चपली हाइटको नुनको सोझो गर्ने समीक्षा

अघिल्लो पटक जब ऋचा घिमिरेले मनोज पण्डितको फिल्म समिक्षा उनको वेबसाइटमा बिज्ञापन नदिएको हुनाले नकारात्मक भएको टिप्पणी गरेकी थिइन हामीले उनलाई विश्वास गरेका थिएनौ | ऋचालाइ व्यक्तिगत आक्षेप लगाएर लेखेको रिसमा त्यसो भनिन होला भनेर हामीले अन्दाज गरेका थियौं | तर मनोज पण्डितको नयाँ समीक्षाले चाहिँ हामीलाई गम्भीर भएर सोच्न बाध्य बनाएको छ |

कुरा ‘चपली हाइट’ को  समिक्षाको बारेमा हो| राम्रा फिल्म डाइरेक्टर मानिनुहुने पण्डितले नराम्रो कुरालाइ न त राम्रो भनेका छन् न त नराम्रो भनेका छन् | खासमा उनले फिल्म समिक्षा नै नगरी टाइटल मात्र "समिक्षा" भनेर लेखेका छन् | "चपली हाइट : संकोच नमानौं" शिर्षकमा लेखिएको १,००० शब्द खर्चिएर लेखिएको समीक्षामा त्यस फिल्मका कलाकारको नाम नै उल्लेख गरिएको छैन, एक चोटी निर्देशकको नाम छ र दुइ चोटी उल्लेखित फिल्मको नाम पनि बिम्बको रुपमा मात्र उल्लेखित छ | यस हिसाबले यो फिल्मको समिक्षा नै होइन |

review_biased

मनोज पण्डितले पनि यो "समिक्षा" नभएको बुझेका छन् तेसैले अन्त्यमा थपेका छन्:

(पुनश्चः समिक्षा लेखनमा विभिन्न शैलीहरू स्थापित छन् । यस सिनेमाको समिक्षा जर्मन एक्सपेरेसिजमको शैलीमा छ । सिनेमा निर्माणमा नयाँ शैलीहरू अपनाएको खण्डमा समिक्षा लेखन पनि रोमाञ्चक र नयाँ शैलीहरू खोजी गरेर गरिन्छ । यसर्थ, समिक्षा शैली पनि पुरातन अवधारणामा नरहेको जानकारी गराउन चाहन्छु –समिक्षक ।)

तपाईलाई पनि लागेको होला "जर्मन एक्सपेरेसिजम" भनेको के होला — यो कुनै फिल्म समिक्षा गर्ने तरिका नभएर फिल्म या कलामा प्रतीक, हाउभाउ र बिम्ब प्रयोग गरेर बिचार ब्यक्त गर्ने तरिका हो ।  यस बारेमा बढी जान्ने बिचार भएमा यहाँ पढ्न सक्नु हुन्छ (अंग्रेजी लेख)|

मनोज पण्डितले यो समिक्षा लेख्नुको कारण:

  1. "चपली हाइट"ले समिक्षा लेख्ने शर्तमा बिज्ञापन दिएको हुन सक्छ।
  2. फिल्मको प्राबिधिक र कलात्मक पक्षको बारेमा केही पनि नलेखिएको समिक्षा हुदैन भन्ने ज्ञान भएको "पुनश्चः" थप्न जरुरि ठान्ने समिक्षकले पढ्ने मानिस मुर्ख हुन्छन भन्ने पनि नसोच्नु पर्ने 
  3. ऋचा घिमिरेले पोलेको समिक्षा र बिज्ञापनको बीचको गठबन्दन साँचो हुन सक्ने प्रबल सम्भावना छ ।

[नोट: हाम्रा सहकर्मी रौनक निरौलाले यहाँ चपली हाइटको समिक्षा गरेका छन् (अंग्रेजीमा)| फिल्मको बारेमा जानकारी प्री-रिलिज रिभ्युमा दिइएकोछ ]

प्रचण्डपुत्र प्रकाशको सगरमाथा आरोहण र मिडियासंगको गुनासो

नेकपा माओबादी प्रचण्ड पुत्र प्रकाश दाहाल सम्मिलित एक टिमले सगरमाथा चड्दैछ (फोटो सहित अंग्रेजी लेखको लिंक) भन्ने कुराको बारेमा हामीले बिगतमा लेखेका थियौं। यो अभियानको अलिअलि बिरोध त पहिले पनि भएको हो तर जब यसको खर्च २-३ करोड लाग्ने कुरा सार्बजनिक भयो त्यस पछि  बिरोधको स्वर अलिक बढेको छ । त्यहि कुरा लाइ इंगित गर्दै प्रकाशले आफ्नो फेसबुकमा यस्तो गुनासो गरेका छन्:

यो मिडियाले नि! गर्नु गर्यो !! राम्रो कामलाई राम्रो त भन्नु पर्छ. सगरमाथा चाद्नु शान्ति र संबिधानको लागि दबाबको रुपमा, लुम्बिनी र सगरमाथा नेपालमा हुदानी हामी किन पछी भनेर!!! हौशला दिनु त कता कता किन तेस्को बिरोध ! बास्तवमा नेपालमा केहि विकास हुन नदिनुमा यो मिडियाको मुख्य हात छ. गर्नुस बिरोध तर हाम्रो दबाबमुलक यात्रा रोकिने वाला छैन!! तपाईहरुको कामनै राम्रोलाइ नराम्रो भन्नु भए पछी!!!!

कुरा एक प्रकारले ठिकै हो । उहाँ हरुले कुनै काम नै बिताएर सगरमाथा चड्ने पनि होइन ।  केही कमेन्टहरु प्रकाश दहालको कुरामा सहमत छन्। समर्थन गर्ने कमेन्टहरु: "ठिक भन्नु भो", "ब्यबसायिकता नहुने हरु अलपत्रकारहरु ले त्यसो गरेको",  र उनको आरोहण  को सफलताका शुभकामना दिने खालका छन् । तर बिरोध गर्ने खालका कमेन्टमा भएका कुराहरु पनि नाजायज भने छैनन:

किरण बुढा मगर भन्छन, " सगरमाथा चढ्दा लाग्ने खर्चले बरु अन्य सामाजिक बिकासको लागि लगानी गर्दा अति सान्दर्भिक हुन्छ। मेची देखि महाकाली सम्म जनचेतना मुलक अभियान नराम्रो होइन समस्या सगरमाथा चढ्दा अनाबास्यक खर्च हुने त्यो ठुलो रकम हो चाहे त्यो दलित को नाममा होस चाहे त्यो कर्मचारीको नाममा होस्। दलित सागरमा चढ्दैमा समाजको आमुल उद्पिदन अन्त्य हुने पनि होइन र प्रकाश जीहरु सगरमाथा चढेर यावत समस्या को हल हुने पनि होइन यसमा बिचार गर्दा नै राम्रो र सरकारले पनि यी अनाबस्यक खर्च दिन बन्द गर्नु पर्छ। तसर्थ ३ करोड २ करोड सानो रकम होइन यसले ठुलै बिकासका कार्यहरु ग्रामिण भेगहरुमा सम्पन हुनसक्छ यता पट्टि सोच्दा बरु जनमत सिर्जना होला सगरमाथा चढेर जनमत सिर्जना होला वा संबिधान निर्माणमा दबाब सिर्जना होला भन्ने भ्रममा नपर्नु भए राम्रो हुने थियो।"

खेम थपलिया भने अझै खरो रुपमा उत्रिएका छन्, "प्रकाशजी, तपाईंको यो अभियान असान्दर्भिक र अवैज्ञानिक छ । यो तपाईंको ‘काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर’ भने जस्तै हो ।"

अर्का टेन्सन माइलो बन्दीपुरे लेख्छन, "तिन करोडले त रुकुम रोल्पामा सानो तिनो विकास पो हुन्छ त सरगरमाथा चढ्ने खर्च बरु त्यता खर्च गर्न सके त सबैले वाहा वाहा गर्थे होलानी । शान्तिकोलागि भनेर सगरमाथा चढ्दा सगरमाथाले शान्ति दिने होईन । त्यसैले त्यो रकम गरिव नेपालीहरुकोलागि विकास खर्चमा लगाए राम्रो । अब नेपालमा सगरमाथा चढेर विकास हुने भएत सबै जना सगरमाथानै चढ्थे होलान् नी ।"

लिविंग लुन्ग्खिम को भनाइ – "कम्रेड, देशको ढुकुटी रित्याएर नाम कमाउने प्रयास नगर्नु, त्यो २/३ करोड ले त पश्चिम नेपालका पिछडिएका गरिब बर्गका नेपाली हरुलाई शिप मूलक तालिम केन्द्र र कारखाना खोली दिने हो भने रास्ट्रको लगानीमा देश बासीलाई राहत पुग्थ्यो कि?"

तपाईहरुलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला ।

prakash_dahal-sagarmatha

फागु पूर्णिमा (होली)

होली परिचय

फाल्गुण पूर्णिमाको दिन मनाइने फागु पर्वलाई भारतमा “होली” भनिने हुनाले सोही सिको गरेर नेपालमा पनि आजकाल होली नै भन्ने गरिन्छ  । यो पर्ब वसन्त ऋतुको स्वागत गर्न र आपसी मेलमिलाप र सदभावना बढाउन बिभिन्न रङहरुको प्रयोग गरेर मनाइन्छ ।

holi_colors

फागुन शुक्ल अष्टमीका दिन काठमाडौँको वसन्तपुर गद्दी बैठकअगाडि रहेको मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकाले सिँगारी गाडिएको चीरमा पूजा गरेपछि फागु पर्ब शुरु भएको मानिन्छ । तेसै गरी ललितपुरमा पनि सोही दिन चीर गाड्ने प्रचलन छ ।

फागुको दिन (पूर्णिमाको दिन) वसन्तपुरमा गाडिएको चीरलाई विधीपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगेर जलाउँछन् । सो चीरमा राखिएका ध्वजापताकाहरु औषधीउपचारमा काम लाग्ने भनेर खोसाखोस गरि लिने गरिन्छ । तेस्तै चीरको खरानीको टीका लगाएमा अनिष्ट टर्ने पनि मानिसहरुमा बिश्वास छ । ललितपुरमा गाडिएको चीर भने फागुको दिनमा बागमतीमा लगेर सेलाउने गरिन्छ ।

तेस्तै, फागुको रात गुरुमापा नाम गरेको राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु  टुँडिखेलमा खुवाई सैनिक अस्पतालभित्र रहेको जधु नाम गरेको धारामा चुठाउने चलन पनि छ ।

हिन्दू धर्मशास्त्रमा उल्लेख एक किम्बदन्ती अनुसार हिरण्यकश्यपुले आफ्ना विष्णुभक्त पुत्र प्रल्हादलाई मार्न आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिका संग प्रल्हादलाइ आगोमा पस्न लगाएकोमा होलिका भष्म भएकी तर प्रल्हादलाई भने केही नभएको मानिन्छ । राक्षस प्रवृतिकी होलिका मारिएको उपलक्ष्य होली खेल्न शुरु भएको पनि मानिन्छ  ।

पहाडी भागमा पूर्णिमाको दिन मनाइने होली तराई क्षेत्रमा भने त्यसको भोलिपल्ट भव्यताका साथ मनाइने गरिन्छ । यस पर्बमा थकालीहरुले तीर हान्ने प्रतियोगिताको पनि आयोजना गर्छन् ।

होली बिकृति

  • इच्छाविपरीत अरुलाई पानी भरिएको बेलुन र प्लास्टिकले हान्ने र रंग लगाइदिने
  • होली शुरु हुनु भन्दा कयौं दिन अगाडी देखिनै पानीले भरिएको बेलुनको प्रयोग
  • गाँजा, भांग आदि लागु पदार्थको प्रयोग
  • डान्स, डिस्को र अनाबश्यक खर्च
  • इनामेल आदिको रंग पोत्ने, आतंक र हूलदंगा
  • रंगमा हुने मिसावटले छालामा नराम्रो असर
  • जबर्जस्ती लगाइने रंगले कसै कसैलाई हुने एलर्जीक रियाक्सन

होली रमाइलो र उन्मुक्तताको चाड हो। सबैले आफ्नो हिसाबले रमाइलो गर्न (वा, नगर्न) पाउनु पर्छ । कसैको पनि व्यक्तिगत इक्षा बिपरीत रंग, लोला वा अन्य कुनै पनि बस्तुको प्रयोग गर्दा यो चाडको सदभाब खल्बलिन्छ ।

ह्यापी होली!

फिल्म ‘हिरोइन’को कथा मनिषा कोइरालाको जीवनकथा होइन रे

manisha_koiralaबलिउड निर्देशक मधुर भण्डारकरको फिल्म ‘हिरोइन’को कथा मनिषाको बास्तबिक कथा संग मिल्छ भन्ने कुरा एक्दमै गलत हो,  भनी मधुर भण्डारकरले यही मंगलबार ट्वीटरमा भनेका छन् |

“हिरोइन” फिल्म सुरु देखीनै बिबादमा आइरहेको छ यो फिल्ममा करीना कपूरले हिरोइनको (माही खन्ना नामक पात्रको) भूमिका निर्वाह गर्न लागिरहेकी छिन्|

ऐश्वर्या राय गर्भवती भएपछी करीनालाई लिए देखि नै यो फिल्म बिवादमा आउन भने छोडेको छैन | करिनाले अहिलेसम्मकै सर्वाधिक पारिश्रमिक पाएको चर्चा पनि यो फिल्मसँग गाँसिएको छ।

madhur_bhandakar

Incoming search terms:

  • याेन कथा