चुम्बन के हो ?

यो चुम्बनको बारेमा श्रवण महिनाको के, किन, कसरी सिरिज अन्तरगतको पहिलो लेख हो |

  • ब्लग धारा – के, किन, कसरी ? 
  • बिषय – चुम्बन (किस)
  • महिना – श्रावण, २०६८ 
  • मुख्य पेज 

मानिसको ओठले कुनै पनि बस्तु वा अंगलाई छुनुलाइ चुम्बन भन्ने गरिन्छ | कुनै चिज अतिनै मन परेमा मानिसले चुम्बन गर्ने गर्दछ |

दुइ मानिस बीच ओठले ओठमा नै गरिने चुम्बन अन्तरंग खालको र बिशेष सम्बन्ध भएका दुइ मानिस बीच मात्र त्यस प्रकारको चुम्बन हुने गर्दछ भने अन्य चुम्बन सामाजिक परम्परा र मानिसको स्वभाब अनुसार जे सुकै र जो कोहीलाइ पनि गर्न सकिन्छ | मानिसले मात्र नभएर जनाबरहरुले पनि माया दर्शाउन एक अर्कालाइ चुम्बन गर्ने गर्दछन | तर यस के, किन, कसरी ? सिरिज अन्तर्गत मानिसले गर्ने चुम्बनको कुरा मात्र गरिने छ |

एक मानिसले अर्को मानिसलाई वा अन्य सजीव प्राणीलाई मात्र नभएर निर्जीब समानहरुलाई पनि चुम्बन गर्ने गरिन्छ |  यस हिसाबले चुम्बन दुइ प्रकारका हुन्छन भन्न सकिन्छ:

१. निर्जिब बस्तुलाई गरिने चुम्बन

black_stone_of_meccaमाया दर्शाउन वा खुशी व्यक्त गर्न गरिने यस प्रकारको चुम्बन मानिस र निर्जीव बस्तुका बीचमा हुने गर्दछ | यसको उदाहरण – खेलाडीहरुले आफुले जितेको पदक वा सम्मानको प्रतीकलाई गर्ने चुम्बन, बाइबल वा कुरान लाइ गर्ने चुम्बन, कुनै पनि मन परेको बस्तुलाई गरिने चुम्बन | 

मुस्लिमहरुको पवित्र धर्मस्थल मक्काको कालो ढुंगा पनि शदिऔं देखि मानिसहरुले चुम्बन गर्नाले चिल्लो भएको बताइन्छ | (चित्र दायाँ पट्टि)

तलको फोटोमा भारतले वर्ल्ड कप जिते पछि सचिन तेन्दुलकरले वर्ल्ड कप ट्रफीलाइ किस गर्दै छन्, साथमा उनका छोरा छोरी पनि देखिन्छन :

india_win_world_cup

 Continue reading

चुम्बन (किस)

ke_kina_kasari के, किन, कसरी ?

अपडेट – नेपाली ब्लगीङ् क्षेत्रमा मासिक ब्लग धारा एउटा नितान्त नयाँ प्रयोग हो | यो प्रयोगको बारेमा आफ्नो सुझाब, विचार, र सहयोग हामीलाई ब्लगको सम्पर्क पेज (लिंक पेजको अन्त्यमा) मार्फत दिंदै गर्नुहोला |

नेपाली ब्लगमा हामीले नयाँ  के, किन, कसरी ? नामक सिरिज (ब्लग धारा) शुरु गरेका छौँ | यस सिरिज अन्तरगत हामीले कुनै एक बिषयको बारेमा एक महिना लामो अध्यान अनुसन्धान गर्ने गर्दछौं र ती सामाग्री यहाँ प्रस्तुत गर्दछौं | प्रतेक बिषयको एउटा मुख्य पेज (बिषय सुचि) हुने छ र त्यहाँ अन्य पेजहरुको लिंक राखिने छ |

यो सिरिज अन्तरगत साउन महिनाको बिषय चुम्बन अर्थात किस (Kiss) रहेको छ |

  • ब्लग धारा – के, किन, कसरी ?
  • बिषय – चुम्बन (किस)
  • महिना – श्रावण, २०६८

चुम्बन

ke_kina_kasari_kiss_logo मानिसहरुले हजारौं बर्ष देखि चुम्बन गर्दै आएका हुन् | तर मानिसले चुम्बन किन गर्छन भन्ने कुरामा मानिसहरु अझै पनि एक मत हुन सकेका छैनन |

हामी चुम्बन सिरिज अन्तरगत यसको बारेमा बिस्तृत बिबरणहरु यहाँ प्रस्तुत गर्दै जाने छौँ | (यो बिषय सुचि उपलब्ध सामग्रीको आधारमा परिवर्तन हुन सक्छ |

१. चुम्बन के हो ? (श्रावण १, २०६८)

२. मानिसले चुम्बन गर्नुका कारण (श्रावण ३, २०६८)

३. यी अधरलाई चुमेकोमा गाली अझै बाँकी नै छ (गजल) (श्रावण ४, २०६८)

४. अनुभबको आधारमा चुम्बनको परिचय (श्राबण ५, २०६८)

५. अचम्मका चुम्बनहरु (फोटो) (श्राबण १६)

६. चुम्बनका ६ बिभिन्न तरिकाहरु (श्राबण १६)

७. चुम्बन गर्दा महिला र पुरुष बीचको फरक (श्राबण २४)

८. चुम्बन र नेपाली समाज (श्रबण २७)

९. चुम्बनले स्वास्थमा गर्ने असर यसका १० स्वस्थकर असरहरु (भाद्र ५)

… नेपाली सिनेमामा चुम्बन
… बिश्व नेताहरुको चुम्बन

kissing_sculpture_us(अमेरिकाको सान डिएगोमा रहेको बिशाल मुर्ति जसमा एउटा सेलरले एउटी नर्सलाइ किस गरिरहेको चित्रण गरिएको छ|)

 Continue reading