एउटा रोचक प्रेम प्रस्ताब

propose_loveभ्यालेन्टाइन पर्व हिडेको नि एक हप्ता बढी भै सक्यो | यस्तो झिना मसिना कुरा के लेखिरहनु भन्ने सोच्दै थिएँ | तर नलेखी मन नै नमान्ला जस्तो भो | यसरी लेखाइमा आफुलाई प्रकट गर्नु पनि नशा जत्तिकै हुदो रहेछ | त्यसमाथि साथीभाई संगै कुरा गरे जसरी लेख्ने बानी छ आफ्नो त !

गाउँमा जब रोपाईको मारामार हुन्छ मेलापातको लागि पर्म भने जस्तो ….तँ फलानो दिन मेरो मेलामा आइज न है भने जस्तै हुन खोज्द्दै थियो मलाई यो पालिको भ्यालेन्टाइन डे | एक हप्ता अगाडी नै मेरो साथी सर्कलको एउटा केटोले कल गरेर त्यस्तै त्यस्तै कुरा गर्यो |

उसको भनाइ अनुसार, उसले अहिले सम्म देखेको, भेटेको केटीहरु मध्ये म नै सबै भन्दा राम्री अनि असल अरे | मान्छेहरु अरुलाई फुर्क्याउन के के भन्छन भन्ने मलाई थाहै नभए जस्तो क्या !

उसले अहिले सम्म कसैलाई आफ्नो गल्फ्रेंड बनाएको छैन रे ! कतिन साँचो र झुट बिचको भेउ नै पाउन नसक्ने जस्तो मैले !

उसका कुराहरु सुन्दै बनावटी, होमा हो मिलाउदै मन मनै हासें | सब भन्दा बढी हासों त मलाई त्यतिखेर उठ्यो जतिखेर उसले टिकट नै बुकिंग गरे जसरी भन्यो हेर अबको सात दिन पछी भ्यालेन्टाइन छ तिमीलाई त्यो दिनको लागि भनेर आजै भनी राख्छु, बुझ्यौ ? त्यो दिनमा एक कल गरेर एक राउण्ड प्रपोज चै दिने हो | तिम्रो जवाफ के हुनेछ त्यो पनि मलाइ थाहा छ किनकि मेरो शब्दहरु सुने पछी जो कोही पनि लट्ठ परेकै हुन्छ | बस मेरो कललाई पर्खेर बस मात्र न !

 Continue reading

नेपाली कलाकारहरुको दरिद्र मानसिकता

namrata_shrestha_2अघिल्लो हप्ता सुन्दर नायिका नम्रता श्रेष्ठसंग सक्षात्कार् हुने सुनौलो अवसर पाएँ | त्यो अवसर त्रिविको शैक्षिक नाटकको दर्शक बन्ने क्रममा मिलेको थियो | "ओलिएना" नामको उक्त नाटकका कलाकारहरु उनी लगायत अनुप बराल,दिया मास्के इत्यादी थिए | सेलिब्रेटीहरु भन्नाले हामी जस्तै तर अलि बढी प्रतिभाशाली र त्यसको प्रदर्शन पहुँच भएका व्यक्तिहरु हुन् भन्ने सोच्दा सोच्दै एउटा साधारण दर्शक मन उनीहरुको उपस्थितिमा त्यसै त्यसै आकर्षित अनि अचम्भित बन्दो रहेछ | अझ नम्रता त मेरो नजरकी नेपाली सिने जगतकै अत्यन्त सुन्दर नायिका, उनी प्रति म हुरुक्कै हुनु स्वाभाविक नै हो |

म्युजिक भिडियोको सुरुवाती दिनहरुमै मलाई उनी सारै राम्री लाग्ने, उनले अभिनय गरेको फिल्म "सानो संसार" र "मेरो एउटा साथी छ " हेरे पश्चात त झनै उनको सुन्दरता, अभिनय, नृत्य कौशलताले  मेरो मनै लोभ्यायो | उनको जीवनमा आएको तीता आरोह अबरोहलाई जुन आत्मविश्वास र साहसका पार गरिन् त्यसपछि म अझ एउटी नारीको हैसियतमा उनको कदर गर्ने नै भएँ |

oleanna_namrata

त्यस दिन अचानक दर्शकदीर्घाको एउटा कुनामा (त्यही मेरो टिकट परेको रहेछ|) उनलाई देख्दा म अवाक् भएकी थिएँ | खुसीको सिमा नै रहेन | पर्दामा देखिए भन्दा अलिक बढी नै राम्री पनि लागिन् मलाई उनी | मलाई उनीसंग भलाकुसारी गर्ने मन भो तर, उनको दायाँ बायाँ हेर्ने र त्यहाँको माहौल बुझ्ने तत्परता कम देखे पछी म केहि हच्किए | यधपी, कलाकार हुन् हामीले उनीहरुको काम नहेरिदिए, इज्जत र माया नदिए कसरी उनीहरुको हौसला बढ्छ त भन्ने सोचाइले मैले सुटुक्क उनीसंग अटोग्राफको लागी अनुरोध गरें | आखिर कलाकार र उनको फ्यानबीच संचार गर्ने अरु बाटो नै के पो छ र ?

तर बिडम्बना, मेरो यो प्रयास असफल भयो |

अब यस्तो परिस्थितिमा कस्तो महशुस हुन्छ हामी आफै बिचार गरौ त ! साच्चैं भन्नु पर्दा मलाई आत्मग्लानी भयो | व्यर्थै अटोग्राफ मागी टोपलेछु भन्ने पश्चाताप पनि | खैर, जे होस् उनी नाटककै रिहर्शलको क्रममा भएकीले होला भन्ने अनुमान गरी चित्त बुझाएँ | यधपी, मलाई आज पनि उनी त्यत्तिकै सुन्दर लाग्छिन | अनि उनको फिल्म,म्युजिक भिडियो पनि म उत्तिकै मग्न भएर हेर्नेछु |

namrata_shrestha_bell

अँ,यो घटना पछी भने नेपाली सेलिब्रेटीहरुको मानसिकता बारे मलाई आफ्नो दिमागले भ्याएसम्म सोच्न मन लाग्यो | म कुनै रंग पत्रकार त हैन जसको ठुला स्टारहरुसंग राम्रो सम्बन्ध होस् | म त एक सामान्य दर्शक र एक आमनागरिक हूँ जो नेपाली कलाजगत अन्य जत्तिकै माथि उठोस् भन्ने चाहन्छ, जसले कहिलेकाही सुटिंगस्पट र त्यस्तै कार्यक्रम देखि बाहेक स्टारहरुलाई काँचको पर्दामा मात्र देखेको छ | तैपनि कलाजगतको पक्षहरुप्रति बढी नै चासो राख्ने हुनाले यस्ता कुराहरु सोच्न अभिप्रेरित हुन मन लाग्यो अनि लाग्यो कतै यस्तै साना तिना कुराहरुले नै  हाम्रा सेलिब्रेटीको क्रेजलाई घटाई रहेका छैनन् ?

 Continue reading

टेन्स मिल्ने सेन्स नमिल्ने कुराहरु गर्ने देखि …

calling_girl कुरा करिब ७ महिना अघिको हो | मलाई कुनै कामको अफर गर्दै एउटा कल आउने वाला थियो | म त्यसैको प्रतीक्षामा थिए | जब फोनको घन्टी बज्यो एउटा पुरुष आवाज मेरो कानमा आएर ठोक्कियो

"हेलो , हजुर ऋतु जी बोल्नु भएको हो? उहाँ संग थोरै काम भएर कल गरको …|"

"हजुर म नै हुँ ऋतु , भन्नुस के काम थियो होला? "

"ए मेरो नाम शैलेश ..हजुरको साथी संगीताले मलाई यो नम्बर दिनुभएको थियो | हजुरसंग कामको शिलशिलामा केहि कुरा गर्नु छ के हामी एकछिन भेटेर कुरा गर्न सक्छौ? "

"हवस् किन नहुनु ? बरु समय स्थान बताइदिनु भए बेश हुन्थ्यो |"

"भोलि ३ बजेतिर लैनचौरतिर आउनुस न त हुन्छ ?"

"हुन्छ म कल गर्नेछु त्यसो भए भोलि त्यहाँ पुगेर |"

"हवस् त त्यसो भए अहिलेलाई राखौ है त ?"

"हुन्छ "

काठमाडौँमा काम पाउन गाह्रो हुन्छ भन्ने सुनेकी थिए तर आएको ३ दिनमै कामको लागि फोन आउदा मलाई औधी खुसी लाग्यो | र यो संयोग मेरी साथी संगीतबाट जुरेको थियो |

नचिनेको, नदेखेको मानिसलाई पहिलोचोटी भेट्नु बढो दुख हुने रहेछ तर रमाइलो पनि | त्यो मेरो जीवनकै पहिलो अनुभव थियो | भेटमा परिचय आदान प्रदान गरियो | पढाइ अनि अन्य सिपहरुको कुरा भयो | उसले मलाई २ वटा अप्सन दियो | एउटा टाइपिस्टको अनि अर्को प्रोग्राम प्रिजेंटरको | दुवै मिडियासंग सम्बन्धित थिए | ऊ आफै पनि मिडियामै काम गर्ने मान्छे रहेछ | आफ्नो धेरै ठाउँमा कनेक्सन भएको र मलाई चाडो भन्दा चाडो काम दिलाइदिने कुरा समेत गर्यो | यति ठुलो मानिस मेरो सम्पर्कमा आएको रहेछ भन्ने सोच्दै फेरी पनि मख्ख परे | भोली उसको अफिसमा केहि कामको आइडिया सेयर गर्न मलाई लैजाने बाचा सहित हामी छुट्टियौ | कोठामा आए | सबैसंग फेरी यो कुरा सेयर गरे | सबैजना खुसी हुनु भो मैले चाडै काम पाउने भए भनेर | बेलुका जसो फेरी उसले कल गर्यो | खानपिनको कुरो सोध्नलाई रे | अब औपचारिकता त आफुले पनि निभाउनै पर्यो ! मैले पनि सोधिदिए |

 Continue reading

क्याम्पस गफ – हिरो, भिलेन र हिरोइन

actors "हेर न यो गम्भीर भन्ने केटो कति हल्ला गर्छ है रिसै उठ्दो | "
"त्यही त भन्या नाम चै गम्भीर रे मान्छे चै कति वकवके हो है?"
"अँ भन्या दिक्क लाग्दो …यो मान्छेले नजानेरै सोधेको हो त म्यामसंग ?"
"ह्य़ा… के नजानेर नि म्यामलाई जाचेको होला नि | "
"त्यस्तै देखिन्छ त नि खाली क्रस क्वैस्चन गर्छ त नि ह्या क्लासमा हल्ला भाको यो मान्छेले किन ध्यान नदेको होला के !"
"दिमाग भए पो ध्यान दिन्छ , दिमाग नै उडेको जस्तो छ देखेनौ कस्तो वाहियात प्रश्नहरु पनि सोध्छ ?"
"त्यहि त जे.पी.टी. सोधेर हैरान के !"

क्याम्पसको पढाइ सुरु भएदेखि २/४ दिन यता खालि प्रश्नहरु मात्र सोधेर जान्ने र बुझ्ने जस्तो देखिन खोज्ने एउटा केटो प्रति लक्ष्यित गर्दै म र मेरो साथीले गरेको कुराकानी थियो यो …|

उसलाई प्रश्न नै नगर्न पनि भन्न सकिन्नथ्यो यता आफुलाई भने कक्षामा हुन गएको हल्लाले गर्दा दिक्दार लागेको थियो त्यसैले मैले आफ्नो दिक्दारी यसरी नै आफ्नो साथीसंग पोखेकी थिएँ | कक्षामा धेरै कम बोल्ने अन्तर्मुखी स्वभावकी मलाई उसको हाउभाउ र अनाबस्यक वकवक मनै परिरहेको थिएन | त्यसो हुदा कहिले काँही परिचयको लागि होला, हामीतिर हेरेर उसले मुसुक्क हाँस्दा पनि म भने नदेखे झैँ गरिदिन्थें | जीवनमा पहिलो पल्ट यति ह्यान्डसम मान्छेको मुस्कानको प्रतिक्रियामा म नबोलिकन आफ्नो रिस ब्यक्त गरिरहेकी थिएँ |

के गर्नु, टक्क मिलेको शरीर, पर्याप्त उचाई, गहुगोरो अनुहार, मिलेका दन्त लहर … त्यति राम्रो मान्छे पनि मलाई भने फिटिक्कै मन परिरहेको थिएन | त्यो हुन्छ नि… कोही मान्छे किन किन त्यसै मन पर्दैन | उसले हामीलाई केहि नगरे पनि त्यसै रिस उठ्छ नि ,त्यसलाई ग्रह नमिलेको पनि भन्छन नि ! हो त्यस्तै भएको थियो मलाई | उसको वाहियात लाग्ने प्रश्नहरुले नै म मा यस्तो नराम्रो छाप छोडेको थियो सायद | यधपी धेरै बोल्ने मान्छे चाडै सबैको नजरमा पर्ने र चर्चित हुने अनि हाम्रो बानी पनि अरुकै चर्चा गर्ने भएको हुँदा साथीहरुबाट उसको नाम "गम्भीर" हो भन्ने सम्म थाहा पाएकी थिएँ | हुदाँ हुदाँ मलाई मनै नपर्ने त्यही केटोले "हिरो अफ दि क्लास " को उपाधि समेत कुम्ल्यायो |

 Continue reading

यी अधरलाई चुमेकोमा गाली अझै बाँकी नै छ (गजल)

  • ब्लग धारा – के, किन, कसरी ?
  • बिषय – चुम्बन (किस)
  • शिर्षक – यी अधरलाई चुमेकोमा गाली अझै बाँकी नै छ (गजल)
  • महिना – श्रावण, २०६८
  • मुख्य पेज

kissing_couple यी अधरका बैश चोर्ने बनिदिन्छौ चोर कहिले
खै त तिमीले चोरे पनि लाली अझै बाँकी नै छ

चोरीदा नि रित्तिन्न म दिलको फूल खुल्दै जान्छ
सम्झिदिन्छु  यी फूल हेर्ने माली अझै बाँकी नै छ

दुइ मुटुको टकरावमा झरे होलान दिलका फूल
सम्झदैछु ती फूलहरुको डाली अझै बाँकी नै छ

ए निष्ठुरी बेइमानी, हजार दाउ होलान तिम्रो
यी अधरलाई चुमेकोमा गाली अझै बाँकी नै छ |

 Continue reading

एक दिन, ल क्याम्पस भित्र

law_statue_law_campus_kathmandu गाउँमा पढ्दा गुरुहरुले प्रश्न गर, मलाई नजानेको कुरा सोध भनेर बारम्बार कराउनु हुदाँ पनि हामी घोसे मुन्टो लगाएर चुप चाप बस्ने गरेको कुरा यति खेर खुब याद आइरहेको छ | दिन दिनै जसो गुरुहरुबाट केहि मिनेटको बक्तब्य आउथ्यो हाम्रो मौनता बिरुद्द | सोच्नुभो होला स्नातक तह जस्तोमा पढ्ने बिद्यार्थीहरुले पक्कै पनि केहि असहमति सहित क्याम्पस बिरुद्ध केहि मौन आन्दोलन गरेका होलान तर कुरा त्यसो हैन सहरमा जस्तो हाम्रो गाउँ तिर भर्खर भर्खर खोलिएको क्याम्पसमा राजनीतिक खिचातानीको छायाँ सम्म पनि परेको थिएन | हामी सारै लाटा बिद्यार्थीको बर्गमा पर्थ्यौ | दोहोरो अन्तरक्रिया भन्ने फिटीकै हुदैनथ्यो | कक्षाकोठा यति शान्त हुन्थ्यो कि एउटा गुरुले त हामीलाई तोकेरै भन्नु भएको थियो "तिमीहरुले गरी खादैनौ अहँ  छुल्याई बठयाँइ गर्न नसक्ने मान्छे यो दुनियाँमा बाँच्नै मुस्किल छ |  तिमीहरुले के गर्लौ त खै एउटा कुरा पनि सोध्दैनौ त? कि त सबै कुरा जानेर सोध्दैन मान्छेले कि त केहि कुरा नि नजानेर सोध्दैन ……."  आदि इत्यादी | अचम्म लाग्छ बा किन त्यस्तो भाको होला? म त कमै मात्र बोल्ने मान्छे कमसे कम अरु त बोल्न पर्छ नि ! अब गाउँले परिवेश र त्यहाँका बिद्यार्थीहरुको मनोवृति तपाइँहरु फुर्सदमा सोच्दै गर्नुहोला तर यतिखेर मलाई ति दिनहरु किन याद आइरहेकाछन भन्ने कुरा चै पहिले गरिहालौ |

यतिखेर  स्नातकोत्तर पढ्ने र सहरी परिवेश चिन्ने दिमागमा भुत सवार भएर राजधानीको क्याम्पसहरु चाहारिरहेकोछु | आम्मामा कति धेरै बिद्यार्थीहरु , कहाँ कहाँबाट आएका होलान यिनीहरुको लक्ष्य के के होला यो सोच्दा सोच्दै छक्क परेको पनि थिएँ पहिला त | कहाँ पढ्ने , पैसा कति लाग्ने हो त्यो अलग चिन्ताको बिषय फेरी | मसंगै शहर छिरेकी मेरी साथीलाई चै कानुन बिषयमा असाध्यै रुची | भृकुटीमण्डप ओहरदोहर गर्ने क्रममा "नेपाल ल क्याम्पस" देखे पछी उसले आफ्नो मन थाम्नै सकिन | त्यसैले संगसंगै हामी छिर्यौ सोध खोजका खातिर | जुनसुकै बिसयमा स्नातक गरेकाले पनि कानुनको स्नातक(LLB) गर्न सक्ने प्राबधान रहेछ | यसो एकदुईवटा क्लास लिइ हेरुन भन्ने साथीको इच्छा बमोजिम पढाई सुरु भएसी म पनि एक दिन त्यही मेसोमा कक्षाभित्र छिरें | अच्चम्म , हाम्रो गाउँमा जस्तो कहाँ हो र ? यहाँ त बिद्यार्थी पनि धेरै | अझ भर्ना भए जतिका सबै आउने हो भने त धानी साध्य हुन्थेन रे | पोहोर १७०० भर्ना भएका मध्य २००/३०० जति नियमित थिए रे अहिले भर्ना हुने क्रम जारी हुँदै गर्दा  ५००/६०० त भर्ना पनि भइसके रे | कक्षा भित्र  सबै आ आफ्नै ध्यानमा मग्न थिए  | हामी पनि चारै तिर आँखा डुलाउदै बस्यौ|

 Continue reading

ट्वीटरमा मल्लिका शेरावतको उदारता

मल्लिका शेरावत साच्चैं उदार स्वभाब कि रहिछन । यो कुरा उनको चलचित्रको प्रस्तुतिलाई लिएर गरिएको भने हैन । प्रसंग हो, विश्चर्चित सामाजिक संजाल ट्वीटरको…।

mallika-sherawat-red जसरी फेसबुकमा कसैलाई रिक्वेस्ट पठाइन्छ अनि त्यो असेप्ट हुने आशा राखिन्छ त्यसरी नै ट्वीटरमा कसैलाई फलो गर्दा फलो ब्याकको अपेक्षा राखिन्छ । हुनत फलो अनि फलोब्याक कसैको नितान्त व्यक्तिगत रुची वा इच्छामा भर पर्ने कुरा हो । तैपनि फलो ब्याकको अपेक्षा राख्नु वा कसैले अनफलो गर्दा थोरै मात्रामा बेखुसी हुनु चै हाम्रो आम अवस्था हो  ट्वीटरमा जसको फलोअर बढी छ त्यो मान्छे साच्चै ख्यातीप्राप्त मान्छे हो भन्ने पनि हामीलाई लाग्छ ।

केहि समय अघि नेपाली ट्वीट सर्कलमा यहि प्रसंगमा मिल्ने कुरो पनि उठेको थियो । सो ट्वीटको आशय थियो: फलोइंग भन्दा फलोअर दोब्बर बनाउन सक्नु ठुलो मानिस बन्ने उपाय हो । अनि यो व्यंग्यमा हाँस्य मिसाउन यसलाई मुकुन्देको महाबाणी भनेर पनि प्रस्ट्याएको थियो । (माफ गर्नुहोस यो ट्वीट ठ्याक्कै कसको थियो याद गर्न सकिएन ) यो प्रसङ्ग किन यहाँ उल्लेख गरिएको भने बास्तवमै जसको फलोवर अत्यधिक छ उ निकै ख्यातीप्राप्त व्यक्ति हो भन्ने हामीलाई लाग्छ । अथवा यसलाई यसरी पनि भन्न सकिन्छ जो व्यक्ति ख्यातीप्राप्त छ उसैको फलोवर अत्यधिक हुनेगर्छ । आज सम्म कलाकार, राजनैतिक व्यक्तित्व, मोडल आदि व्यक्तिहरु कै त यस्तो विवरण देख्दै आएका छौ नि, अनि फलोवर कै आधारमा कसको लोकप्रियता कति भनेर पनि मापन गर्ने गर्छौ फुर्सदमा …। तर कुरा जे जस्तो भए पनि फेसबुक, ट्वीटर जस्ता संजालहरु मानिसको सामाजिक उपस्तिथीलाई फराकिलो पार्ने अनि उसको अभिव्यक्तिलाई समाजसामु प्रस्तुत गर्ने माध्यम न हो । समाजमा रहेका मानिसहरुको बिचार, स्वभाब, रुची, शैली आदि इत्यादी हेर्नुस त छर्लंग देख्न सक्छौ हामी यस्ता संजालमा । यसको फाइदा बेफाइदाको तार्किक सुची पनि हामीसंग नभएको हैन तर पनि हामी दिन रात यसैमा रमाई रहेकै  त छौ नि हैन र ? हामी मध्ये कसैको धेरै बोल्ने बानी होला कसैको कम तथापि दोहोरो सम्बाद नगरी हामी रहन सक्दैनौ । दोहोरो संचार मै त छ नि सिकाइ देखि सामाजिक प्राणी हुनुको बिशेषता । त्यसैले त फलो, फलोब्याक ,टाइमलाइन, मेन्सन , डि एम जस्ता प्रक्रियाहरूले तिब्रता पाएको छ हामी हामीबीच ।

 Continue reading

कोमल वली दरको साटो पिज्जा / बर्गर पस्किदै

Komal_oli_3

श्रीमानलाई ससुराली पठाएर आफू चै घरमा तीज माने कसो होला ? … दरको साटो पिज्जा वा बर्गर नै खाए झन मस्ती हुन्थ्यो होला नि तीजमा…

कोमल वली नेपाली लोक गायन क्षेत्र कि स्थापित कलाकार हुन् | उनी जति चर्चित छिन बिगतमा त्यतिनै बिबादित पनि थिइन् | सायद चर्चा र विवाद एक अर्काको पर्याय नै बनिसकेको छ | अचेल त्यसैले कहिले “पोइल जान पाम” त कहिले “धत्तेरिका शिबजी रहेछौ बदमास” जस्ता गीत गाएर उनी जति चर्चामा आइन् त्यति नै बिबादमा पनि परिन् | अरुभन्दा अलग गरेर देखाऊँ भन्ने चाहना प्राःय सबैको हुन्छ र त्यही मनसायले उनले यस्ता पृथक गीतका गाएको हुनुपर्छ | यधपी पृथकतामा पहिचान खोज्ने क्रममा यसपटक भने उनी आफुले पहिलै हासिल गरेको पहिचानलाई समेत धरापमा पार्दैछिन भन्ने यो पंक्तिकारलाई लागेको कुरा हो |

 Continue reading

शुक्रबार – आशा लाग्दो नयाँ साप्ताहिक प्रकाशन

shukrabar-cover"तिमीले रिपब्लिक मिडियाको शुक्रबार भन्ने पत्रिका पढ्ने गरेको छौ ? कस्तो राम्रो लाग्छ मलाई त!" मेरो एक मित्रले २ साता अघि मसंग सोधेको थियो| मैले भने पढ्न भ्याएको रहेनछु|

पुस्तक पसलहरुमा सो पत्रिका नदेखेको पनि हैन तर कुनै पत्रिकाको परिशिष्टअंक होला भन्ने सोचेको थिएँ| जब अघिल्लो हप्ता "तिन ट्रेजेडी" शिर्षकमा नायक राजेश हमालको फिचर स्टोरी सहित पत्रिका पसलमा देखे अनि मन थाम्नै नसकी किने र सबै पानाहरुका  प्राय जसो लेखहरु पढे पनि | जे होस् राम्रो अनि ज्ञान बर्धक लग्यो | त्यो ११ औ अंक थियो अनि हिजो मात्र १२औ अंक किनेर पढे पछी भने केहि टिप्पणी गर्न मन लग्यो |

साइजमा ठ्याक्कै "साप्ताहिक" जस्तो अनि साप्ताहिक रुपमै प्रकाशित हुने "शुक्रबार" कतै "साप्ताहिक" को प्रतिद्वन्दीको रुपमा त आएको हैन भन्ने सोचाई पहिलो पटक पढ्दा नै आएको हो | यो नितान्त मेरो बिचार हो र म जस्तै आम पाठकहरुले पनि यस्तै सोचेको हुनु पर्छ भन्ने पनि मेरो अनुमान हो दुवै प्रकाशनले यसलाई कसरी लिएका छन त्यो आफ्नो ठाउँमा छ | यधपी मिडियाहरु बीच भयङ्कर प्रतिस्पर्धा चलिरहेको त हामीले देखेकै छौ| स्वच्छ प्रतिष्पर्धा हुनु त राम्रै हो | त्यसो हुँदा हामी पाठकहरु पनि आफ्नो रुची अनुसारको सामग्री छानेर अध्ययन गर्न सक्छौ |

जे होस् पत्रिका लगातार २ हप्ता किनेर पढें| सर्बप्रथम त निलो पृष्ठभूमिमा सेतो अक्षरले लेखिएको "शुक्रबार" नाम नै मलाई आकर्षक लागेको पक्ष हो| बिज्ञापन मिडियाको अभिन्न अंग हो त्यो अलग कुरा…. बिज्ञापनको क्रम यसमा पनि बिस्तारै बढ्दै जाला तर हाललाई सबै पृष्ठहरुमा रंगीचंगी बिज्ञापनले नढाकेको र पुरापुर लेखहरुले भरिएको सफा पत्रिका हातमा पर्दा मेरो पैसा खेर गएनछ भन्ने सोचाई मनमा आयो | समाज, अर्थ, शैली, साहित्य, प्रबिधि, मनोरंजन, स्वास्थ्य आदिसंग सम्बन्धित लेखहरु बिस्तृत रुपमा अनुसन्धान गरेरै लेखिएको जस्तो लाग्यो| विदेशको काम, म बिद्रोह गर्छु, जीवन सम्बाद जस्ता खुराकहरु नयाँ लागे | छापिएका तस्बिरहरु पनि परिवार बीच हेर्न मिल्ने  खालकै छ अझ शुक्रबारको नाममा बिहिबार नै बजारमा पुग्ने यसको शैलीमा कस्तो अभिप्राय होला तपाईहरु आफै विचार गर्नुस त?समग्रमा पत्रिका राम्रै लाग्यो बरु मुल्यको बारेमा भने महँगो भो भन्ने पाठक प्रतिक्रियाहरु आइरहेका छन |त्यसमा अलि लचिलो हुन सके र अझ समय सान्दर्भिक ज्ञानबर्धक लेखहरु ल्याउने गरे पक्कै पनि यसले आफ्नो उचाई लिनेछ|

अन्तमा पत्रिकाहरुले  प्रतिस्पर्धाको बजारमा आफुलाई स्थापित गराउन होस् या आफ्नो भैरहेको स्थान कायम गर्न आफ्नो सामग्रीहरु गुणस्तर युक्त होउन भन्ने ख्याल त राख्नै पर्छ साथै "साप्ताहिक" र "शुक्रबार" जस्ता पत्रिकाहरुले जनसुझाबलाई पनि उत्तिकै स्थान दिने हो भने अझ राम्रो हुन्थ्यो| आखिर पाठकहरुको सुझाब भनेको आफुलाई परिस्कृत गर्ने माध्यम पनि त हो| अनि, बिज्ञापन सामग्रीहरुलाई पनि अझ ब्यबस्थित बनाउने जसले गर्दा पत्रिका हेर्दा फोहोर जस्तो नलागोस बरु जताततै फोहोर नगरी निश्चित पानाहरुमा  मात्र बिज्ञापनलाई स्थान दिने बनाउने हो कि ?बरु बजार पिट्ने नाममा जे पायो त्यही बिना अनुसन्धान वा सोध खोज छाप्ने,अस्वाभाभिक लाग्ने तस्बिरहरुले पत्रिका भर्ने गर्ने हो भने बजार बिक्रि त बढ्ला तर पाठकहरुको मन र बिश्वास जित्न भने कदापि सक्दैन| त्यसकारण प्रकाशन पक्षले यसमा पनि बिचार पुर्याउनु उत्तम होला|

Incoming search terms:

  • साप्ताहिक

के राजेश हमाल खुट्टा तान्ने प्रवृतिको शिकार हुदै छन् ?

rajesh hamal_reading नेपालीहरुमा अरुको खुट्टा तान्ने प्रवृति छ भनेर सर्बत्र चर्चा त्यसै भएको हैन| पछिल्लो पटक नायक राजेश हमालको विषयलाई लिएर गरिएको आलोचनात्मक चर्चा र टिप्पणीले पनि यही कुराको पुष्टि गर्छ|

चलचित्र “युगदेखि युगसम्म”बाट आफ्नो फिल्मी यात्रा सुरु गरेका नायक राजेश हमाल विगत २५ बर्ष  देखि अनवरत रुपमा नेपाली फिल्म उद्योगमा क्रियाशील छन | उनको यो २५ बर्षे यात्रा आफैमा एउटा ठुलो उपलब्धि हो | चाहे त्यसमा थुप्रै असफल फिल्महरु जोडिएर किन नआउन | यधपी नेपाली फिल्म प्रतिको उनको लगाब यो २५ बर्षे अवधिमा उनले कसरी पुरा गरे भनेर हामी सहजै महशुस गर्न सक्छौं |

जुनसुकै क्षेत्रमा स्थापित हुन मानिसमा धैर्य र लगनको आवस्यकता पर्छ | नेपालमा अस्थिर राजनीतिक संक्रमणकाल गुज्रिरहेको बेला यहाँ आफ्नो भविष्य नदेख्ने र विदेशिने कलाकारहरु पनि हामी माझ नभएका हैनन् तर ति दिनहरुमा समेत उनी नेपाली भुमिमा प्रयत्नशिल रहेको कुरा हामी कसरी बिर्सन सक्छौं ? उनको पारिवारिक पृष्ठभूमिको पाटोको त अझ कुरा नै नगरौ कि उनले चाहेका भए  आफ्नो बुवाको इच्छा बमोजिम कुनै अर्को पेशालाई अपनाउन सक्थे भनेर …|तर बिगत २५ बर्ष देखि एकछत्र यो उद्योगमा राज गर्न सक्ने खालको मानिसमा कुनै गुण नै थिएन त ?बास्तबमा उनी नेपाली फिल्म उद्योगले हाम्रो भनेर गर्ब गर्न लायक कलाकार हुन् | आफ्नो काम लगनका साथ गर्ने,निकै नै कम बिबादमा आएका,बौद्धिक (वा धेरै पढेका भनुम) लामो समय सम्म कला क्षेत्रमा टिकिरहेका, एक रहस्यमयी कलाकार आदि जस्ता विशेषता भएका नायकका रुपमा उनको चर्चा हुदै आएकै हो सायद यस्तै उपमाहरुको आडमा उनले महानायक पद पाएका होलान र त्यो सबैले स्वीकार्दै पनि आएको  हो |

हो, राम्रा नराम्रा पक्षहरु सबैमा हुन्छन | उनमा पनि यो नियम लागु हुन्छ |अहिले चर्चामा आएको उनको कमजोरी भनेको उनी हल्का रुपमा प्रस्तुत भए, नेपाली फिल्म उद्योगलाई दिन सक्ने जति योगदान दिएनन्, लापरबाही तरिकाले जे जे पाउछन त्यो सिनेमामा खेले,कथा अनि पात्रको संवेदनालाई ध्यान दिएनन आदि इत्यादी हुन्| केहि हदसम्म यी कुराहरु साँचो पनि हुन् |सिङ्गो देशमै परिचित व्यक्तित्वबाट केहि गर्ने आशा राखिनु त्यो गलत पनि हैन तर यसो भन्दैमा सबै दोष एकजनालाई थोपरेर अरु चोखिने अवस्था चै रहदैन| वास्तवमा सिनेमा भनेको एउटा टिमवर्क हो यसमा मेकअप आर्टिस्ट देखि निर्देशक सम्मको आआफ्नै भूमिका अनि जिम्मेवारी हुन्छ | त्यो सबैले लगनका साथ पुरा गरेपछि मात्र उत्पादन स्वरूप एउटा राम्रो चलचित्र निस्कने न हो !बिषयबस्तु राम्रो भएर मात्र त्यसको प्रस्तुति राम्रो भएन भने अथवा कथा राम्रो भएर त्यसको पटकथा वा सम्बाद राम्रो नहुने हो भने फिल्म कसरी राम्रो बन्न सक्छ ?? अझ भन्ने नै हो भने त लेखक,निर्माता अनि निर्देशकको प्रमुख सक्रियता हुनुपर्छ एउटा राम्रो फिल्म बन्नको लागि अनि त्यसमा अरुको योगदान पछी थपिदै जाने न हो |एउटा कलाकारले त बस अभिनय गर्ने न हो सिङ्गो उद्योग उनकै हातमा छ भन्नु त त्यो मुर्खता सिवाय अरु केहि हैन| जतिबेला उनी यो उद्योगमा हाम्फाले सिनेमाहरु कतिनै बन्थे र ? जसमा छानी छानी अभिनय गर्नलाई| यदि त्यसो गरेका भए पनि भाउ खोज्ने कलाकारका रुपमा उनको कुरा गरिन्थेंन भन्न कहाँ सकिन्छ र ? उनको यहि कार्यशैलीलाई उनको उदारता मान्नेहरु पनि नभएका त कहाँ हुन् र?फेरी पात्र अनि कथाको संवेदना बुझेर खेल्नलाई कुन चै बलिवुडको कार्बनकपि कथालाई छान्ने हुन् र उनले ?

rajesh-hamal_jokes

हामी कहाँ साँच्चै आफ्नो कमजोरी केलाउने परिपाटीको कमी छ बरु अरुकै दोष देख्ने अवस्था भने बिधमान छ | हामी कसैलाई पनि उसको काम अनि अनुभवको सम्मान दिन जान्दैनौ |(मृत्यु पछी गर्छौ त्यो अलग कुरा )|यदि एकले अर्कोको काम अनि अनुभवको सम्मान गर्दै, ति अनुभबहरुबाट सिक्दै,आफ्नो गल्तिहरुलाई सच्याउदै र  सृजनशीलता सहित अगाडी बढ्ने हो भने आज नेपाली फिल्म उद्योग धेरै माथि पुगिसक्थ्यो| यो कुरा पक्कै पनि सबैले मनन गर्नु पर्ने बेला आएकोछ | तब मात्र हाम्रो नेपाली फिल्म उद्योग भनेर हामी गर्व गर्न सकौला |

अन्तमा आलोचनाले हानी चै पक्कै पनि गर्दैन बरु क्षमतवान् मान्छेले त्यसलाई प्रगतिको सिढी बनाएर माथि उक्लन्छन |  त्यो आफ्नो कमी कमजोरी सुधारेर अगाडी बढ्ने एउटा गतिलो माध्यम हो | आज चर्चामा आएका राजेश हमालका टिप्पणीहरुमाथि गौर गर्दै उनले अझ आफुलाई परिमार्जन गर्दै लाने हो भने आउदो पिढीले उनलाई आफ्नो आदर्श त अवस्य नै मान्नेछन साथसाथै भोलि सर्वत्र उनको स्थान कसैले पनि लिन सक्दैन भनेर चर्चा हुन सक्ने कुरा पनि अवस्यम्भावी छ |

***

सन्धर्भ

केही स्वघोषित विश्लेषकहरुले गरेको टिका टिप्पणीहरु को जवाफ स्वरुप यो लेख लेखिएको हो | हुन त जवाफ दिनु पर्ने कुनै पनि कुरा नभए पनि राजेश हमाललाइ भुवन केसी संग गरिएका तुलना र “चटकी बाँदर”, “उद्योगलाई धराशयी” बनाउने पात्रको रुपमा गलत रुपमा प्रस्तुत गर्ने दुष्प्रयास को बिरुद्धको यो एक आबाज मात्र हो |

केही फिल्म क्षेत्रका “हस्ती” हरुको राजेश हमाल प्रतिको दृष्टिकोण तल राखिएको छ – ती कति सहि वा कति गलत छन् तपाइँ आफै नै  विश्लेषण गर्नु होला |

निर्देशक मनोज पण्डित

राजेशजिले पात्रको संवेदना थाहा नभैकन सिनेमा सक्नुहुन्छ । उहाँ चटकी बाँदर जस्तै मालिकले भनेको काम गर्नुहुन्छ । उहाँको यही लापरवाहीले सिनेमा उद्योग ग्रसित छ । उहाँ अन्धो र संवेदनाहीन कलाकार हो जो पाखुरा र कपालबाट स्थापित हुनुभयो ।

निर्देशक सुदर्शन थापा

राजेशजि उतिबेला राम्रो ठाउँमा हुनुहुन्थ्यो । उहाँले चाहेको सुझाव निर्देशक, कथा लेखकलाई दिएर सिनेमाको स्तर सुधार्न सक्नुहुन्थ्यो तर आफ्नो जिम्मेवारी निभाउनुभएन । खुरु खुरु फिल्म खेल्नुभयो अनि देश विदेशमा नाम कमाउनुभयो तर सिनेमालाई दिनुपर्ने कुरा दिनुभएन ।

पत्रकार प्रकाश सुवेदी

हमालले कहिल्यै कथाको संवेदना बुझेनन्, आफ्नो कोआर्टिस्ट को हुन् जान्नै चाहेनन् । सिनेमा खेलेर आफूले पैसा कमाए तर उद्योगलाई धराशयी बनाए । हमालको अहिले योगदान मूल्याङ्कन गर्दा यो अवस्थामा उनको महानायक पद सुहाउँदैन ।

डा. प्रदिप भट्टराई (को हुन् ? थाहा हुनेले कमेन्ट मा लेखिदिनु होला)

विन्दास प्रकृतिका । सम्पत्ति भएका । उनलाई मानिसले उचालिदिए, महानायक भन्दिए मख्ख पारे । सिनेमालाई एक्लो गोरुले जस्तो हाँकेर ल्याए त्यसैले योगदान त दिए तर परिवर्तनकारी योगदान दिएनन् । आफ्नो बौद्धिकता पुष्टि गरेनन् । सस्तो बेसार खालका सिनेमा दिए । यसैकारण उनको साख गिर्दै छ । उनी मनले हैन मष्तिष्कले चल्दै छन् । उनमा सामाजिक संवेदना छैन । उनलाई रिप्लेस गर्ने आउलान् तर समय लाग्ला । राजेश टेस्ट प्लेयर जस्ता भए अरु अभिनेता २०/२० खेल्ने ।

पत्रकार दिपक सापकोटा

राजेशजिले चाहेको भए नेपाली सिनेमा माथि पुग्न सक्थ्यो । आफू हल्का रुपमा प्रस्तुत हुनुभयो । भएको खुबी चिन्न सक्नुभएन । अब राजेश हमालले आफूलाई अफबिट रोलमा प्रस्तुत गरेर आर्ट मुभिमा जानुपर्छ ।

एडिटरको नोट: यो लेख को अन्त्यमा राखिएक यी भनाइहरु अनलाइन पत्रिका मेरो सिनेमामा पोस्ट भएका हुन र यी भनाइहरु कतिको आधिकारिक हुन् भनेर सोध्ने प्रयास हुदै छ |