रातो पासपोर्टको कमाइ – दोष कसको, नेताको कि जनता को ?

gayatri-bp-yadav हामी नेपालीले कसलाई नेता बनाउनु पर्छ कसलाई बनाउनु हुदैन भन्ने बुझ्नै नपाइ ६०१ जना सभासद चुन्नु पर्ने ठूलो जिम्मेबारी आयो | केही राम्रा मान्छे चुनिए केही नराम्रा चुनिए |

अरुको त के कुरा नेताहरुले नै देखाईदेका हुन नि: “यी हेर तिमेरको बुद्धी, माधब काम्रेड लाइ हराएको हैन? प्रधानमन्त्री बनाएर देखाई दिन्चम्,” भनेर | माधब काम्रेडले पा…का अब, सके जति सबै हारेकाको जमात ले..र हाँकी दे देशलाई | मन्त्री पनि कस्ता कस्ता थे भने … हजार टाउका भ को शेष नागले पनि बर्णन गर्न नसक्ने | झापड हान्ने, गाडीको शिशा फुटाउने, रक्सी खाएर झैझगडा गर्ने, खेताला लगाएर एसेल्सी दिने आदि – गर्नु नगर्नु सबै गरे |

सोही सिको गरेर होला जनताले पनि झापड हान्न शुरु गरे | सोही झापड कलाको उच्च कदर गर्दै झापड खाने झलनाथलाइ नै देशको बिंडो थमाई दे | झापडको झोंकले चलाको देश अगाडी गको हो कि पछाडी गको हो, अहिले नै भन्न सकिने अवस्था छैन |मुख्य कुरो, संबिधान बनाउने काम कुरोलाई थाँती राखेर पैसाको पछाडी दौडिरहेका सभासदहरुको गैर जिम्मेबारीपन र आपराधिक गतिविधीले सबैलाई दुख लाग्नु स्वभाबिक पनि हो | तर यसमा मुख्य दोष कसको हो त ?

मन्त्रीका ५ नाम र ३ पासपोर्ट को कुरा नासेलाउदै दुइ जना नेता, मधेसी जनअधिकार फोरमका सभासद् वीपी यादव, नेपाली जनता दलकी गायत्री साह, रातो पासपोर्ट काण्डमा फसेका छन् | (फोटो अनलाइन खबर बाट)

अब दोष कल्लाई दिनु ? नेतालाई कि ती नेता चुन्ने जनतालाई ?

एउटा भिडियो फेला पर्यो यसै सन्धर्वमा रहेछ :

 

UPDATE: – आजको कान्तिपुरको वेबसाइटमा कान्तिपुर पत्रिका जलाउदै गरेका केहि मानिसहरुको फोटो राखेको रहेछ |  Continue reading