२०१७ च्यालेन्ज, यो बर्ष भित्रै १ लाख सब्स्क्राइबर पुर्याउने

हिजो मेरो युट्युव च्यानलमा ३०,००० सब्स्क्राइभर पुग्यो । मैले यहि गतिमा बढदै गएमा १ लाख सब्स्क्राइबर पुर्याउन कति समय लाग्छ भनेर हिसाव गरेको थिएँ । एक बर्षमा यहि गतिमा बढदा १ लाख पुग्ने सम्भावन देखिएन । यसैलाइ च्यालेन्ज मानेर मैले एउटा ट्विटर पोल पनि पोष्ट गरेको थिएँ । मेरा ट्विटर फलोअरहरुले पनि नकारत्मक भोट धेरै दिए । मैले त्यसलाइ पनि च्यालेन्ज मानेको छु ।

That’s the challenge. To get 100,000 subscriber by the end of 2017. Today, on January 26 at 3:20 PM Mountain time, the subscriber count is 30,225.

I need 69,775 subscribers to reach that goal.

नयाँ बर्षमा भिडियो ब्लगिंगको नयाँ स्वरुप, आनन्दका कुरा

भिडियो ब्लगिंगको मेरो इतिहास

मैले सन २००९ मा युट्युव च्यानल दर्ता गरेर भिडियो अपलोड गरेको रहेंछु । पहिलो भिडियो पक्कै पनि अरु कसैको थियो होला, किनकि मैले त्यो बेला भिडियो बनाउँला भनेर सोचेको पनि थिइन। पहिलो पटक आँफैले बनाएको भिडियो २०११ मा बनाएको रहेंछु । त्यस पछि सन २०१३ बाट नियमित रुपमा भिडियो बनाएर अपलोड गर्ने सोच बनाएको थिएँ । तर, त्यो बेलामा काम बिशेषले निरंतरता भने दिन सकिन । अनि, सन २०१४ मा पडकाष्ट शुरु गर्ने सोच संगै नियमित रुपमा भिडियो बनाउन पनि थालें । पडकाष्ट नियमित हुन सकेन तर भिडियो निर्माण नियमित भइ रहेको छ ।

सन २०१५ मा बर्ष भरिमा ३,३०० जना नयाँ सब्स्काइभर जम्मा भएका रहेछन । अहिले त्यो संख्या एक महिना मा नै पुग्न थालेको छ । यसरि सन २०१६ मा २१,३०० जना नयाँ सब्स्काइभर थपिएका रहेछन । बर्षान्तमा २८,००० सब्स्क्राइभर पुगेका थिए ।

बर्ष २०१७ को योजना

 Continue reading

यो महिनाका कलाकार – राजेश हमाल, नयाँ स्तम्भ “हिजोको कुरा” र “सेलिब्रेटिका कुरा” पनि शुरु

मैले सन २०१७ का १२ महिनामा १२ जना नेपालि कलाकारहरुको बारेमा चर्चा गर्ने निर्णय गरेको छु । यसरि पहिलो महिना जनवरि महिना भरि महानायक राजेश हमालका बिभिन्न पक्षहरुको बारेमा चर्चा गर्ने छु । हुन त राजेश हमालको बारेमा यस अघि पनि प्रशस्त भिडियो बनाएकै हुँ। अब नयाँ भिडियोका साथै ति पुराना भिडियोहरुलाइ समेत नयाँ ढंगले प्रस्तुत गर्न पनि प्रयास गर्ने छु ।

“महिनाको कलाकार” जस्तै अर्को स्तम्भ “हिजोको कुरा” अंतरगत प्रत्येक हप्ता कम्तिमा पनि एउटा इतिहासको कुरा पनि यहि नयाँ बर्ष बाट शुरु भएको छ । यस अन्तरगत, सम्भवत मनोरंजन क्षेत्रकै कुनै इतिहासको कुरा गर्ने छु र दर्शकहरुबाट माग भएमा नेपालका मुख्य ऐतिहासिक घटनाको बारेमा पनि चर्चा गर्ने छु ।

यस स्तम्भ अन्तरगत पहिलो भिडियो, जनवरि महिनाको पहिलो शनिवार, जनवरि ७ मा प्रकाशित भइ सकेको छ – “मानसिक समस्याका कारण आत्महत्या गर्ने ५ नेपालि कलाकारहरु” शिर्षकमा।

महिनाको कलाकारका भिडियोहरु

यसको स्तम्भको पहिलो भिडियोमा नक्कलि राजेश हमालको बारेमा चर्चा गरिएको छ :

 Continue reading

आनन्दको प्रस्तुति किन “फरक छ” ?

मैले ट्विटरमा एउटा पोल पोष्ट गरेको थिएँ “मेरो भिडियो प्रस्तुति अरुको भन्दा फरक छ कि छैन?” भनेर। नतिजा मैले सोचे जस्तै आयो । “फरक छैन” भन्ने भन्दा “फरक छ” भन्ने साथिहरु डबल हुनुहुँदो रहेछ । यसले मलाइ अझै फरक ढंगले प्रतुति दिन हौसला प्रदान गरेको छ ।

आनन्दको प्रस्तुति फरक हुनुका कारण

पहिलो कुरा, आनन्द पत्रकार होइन । मैले पत्रकारिताको बारेमा स्व-अध्ययन गरेको भए पनि मलाइ पत्रकार बन्न कुनै रहर छैन । तेसैले मेरो प्रस्तुति कुनै पनि पत्रकारको भन्दा फरक हुन्छ ।

दोश्रो कुरा, म अनुसन्धानमा बिश्वास गर्छु । कुनै पनि बिषयमा स्क्रिप्ट लेख्नु भन्दा अघि म बिभिन्न माध्यमहरुमा अनुसन्धान गर्ने गर्छु तेसैले, कतिपय मानिसहरु मैले गरेको प्रतुति बाट अचम्म मान्छन ।

तेस्रो कुरा, म जस्तो निष्पक्ष अरु कोहि हुनै सक्दैन । किनकि मेरो कुनै पनि सेलिब्रेटिसंग चिनजान छैन र मैले उनिहरुसंग सिधा सम्पर्क पनि गर्दिन । म अनुशन्धान गर्छु र उनिहरुको बारेमा सत्य तथ्य कुराहरु समेटेर भिडियो बनाउँछु । चिनजान र सम्पर्क नहुने हुनाले कुनै पनि कुरालाइ निष्पक्ष रुपमा प्रस्तुत गर्न सक्छु । तेसैले जसको बारेमा भिडियो बन्यो उनिहरु नै अचम्मित हुन्छन । उनिहरुलाइ भिडियो शेयर गर्न पनि भन्दिन ।

चौथो कुरा, सेलिब्रेटिहरु पनि प्रभावित हुन्छन । दर्शक त भए भए मैले जसको भिडियो बनाएको छु उनिहरु पनि प्रभावित हुन्छन् । उदाहरणको लागि अहिले भर्खर राजेश हमालको नक्कल गर्ने डा. हरि शर्माले कमेन्ट गर्नु भएको छ : “भिडियो हेर्दा रमाइलै लाग्यो । साथिहरुले लिंक पठाएर मात्रै थाह पांए यो भिडियोको बारेमा .. नाइस भिडियो .. आनन्द नेपाल जि ले चाँहि यो भिडियो बनाउँदा मेरो बारेमा इन्फर्मेसन कहाँ बाट पाउनु भयो ? ”  (यसको उत्तर “दोश्रो कुरा”मा छ)


 Continue reading

जय रातोपाटि

नेपालको एक अग्रिणि अनलाइन पत्रिका रातोपाटिले बडो कष्टका साथ, मेरा भिडियोहरुमा मैले बोलेका कुरालाइ हुबहु उतारेर लेख बनाएर छाप्न थालेको रहेछ । यसरि मैले मेहनेत गरेर तयार गरेको कुरा समेटेर लेख बनाएको तर, आफुलाइ कुनै क्रेडिट नदिएको देख्दा शुरुमा साह्रै रिस उठेको थियो । तर, केहि क्षणको मनन र मन्थन पछि मलाइ केट्केटि पाराले रिसराग राख्न सुहाउँदैन भन्ने ज्ञान प्राप्त भएको छ । यसरि नयाँ सोचले हेर्दा मलाइ त्यति दुख पनि लागेको छैन । अझ भन्नु पर्दा त, मलाइ खुशि पो लाग्न थालेको छ । मैले गरेको मेहनेत कसैलाइ त काम लाग्ने बनेको रहेछ । कोहि कसैले त “यि मैले यस्तो राम्रो लेखें ” भनेर फुर्ति लाउन पाएको रहेछ । यस्तो दिव्य ज्ञान प्रदान गर्ने रातोपाटि प्रति म आभारि छु, आभारि रहिरहने छु।

आजभोलि, रातोपाटिले मैले बोलेका कुरालाइ हुबहु सार्न थालेपछि मलाइ अझ बढी जिम्बेवारिबोध भएको छ। अझ मेहनत गरेर अझ राम्रो भिडियो बनाउने जाँगर चलेको छ । हो, आगामि दिनमा तपाइले मेरो भिडियोमा “रातोपाटि इफेक्ट्स” अवश्य नै देख्नु हुनेछ ।

रातोपाटिले मेरा भिडियोमा भएका गल्ति लाइ सुधारेर र कमिहरुमा बिवरण थप गरेर पुर्ण लेख तयार गरिदिंदा मलाइ मेरो स्क्रिप्ट लेखनमा सुधार गर्न पनि सहयोग मिलेको छ ।

पहिला पहिला त दिनमा जेनतेन एउटा भिडियो बनाउँथें । अब, रातोपाटिको सुबिधाको लागि भए पनि दुइ वा त्यो भन्दा बढि भिडियो बनाउनु पर्ने भएको छ । यसरि धेरै भिडियो बनाउँदा उनिहरुलाइ राम्रो राम्रा लेख प्रकाशन गर्न र पाठकहरुलाइ खुशि राख्न सहयोग पुग्ने मलाइ बिश्वास लागेको छ ।
 Continue reading

आनन्दका १० कुरा – नेपालि राष्ट्रिय गान उत्कृष्ट १० मध्ये एक

बिबिसिका पत्रकार एलेक्स मार्सलले रियो ओलम्पिकमा भाग लिइरहेका २०० भन्दा बढि देशको राष्ट्रिय गानहरु मध्ये १० विशिष्ट र छुट्टै मौलिकता भएको संगित भएका राष्ट्रिय गानहरु छानेका छन् । ति द्श मध्ये एउटा नेपालको राष्ट्रिय गान पनि परेको छ । उनले नेपालको राष्ट्रिय गान रमाइलो नेपालि पप गितजस्तै सुनिने भन्दै, यो गानलाइ किबोर्डमा सजिलै बजाउन पनि सकिने बताएका छन् । उनले छानेका उत्कृष्ट राष्ट्रिय गानको सुचिमा पर्ने राष्ट्रिय गानहरुमा रुस, बर्मा, इजरायल, कजाकिस्तान, ब्राजिल, चिन, माउरिटानिया, कङ्गो र पाराग्वे का गाना पनि परेका छन्।

यि सबै १० विशिष्ट र छुट्टै मौलिकता भएका राष्ट्रिय गानहरुको छोटो धुन सहित भिडियो रिपोर्ट हेर्नुहोस :

 Continue reading