के अब प्रचण्ड बस्ने घर आँफ्नै हुन्छ ? कि नयाँ बन्ने नेकपा को हुन्छ ?

दुइ बर्ष अघि बनाएको निम्न भिडियोले भर्खर १० लाख भ्यु पाएछ। यो अनौठो संयोग नेकपा माओबादि र नेकपा एमाले बिच एकता संगै मिलेको छ । उक्त भिडियोमा कसरि देशको अवस्था जति बिग्रे पनि हाम्रा नेताहरुले आर्थिक अवस्था भने सप्रिरहेको छ भन्ने देखिन्छ । यो भिडियो रिपोर्ट मा देशका शिर्ष नेताहरु कस्तो घरमा बस्छन भन्ने विवरण समावेश गरिएको छ।

केहि समय पहिले मैले प्रचण्डको नयाँ घरको बारेमा पनि भिडियो रिपोर्ट बनाएको थिएँ यहाँ हेर्नुहोस - 

त्यो बेलामा प्रचण्ड र बाबुराम पार्टी निर्णय अनुसार भाडाको घरमा बस्थे। अब त माओबादि पार्टि पनि एमालेमा बिलय भएको छ। के प्रचण्डले अब भर्खर सरेको नयाँ बास्स्थान भाडाको नभएर आँफ्नै हो भन्लान त? 
 Continue reading

नेपाल बन्ने होइन, बच्ने हो कि होइन – ज्ञानेन्द्रको चिन्ताका ४ प्रमुख बुँदाहरु

(भिडियो केहि समयमा तयार हुने छ ।)
नेपाल बन्ने होइन, बच्ने हो कि होइन भनेर पुर्व राजा ज्ञानेन्द्रको चिन्ता ब्यक्त गरेका छन् पृथ्विनारायण शाहको जन्मदिनको अवसर पारेर जारि गरेको एक बक्तव्यमा । उनले देशका नेता र सरकार प्रति गम्भिर आरोपहरु पनि लगाएका छन्। उनले नेपालमा “नेपालि जनताको इच्छा नै राजइच्छा हुने परम्परा रहि आएको” दावि पनि गरेका छन

उनको विज्ञप्तिका चार प्रमुख बुँदा यस प्रकार छन :

– नारायणहिटि राजदरवार छोडेको एक दशक पनि नबित्दै नेपाल बन्ने होइन, बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडिमा आइपुगेको ।

– नेपालि जनताको इच्छा नै राजइच्छा हुने परम्परा रहि आएको हुनाले तत्कालिक परिस्थिति अनुसार नारायणहिटि राजदरवारबाट बाहिरिएको हो तर, जनता र राष्ट्रप्रतिको जिम्मेवारिबाट पन्छिएको होइन ।

– भाषा, धर्म, संस्कृति र राष्ट्रिय पहिचानका आधारहरू भत्काउने प्रयास भइरहेको।जनताको एकता बिथोल्ने, देशको सार्वभौमसत्ता कमजोर पार्ने, राज्य संयन्त्रहरूलाइ दुर्बल तुल्याउने, भौगोलिक एवं क्षेत्रिय अखण्डतामाथि प्रहार गर्ने कार्य भइरहेको। देशलाइ कसैको क्रिडास्थल हुन दिइनु हुँदैन ।

– नेपालको अस्तित्व, स्वाभिमान र गौरव चिरकालसम्म जोगाउन, नेपालिबिचको एकतालाइ जिवन्त र स्थायि बनाउन, स्थिर, शान्त र समृद्ध नेपाल निर्माण गर्न सबै नेपालिलाई राष्ट्रिय झण्डामुनि गोलवद्ध हुन आह्वान।

ज्ञानेन्द्रका पछिल्ला क्रियाकलापले उनि राजनितिमा सक्रिय हुन खोजेको प्रष्ट देखिन्छ् । बर्षको शुरु देखि नै उनले बिभिन्न अवसरको मौका छोपेर विज्ञप्तिहरु निकाल्न थालेका थिए । नयाँ बर्षको अवसरमा र दशैंको अवसरमा पनि उनले राजनितिक कुराहरु समावेश विज्ञप्तिहरु निकालेका थिए। तेस्तै, उनले बनकालिमा आयोजित एक धार्मिक कार्यक्रममा बिद्रोह हुन सक्ने चेतावनि समेत दिएका थिए (भिडियो हेर्नुहोस) ।

उनले पुस ६ गते भने कुनै अवसर नभए पनि यस्तै खालको विज्ञप्ति जारी गर्दै राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने कार्य भइ रहेको आरोप लगाएका थिए। अचानक र कुनै सन्धर्व नभइ निकालिएको सो विज्ञप्ति को बिरोध हुनुको साथै सो विज्ञप्तिपछि मन्त्रिपरिषद्को बैठकमा दरबार हत्याकान्डको पुनः छानबिन गर्नेबारे समेत छलफल गरेको थियो।

सरकार आत्तिएको बारेमा :


 Continue reading

अर्चना पनेरुकि आमाले कम्पनि खोलिन, छोरि म्यानेजर

नांगिएर क्षणिक चर्चा, हल्ला खल्ला भो – फिल्म खेल्ने अवसर त पाइन । तर, फिल्ममा ल्याउने निर्देशक संग झगडा गरेर रिलिज हुने बेलामा “जिस्म” फिल्म आफ्नो फिल्म नै होइन भनिन । अर्को फिल्म “छेस्को” मा अभिनेत्रि भए पनि फिल्म चलेन, “जिस्म”को पनि उस्तै हालत भयो ।

त्यस अघि नै फिल्म क्षेत्रका चलेका निर्माता र निर्देशकहरुले बोलाएर यौन प्रस्ताव राखे भनेर हल्ला गरिन्, पछि प्रहरि केस भए पछि नभएको कुरा भनेको भनेर स्विकार पनि गरिन । अहिले उनको हातमा न फिल्म छन, न चर्चा नै । पछिल्लो समय अर्चना पनेरुका आमा र छोरि दुबै जना ठमेलको एक डान्स बारमा नाच्न थालेको खवर आएको थियो, त्यस पछि उनिहरुको बारेमा कुनै समाचार र चर्चा छैन ।

यस बिच अर्चनाकि आमा सुनिता पनेरुले एक कम्पनि सुनिता क्रियसन भनेर दर्ता गरेकि रहिछिन । सोहि कम्पनिमा अघिल्लो महिना मात्र १८ बर्ष पुगेकि छोरिलाइ म्यानेजर नियुक्त गरेकि रहिछ्न । स्मरणनिय छ, अर्चनालाइ नग्न फोटो शेयर गर्न थालेपछि १० कक्षा पढ्दापढ्दै स्कुलले निकालेको हुनाले यसएलसि जाँच पनि दिन पाएकि छैनन । कम्पनिले गर्ने भनेको सुन्दरि प्रतियोगिताको बिग्यापनमा उनलाइ म्यानेजरका साथ साथै कोरियोग्राफर पनि भएको उल्लेख गरिएको छ ।

अरु बिबरण निम्न भिडियोमा हेर्नुहोस:

https://www.youtube.com/watch?v=f5mHYXweCEg
 Continue reading

Incoming search terms:

  • पुतिकाे फाेटाे
  • चिकेको फोतो
  • सेकसि फाेटाे
  • चिकेकाे भिडियाे
  • नेपाली सेक्क
  • नेपालि सेकसि भिदियो
  • सेकसि भिडियाे

अल्पायुमा ज्यान गुमाउने नेपालि गायकहरु

यहि महिना भाद्रको शुरुवातमा (भाद्र ९ गते) चर्चित लोक गायक खेमराज गुरुङको ४२ बर्षको अल्पायुमा नै निधन भएको खवरले मलाइ मर्माहत पारेको थियो । त्यो बेलामा मैले अल्पायुमा निधन हुने गायकहरुको बारेमा भिडियो बनाउने तयारि गरेको थिएँ । त्यस बेला मलाइ अल्पायु कति उमेरलाइ भन्ने, ४० बर्ष अल्पायु हो कि होइन भन्नेमा कुरामा द्विविधा भयो । तेसैले यो बारेमा ट्विटरमा चर्चा पनि गरेको थिएँ । हिजो (भाद्र २८ गते) गुरुङको निधनको २० दिन पनि नहुँदै अरेका चर्चित पप गयक सुनिल बर्देवा को निधनको खवर आयो । ४४ बर्षका बर्देवाको पनि अल्पायुमा नै निधन भयो, गुरुङकै जस्तै अवस्तामा । खेमराज गुरुङमा जण्डिसको लक्षण देखिएपछि उपचार गर्न हस्पिटल भर्ना गरिएको थियो भने बर्देवामा पनि जण्डिसकै लक्षण देखिएको तर उनि अस्पताल भने अन्तिम अबस्थामा मात्रै पुगे । यसरि एकै महिनामा दुइ चर्चित गायकहरु गुमाउँदा साह्रै नै दुख लागेको छ । तर, बिगतमा हामिले यस्तै चर्चित गायकहरु खेमराज गुरुङ र वर्देवा भन्दा पनि कलिको उमेरमा गुमाएका थियौं ।

पहिला हिजो निधन भएका वर्देवाको बारेमा भिडियो समाचार:

आज म चर्चा गर्दैछु कलिलै उमेरमानै ज्यान गुमाउने र श्रोताको मन जित्न सफल भएका अरु संगित श्रष्टाहरुको बारेमा। अल्पायुमा ज्यान गुमाउने ५ संगित श्रष्टाहरुको बारेमा मैले बनाएको भिडियो हेर्नुहोस :

भिडियोमा छुटेकि छिन २८ बर्षमा आफ्नो जिवनलिला समाप्त गर्ने गायक योगिता मोक्तान।
 Continue reading

पुर्व राष्ट्रपतिलाइ क्यान्सर, उपचारको लागि अमेरिका लगिने

पुर्ब रास्ट्रपति रामवरण यादबलाइ भारतमा उपचार गर्नका निम्ति सरकारले १० लाख दिएकोमा उनलाइ प्रारम्भिक चरणको क्यान्सर भएको पत्ता लागे पछि अमेरिका लगेर उपचार गराउने निर्णय गरिएको छ । अमेरिकामा उपचार गराउन सरकारले थप ६० लाख दिने निर्णय गरेको छ । रु ६० लाख उपचार खर्च बाहेक उनलाइ दैनिक ३०० डलर भत्ता पनि दिइनुका साथै उनका तिन जना सहयोगीलाइ पनि हवाइ टिकट र दैनिक १५० डलर भत्ता दिने सरकारले निर्णय गरेको समाचार छ ।

यादव आगामि सेप्टेम्बर १७ तारिखमा अमेरिकाको हेनरि फोर्ड सेन्टरमा परिक्षणको लागि जाँदैछन्। त्यहाँ परिक्षण पछि अपरेशन कति ठुलो हुने भन्ने कुराको निर्णय हुने उन्का छोरा डा.चन्द्रमोहन यादवले बताएका छन । ७४ बर्ष उमेरका यादव नेपालको पहिलो राष्ट्रपति हुन।

आजकल सबै नेता उपचारको बहानामा बिदेश यात्र गर्ने चलन चलेकोमा बिरोध हुन थालेको बेला यादव अमेरिका जान लागेका हुन भने पुर्व प्रधानमन्त्रि र कांग्रेस नेता शेरबहादुर भदौ १० गते सिंगापुर गएका छन । अर्का पुर्व प्रधानमन्त्रि नेकपा एमाले नेता के पि ओलि पनि भदौ ९ गते नै थाइलेन्ड गएका थिए स्वास्थ्य उपचारको लागि ।

यो बारेमा मैले भिडियो बनाएको थिएँ:

 Continue reading

प्रचण्ड प्रेम – केपि ओलिको शब्दमा

काठमाडौंको एक कार्यक्रममा बोल्दै निवर्तमान प्रधानमन्त्रि केपि शर्मा ओलिले वर्तमान प्रधानमन्त्रि पुष्प कमल दाहालको द्वेध चरित्र भएको बताएका छन । आलंकारिक रुपमा उनले जता गयो तेतै लभ पर्यो भन्ने गरेका केपिले बताएका थिए ।

ओलिले कहिले मधेशमा गरेर मधेशलाइ लभ पर्‍यो भन्ने कहिले भारतमा गएर भारतलाइ लभ पर्‍यो भन्ने गरेको बताएका थिए । उनले थपे, केहि समय अगाडि उनि आफैंलाइ पनि लभ पर्‍यो भन्दा विश्वास गरेकाले पछि धोका पाएको भनाइ पनि थपे ।
 Continue reading

सँधै मन्त्रि बिजय कुमार गच्छदार

बिजय कुमार गच्छदार यस्ता नेता हुन, जो जुनसुकै पार्टिको सरकार आए पनि मन्त्रि पद पड्काउन सक्छन ।

केपि ओली सरकारका उपप्रधानमन्त्रि तथा भौतिक पुर्वाधार तथा यातायात मन्त्रि रहेका केपि माथि अविश्वासको प्रस्ताव र सरकार ढल्ने संकेत मिल्ने बित्तिकै प्रचण्डको नेतृत्वमा बन्ने सम्भावन भएको सरकारमा मन्त्री बन्न दौडधुप शुरु गरिसकेका थिए । सुन्नमा आए अनुसार उनले माओवादि मन्त्रिपरिसदमा आफ्नो स्थान सुरक्षित राखि सकेका छन भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा। भिडियो रिपोर्ट हेर्नुहोस:

https://www.youtube.com/watch?v=Q3GuDGIN2TY

शुरुका कांग्रेस नेता गच्छदार कांग्रेस नेताहरुको सरकारमा दुइ दुइ चोटि मन्त्रि भएका थिए । पछि उनले छुट्टै पार्टि खोलेर सबै पार्टिको सरकारमा सामेल हुन सक्षम भएका हुन ।

  • राप्रपा नेता सुर्य बहादुर थापाको मन्त्रिपरिषदमा
  • एमाले नेता माधव कुमार नेपालको मन्त्रिपरिषदमा
  • एमाले नेता केपि ओलिको मन्त्रिपरिषदमा
  • माओबादि नेता प्रचण्ड सरकारको मन्त्रिमण्डलमा
  • माओबादि नेता बाबुराम भट्टराइ सरकारको मन्त्रिमण्डलमा
  • कांग्रेस नेता गिरिजा प्रसाद कोइराला सरकारको मन्त्रिमण्डलमा दुइ चोटि
  • कांग्रेस नेता  भट्टराइ सरकारको मन्त्रिमण्डलमा दुइ चोटि
  • कांग्रेस नेता शेरबहादुर देउवा सरकारको मन्त्रिमण्डलमा दुइ चोटि

गच्छदार बिक्रम संबत २०६४ को संविधानसभा निर्वाचन पछि बनेका सरकारहरु मध्ये झलनाथ खनालको र सुशील कोइरालाको नेतृत्वका बनेका दुइवटा सरकार बाहेक अरु सबै सरकारमा मन्त्रि बनेका छन ।

अझ उनि संधै प्रभावशालि मन्त्रालयकै मन्त्रि हुन्छन भने उनि तिन चोटि त उपप्रधान मन्त्रि नै भइ सके । उनले सम्हालेका मन्त्रि पदहरुमा संचारमन्त्रि, निर्माण तथा यातायात मन्त्रि, पर्यटन तथा नागरिक उड्यान मन्त्रि, जलश्रोत मन्त्रि, भौतिक योजना तथा निर्माण मन्त्रि, र  गृहमन्त्रि रहेका छन्।
 Continue reading

डा. केसीलाइ फेरी अनसन बस्न नपरोस्

डा. गोबिन्द केसीको समर्थन र बिरोधको बिचमा उनको अनसन सकिएको छ ।

उनलाइ अब फेरि अनसन बस्नु नपरोस :

https://www.youtube.com/watch?v=05C2M-i5jII

डा. गोविन्द केसिले ८औं पटकको अनसन यहि सोमबार सिन्धुपाल्चोकका ५ बर्षका सरोज नेपालि, सिरहाका १३ वर्षका परमेश्वर महतो र गोरखा, ल्हो गाविस-१ का छेवाङ नुर्वु लामाको हातबाट जुस पिएर तोडेका छन ।

dr kc
 Continue reading

पुर्वमन्त्रि लालबाबु पण्डित सर्बसाधारण चढ्ने टेम्पोमा, मिडिया स्टन्ट मात्रै नहोला

हिजो पुर्व सामान्य प्रशासन मन्त्रि लालबबु पण्डितका सहयोगी वासिम वालमले केहि फोटो सार्बजनिक गरे । कतिले यो उनको प्रचारमुखि कार्य भनेर बिरोध पनि गरेका छन । तर, उनको घरमा गाडि भइ भइ उनि टेम्पु चढेका त होइनन होला ।

भिडियो रिपोर्ट हेर्नुहोस अनि त्यस पछि उनको यो कदमको जवाफमा ट्विटरमा आएका केहि प्रतिक्रियाहरु हेर्नुहोस:

https://www.youtube.com/watch?v=ui2xUN9kdz8

समाचारमा “पण्डितले चाहेको भए टेलिभिजनले डेरासम्म गाडी पठाउन सक्थ्यो तर उनलाइ टेम्पो नै सजिलो लाग्ने हुनाले सवारि साधनको माग गरेनन,” पनि भनिएको छ । पण्डितले ‘मैले यसरी यात्रा गर्दा धेरै माया पाएको छु,” पनि भनेका छन् ।


 Continue reading

काबुलको कात्रो (मर्मस्पर्सि कविता)

नुमाको आवाजमा सोफियाको लेखनमा अफगानिस्तानको राजधानि काबुलमा भएको एक आत्मघाति आक्रमणमा ज्यान गुमाउने १३ जनाको सम्झनामा रचिएको एक मर्मस्पर्सि कविता को वाचन । सो घटनामा १२ जना नेपालिको ज्यान तुरुन्तै गएको थियो भने एक जना घाइतेको भारतमा उपचार हुँदा हुँदै ज्यान गएको थियो । क्यानेडियन दुतावासमा सुरक्षा गार्डको रुपमा कार्यरत ति अभगि नेपालिहरुको सम्झनामा यो कविता प्रस्तुत छ :

कविता :

काबुलको कात्रो (कविता)

साहिलिको साहिला, लाहुरजाने भन्छ
सनुसको सम्पत्ति, खनखन्ति गन्छ
घरखेत साहुलाइ, धितो राखि भन्छ
साइलिलाइ बाला, लगाइदिन मन छ

खोलावारि साहिला, साहिलि बसिन पुलमा
बिदा भइ घर, पुग्यो साहिला काबुलमा
अनगिन्ति सपना, बगाइ पसिना
हरायो साइलो आज, शहरको हुलमा

अनायासै उसलाइ, लिन आयो काल
खबर आयो गाउंमा, साइलिको बेहाल
उडि आयो जहाज, काठको बाकस लिइ
रच्यो हेर कस्तो, भगबानले जाल

चिहानले बोलायो, गरिबको सासलाइ
ब्रम्हनालमा लडाइयो, सेताम्मे लासलाइ
घनघोर बर्षा, कात्रो भिजिगयो
हाल्दैथे जलअझै, मेटाउन प्यासलाइ

डुबाइ गोडा बागमति, बग्यो तिरैतिर
४ बर्षे छोरा, लौन कस्तो पिर
भरे दाउरा टम्मै, चिहानै ढाक्यो
सुताइदिए लाशलाइ, त्यहि दाउरानिर

अटेन दागबत्ति, छोराको हातमा
श्रिमति रोइन, जान्छु भनि साथमा
सल्काइदिए आगो, दाउराको कुनिहुमा
झलमल्ल उज्यालो भो, चकमन्न रातमा

पलमै जलिगयो, शरिर भो खरानि
हिजोको आफ्नो, आज भो बिरानि
आंशुका धारा, भेलसरि बगे
भिजाइ दिनरात, ओछ्यानको शिरानि
 Continue reading