साइबाबा लाइ सम्झदा

sai-BABAमलाइ साइबाबाको कहिले पनि बिश्वास लागेन | तर कहिले पनि बिरोध गर्न पनि मन लागेन| अब साइ भक्तहरुले यसलाई पनि ‘बाबाको प्रतापले’ मलाइ बिरोध गर्न मन नलागेको पनि भन्न सक्छन | मलाइ कसैको कुरा काट्नु छैन |

साइबाबा २०२२मा मर्छु भनेर भबिष्य बाणी गरे पनि ११ बर्ष पहिलेनै यो धर्ती छोड्न बाध्य भए | देउतै भएको भए त के को बाध्यता हुन्थ्यो होला र ?

देउता भनेर नमान्नेहरु मध्य धेरैले उनलाई समाजसेबी भनेर पनि मानेका छन् | केही मात्रामा भए पनि दीन दुखी लाइ सेबा गरेकोमा त कसैमा द्विविधा नहोला (त्यसको पछाडीको स्वार्थको कुरा गरेर फाइदा पनि छैन|) म पनि पुगेको थिए उनको बेंग्लोरको आश्रममा एक चोटी | बिश्वास नलागेकोले होला कुनै कौतुहल वा रमाइलो केही पनि लागेन |

साइबाबालाइ जादुले यस्तो प्रख्यात बनायो र शंका गर्नेहरु पनि सोही जादुलाई नै आधार मान्दछन | बिभिन्न भिडियोहरु प्रचार प्रसार गरियो, तै पनि उनको प्रख्यातीमा कुनै कमी आएन | जादुगरहरुले उनका जादुका खेलको भित्री पाटो पनि देखाए तर उनका भक्तहरुले हेर्दै हेर्दिएनन |

मेरो बिचारमा जादु उनको बिजनेस strategy थियो र उनी त्यसमा सफल पनि भए | मलाइ साइबाबा धर्मगुरु को रुपमा नभएर बिजनेसम्यान को रुपमा चै मान्नै पर्छ जस्तो लाग्छ | येस्तो पपुलर र सफल हुन सक्नु भनेको चानचुने कुरा त होइन नि (झुठकै खेति गरेर भएपनि)|

उनको आत्माले शान्ति पाओस |

 Continue reading

मन्त्रीका ५ नाम र ३ पासपोर्ट

लौ अब कसरि भन्नु कसको बारेमा कुरा गर्न लागेको भनेर | एउटा नाम भए पो फलानो को बारेमा कुरा गरेको भन्नु , ५ – ५ ओटा नाम हुने लाइ के भनेर बोलाउने होला?

उनी हालका अर्थ राज्यमन्त्री हुन – मन्त्री हुदा प्रयोग भएको नाम चै "ल्हारक्याल लामा" |

उनका नाम हरु :

  • नाबालक नाम दर्ता उनको नाम लाकेल शेर्पा छ।
  • नेपाली नागरिकतामा ल्हारक्याल लामा
  • नेपाली राहदानीमा मिस्टर वाङचुक रिम्पोछे
  • भारतीय राहदानीमा खेम्पो छिमे छिरिङ
  • तिब्बती शरणार्थी परिचयपत्रमा लामा छिमे छिरिङ

यो बारेमा अरु कुरा र प्रमाण चै नागरिक पत्रिकाम छापिएको छ – खोजि खोजि पढ्नु होला !

state-finance-minister-lama

उजुरी नि काँ काँ हाल्नु ?

उजुरी नि काँ काँ हाल्नु?

  • बत्ति कहिल्यै हुदैंन,
  • धारामा पानी आउंदैन,
  • ढल जहिल्यै जमिरहन्छ,
  • फोन गर्न खोज्यो~सम्पर्क हुन सकेन,
  • बाइकमा पेट्रोल हाल्न जाउँ~लाइन देखेरै आत्तिने|
  • सबै छलेर काम गर्यो, जश कहिल्यै नपाइने|
  • अलिकति कमायो राजश्वले डामिहाल्छ|
  • आSSSS मुक्ति देउ मलाई,कि त देशै सुम्पिदेउ जनतालाई हैन भने लाछी(नेता)हरु झुण्डेर मर|

ह्वाँ स्कुलाँ देशको बर्णन गर्दै विकासमुखी नारा लेख्नु भनेर गृहकार्य देका छन् |

(फेसबुके गफ )

नयाँ बर्ष को शुभकामना

यो नयाँ बर्ष ले नयाँ जोस जाँगर का साथ प्रगतिको बाटोमा लम्कने इक्षा र शहास देओस |  नेपालको परिपेक्षमा सबै भन्दा ठूलो कुरो भनेको संबिधान लेखन नै भएको ले  नेपालडायरीका मित्रले लेखेको कविता खुबै घत लाग्यो:

मदेस-पहाड मिलेर बसुन ।
नया-संबिधान लेखेर सकुन ।

देश, र समाजको लागि त अनगिन्ति अपूरा गुनासाहरु र इक्षाहरु राखेको पनि धेरै नै भयो | यो पटक त अलिक सप्रिन्छ कि भन्ने आशा फेरी निराशा मा परिवर्तन नहोस् |

शुभकामना |

पुरै कविता (ह्रस्वकरण पछि)

धारामा “ध्वाररर…” पानि आओस ।
घरको बत्ति कहिल्यै नजाओस ।

नो कनेक्सन /इरर सुन्न नपरोस ।
केटा सांसद सुत्केरी भन्न नपरोस ।

पुष्पकमल दाहाल को सतबुध्धि आओस
झलानाथ ले फेरी झापड नखाओस ।

देश को अर्थतन्त्र सप्रेर जाओस ।
जुम्लिले  पनि भात खान पाओस ।

तरुनाहरु खाडितिर नजाउन ।
देस कै माटो खोस्रेर खाउँन ।

मसाजमा तरुनि फेला नपरुन ।
निर्धोलाइ कसैले हेला नगरुन ।

बन्द र हडताल घटेर जाओस।
पर क्यापिटा इन्कम बढेर जाओस ।

वाइ सि यल ले कसैको हत्या नगरुन ।
खान नपाइ अनिकाल ले कोहि नमरुन ।

सुख र शान्ति फैलेर फैलेर जाओस ।
हुम्ला जाने “रेल गाडि” यहि बर्षमा आओस ।

मदेस-पहाड मिलेर बसुन ।
नया-संबिधान लेखेर सकुन ।

आप्पा र आम्फोइ मिलेर बाचुन ।
हासेर बाचुन /बाचेर हासुन ।

फेसबुक र टुइटर मा राम्रा गफ आउन् ।
अशान्तिको बादल हटेर जाउन् ।

गोठाटारमा एउटा “फ्ल्याट” किन्न पाइयोस ।
दसैमा घोर्ले खसि “मार” हान्न पाइयोस ।

नयाँ बर्ष ले नौलो खुशि ल्याओस ।
मेरो ब्यापार अझ सप्रेर जाओस ।

सबैको फलोस, फुलोस र पाकोस् ।
नयँ बर्षले सुख/ शान्ति डाकोस ।

happy new year