साइबाबा लाइ सम्झदा

sai-BABAमलाइ साइबाबाको कहिले पनि बिश्वास लागेन | तर कहिले पनि बिरोध गर्न पनि मन लागेन| अब साइ भक्तहरुले यसलाई पनि ‘बाबाको प्रतापले’ मलाइ बिरोध गर्न मन नलागेको पनि भन्न सक्छन | मलाइ कसैको कुरा काट्नु छैन |

साइबाबा २०२२मा मर्छु भनेर भबिष्य बाणी गरे पनि ११ बर्ष पहिलेनै यो धर्ती छोड्न बाध्य भए | देउतै भएको भए त के को बाध्यता हुन्थ्यो होला र ?

देउता भनेर नमान्नेहरु मध्य धेरैले उनलाई समाजसेबी भनेर पनि मानेका छन् | केही मात्रामा भए पनि दीन दुखी लाइ सेबा गरेकोमा त कसैमा द्विविधा नहोला (त्यसको पछाडीको स्वार्थको कुरा गरेर फाइदा पनि छैन|) म पनि पुगेको थिए उनको बेंग्लोरको आश्रममा एक चोटी | बिश्वास नलागेकोले होला कुनै कौतुहल वा रमाइलो केही पनि लागेन |

साइबाबालाइ जादुले यस्तो प्रख्यात बनायो र शंका गर्नेहरु पनि सोही जादुलाई नै आधार मान्दछन | बिभिन्न भिडियोहरु प्रचार प्रसार गरियो, तै पनि उनको प्रख्यातीमा कुनै कमी आएन | जादुगरहरुले उनका जादुका खेलको भित्री पाटो पनि देखाए तर उनका भक्तहरुले हेर्दै हेर्दिएनन |

मेरो बिचारमा जादु उनको बिजनेस strategy थियो र उनी त्यसमा सफल पनि भए | मलाइ साइबाबा धर्मगुरु को रुपमा नभएर बिजनेसम्यान को रुपमा चै मान्नै पर्छ जस्तो लाग्छ | येस्तो पपुलर र सफल हुन सक्नु भनेको चानचुने कुरा त होइन नि (झुठकै खेति गरेर भएपनि)|

उनको आत्माले शान्ति पाओस |

 Continue reading