मै आँफुले आँफैलाइ हिन्दु भन्न रुचाउँछु किनकि म हिन्दु परिवारमा जन्मे । हिन्दु परिवारमा जन्मनु बाहेक हिन्दु हुनुका अरु कुनै प्रमाण म संग छैनन । परिवारले सानै उमेरमा ब्रतबन्ध गरिदिएका थिए, त्यो पनि जवरजस्ति । त्यो बेला लगाएको जनै पनि अहिले मसंग छैन । टुप्पि पालेको छैन, योगिहरुले लगाउने जस्तो लंगौटि पनि कहिल्यै लगाएको छैन ।
त्यसो भए म हिन्दु हुनुको के प्रमाण भयो त ?
केहि छैन जस्तो लाग्यो।
आज एक ट्विटर मित्र, टंक खनालको प्रश्नले मलाइ सोच्न बाध्य पार्यो:
हिन्दु धर्म त भन्छौ कि हामी तर के हो यो धर्म भनेर कसरि बुझाउने हो हौ जिज्ञाशुलाई ??
— Tanka Khanal (@TASIBO) November 21, 2017
मेरो उत्तर थियो – धर्म तेस्ता नियमहरुको संग्रहो हो जसले मानिसलाइ जिउन सजिलो बनाउँछ। त्यसका साथसाथै, मानिसले मान्ने धर्म अनुसार उसका मान्यताहरु, ब्यबहार र आदत बुझ्न पनि सजिलो बनाइदिन्छ। अरु धर्महरु जस्तै हिन्दु धर्म त्यस्तै नियमहरुको संगालो हो। यिनै नियमहरु सबै मानिसले सजिलोसंग बुझुन भनेर बिभिन्न धर्मग्रंथ र महाभारत र रामायण जस्ता कथाहरु लेखिएका हुन्छन।
टंकजिलाइ भने यि नियमहरु बुँदागत रुपमा नै चाहिएको रहेछ । बुंदागत रुपमा नै प्रस्तुत गर्न त सतहि सोचले मात्रै नमिल्ने हुनाले मैले “गितासार” लाइ आधार बनाउने सुझाव दिएको थिएँ । टंकजिले अन्य मित्रहरुको सुझावलाइ पनि आधार बनाएर बुँदागत रुपमा नै प्रस्तुत गरिदिनु भएको छ यसरि:
हिन्दूले :
१. ईश्वरमा बिश्वाश गर्दछ
२. ईश्वरको प्रतिमा स्थापनागरि पूजा आराधना गर्दछ
३. कर्ममा बिस्वाश राख्दछ
४. पुनर्जन्ममा बिश्वाश राख्दछ
५. आत्मा अमर हो भन्ने मान्दछ
६. मानवताको पालना गर्दछ
७. माता पिता गुरु अतिथिलाई देव/देवीको रुपमा हेर्दछ
…— Tanka Khanal (@TASIBO) November 22, 2017
र
८. वैदिक शाश्त्र अनुरुपका सस्कारको पालना गर्दछ
९. परम्परागत चाड पर्वहरु मनाउदछ
१०. देव/देवीको दर्शनार्थ तीर्थयात्रा गर्दछ
११. मृत शरीरलाई जलाउदछ
१२. गाईलाई पूजा गर्दछ र गौ हत्या अपराध मान्दछ
१३. सहअस्तित्व स्वीकार गर्दछ !!— Tanka Khanal (@TASIBO) November 22, 2017