प्रचण्ड पुत्र, प्रकाश दाहालको जिवनि

नोट : प्रकाश दाहाल दिवंगत भएको एक बर्षको उपलक्षमा उनको एक स्मारिकामा प्रकाशित भएको थियो। यो प्रकाश दाहालको जिवनि सोहि स्मारिकाबाट साभार गरिएको हो। आनन्दको नेपालि अनुरुपको बनाउन यसमा भएका सबै दिर्घलाइ ह्रस्व बनाइएको छ।

(क) बाल्य काल :
साकार दाहाल क. ‘प्रकाश’को जन्म वि.सं. २०३८ साल असार महिनाको १७ गते (सन् १९८१ जुलाइ १) बुधबारका दिनचितवन जिल्लाको शिवनगर गाविसको भिमसेननगरमा भएको हो । पिता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माता सिता दाहालको कोखबाट जन्मिएका प्रकाश परिवारको कान्छो सन्तान थिए । तिन छोरि ज्ञानु दाहाल, रेनु दाहाल र गङ्गा दाहालपछि कान्छो सन्तानका रुपमा जन्मिएका कारण साकार ‘प्रकाश’ सानै उमेरदेखि सबैका प्रिय थिए ।
हजुरबुवा मुक्तिराम दाहालको परिवार वि.सं. २०१९ सालमा कास्किको ढिकुरपोखरिको लेवाडेबाट बसाइ सरि शिवनगर आएको थियो, जतिबेला प्रकाशका पिता प्रचण्ड जम्मा ८ वर्षका थिए । प्रचण्ड परिवारको निम्न मध्यमवर्गिय आर्थिक धरातल थियो । चितवनमा भएको अढाइ बिघा जमिनमा कृषि गरेर परिवार पालिन्थ्यो ।
जतिबेला प्रकाश दाहालको जन्म भयो, त्यतिबेला पिता प्रचण्ड तात्कालिन चौथों महाधिवेशनको ‘होल्टाइमर’को रुपमा भुमिगत राजनितिमा हेलिएका थिए । आर्थिक अवस्था दयनिय थियो । राजनितिक र आर्थिक असुरक्षाका बिच २०३८ मा प्रकाशको जन्म भयो । बुवाको भुमिगत राजनितिका कारण तिन छोरा र एक छोरा प्रकाशको लालनपालन र शिक्षादिक्षा आमा सिताकै मुख्य जिम्मेवारिमा आयो ।
प्रकाश दाहाल सानैदेखि निर्भिक र हक्कि स्वाभावका थिए । आफुलाइ जे कुरा लाग्थ्यो, त्यो फ्याट्टै भन्थे, मनमा लोभ र कसैप्रति इश्र्या बिल्कुलै थिएन । नयाँ कुरा देख्नेबित्तिकै सिक्नुपर्ने स्वाभाव प्रत्येक बालकमा हुन्छ, प्रकाशमा पनि त्यो स्वाभाव थियो, तर सरदरभन्दा ज्यादा । हरेक नयाँ कुरा सिक्न उनि उत्सुक भइहाल्थे । त्यहि उत्सुकताका कारण बाल्य कालमा पनि सबैका प्रिय थिए प्रकाश ।
प्रकाश सानैदेखि निकै असल र मिलनसार स्वाभावका थिए । आमा सिता दाहाल भन्छिन्, ‘‘सानैमा असाध्यै असल थियो प्रकाश । ‘नगर बाबु’ भन्नेबित्तिकै सबै कुरा मानिहाल्थ्यो ।’’शिवनगरका उनका दौंतरिभन्दा प्रकाश ज्यादा नै सरल थिए, जोसँग पनि घुलमिल भइहाल्थे । सरल स्वाभाव र आज्ञाकारिता नै सबैले प्रकाशलाइ गर्ने ‘विशेष माया’को मुख्य कारण थियो । भिमसेननगरका आम मान्छेका लागि एक रोमाञ्चक बालक थिए प्रकाश दाहाल ।
 Continue reading

अनमोल र अदितिको रोमान्स स्कटल्याण्डमा, फिल्म “क्रि” को दोश्रो गित रिलिज हुँदै

नोट – कृ, कृष्ण आदि संस्कृत आगन्तुक शव्द भएको र “रि”आवाज आउँने ृ नेपालि भाषामा छैन । हिन्दि संस्कृतमा “ऋ” हुने भए पनि नेपालि वर्णमालामा यो अक्षर नै नहुने हुनाले मैले यसको सट्टा “रि” प्रयोग गर्ने प्रयास गरिएरहेको छु । “ऋषि” लाइ “रिषि” लेख्दा अनि “संस्कृत” लाइ “संस्क्रित” लेख्दा कस्तो देखिएला कमेन्ट गर्नुहोला । हुन त आजकल “ऋतु”लाइ सजिलो बनाएर “रितु” लेख्न पनि थालिएको छ ।

नेपालि सिने क्षेत्रमा अनमोलको अचम्मको क्रेज देखिएको छ । युवाहरु बिच मन पराइएका अनमोल केसि र नव-नायिका अदिति बुढाथोकिको बहुप्रतिक्षित फिल्म “क्रि” यहि हप्ताबाट देशभर प्रदर्शन शुरु हुँदै छ । फिल्मको ट्रेलर र एउटा गित (“यति यति पानि” बोलको) चर्चित भएकोले फिल्मको शुरुवाति ब्यापार राम्रो हुने सम्भावना देखिएको छ। फिल्म को त्यस पछिको ब्यापार भने दर्शकहरुले दिने प्रतिक्रियाले नै निर्धारण गर्नेछ।

फिल्मको दोस्रो गित सोमवार सार्वजनिक गरिंदैछ । फिल्म रिलिजको २ हप्ता अघि स्कटल्याण्ड पुगेर हालैमात्र ३ दिन लगाएर खिचिएको ‘मैले जानि नजानि’ बोलको गितको भिडियोमा अनमोल र अदिति को रोमान्स देखिन्छ । रोदित भण्डारिले गाएको र उनकै शब्द र रोदित ले विशेष पाण्डेसंग मिलेर कम्पोज गरेको संगितले दर्शकहरुको कत्तिको मन छुने हो हेर्न बाँकि नै छ ।

“क्रि”लाइ सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् फिल्म र गित पुरुषोत्तम प्रधानले खिचेका हुन भने गिरको कोरियोग्राफि विक्रम लामा र एन्जिलिना खत्रिले गरेका हुन् ।
 Continue reading

हुने वाला पत्नि र भु.पु. पत्निले अंगालो हाल्दा छवि मख्ख

नायिका रेखा थापाले तिहार लक्षित गरेर रिलिज गर्न लागेको फिल्म ‘रुद्रप्रिया’को काग तिहारको अघिल्लो दिनमा राजधानीमा एक भब्य प्रिमियर गरिएको थियो । सो प्रिमियर रेखा फिल्म ब्यानरकै पहिलो प्रिमियर पनि भनिएको छ । प्रिमियरका बिशेश आकर्षण भएका थिए रेखाका पुर्वपति छविराज ओझा र उनकि हुनेवालि पत्नि शिल्पा पोखरेल। छविलाइ पुर्व पत्नि र हुनेवाला पत्नि दुबैजना संगै राखेर फोटो खिच्ने पत्रकारहरुको प्रयास सफल नभए पनि शिल्पाले भने रेखासंग बसेर फोटो खिचिन।

छवि र शिल्पा संगै आएको भए पनि क्यामेरा अगाडि एकसाथ तश्विर खिच्न भने यि दुइ तयार भएनन । छविले शिल्पालाइ छोडेर एकातिर लागे पछि उनि ‘रुद्रप्रिया’को प्रिमियरका लागि तयार पारिएको स्टेजतर्फ लागेकि थिइन । स्टेजमा रेखा र शिल्पाको बिचमा हास्य कलाकार हरिबंश बसेर फोटो खिचेर स्टेजबाट बाहिरिन लागेकि शिल्पालाइ एक फोटो एक पत्रकारले फेरि स्टेजमा फिर्ता पठाए रेखासंग फोटो खिच्नको लागि भनेर ।

मन नलागि नलागि खिचिएको भए पनि सो फोटोको लागि रेखा र शिल्पा मुस्काएका भने थिए । यसरि पुर्व पत्नि र हुनेवाला पत्निले एकसाथ फोटो खिचाउदा छविलाइ पनि स्टेजमा पठाउने प्रयास भने सफल भएन । आँफुले बनाएका यि दुइ हिरोइन शिल्पा र रेखाको अंकमालबाट छवि मख्ख देखिएका थिए ।

भिडियो रिपोर्ट:

प्रियंका कार्कि ३० को दशकमा टेकिन, अव त बिहे गर्ने हो कि ?

शिवरात्रिमा जन्मेकि प्रियंका कार्कि अहिले ३० बर्षकि भएकि छिन । बिए पढ्दै गर्दा प्रेम बिवाह गरेकि प्रियंकाले छोटो समयमा नै पारपाचुके गरेर एकल जिवन बिताइ रहेकि छिन । उनका पुर्व पति रोचक मैनालिले पनि हालै दोश्रो बिवाह गरेका छन। अव त प्रियंकाले पनि विवाह गर्ने होला नि ।

प्रियंका अहिले नेपालि सिने क्षेत्रमा सबै भन्दा ब्यस्त अभिनेत्रि हुन। अभिनयका साथ साथै गायन, नाच र कोरियोग्राफि मा सक्रिय प्रियंका छोटो समयमा नै सफल अभिनेत्रिको रुपमा स्थापित भएकि छिन ।

प्रियंकालाइ जन्मदिनको उपलक्षमा मंगलमय शुभकामना छ ।


 Continue reading

के यो चर्चाको लोभ हो? पुजा शर्मा देखि साम्राज्ञि सम्मको अंग प्रदर्शन

यहि हप्ता दुबइमा भएको नबौं नेफ्टा अवार्ड कार्यक्रममा अभिनेत्रि साम्राज्ञि राज्यलक्ष्मि शाहले लगाएको पहिरनको चर्चा चलेको छ । तिघ्रा पुरै देखिने गरेर माथि सम्म खुलेको गाउनको माथिल्लो भागमा पनि क्लिभेज प्रष्ट देखिने गरेर पारदर्शि बनाइएको थियो । अंग प्रदर्शन नै मुख्य उद्देश्य राखेर डिजाइन् गरिएको सो गाउनलाइ साम्राज्ञिको चर्चित हुने लोभसंग जोडिएको छ । भिडियो रिपोर्ट हेर्नुहोस् ।

तेस्तै खालको ड्रेस यस अघि प्रियंका, निशा अधिकारि, पुजा शर्मा आदिले पनि नलगाएका होइनन ति सबैका चर्चा भए र सेलाए ।
 Continue reading

नेफ्टा अवार्डको नाचमा रमाऔं, बिवाद छु मतलब ..

अवार्ड भन्ने बित्तिकै बिवाद त भै हाल्छ । बेष्ट फिल्म अवार्ड पाउने “पशुपतिप्रसाद” का निर्देशकले आफुले अवार्ड नपाएको भन्दै बहिस्कार गरेछन । पाउने खुशि, नपाउने दुखि को चिन्ता छोडेर नाचगानको कुरा गरौं (अवार्ड पाउने फिल्म हेर्ने हो भने यहाँ क्लिक गर्नुस):

कार्यक्रममा अभिनेत्रि करिश्मा मानन्धर, पुजा शर्मा, छुल्ठिम गुरुङ, मलिना जोशि, रिस्ता बस्नेत, साम्राज्ञि, नम्रता सापकोटा, जेविका कार्कि लगायतलाइ राजेश हमाल, अनुपबिक्रम शाहि, पल शाह, नाजिर हुसैन, सलोन बस्नेत, रोहित रुम्बा लगायतले साथ दिएका थिए ।

पुजा शर्माको नाच :


 Continue reading

नेपालि सेलिब्रेटिका क्रिस्मस फोटोहरु

मैले ट्विटरमा शेयर गरेका नेपालि सेलिब्रेटिका क्रिस्मस फोटोहरु सबै एकै चोटि हेर्न मिलोस भनेर यहाँ एम्बेड गरेको छु ।


 Continue reading

सौगात र सृष्टिको रोमान्स, फिल्म हल देखि रारा ताल सम्म

हालै सौगात मल्ल र सृष्टि श्रेष्ठ मुगुको रारा तालमा फेला परेका छन् । कसैलाइ थाह नदिइ, रारा ताल डेटिङ्मा पुगेको यो जोडिले कसैले चिनिहाल्छ कि भनेर तर्कि तर्कि हिंडेको खवर छ ।

दुइ महिना अघि “झुम्कि”हेर्न फिल्म हल छिर्दै गरेका सौगात र सृष्टि हालै सुदुर पश्चिमको रारा तालमा ४ दिन लामो डेटिङ् सकेर फर्केका छन । रारामा उनिहरुलाइ संगै देख्ने मेरा एक मित्रबाट प्राप्त खवर अनुसार अनुसार, उनिहरु राराको डाँफे लजमा कार्तिक २५ गते बिहीबार सम्म बसेका थिए। उनिहरुको लामो बसाइ त्यो बेला छोटियो जव एक फिल्मको शुटिंग टोलि त्यहाँ पुग्यो । “हिटलर” फिल्म शुटिंग टोलि रारा पुगे पछि सौगात र सृष्टिको जोडि हतार हतार त्यहाँबाट प्रस्थान गरेको थियो ।

सौगातका प्रेम र अफेयरहरु

केहि समय अघि सौगात मल्ल र सरिता गिरि बिचको प्रेम लामो र घनिष्ट रहेको थियो । सरिता गिरिले एसएलसि पास गरेपछि बिरेन्द्र हमालको एम आर थियटरमा अभिनय सिक्न जाँदा भेटेका सौगातसंगै यति घनिष्ट सम्बन्ध भयो कि उनिहरु करिव दश बर्ष प्रेम सम्बन्धमा रहे । तर, यो जोडि सन २०१० ताका छुट्टिएपछि सौगात एक्लो भएका थिए । सरिता भन्छिन, “परिवारलाइ खुशि राख्न हामि छुट्टिएका हौं ।”
 Continue reading

धुर्मुस सुन्तलिको गिरान्चौरबासिलाइ संदेश – चन्द्रमा छुने उद्देश्य लिनु

हास्य कलाकार धुर्मुस र सुन्तलि को प्रयासमा निर्माण गरिएको गिरान्चौर एकिकृत नमुना बस्तिमा ६५ घर का साथ साथै एउटा सामुदायिक भवन पनि निर्माण गरिएको छ । त्यहाँ बगैचा र बाल उद्यानसँगै एउटा रेकेटको स्तम्भ पनि निर्माण गरिएको छ । घर बस्न, सामुदायिक भवन जम्मा हुन, बच्चाहरु खेल्ने स्थान, रमणिय बगैंचा आदिको सबैको आ-आफ्नै उद्देश्य छन । तर, त्यहाँ निर्माण गरिएको रकेट स्तम्भको चाँहि कुनै काम देखिँदैन । हुन त रकेटले राम्रो र बस्तिलाइ आकर्शक देखाएको छ । उक्त स्तम्भमा लेखिएको महाकवि लक्ष्मि प्रसाद देवकोटाको भनाइ “उद्धेश्य के लिनु उडि छुनु चन्द्र एक”ले अझ सुनमा सुगन्ध थपिएको छ ।

भिडियो रिपोर्ट हेर्नुहोस :

सो स्तम्भको बारेमा धुर्मुस भन्छन्, “रकेटको गतिमा काम गरेमा मात्र देश बन्छ।”

धुर्मुस बाट प्रेरणा लिएर देश बनाउने गति तिब्र होस्, मेरो शुभकामना छ ।

सम्झनामा दशैं, अघिल्लो बर्षका उत्कृष्ट ५ फोटाहरु

बिगत ४-५ बर्षहरु देखि मैले नेपालि सेलिब्रेटिहरुले दशैंको बेलामा टिकालगाएका फोटाहरु मेरो वेबसाइटका पाठकहरुलाइ पस्कंदै आएको थिएँ । अघिल्लो बर्ष पनि बिगत जस्तै दशैंको बेला नेपालि अभिनेता र अभिनेत्रिहरुले दशैंको टिकालगाएका फोटाहरु पाठकहरुलाइ बाँडने सोचले जम्मा गर्न थाँलेको थिएँ । तर, आजकल सोसल मिडियाको कारण आँफुलाइ चाखलाग्ने सेलिब्रेटिहरुको फोटो आँफैले फलो गरेर हेर्न मिल्ने हुनाले मैले जम्मा गरेर प्रस्तुत गरिरहन आवश्यक नै नहुने जस्तो लाग्यो । अझ फोटोहरुको बाढिनै आउने हुनाले ति सबै फोटो जम्मा गरेर प्रस्तुत गर्नु नै अनावश्यक जस्तो लाग्यो । अघिल्लो बर्ष देखि म ट्विटरमा पनि बढि नै सक्रिय हुन थालेको हुनाले ति फोटाहरु ट्विटरका साथिहरु बिच बाँडेको थिएँ । ति सबै फोटो वेबसाइटमा राख्दा पनि खासै चाखलाग्दो होला जस्तो लागेन । जब फोटा धेरै हुन्छन, मानिसहरुलाइ सबै फोटो हेर्ने जाँगर पनि लाग्दैन तेसैले, रमाइला र चाखलाग्दा थोरै फोटाहरु मात्र जम्मा गर्ने सोच त बनाएर यो एउटा भिडियो तयार गरेको थिएँ उत्कृष्ट ५ फोटाहरुको मात्र चर्चा गरेर।

आज मैले सोहि भिडियोको भुमिका थप गरेर प्रस्तुत गरेको छु :

फोटो १: दशैंको अघिल्लो दिन अभिनेत्रि करिश्मा मानन्धरले कलाकारहरुलाइ उनको घरमा निम्तो दिएकि थिइन । तर, भारतिय नाकाबन्दिका कारण खाना पकाउने ग्याँसको समस्याको कारणले निम्तो दिएका कलाकारहरुलाइ खुवाउने खाना पकाउने नै समस्या भयो। उनले जुक्ति निकालिन, उनको घरमा भएको शुटिंग स्टुडियोको प्रयोग गर्ने । उनले नेपालको गाँउले परिबेशको शुटिंग सेटमा दाउरा बाल्ने चुलो बनाएर खाना पकाउन थालिन र सो फोटो फेसबुकमा शेयर गरिन । यस अघि, भुइचालो आँउदा पनि उनले शुटिंग सेटको अस्थाइ आवासमा बसेकि थिइन । यो फोटोले भारतिय नाकाबन्दिले पारेको असरको एउटा झलक दिने हुनाले यसलाइ ऐतिहांसिक फोटो नै माने पनि फरक पर्दैन ।
 Continue reading