चिनबाट काठमाण्डौंको लागि रेल छुट्यो तर, आइपुग्ला कहिले? ५ बर्षमा? १० बर्षमा?

चाइनाबाट बैशाख २९ गते काठमाण्डौंसम्मका लागि भनेर एक  रेल नेपाल तर्फ हिंडेको छ । तर बिडम्बना, रेल काठमान्डौं त परको कुरा हो बोर्डरसम्म आइपुग्न पनि ५-६०० किलोमिटर लामो रेल गुडने बाटो (लिक) अझै बनाउनै बाँकि छ । बोर्डर बाट ३५ किमि टाढा तिब्बत तर्फको बजार केरुंग सम्म रेलको लिक बनाउने कार्य शुरु भइ सकेको समाचार छ । तर, यो लिक पुर्ण रुपमा तयार हुन अझै २-४ बर्ष लाग्छ । त्यस पछि केरुंगबाट बोर्डर हुँदै काठमाण्डौं सम्म रेल ल्याउने रेल्वेलाइन बनाउने जिम्मा नेपाल सरकारको हो ।

अब प्रश्न उठ्छ  के काठमाण्डौं सम्म रेल आइ पुग्ला त? आइ पुगे पनि, कति बर्षमा आउला ?

भिडियो रिपोर्ट हेर्नुहोस :

https://www.youtube.com/watch?v=Qzo3AduMPhQ

बाटो कस्तो छ?

चिन सरकारले क्विंग्हाइ – तिब्बत रेलवे नेटवर्कको बिस्तार गरेर केरुंग बजारसम्म ल्याउने कार्य सन २०२० सम्ममा सक्ने लक्ष लिएको छ । सो कुराको जानकारि तिब्बत स्वशाशित क्षेत्रका चेयरम्यान लोसांग जेम्कानले सन २०१५मा तिब्बत पुगेका नेपालका तक्कालिन राष्ट्रपति डा. रामवरण यादवलाइ बताएका थिए ।

china to nepal railway route

सन २०१४ को डिसेम्बरमा नेपाल भ्रमणमा आएका चिनिया बिदेशमन्त्रि वांग यि ले नेपाल सरकारलाइ तिब्बतको सिंगास्ते बाटा काठमाण्डौंसम्म रेल्वेलाइन बिस्तारको सम्भाब्यता अध्ययन गर्न अनुरोध गरेका थिए । चिनले आफ्नो तर्फ रेल्वे लाइन बिस्तार कार्यलाइ निरंतरता दिए पनि नेपाल पक्षले भने सो बारेमा गम्भिरतापुर्वक कार्य अघि बढाएको मलाइ जानकारि छैन ।

 Continue reading

डरलाग्दो – भुकम्प पिडित नेपालि बालबालिकालाइ बेलायतमा बेचिंदै

नेपालमा भुकम्प पिडित बालबालिकाहरुलाइ  बेलायतका धनाड्यहरुले ‘दास’ बनाउनको लागि तस्करी गरिरहेको खुलासा। मानव तस्करहरुले १० वर्ष भन्दा कम उमेरका बालबालिकालाइ जनहि ५,३०० पाउन्डमा बेचेर दास बनाउने गरेको त्यहाँको स्थानिय पत्रिका द सनले सार्बजनिक गरेको हो ।

भिडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=v-vxQProqQQ

टिकापुरमा ८ को मृत्यु, सेना परिचालन

थारुहरुको बेग्लै थरुहट प्रदेशको माग गर्दै आन्दोलनमा उत्रेका कैलालिका थरुहट समर्थक प्रदर्शनकारि र प्रहरि बिच झडप हुदा सोमवार दिउँसो प्रहरी बरिष्ठ उपरिक्षक सहित नेपाल प्रहरीका पाँच जना, सशस्त्रका दुइ जना र एक बालक सहित ८ जनाको मृत्यु भएको समाचार छ । यस अघि बढि शंख्यामा हताहत भएको खबर आए अरु मृतकको बिबरण प्राप्त अन्भाए पछि सच्याएर ८ जनाको मृत्युको खबर आएको हो। आन्दोलनकारिहरु तर्फ भएका हताहत र क्षतिको कुनै बिवरण प्राप्त हुन सकेको छैन।

सो घटना सोमबार दिउसो अढाइ बजे तिर कैलालिको पुर्वि भेगमा पर्ने टिकापुर नगरपालिका-२  मनुवा गाउं नजिकै भएको थियो।

सो घटनामा परि मृत्यु हुने  हुनेहरुमा:

  • सेति अंचल प्रहरि प्रमुख एसएसपि लक्ष्मण न्यौपाने
  • प्रहरी निरिक्षक बलराम विष्ट
  • प्रहरी निरिक्षक केशव बोहरा
  • प्रहरी हवल्दार लक्ष्मण खडका
  • प्रहरी जवान लोकेन्द्र चन्द
  • सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद
  • सशस्त्र प्रहरी जवान रामविहारी चौधरी
  • २ बर्षिय बालक टेकबहादुर साउद (सशस्त्र प्रहरी हवल्दारका छोरा)

 Continue reading

एसिड प्रहारको अनुसन्धानमा प्रहरी नै कुहिरोको काग

फागुन १० गते राजधानीको बसन्तपुरमा ट्युसन पढ्न गएकी किशोरीमाथि भएको एसिड प्रहारको घटनाबारे जानकारी दिन भन्दै शुक्रबार दिउँसो पत्रकारहरूलाई भेला पारिएको थियो । एसिड हान्ने व्यक्तिलाई सार्बजनिक गरिने आशा गरेका पत्रकारहरूलाई “प्रहरीले काम गरिरहेको छ” भन्ने सन्देश दिन मात्र पत्रकार सम्मेलन गरिएको बताएर आफैलाई हलुका बनाएको छ ।

sangita pulami

महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा एआइजी विज्ञानराज शर्माले दिएको घटनाको अनुसन्धानमा बिबरण अनुसार प्रहरी नै कुहिरोको काग बनेको भान हुन्छ । उनका अनुसार एसिड घटनाको अनुसन्धान गर्नको लागि भनेर एसपी मीरा चौधरीको संयोजकत्वमा एक पाँच सदस्यीय समिति गठन गरेर अनुसन्धान अघाडी बढाएको थियो । यसलाई प्रहरी प्रधान कार्यालय, राष्ट्रिय अनुसन्धान ब्युरो र स्थानीय प्रहरी इकाइले पनि साथ दिइरहेको बताइन्छ । तर यी सबै अनुसन्धानले घटनामा संलग्न व्यक्तिलाई पहिचान गर्न नसकेको बताइको छ।

 Continue reading

काठमाण्डौंमा तेजाब आतंक, तेजाब सजिलै किन्न पाइनु ढु:खको कुरा

एसएलसी परीक्षाको तयारी गरिरहेका दुई किशोरीहरूको अनुहार नै विकृत हुने गरेर तेजाब आक्रमण भएको छ । बसन्तपुरको ए–प्लस ट्युसन सेन्टरमा एसएलसीको तयारी गर्न बिहानै देखि कक्षामा पुगेका तीन किशोरीहरू मध्ये एक जनालाई गम्भीर रुपामा तेजाबले पोलेको छ भने अर्कीको अनुहार र घाटीमा तेजाबले पोलेको छ ।

भिडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=sh3QkodbNks

तराई क्षेत्र र भारतमा यदाकदा हुने तेजाब आतंक काठमाण्डौमा तीन बर्ष पछि भएको हो । तीन बर्ष अघि बानेश्वरमा भएको तेजाब आक्रमण घरायसी झगडाको कारणले भएको थियो भने अहिलेको तेजाब आक्रमण के कारणले भएको हो भन्ने कुनै निष्कर्श निस्कन सकेको छैन ।

seema basnet acid attack

सुन्तला रंगको ‘हुड’ लगाएर अनुहार छोपेका एक किशोरले हर्लिक्सको शिशिमा बोकेर आएको तेजाब पढीरहेका किशोरी हरु तर्फ छ्यापेर भागेका थिए । आक्रमणबाट गम्भीर घाइते संगीता पुलामी मगरको सिनामंगलको काठमाडौं मेडिकल कलेजमा शल्यक्रिया भइरहेको छ। शान्ति निकुन्ज माध्यमिक विद्यालयमा पढ्ने संगीताको अनुहार, तिघ्रा र छातीमा तेजाबले पोलेको छ। अर्की घाइते सीमा बस्नेत निधार र गालामा तेजाबले पोलेको छ।
 Continue reading

नेपालले टी-ट्वान्टी क्रिकेट खेल्ने पाउने भयो

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी)को बैठकले नेपाललाई टी-ट्वान्टी क्रिकेट खेल्ने राष्ट्रको स्तर प्रदान गरेको छ। मेलबर्नस्थित मुख्यालयमा शनिबार बिहान बसेको बैठकले नेपालका साथ साथै नेदरल्यान्ड्सलाई पनि टी-ट्वान्टी क्रिकेट राष्ट्रको स्तर प्रदान गरेको छ।

team nepal

आइसिसीको विज्ञप्ति अनुसार १० टेस्ट खेल्ने राष्ट्रसँगै ८ एसोसिएट राष्ट्रले टिट्वान्टी खेल्न पाउनेछन्।

 Continue reading

राष्ट्रिय जनगणना २०६८ को प्रारम्भिक नतिजा

foreign_bound_nepali-censusराष्ट्रिय जनगणना २०६८ को प्रारम्भिक नतिजाअनुसार निम्न तथ्यहरु सार्बजनिक गरिएका छन् :

  • नेपालको जनसङ्ख्या २,६६,२०,८०९ जना पुगेको छ, जुन दश वर्षअघि (२०५८ साल) को जनसङ्ख्या २,३१,५१,४२३ को तुलनामा ३४,६९,३८६ ले बढी छ । विगत दश वर्षको सरदर बार्षिक वृद्धिदर १.४० प्रतिशत रहेको छ (दश वर्षमा १४.९९ प्रतिशत वृद्धि) । वि.सं. २०४८ देखि २०५८ सम्मको दश वर्षमा सरदर वार्षिक जनसङ्ख्या वृद्धिदर २.२५ प्रतिशत रहेको थियो ।
  • जनघनत्व – परिवार र घरको अनुपात १:१.१९ रहेको छ जसको (प्रत्येक १०० वटा घर/भवन वा आवासीय संरचनामा औसतमा ११९ परिवारहरू बसोबास गर्दछन्) ।
  • परिवारको आकार – शहरी क्षेत्रको परिवारमा सालाखाला ४.०५ जना छन् भने ग्रामीण क्षेत्रमा ४.८६ जना रहेका छन्। भौगोलिक क्षेत्रअनुसार हेर्दा हिमाली क्षेत्रमा सालाखाला ४.७४, पहाडमा ४.३४ र तराई क्षेत्रमा ५.०६ जना प्रतिपरिवार रहेको देखिन्छ । परिवारको आकार सबैभन्दा सानो काठमाडौंमा देखिएको छ जहाँको सालाखाला एक परिवारमा औसत ३.७१ जना पाइएको छ भने रौतहट, बारा, कपिलवस्तुमा अझै प्रतिपरिवार ६ जनाभन्दा बढी देखिन्छन् ।
  • अनुपस्थित जनसङ्ख्या – जम्माजम्मी १९,१७,९०३ जना अनुपस्थित अर्थात विदेसिएको देखिन्छन् जसमध्ये पुरूष १६,६३,२३७ (८६.७ प्रतिशत) र महिला २,५४,६६६ (१३.३ प्रतिशत) रहेको छ । दश वर्षअघि २०५८ सालमा घरपरिवारमा अनुपस्थित (विदेश जानेहरू) सङ्ख्या ७,६२,१८१ थियो, जसमध्ये पुरूष ६,७९,४६९ (८९.१ प्रतिशत) र महिला ८२,७१२ (१०.९ प्रतिशत) थिए ।
  • जनसङ्ख्या र लैंगिक अनुपात – नेपालको कुल जनसङ्ख्या २,६६,२०,८०९ मध्ये पुरूषको सङ्ख्या १,२९,२७,४३१ र महिलाको सङ्ख्या १,३६,९३,३७८ पुगेको छ । कुल जनसङ्ख्यामा पुरूषको सङ्ख्या ४८.५६ प्रतिशत र महिलाको सङ्ख्या ५१.४४ प्रतिशत रहेको छ ।

census_family size

सीता एयरको विमान दुर्घटना, बिमानमा सबार सबै १९ जनाको मृत्यु

आज लुक्लातर्फ उडेको सीता एयरको एक विमान काठमाडौं विमानस्थलबाट उड्ने बित्तिकै दुर्घटना भएको छ । बिहान ६:१५ बजे भएको सो दुर्घटनामा उक्त विमानमा सवार १६ यात्रु र ३ चालक दल सदस्य लगायत सबै १९ जनाको मृत्यु भएको । काठमाडौं विमानस्थलबाट उड्नासाथ केही बेरमानै आगोलागेको सो विमान ठिमी – १६, मनोहरा खोलाको किनार खसेको थियो।

sita_air_crash_burning-plane

त्रिभुबन अन्तरास्ट्रिय बिमानस्थलले एक बिज्ञप्ति निकाली सो बिमान चरासंग ठोकिएको हुनाले आकासमा नै आगलागी भएको बताइएको छ । उक्त बिमानमा सबार मृतक मध्ये ७ जना नेपाली, ७ जना बेलायती र ५ जना चिनियाँ नागरिक रहेको बताइएको छ  । चालक दलका सदस्यहरुमा क्याप्टेन विजय तन्डुकार, टी थापा रहेका थिए ।

यस दु:खदायी घटनामा ज्यान गुमाउने सबैका परिवारजनमा धैर्यधारणाको शक्ति मिलोस् र मृतआत्माको चीरशान्ति मिलोस !

रोशन छेत्रीले आज दुर्घटना भएको सिता एयरको बिमानको उड्न लागेको एक भिडियो खिचेका रहेछन करीब ३ महिना पहिले । दुर्घटनाभएको खबर थाहा पाए पछि उनले अचम्म मान्दै सो भिडियो फेसबुकमा पोस्ट गरेका हुन् ।

अपडेट: स्थानीय प्रत्यक्षदर्शीका अनुसार, जल्दै बस्त्री बस्तीतिर खस्न लागेको हवाईजहाज खोलातिर मोडिएर खाली स्थानामा खसेको थियो । यसरी उक्त प्लेनका पाइलटले अन्तिम घडीमा पनि जमीनको बस्तीलाइ जोगाएको बुझिन्छ । अहिले खसेको स्थान नजिकै मनोहरा खोला किनारमा रहेका करीब ५-६ सय घरमाथी खसेको भए अझै यो घटनामा अझै ठूलो मानबिय क्षती हुने सम्भाबना थियो ।

चरासंग ठोकिएको भनेर बिज्ञप्ती निकालिए पनि विमान कतै ठोक्किएको पुस्टी हुन सकेको छैन। उड्ने बित्तिकै नै प्राविधिक समस्या आए पछि विमानलाइ आपतकालीन अवतरणका गर्ने क्रममा रनवे नजिकैको खोला किनारको बगरमा अवतरण गरे पछि करीब ४ मिनेट पछि मात्रै विमानमा ठूलो आगो लागेको बताइएको छ । अवतरणको लगत्तै विमानको आपतकालिन ढोका किन खुलेन र दुर्घटनाका कारण के हुन भन्ने कुरा अनुसन्धान पछि मात्रै खुल्ने छ ।

जे भए पनि यो नेपालमा भइरहने हवाईजहाज दुर्घटना मध्येको बिभत्स घटना हो । संसार भरी सबै भन्दा भरपर्दो सबारी साधन मानिने हवाईजहाज नेपालमा मात्र किन त्यति भरपर्दो हुन सकेको छैन, समयमा नै अनुसन्धान गर्न सकिएन भने अलि अलि आउने पर्यटकको संख्यामा अरु ह्रास आउने पक्का छ  ।

अर्को अपडेट

नेपाल वायु सेवा निगमका वरिष्ठ क्याप्टेन रविन्द्रकुमार शेरचनले चरा ठोक्किएरमात्र कुनै पनि विमान दुर्घटना नहुने भन्दै दुर्घटनामा प्राविधिक कमजोरी रहेको दाबी गरेका छन्। शेरचनका अनुसार एक दिन अघि उडानका लागि अयोग्य भन्दै ग्राउन्डेड गरिएको विमान भोलिपल्ट नै उडाइनु शंकास्पद रहेको छ।

हाम्रा नोट किन थोत्रा हुन्छन

सबैलाई थाहा छ, नेपाली नोट चाडै थोत्रा हुन्छन । किन चाडै थोत्रा हुन्छन भन्ने प्रश्नको उत्तर प्राय: ‘नेपाली प्रयोगकर्ताले कच्याककुचुक पार्ने हुनाले’ चाडै थोत्रा हुने गरेको भन्ने गरिन्छ । तर खासमा नोट थोत्रा बनाउनमा नेपाली बैंकहरुको ठूलो हात हुने गरेको छ । एउटा सचित्र उदाहरण:

निम्न फोटोमा देखिएको रु ५००को नोट एउटा प्वाल बाहेक नयाँ नै छ ।

500 rs_note_hole

को बदमास ले तेस्तो प्वाल पारेको होला त ?

यो प्रश्नको उत्तर निम्न फोटोले दिन्छ कि?

 Continue reading

जो अगुवा … ट्राफिक पुलिसलाइ हेल्मेट लगाउनु पर्दैन?

निम्न फोटोमा देखिएकी महिला ट्राफिक प्रहरीले हेल्मेट नै नलगाई स्कुटर दौडाइ रहेकी छिन | सर्बसाधारणलाइ हेल्मेट नलगाएकोमा कारबाही गर्ने अधिकार प्राप्त यी सरकारी कर्मचारी आफैले चाहिँ हेल्मेट नलगाउदा कस्तो संदेश जाला?

नियम कानून भनेको सबैमा बराबर लागु हुनु पर्ने होइन र? यीनलाई कसले कारबाही गर्छ होला?

traffic_police_no_helmet

Photo by Anamolmani Paudel