राजेश हमाल जोक्स – भाग १

यो पोस्ट धेरै लामो हुन गएको ले अरु जोक्स राजेश हमाल जोक्स – भाग २ मा पोस्ट गर्न थालिएको छ |

अपडेट – यी गफाडीका गफ जस्ता जोक्स कुनै पनि मैले आफैँले लेखेको होइन (म् तेस्तो जोकर छैन क्या) धेरैले अंग्रेजी मा लेखेका जोकलाइ मैल नेपाली मा उल्था गरिदिएको छु (के के न जान्ने भ..र) नमिलेमा क्षमा पाऊ | यो पेज फुर्सदमा अपडेट हुँदै जाने छ – बुक्मार्क नै गरे पनि खेर नजाला 🙂 |

राजेशदाई लाई चिया दियो भने दुध, चिनी र चिया सुट्ट पार्छन गिलासमा पानी मात्रै बाँकि हुन्छ |

अनि बियर दियो भने के गर्लान भनेर चै नासधेकै बेश !

rajesh_hamal

****

४७ सालमा राजेश दाई कारबाट ओर्लिदा फुत्त एउटा डाइरी भुइँमा खसेछ.. अहिले त्यसलाई नेपालको संबिधान २०४७ भनिन्छ रे … तर  आजकल राजेश दाइ डायरी बोक्दैनन तेसैले संबिधान नबनेको भन्ने हल्ला बजारमा व्यापक छ !

***

कलाकार र पत्रकार बिच रंगसालामा भएको खेलमा राजेश हमालले फ्री- किक हानेछन …. धेरै पछि समाचार आयो – त्रिसुलीमा एक अज्ञात गोलाकार बस्तु फेला पर्यो !

***

rajesh-hamal-budhi“राजेश हमाल जोक्स” नाम गरेको फेसबुक समुहमा पोस्ट गरिएका रमाइला कुराहरु :

  • राजेश हमालले मात्र कम्प्युटर इन्टरफेसको ‘रिसाइकल बिन’ ‘डिलिट’ गर्न सक्छन्।
  • अरूलाई रुवाउने प्याजलाई राजेश हमालले मात्र रुवाउन सक्छन्।
  • ‘नील आर्मस्ट्रङ चन्द्रमामा पुग्ने पहिलो व्यक्ति हुन भने राजेश हमाल सूर्यमा पुग्ने पहिलो व्यक्ति हुन्|
  • जतिबेला राजेश हमाल सडक पार गर्दै हुन्छन्, त्यतिबेला सडकमा कुद्ने कारहरू आफैं साइड लाग्छन्।
  • स्टिभ जब्सको विश्वविख्यात आईटी कम्पनी ‘एप्पल’ को प्रतीकमा राखिएको टोकिएको स्याउको सानो पार्ट राजेश हमालले नै खाएका हुन्।
  • राजेश हमालको क्यालेन्डरअनुसार मार्च ३१ पछि डाइरेक्ट अपि्रल २ आउछ। त्यसैले कसैले पनि उनलाई मुर्ख बनाउन सक्दैनन्।
  • पत्रकार: तपाईंले अहिले सम्म किन बिहे नगर्नु भाको ? राजेश बाजे: बजारमा छ्यप्छ्यप्ती पोका को दुध हुँदा हुँदा किन घरमा भैसी पलेर दुख गर्ने रे!
  • फेसबुकका जन्मदाता मार्क जुकरबर्ग गम्भिर घाइते भए किन थाहा छ? … किनकी राजेश हमालले उनलाई पोक गरेका थिए क्या। (Facebook poke)
  • एक पटक राजेश हमाले आफ्नो कपालमा आइरन लागाए रे …. तेही दिन देखि नेपालमा लोड सेडिंग शुरु भएको हो रे |
  • एक पटक राजेश स्विजरल्याण्ड गएका थिए | त्यहाँको एउटा घरमा उनले आफ्नो पर्स बिर्सेर हिडेछन – आजको स्विस ब्यांक तेही घर हो रे |
  • एक दिन BBC को लाईभ प्रोग्राममा राजेश हमालजीलाई एक प्रश्न गरिएछ “तपाइ बिहे कहिले गर्ने ?” उहाले उत्तर दिनु भएछ “म त तयार छु तर केटीहरु हुनुपर्‍यो नि ।” यती सुन्नसाथ आधा विश्वका युवतिहरु BBC स्टुडियो अगाडि आइ पुगेछन । फेरी बहुबिवाहको मुद्दा लग्ला कि भन्ने डरले उहाले बिहे नै नगर्ने अठोट गर्नु भएछ ।
  • एक पटक राजेश दाई र सुपरम्यान को बीचमा घमासान फाइट परेछ | सर्त चै – हार्नेले पाइन्ट को बाहिर कट्टु लागाउनु पर्ने रहेछ |
  • राजेश हमाले रोड रोलर किनेछन | … किन होला भनेर बुझ्न गएको त कपडामा स्त्री लागाउन पो रहेछ |

अपडेट (जेष्ठ १६)

  • यो संसारमा मानब जातीको उत्पत्ति हुनु भन्दा पहिले नै राजेश हमालको उत्त्पत्ति भएको थियो रे |
  • राजेश हमाल बिद्यार्थी हुँदा त शिक्षकहरु पो कक्षा बाट भाग्थे रे (When Rajesh Dai was a student, teachers used to bunk classes.)
  • अक्टोपस पाउल (ओर्ल्ड कपमा भविष्यबाणी गर्ने) मर्यो किन थाहा छ? … एउटा मुर्ख नेपाली ले उसलाई राजेश हमाल कहिले मर्छन भनेर सोधेछ !
  • राजेश हमाल मर्दा रुने एउटा मात्र मान्छे उसको डाक्टर थियो रे |
  • बाराक वोबामाले त राजेश दाइ संग अंग्रेजी सिक्थे रे |

अपडेट (जेष्ठ १७)

  • मार्शल आर्ट चाइनाबाट शुरु भएको हुनै सक्दैन किनकी राजेश हमाल त्यहाँ जन्मेकै होइनन |
  • संसार सन् २०१२मा सिद्दिने हल्लामा कुनै सत्यता छैन किनकी हालै राजेश हमालले ३ बर्षे वारेन्टी वाला कम्प्युटर किनेका छन् |

धिरज गुरुङको सुझाब अनुसार यो भन्दा तल, पोस्ट गर्ने व्यक्तिको नाम पनि (ब्राकेटमा) राखिएको छ :

  • राजेश हमाल ले त बिहे गरेको ३ महिनामा नै बच्चा जन्माउने सोच मा हुनुहुन्छ रे | (नबिन पगेनी)
  • राजेश हमाल ले त पानीलाइ तताएर पो बरफ बनाउदा रहेछन | (नबिन पगेनी)
  • बिच बाटोमा बसेको ट्राफिक र राजेश दाइ बीच झगडा: ट्राफिक – तेरो आँखा छैन ? की साइकल चलाउन आउदैन ? राजेश दाइ – तलाई बिच बाटोमा कसले उभिन लगायो त ? (दिनेश पौडेल)
  • राजेश दाइले त केटी हरुलाई फेसबुक बाट नै गर्भवती बनाउन सक्छन | (दिनेश ढकाल)
  • अरुले बत्ती बालेर पढ्छन राजेश दाइले त अगरबत्ती बालेर पढ्छन | (योगेन्द्र थापा)
  • एकदिन हाम्रा राजेश दाइलाइ पनि आकासमा उड्न मन लागेछ | उहाँले दुइटा नांगलो लाइ एकै ठाउँमा जोडेर पंखेटा बनाउनु भएछ | उँहा येस्तरी उड्नु भे छ कि आकास्मा उड्ने चरा जति सबैले अचम्म मानेर हेर्न थालेछन | एउटा गिद्द ले नजिक पुगेर सोधेछ, “ओ राजेश दाइ आज कता बाट बाटो बिराउनु भो त?” (नबिन पगेनी)
  • राजेश दाइ – ए सुनिता म तिमीसंग बिहे गर्न चाहन्छु सुनिता – तर म् त तिमी भन्दा एक बर्ष जेठी छु नि | राजेश दाइ – ए त्यसो भए अर्को बर्ष बिहे गरम न त, बराबर भए पछि | (प्रशान्त थपलिया)

अपडेट (जेष्ठ १८)

  • राजेश दाइ त मर्निग वाक पनि बेलुका गर्दा रहेछन | (अमिर खा)
  • राजेश दाईले चितवन मा हालै मात्र ४० बिघा जमिन किन्नुभएछ अनी चारै वटा कुनामा कुवा बनाउन लगाउनु भाको छ रे किन थाहा छ? – क्यारेम खेल्न (दिग्विजय अर्याल)
  • राजेश दाईले आफ्नो ID कार्ड बाट ATM मा पैसा निकालछन (देव राज गौतम)
  • म सानो हुँदा सिक्षकले “भबिश्यमा के बन्छस ?” भनेर सोध्दा संधै म् भन्थें “राजेश हमाल”|
    तर सपना भनेको सपना नै हुन्छ, मेरो हात कहिले पनि फलामको भएन ! (Uzumakee Narutoo)
  • एक पटक अमेरिकामा एउटा बिशेष कार्यक्रममा संसारभरका प्रतिष्ठित ब्यक्तीहरु जम्मा भएका थिए, त्यहाँ राष्ट्रपती बाराक ओबामा संगै राजेश हमाल दाई बस्नु भएको थियो अनी कुरा के परेछ लालु प्रसाद यादबलाई एउटा मान्छे नचिनेर खस खस भएछ अनी आफ्नो सचिवलाइ सोधेछन् : अरे भाईया हमका यि बात् समझ मै ना आइ अरे बो हमार राजेशवा के बगलमै बैठा कालिया कौन है रे ।। (Anjeev Kumar Nepal)
  • इन्द्र ले राजेश दाइलाई स्वर्गमा बोलाएर दरो पार्टी दे छन् | राजेश दाइलाई पार्नु सम्म टील पारेर पियायेछ्न | त्यो राती नेपालमा मुसलधारे पानी परेछ | जलश्रोत मन्त्रीको छानबिन आयोग ले त्यो राती राजेश दाइले बिस्तारामा नै सु गरेको प्रतिबेदन तयार गरेछ I (Sushil Jwarchan)
  • प्रश्न – कसले ५० ओटा गाडी एकै चोटी रोक्न सक्छ? उत्तर – ट्राफिक पुलिस ले, सबै काम राजेश हमालले नै गर्नु पर्छ भन्ने छ र ? (RedDevil’s Prashant RedArmy)
  • रमपम आयो गयो … मायोज आयो गया… आहा आयो गया… गोलमोल आयो गया…रारा अहिले सम्म नहाराउनुको राज थाहा छ ? किनकी रा रा – राजेश दाइको नामको पहिलो अक्षर बाट नाम राखेको ले .. (राजेश लामा)
  • राजेश दाइ ले अलंकार गर्दा “आँ..” बुझ्नु हुन्छ |(राजेश लामा)
  • सबै जना ले “जहिले पनि चन्द्रमा दाहिने होस्” भन्छन तर, चन्दामा ले भने “राजेश हमाल दाहिने होस्” भनेर सोच्छ |(राजेश लामा)
  • सुने अनुसार, राजेश दाइको हात मात्र फलामको नभएर सबै चिज फलाम को भएको हुनाले अहिले सम्म बिहे हुन् नसके को रे ! (राजेश लामा)
  • के एफ सी मा गएर मम अर्डर गरेर खान सक्ने पनि राजेश दाइका मात्रै हुन् (राजेश लामा)

(धेरै जसो चुट्किलाहरु बिभिन्न अनलाइन सोर्स बाट फेसबुकको यो ग्रुपबाट लिइएका हुन्)

नाङगै पारेर खान्छन्

banana-naked केरा र कागती गफ गरिरहेका रहेछन ।

केरा : हेर कागती मलाई तिम्रो कस्तो माया लाग्छ ।
कागती : किन ?
केरा : तिमीलाई मानिसहरुले निचोरी निचोरी खान्छन् त्यसैले ।
कागती : मलाई त मेरो भन्दा पनि तिम्रो झन माया लाग्छ ।
केरा : किन नि ?
कागती : तिमीलाई त झन मानिसहरुले नाङगै पारेर खान्छन् त्यसैले ।

lemon-half-juicer

कता हो नेता जी? बस साहित्य

गज्जबको बस साहित्य र च नि !

कता हो नेताजी? संबिधान त बन्यो क्यारे गाउँमा फर्कने हैन जनता त लट्ठी लिएर स्वागत गर्न बस्या छन् ..

bus-literature-CA-member

यो फोटो निमेष दाहाल ले ट्विटरमा पोस्ट गरेका हुन् |

तीन दलबीच पाँच बूँदे सहमति, संबिधान सभा अरु तीन महिना बिउताइने

अपडेट – बिहान ५:३० बजे भएको स‍ंविधान सभाको म्याद थप प्रस्ताव मतदानमा जम्मा ५०८ जना ले भाग लिएर म्याद थप गर्ने पक्षमा ५०४ विपक्षमा ४ मत परेको छ |

****

तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच आज पाँच बूँदे सहमति भएको छ | सो सहमतिका अनुसार संविधान सभाको म्याद तीन महिना थप गर्ने र प्रधानमन्त्रीले राजनीतिक सहमतिका लागि राजीनामा दिएर मार्गप्रशस्त गर्ने बूँदा पनि राखिएको छ।

पाँच बूँदे सहमतिको पूर्ण पाठ यस प्रकार छ :

आज मिति २०६८ जेठ १४का दिन हामी देहायका राजनीतिक दलहरु निम्न सहमतिमा पुगेका छौँ –

१) तीन महिना भित्र शान्ति प्रक्रिया का मूलभूत काम सम्पन्न गर्ने
२) तीन महिना भित्र संबिधानसभा बाट संबिधान को पहिलो मस्यौदा तयार गर्ने
३) नेपाली सेनालाई समाबेसी बनाउने लगायत का मधेसी मोर्चा संग विगत मा भएका सहमति हरुको प्रभावकारी कार्यान्वन गर्ने
४) संबिधान सभाको समयावधि तीन महिना थप गर्ने
५) रास्ट्रिय सहमति को संयुक्त सरकार गठन को लागि प्रधानमन्त्री ले राजिनामा गरि माग प्रशस्त गर्ने

हस्ताक्षर – एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली का‍ग्रेसका तर्फबाट सभापति सुशील कोइराला, र नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री झलनाथ खनाल|

5-points-agreement

रेबेका ब्ल्याक को मन नपराइएको ‘फ्राइडे’

१३ बर्षीय अमेरिकी युबती रेबेका ब्ल्याकको एउटा म्युजिक भिडीयो युट्युबमा छोटो समयमा अतिनै पपुलर भयो र करोडौं मानिसले त्यो भिडियो हेरे | अर्थ न बर्थको बोल भएको कारणले धेरैले मन नपराएको सो भिडियो मन नपरेकै कारण ले प्रशिद्धि कमाउन सफल भएको छ |

  • अपलोड गरिएको  – माघ २७, २०६७ मा
  • झन्डै साढे तीन महिनामा १५ करोड २१ लाख भन्दा बढी पटक हेरी सकिएको छ
  • ३० लाखलाइ यो भिडियो मन परेन रे
  • मनपराउने जम्मा ४ लाख (धेरै नै हो तर, मन नपराउने को तुलना गर्दा चै थोरै जस्तो लाग्ने)

friday_Rebecca_Black

यो हेर्ने, मन पराउने र मन नपराउनेको संख्या दिन प्रतिदिन परिवर्तन भइ रहन्छ | तपाइँ पनि हेर्नुस त्यो भिडियो कस्तो रहेछ भनेर :

अपडेट : रेबेकाले पहिले अपलोड गर्नेको बिरुद्ध कपिराइट मुद्दा हालेर आँफैले अपलोड गरेकि रहिछिन। उनको निम्न भिडियो त्यति धेरै मात्रामा हेरिएको छैन:

ट्विटरमा बन्द, नागरिक समाज, फेसबुक

jyalapuraliyauabasambidhandeu

बन्द भन्ने पनि चाडपर्व जस्तै रहेछ सक्नेले धुमधामसँग मनाउछन्, नसक्नेले आफ्नो गच्छे अनुसार, यो कुरा बन्द आयोजकको हकमा शतप्रतिश लागु हुन्छ है I @acharyapawan

***

१०-१२ जना बुढाखाडा ले संविधान मागे, "नागरिक समाज" ! फेसबुक चलाउने ४-५ हजार युवाले संविधान मागे, "रमिता" ! (@aakarpost)

***

फेसबुकको वाल पोष्ट र ट्वीट गरिएका मेसेजहरु मार्फत् भेला भएर युवा विद्यार्थीले संविधानबारे गरेका भनिएका प्रश्न उत्तर:

प्रश्न – संविधान भनेको के हो ?

उत्तर – त्यो किताब हो र त्यही ‘बुक’ नबनेकोमा चिन्ता जाहेर गर्न भेला भएको रे | (यहाँ बाट)

***

लौन, बन्द हुनु भै सक्यो … आयोजकले नै बन्द गरेकै छैन रे? येस्तो नेपाल भन्दा अन्त कहिँ हुन्छ त ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) र नेपाल आदिवासी जनजाति महासंघले उनीहरुको नाम जोडी आज बन्द भनी भएको हल्लालाई खण्डन गरेछन्। @krishna2033

अरु थप :

यस्तो गर्लान भन्या भए किन दिइन्थो भोट आन्दोलनमा गइ गइ किन खाइन्थ्यो चोट राम्रा र हाम्रा नेता चुन्न सकेनौँ हामी नेपाली यस्ता नेतालाई जिताउने @sweetprakas

 

७ साल देखि ४६ साल सम्म को दोष "शाह" हरुको त्यो भन्दा अगाडी "राणा" हरुको हो भने ४७ देखी ५२ हुदै ६२ सम्मको दोष कसको ? @W38G0RU

धर्म निरपेक्ष नेपालमा गाईको मासु बेच्ने पक्राउ

एक त राष्ट्रिय जनावर, त्यसमाथि कसैको धार्मिक आस्थामाथि चोट पुर्‍याउने गैरकानूनी काम भएकाले प्रहरीले दोषी उम्किन नदिन गहिरो अनुसन्धान गरेको छ ।

नेपालमा यस्ता समाचारहरु बेला बेलामा आउँछन | कान्तिपुरमा छापिएको एक समाचारको अनुसार हालै नेपालगन्जमा पक्राउ परेका बाँके सोनपुरका साविर कसाई ‘मुक्ति’ र नेपालगन्ज-५ का मोहम्मद इशार खाँ ले गाईको सुकुटी बनाउने उद्योग नै संचालन गरेका रहेछन | उनीहरुले यो कार्य गैरकानुनी नै भएको ठहर गरेर होला " स्थानीय प्रहरीलाइ  मासिक २० हजार ‘घुस’ दिएर ६ महिनादेखि ब्यापार गरिरहेका" रहेछन |

धर्म निरपेक्ष भनेर प्रचार गरिसकेपछि नेपाल बाहिर र नेपालमा नै पनि गाईको मासु खाने समुहमा यसले कस्तो सन्देश दिन्छ त ? यस्ता समाचार छाप्ने पत्रकारहरुले यी तलका केही प्रश्नका उत्तरहरुको बारेमा पनि ध्यान दिनु आबस्यक रहेको मलाइ लाग्दछ:

१. के गाइको मासु बेच्नु गैरकानुनी कार्य हो ? यदी गैरकानुनी हो भने किन गैरकानुनी भयो?

२. के रास्ट्रीय जनाबरलाइ मार्न पाइदैन ? मैले सुनेको अनुसार त डाँफे(रास्ट्रीय पन्छी)को मासु खानु अपराध मानिदैन |

३. मासु खाँदैमा धार्मिक आस्थामाथि चोट पुग्छ ? मुस्लिमहरुले सुंगुरको मासु खादैनन भन्दैमा अरुको खान पाउने अधिकारमा अंकुस लगाउन पाइन्छ त ?

गत बैशाख १४ गते प्रहरीले छापा मारेर गौबधशालासहितको उक्त सुकुटी उद्योग नियन्त्रणमा लिएको हो । प्रहरी निरीक्षक मुकुन्द रिजालको टोलीले गाईको आलो मासु, सुकुटी, गाईका टाउकाहरु र सुकुटी तयार गर्ने सामाग्रीहरु बरामद गरेको थियो । उक्त अबैध काममा संलग्न सरिफ कुरेसी, समिउल्ला कुरेसी, जमिल कसाई, कुन्ना तेली र महंगु कसाई फरार रहेको प्रहरीले जनाएको छ ।

अभियुक्तहरुलाई मुलुकी ऐनको चौपाया महल अन्तरगत मुद्दा चलाइएको नायव उपरीक्षक घिमिरेले बताए ।

मलाइ कानूनको त्यति ज्ञान छैन – मुलुकी ऐनको चौपाया महल मा भएको प्राबधानको जानकार ले प्रष्ट पारिदिनु भएमा आभारी हुने थिएँ |

English Summary:

Nepal is told to be converted from a Hindu Kingdom to a secular state recently, news of people being arrested for selling cow meat can be heard frequently. These incidents raise question on weather the country has converted itself into a secular state or is it only a thing to show-off?

बन्दै बन्दको देश नेपाल – जातीयताको भूमरीमा ?

जति बन्द गरे पनि खासै फरक नपर्ने देशको अग्रपंक्तिमा नेपाल पर्नेमा त कुनै द्वीबिधा छैन | पहिले राजनीतिक कारण ले बन्द हुन्थे आजकल जातीय कारण ले बन्द हुन थालेका छन्, भोलि धर्मको कारण ले बन्द होला |

यो तलको पम्प्लेट/पोस्टर मा ‘क्षत्री’ हटाएर बाहुन, नेवार, राइ, लिम्बु, गुरुङ, मगर, दमाइ, कामी, सुनार, शेर्पा, मधेसे, पहाडिया आदि इत्यादी जे लेखे पनि आखिर कुरो एउटै हो – जातीय सद्भाव खल्बल्याउने र धमिलो पानीमा माछा मार्ने |

यो फोटो (स्क्यान) ट्विटर प्रयोगकर्ता @पुजारी ले अप्लोअड गरेका हुन्

अशोक शर्माले अब काठमाडौंमा फिल्मको सट्टा पानी ‘वितरण’ गर्ने?

हैन नेपालाँ मात्र होला कि अन्यत्र पनि यस्तै हुन्छन् मान्छे। सबै कुरा जान्ने के। कति धेरै जना हुन् ‘गुगल’ यार यो देशाँ.. कहिँ नपार काठमाडौं खानेपानीको मुल्याङ्कन गर्ने जिम्मा फिल्मी अशोक शर्मालाई दिएछन्.. हतेरिका। अब कुन दिन फिलिम राम्रो नराम्रो हेर्ने जिम्मा फन्ला इन्जिनियरले पायो भनेर पढ्न पाइन्छ…

(सायद फिल्म बितरण र पानी बितरण उस्तै उस्तै हो  भन्ने बुझेर होला सरकारले पानी जस्तो सम्बेदनशील कुरामा पनि असम्बेदनशील भएर काम गरेको | अशोक शर्मा तिनै फिल्म वितरक हुन जसलाई कृषा चौलागाईं र यस कुमारले आ-आफ्नो फिल्मलाई अशोक शर्मा र उनको कम्पनी डी.सी.एन.ले पाइरेसी गर्न दिएको भनेर आरोप लागाएका थिए |  अशोक शर्मालाई काठमाडौं उपत्यका खानेपानी मुल्यांकन समितिमा नियुक्त गरिएपछि उनी खानेपानीको क्षेत्रमा जानकार र विज्ञ नभएको भन्दै केयुकेयलका कर्मचारीले विरोध गरेका छन् |)

Summary in English

A movie actor/producer and distributor, Ashok Sharma is appointed to be one of the members of the Kathmandu valley water supply system evaluation team – a field, totally unrelated to his profession.

कविता राधेश्यामलाइ कपडा खोलेको मा कुनै पश्चाताप छैन

kavita-radheshyam-300 जानवरको लागि भनेर कपडा उतारने कविता राधेश्यामको सनसनि मच्चाउने बोल्ड फोटोशुटले उनलाई कुनै पश्चाताप नभएको उनले हालै एक अन्तरबार्तामा बताएकि छिन । कबिताको फोटो छाडा नभई निकै कलात्मक भएको बताईरहदा जनसाधारण र केही भारतिय नेताहरुले पनि यी फोटाहरु छाडा र सस्तो लोकप्रियताका लागि खिचिएको बताउदै आएका छन् | मानिसहरुले विचार र उनको यो कदमबारेमा दैनिक भास्कर नामक एक भारतीय पत्रिकाले  कविता राधेश्याम संग गरेको कुराकानि को एक अंश तल प्रस्तुत गरिएको छ ।

बोल्ड फोटो खिच्नु को कुनै पश्चाताप छ ? अरुले भनेको कुरा र विचारले तपाईलाई केही असर पर्दैन ?  नेताहरुको बिचारको नि ? आदि प्रश्नहरुको उत्तरमा दिएका उनका बिचार हरु:

किन पछुताउनु ? आजसम्म मैले गरेको कुनै पनि काम लाइ लिएर मलाइ पश्चाताप छैन | उनलाई पब्लिकको कमेंटको कुनै पनि मतलब छैन रे |

kavita-radheshyam-bold-photoयो मेरो इच्छा हो – कपडा लगाउँ या नलागाऊ | मलाइ कसैको डर लाग्दैन | के कुराको डर ? म आफ्नो जिन्दगि आफ्नै हिसाबले बाँच्छु । डराउने त कुनै प्रश्न नै उठ्दैन |

शिवसेना को वरिष्ठ नेता बाल ठाकरेको बारेमा कुरा गर्दा कविताले उनलाई आफ्नो आइडियल मानेको बताउछिन |

उनको अनुसार, सो कपडा खोलेको फोटोसेसन उनले फ्रिमा गरेकि थिईन | बच्चाबेला देखि नै जनाबरको मायाँ गर्ने कविता उनिहरुको अत्याचार भएको खबर सुन्न सक्दिनन रे |

English summary

Kavita Radheshyam, a hot TV actress, who will be seen in Vikram Bhatt’s forthcoming TV series Who Done It Uljhan, has bared it all in an effort to raise awareness on animal protection and prevention of cruelty towards them. Although she says that it is done on noble cause, others are skeptical and claim it is another cheap publicity stunt of another Indian actress.

नोट: दिर्घ हटाएर ह्रस्वको मात्र प्रयोग गर्ने ‘सजिलो नेपालि‘ प्रयोगलाइ निरन्तरता दिन यो लेखमा भएका सबै दिर्घहरुलाइ ह्रस्व बनाइएको हो । (July 6, 2015)