थे । सरल स्वाभाव र आज्ञाकारिता नै सबैले प्रकाशलाइ गर्ने ‘विशेष माया’को मुख्य कारण थियो । भिमसेननगरका आम मान्छेका लागि एक रोमाञ्चक बालक थिए प्रकाश दाहाल ।
 Continue reading

भन्न नहुँने उखान टुक्काहरु, भाग २ (खुसुक्क पढ्नुहोस, शेयर नगर्नुहोस)

उखान टुक्काहरुको धनि नेपालि भाषा मा चलन चल्तिमा रहेका केहि उखान टुक्काहरु जाति बिशेष, महिलाहरु र अपांगहरुलाइ होच्याउने, जिस्क्याउने र दवाउने प्रकारका पनि छन । कुनै कालखण्डमा ठिकै सुनिने त्यस्ता उखानहरुले कतिपय मानिसहरुको आत्मविश्वासमा ठेस पुर्याउँछन, चित्त दुखाउँछन । तेसैले आजकल समाजमा त्यस्ता भनाइको प्रयोग गर्नु हुंदैन भन्ने जन बिश्वास बन्दै गएको छ। मैले केहि समय अघि जात जातिलाइ होच्याउने खालका उखान टुक्काहरु जम्मा गरेर एक लेख लेखेको थिएँ। अहिले तेस्तै महिलालाइ होच्याउने खालका उखान हरु जम्मा गर्ने जमर्को गरेको छु । यो सुचि तयार गर्ने प्रेरणा एक ट्विटरका मित्रबाट मिलेको हो । उनको ट्विट यस पोष्टको अन्त्यमा एम्बेड गरेको छु ।

यहाँ जम्मा भएका उखान टुक्का प्रयोग गर्दा महिला पुरुष, महिला महिला र पुरुष पुरुष बिच पनि बैमनष्यता बढ्ने, मानसिक आघात पुग्ने र समाजलाइ नै नराम्रो असर पुग्ने सम्भावना भएको हुनाले यि उखान प्रयोग नगर्नुहुन सबैलाइ अनुरोध छ । तर एक चोटि प्रयोग भएर प्रचलनमा आइ सकेको उखान टुक्कालाइ हटाउन वा मेटाउन त पक्कै मिल्दैन । तर, तिनलाइ प्रयोग नगर्दा ब्यक्तिगत र सामाजिक सदभाव कायम राख्न सजिलो हुन्छ :

  • आइमाइको रुद्रघन्टि हुदैन!
  • पोथि बासेको सुहाएन
  • घि का लड्डु टेडा भला । (मधेशको उखान)

महिलालाइ उपभोग्य बस्तु जस्तो ब्यबहार गर्ने पुरुष प्रधान समाजको झझल्को दिने यि उखानहरुले हाम्रो समाजको कुरुप रुप देखाउँछ:

  • बैंशमा बिसवटा पोइ, मर्ने बेलामा कोहि न कोहि।
  • मर्दका १२ ओटि जोइ!
  • गुन्द्रुकलाइ पकाउनु पर्दैन र सालि फकाउनुपर्दैन
  • गुन्द्रुकको खानु झोल, कमारिको खानु मोल
  • लट्ठि टेके भर, कान्छि ल्याए घर

 Continue reading

आमाको बारेमा चर्चित भनाइहरु

१) तिमि मलाइ एक असल आमा देउ म तिमिलाइ एक असल राष्ट्र दिनेछु ।
– नेपोलियन बोनापार्ट

२) कलाको क्षेत्रमा नै आमाले गाउने गित भन्दा सुन्दर अरु केहि हुनै सक्दैन ।
– बिल्लि सण्डे

३) भगवान सबै तिर हुन सक्दिनन्, त्यसैले उनले आमा बनाइन।
– रूडयार्ड किप्लिङ

४) म जो हुँ वा जो बन्न चहान्छु, त्यसको श्रेय मेरि आमालाइ जान्छ ।
– अब्राहम लिंकन

५) आमाको काख कोमल हुन्छ जहाँ बच्चाहरू सुत्छन् ।
– भिक्टर ह्युगो

६) जसको साथमा ममतामयि आमा हुन्छिन्, ऊ कहिल्यै पनि गरिब हुन सक्दैन ।
– अब्राहम लिंकन

७) यदि तिमिलाइ निस्वार्थ माया चाहिएको छ भने, अामाको काखमा जाउ ।
– केशर

८) आज मैले जति गरें यि सबैको लागि म मेरि आमा प्रति ऋणि छु ।
– जर्ज वासिंगटन

९) दिल खोलेर रूनका निम्ति सबैभन्दा उत्तम ठाउँ हो आमाको काख।
– जोडि पिकोल्ट

१०) मेरि आमा एक जिउदो भगवान हुनुहुन्छ ।
– लियोनार्डो डिकाप्रियो

११) संसारको सबैभन्दा धनि मानिस पनि आफ्नो आमा बिना त गरिब नै हुन्छ ।
– अज्ञात

१२) मलाइ मेरा श्रिमति र छोराछोरिलाइ प्रेम गर्न सिकाउने पनि मेरि आमा नै हुन।
– अज्ञात

म जे छु त्यसको कारण हुनुहुन्छ मेरी आमा । मेरो जीवनको अस्तित्वको केन्द्रमा कोही छ भने मेरी आमा हुनुहुन्छ ।
– गगन थापा

केपि ओलिको ऐतिहासिक नयाँ बर्ष २०७५ को सम्बोधन रारा ताल बाट (पुर्ण पाठ)

नोट – पुरा भिडियो अन्त्यमा राखिएको छ । अरु पोष्टमा जस्तो यसमा दिर्घलाइ ह्रस्व बनाइएको छैन ।

आदरणीय दिदी बहिनी तथा दाजुभाइहरु !
१. नयाँ वर्ष २०७५ को शुभारम्भमा म यहाँहरु सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

२. नयाँ बर्षको पहिलो विहानी प्रकृतिको यस अनुपम सिर्जना राराको आँगनमा उभिएर यहाँहरुलाई संवोधन गर्न पाउँदा निकै खुशी लागेको छ । रारा आफैमा प्रतीक हो हाम्रो प्राकृतिक सौन्दर्य र वैभवको, हाम्रो संभावना र भविष्यको । अपरिमित प्राकृतिक र सांस्कृतिक सम्पदा, अनेकौं सामाजिक र जैविक विविधता र जीवन्त एवं स्वाभिमानी जनता– समृद्धिका लागि आवश्यक सबै कुरा हामीसँग छन् । तर अर्को पृथक परिदृष्य पनि मेरा आँखामा नाचिरहेको छ– नानीहरुका लागि गतिला विद्यालय र त्यहाँसम्म पग्ु न भरपर्दा बाटा र पुल छैनन् । सुत्केरी व्यथाले च्यापेका आमाहरुलाई बचाउन हामीसँग पर्याप्त मानवीय र भौतिक संशाधन छैनन् । कर्णाली लगायत नदी अविरल बगिरहेका छन्– तर गाउँ बस्ती अँध्यारै र खेतबारी बाँझै छन् । अनि गर्भभित्र अपार संभावना बोकेर पनि मानव सूचकाब्कको पुच्छारमा रहेको यो कर्णाली प्रदेश ठूलो सामाजिक आर्थिक रुपान्तरणको पर्खाइमा छ ।

३. नयाँ वर्षको आरम्भ कर्णाली प्रदेशबाट हुनुको एउटा अर्थ, हामी आज कहाँ उभिएका छौं, हाम्रो यात्रा कुन हो र हाम्रो गन्तव्य कहाँ हो भन्ने संकल्पलाई स्पष्ट पार्न पनि हो । “समृद्ध नेपाल र सुखी नेपाली” को हाम्रो संकल्पलाई कर्णालीसँगै सिब्गो नेपालको समृद्धिले मात्रै सार्थक तुल्याउन सक्छ ।

४. दोस्रो कार्यकाल प्रधानमन्त्रीका रुपमा यहाँहरु समक्ष उभिन पाउँदा म असाध्यै गौरवान्वित छु । जिम्मेवारीवोधले उत्तिकै गंभीर पनि भएको छु । तेह्रथुम जिल्लाको एउटा निम्नमध्यम परिवारमा जन्मेर जीवनका अनेकौं मोड पार गरेर यस बिन्दुसम्म आइपुगेको आफ्नो जीवन–यात्रालाई मैले परिवर्तनका संवाहक जनताको अदम्य इच्छाशक्तिको परिणाम ठानेको छु । एउटा सामान्य नागरिकलाई मुलुकको कार्यकारी प्रमुख बनाउन सक्ने लोकतान्त्रिक प्रणालीको सामथ्र्यका रुपमा मानेको छु । यसलाई मैले जस्तासुकै प्रतिकूलताको सामना गरेर आफ्नो स्वाभिमान र स्वाधीनता कायम राख्न सफल हाम्रो राष्ट्रको विवेकपूर्ण फैसलाको रुपमा बुझेको छु । यसैले म, सार्वभौमसत्ता सम्पन्न नेपाली जनता, सधै स्वतन्त्र नेपाल राष्ट्रको माटो एवं लोकतन्त्रप्रति आफ्नो उच्च सम्मान र अविचलित प्रतिवद्धता पुनः प्रकट गर्न चाहन्छु । आदरणीय अग्रजहरु र प्रातःस्मरणीय शहीदहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु ।
 Continue reading

के अब प्रचण्ड बस्ने घर आँफ्नै हुन्छ ? कि नयाँ बन्ने नेकपा को हुन्छ ?

दुइ बर्ष अघि बनाएको निम्न भिडियोले भर्खर १० लाख भ्यु पाएछ। यो अनौठो संयोग नेकपा माओबादि र नेकपा एमाले बिच एकता संगै मिलेको छ । उक्त भिडियोमा कसरि देशको अवस्था जति बिग्रे पनि हाम्रा नेताहरुले आर्थिक अवस्था भने सप्रिरहेको छ भन्ने देखिन्छ । यो भिडियो रिपोर्ट मा देशका शिर्ष नेताहरु कस्तो घरमा बस्छन भन्ने विवरण समावेश गरिएको छ।

केहि समय पहिले मैले प्रचण्डको नयाँ घरको बारेमा पनि भिडियो रिपोर्ट बनाएको थिएँ यहाँ हेर्नुहोस - 

त्यो बेलामा प्रचण्ड र बाबुराम पार्टी निर्णय अनुसार भाडाको घरमा बस्थे। अब त माओबादि पार्टि पनि एमालेमा बिलय भएको छ। के प्रचण्डले अब भर्खर सरेको नयाँ बास्स्थान भाडाको नभएर आँफ्नै हो भन्लान त? 
 Continue reading

राशिअनुसार प्रेम

राशिअनुसार मानिसको स्वभाव पनि फरक हुने विश्वास गरिन्छ । ज्योतिषशास्त्रको मान्यताअनुसार राशिकै आधारमा व्यक्तिको स्वभावको मुल्याङ्कन र भविश्य निर्धारण गरिन्छ । मानिसमा राशि अनुसारको स्वभाव हुने हुनाले सम्बन्ध, प्रेम प्रसङ्ग लाइ पनि जोडन मिल्छ ।

विवाह गर्न र प्रेम गर्न कुन राशिसंग राम्रो होला भन्ने कौतुहलता मेटन प्रस्तुत छ – तपाईको राशि कुन राशिसंग मेल खान्छ र कुन संग खाँदैन।

मेष राशि

राम्रो – मेष, सिंह या धनु
सामान्य – कुम्भ, तुला या मिथुन
ठिकै – वृष, कन्या या मकर
नमिल्ने – वृश्चिक, मिन या कर्कट

वृष राशि

राम्रो – वृष, कन्या या मकर
सामान्य – कर्कट, वृश्चिक या मिन
ठिकै – मेष, सिंह, या धनु
नमिल्ने – मिथुन, तुला या कुम्भ

मिथुन राशि
 Continue reading

१० जना डिभोर्स गर्ने अभिनेत्रिहरु

नेपालि चलचित्र क्षेत्रमा श्रिमान श्रिमति बिचको खटपट र सम्बन्ध बिच्छेद को समस्या विकराल छ । लामो समयसम्म विवाह टिक्ने भन्दा सम्बन्ध बिग्रने धेरै छन । यसरि सम्बन्ध बिग्रनेमा नायक नायिका मात्र नभएर निर्माता, निर्देशक, प्राविधिक आदि पनि धेरै छन । आज म सम्बन्ध बिच्छेद हुने २ दर्जन नायिकाहरूको चर्छा गर्दैछु

1. रिमा विश्वकर्मा र रोर्बट विश्वकर्मा

सन २०१५ मा बिवाह गरेका नायिका तथा मोडल रिमा विश्वकर्मा र बेलायत बस्ने उनका श्रिमान रोबर्टले दुइ बर्षमा नै सम्बन्ध बिच्छेद गरे । सन् २०१५ को अन्त्य तिर प्रेमी रोबर्ट बिकसँग रिमाले विवाह गरेकी थिइन् । शुरुको १ बर्ष सुमधुर रहे पनि उनिहरु बिच त्यसपछि भने फाटो बढ्दै गयो । अनिले उनिहरु कानुनि रुपमा नै अलगिएका छन भने रोवर्टले अर्को विवाहको तयारि पनि गरिसकेका छन ।

रिमाका पुर्वश्रिमान रोवर्ट विकले मोरंग स्थायी घर भएकी बर्षा रसाईलिसँग इन्गेजमेन्ट पनि गरि सकेका छन ।

2. अरुणिमा लम्साल र अमित अर्याल

विवाह गरेको लामो समय पछि एक छोरिका बाउआमा अरुणिमा लम्साल र अमित अर्याल अमेरिका पुगेर डिभोर्स गरेका छन, सन २०१७ मा । अरुणिमाले स्वतन्त्रता नपाएको भन्दै सम्बन्ध टुंग्याएको भने पनि सो बारेमा अरु विवरण प्राप्त हुन सकेको छैन ।

अरुणिमा र अमित आँफ्नि छोरिका साथ ग्रिनकार्ड लिएर अमेरिका गएका थिए ।


सन २०१२ को फोटो – अरुणिमा र अमितको
 Continue reading

अनमोल र अदितिको रोमान्स स्कटल्याण्डमा, फिल्म “क्रि” को दोश्रो गित रिलिज हुँदै

नोट – कृ, कृष्ण आदि संस्कृत आगन्तुक शव्द भएको र “रि”आवाज आउँने ृ नेपालि भाषामा छैन । हिन्दि संस्कृतमा “ऋ” हुने भए पनि नेपालि वर्णमालामा यो अक्षर नै नहुने हुनाले मैले यसको सट्टा “रि” प्रयोग गर्ने प्रयास गरिएरहेको छु । “ऋषि” लाइ “रिषि” लेख्दा अनि “संस्कृत” लाइ “संस्क्रित” लेख्दा कस्तो देखिएला कमेन्ट गर्नुहोला । हुन त आजकल “ऋतु”लाइ सजिलो बनाएर “रितु” लेख्न पनि थालिएको छ ।

नेपालि सिने क्षेत्रमा अनमोलको अचम्मको क्रेज देखिएको छ । युवाहरु बिच मन पराइएका अनमोल केसि र नव-नायिका अदिति बुढाथोकिको बहुप्रतिक्षित फिल्म “क्रि” यहि हप्ताबाट देशभर प्रदर्शन शुरु हुँदै छ । फिल्मको ट्रेलर र एउटा गित (“यति यति पानि” बोलको) चर्चित भएकोले फिल्मको शुरुवाति ब्यापार राम्रो हुने सम्भावना देखिएको छ। फिल्म को त्यस पछिको ब्यापार भने दर्शकहरुले दिने प्रतिक्रियाले नै निर्धारण गर्नेछ।

फिल्मको दोस्रो गित सोमवार सार्वजनिक गरिंदैछ । फिल्म रिलिजको २ हप्ता अघि स्कटल्याण्ड पुगेर हालैमात्र ३ दिन लगाएर खिचिएको ‘मैले जानि नजानि’ बोलको गितको भिडियोमा अनमोल र अदिति को रोमान्स देखिन्छ । रोदित भण्डारिले गाएको र उनकै शब्द र रोदित ले विशेष पाण्डेसंग मिलेर कम्पोज गरेको संगितले दर्शकहरुको कत्तिको मन छुने हो हेर्न बाँकि नै छ ।

“क्रि”लाइ सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् फिल्म र गित पुरुषोत्तम प्रधानले खिचेका हुन भने गिरको कोरियोग्राफि विक्रम लामा र एन्जिलिना खत्रिले गरेका हुन् ।
 Continue reading

दुध बेच्न घर घर जानुपर्छ, पानी मिलाएको शंका हुन्छ, रक्सि नि?

कुरो:

१- पहिला घरमा खाएर बाहिर शौचालय जान्थे आजकल बाहिर खान्छन घरमा शौचालय जान्छन।

२ -पहिला बिहे भोजमा घरकाले खाना बनाउथे, बाहिर बाट नाच्ने आउथे आजकल घरका नाच्छन, बाहिरका खाना बनाउन आउछन।

३ -पहिला मान्छे साइकल चढ्दा गरिब सोच्थे आजकल कार चडेर जिम जान्छन साइकिल चलाउन !

४ – पहिला मान्छे कुकुर घरभित्र नपसोस भनेर रक्षा गर्थे आजकल ढोकामै कुकुर बाधिन्छ!

यि त भए महत्वपूर्ण परिवर्तन हरु! अब मान्छेको स्वभावको वर्णन :

#मान्छेको लाशलाइ छेए नुहाउंछन मान्छेहरु तर जनावर मारेर त्यो लाश खान्छन,

#मन्दिर-मस्जिद्मा गरिबहरु बाहिर भिख माग्छन र धनिहरु भित्र भिख माग्छन, 

#बिहेमा जादा दुलाहा पछाडि र जन्तिहरु अगाडि हिड्छन भने मर्दा लाश अगाडि र मलामिहरु पछाडी: सुखमा दुनियाँ अगाडि र दुखमा पछाडि हुन्छ , 

#मरेकालाइ मैनबत्ती जलाएर याद गर्ने र मैनबत्ती निभाएर जिउंदाको जन्मदिन मनाउने,,

#जिन्दगीभर बोझ काँटिले उठायो, तर मान्छेहरु तारिफ तस्बिरको गर्ने गर्छन,

#पाउजु हजारौं रुपैयाँ पर्छ तर खुट्टामा लगाइन्छ भने टिका एक रुपैयामा आउँछ जुन सिरमा लगाइन्छ,

#एउटा लाइब्रेरिमा नलडेका गिता ,कुरान,बाइबल जस्को लागि हामी लडिरहेका छौ र जो तिनिहरुको लागि लड्छन तिनिहरुले यि कैहिले पढेनन,

#नुन जस्तो कडा वचन दिनेवाला नै साचो मित्र हुन्छ इतिहास साँचि छ – नुनमा कहिले किरा लाग्दैन र अक्सर मिठाइमा किरा लाग्ने गर्छन,

# रक्सिवाला कहि जादैन-तर दुध बेच्न घर घर जानुपर्छ र दुधवालालाइ सधै सोधिन्छ पानी त मिलाइनस तर रक्सिमा आफै पानी हालेर पिउछन,

#मान्छेको सोच हेर्नुस: जनावर भन्यो भने रिसाउछ तर तिमी त सिंह हौ भन्यो भने खुशी हुन्छ। 


फोटो- भुषण दहाल। 

खोला तार्नुको मज्जा, प्रकटको रोमान्टिक गजल

प्रकट त्यस्ता साहित्यिक सर्जक हुन जस्ले केहि धारिला आरोप खेप्दै आएका छन् – औधि रसिक, शृंगारिकताको नाममा उनि अश्लिल गजलका पस्कन्छन भनेर । हुन पनि उनि रतिरागयुक्त गजल लेख्नेमा अग्रपंतिमा आउँछन। उनका गजलका सेरहरू काउकुति लगाउने खालका भएको उनका पारखिहरुको भनाइ छ। तेस्तै अर्को गजल छ :

भिडियोमा :

यो गजल कसरि लेखियो भन्ने प्रश्नको उत्तरमा प्रकट भन्छन, “विवाह भएपछिको पहिलो दशैमा टिकाकै दिन ससुरालिमा पनि टिका लगाउन जानुपर्ने चलन छ । २०३५ सालमा मेरो विवाह भएको हो । ससुरालालि जान कास्किबाट मादि नदि तरेर लमजुङ पुग्नु पर्दथ्यो । मादि नदिमा त्यो बेलामा पुल थिएन । एक जना महिला नदि वारि बसिरहेकि रहिछन् । उनले खोला तार्दिन अनुरोध गरिन् । पहिले श्रिमतिलाई तारे त्यसपछि उनलाई खोला तारिदिए । उनि कहाँकि को थिइन मतलब भएन् । हामि छुट्टियौ, गयौं । त्यो सन्दर्भ त्यत्तिकै सकियो । त्यसको धेरै वर्षपछि ससुरालि गएँ । त्यसबेला मादि नदिमा पुल बनिसकेको रहेछ । पुल तर्दै गर्दा कुनै समय एक महिलालाई खोला तारिदिएको याद आयो । भोलिपल्ट पोखरामा आएर यो गजल लेखेको हुँ । ‘छोयो के मा पाखुराले…’ भन्ने चाहिँ विम्ब हो । यो माहौल तताउँने गजल छ र मलाई मिठो पनि लाग्छ । ”

गजलको बोल शब्दमा :
 Continue reading