चुम्बन गर्दा महिला र पुरुष बीचको फरक

kiss-2

चुम्बन, यसको परिचयमा भनिए जस्तो  मौखिक रुपमा सूचना संकलन गर्ने एक मध्यम पनि हो | यसरी मौखिक रुपमा सूचना संकलन गर्ने कार्यमा पुरुषहरु भन्दा महिलाहरुनै अगाडी हुने कुरा अनुसन्धानहरुले पुष्टि गरेका छन् | तेसैले, चुम्बनलाई महिलाहरूले पुरुषहरुले भन्दा बढी महत्व दिन्छन |

धेरै जसो पुरुषहरुले चुम्बनलाई सेक्सको शुरुवात (फोर प्ले) को रुपमा मात्र लिने गरेको पाइएको छ भने महिलाहरुले भने किसलाई पुरुषको जांच गर्ने मध्यमको रुपमा लिने गर्दछन | यो कुरालाई ठिक भए नभएको जांच गर्न गरिएको सर्भेक्षणमा ६६ प्रतिशत महिलाले पहिलो किस खराब भएको कारण केटा परिवर्तन गरेको बताए | पहिलो किस खराब हुनुका कारण सम्बन्धलाइ निरन्तरता नदिने पुरुष पनि अतिनै कम चाहिँ छैनन – त्यसरी सम्बन्ध तोड्ने पुरुष महिला भन्दा ७ प्रतिशत मात्र कम, ५९ प्रतिशत रहेछन |

महिला बिचारधाराबाट चुम्बनको परिचय

सामान्यतया प्रेममा परिसके पछि कसैको नजिक बसिरहन मन लाग्ने, उसकै आँखामा डुब्न मन लाग्ने, उसलाई छुन अनि चुम्न मन लाग्ने हुन्छ रे| आफुलाई असाध्यै मन परेको मान्छेलाई पाउने चाहना जो कोहीमा पनि हुन्छ अनि उसलाई पाइसके पछी जिन्दगीभर खुशी बनाइराख्ने अठोट पनि पनि गर्न मन लाग्छ | किनकि उसको मुहारमा झल्कने खुशीले  नै आफुमा पनि खुसीको संचार भएको महसुश हुन पुग्छ |

यसरी प्रेममा पर्दा प्रेमलाई ब्यक्त गर्ने शैली भने केटा र केटी दुवैमा भिन्न भिन्न हुने गर्छ | केटीहरु स्वभाभैले लजालु हुने भएकोले प्रेमको हरेक भूमिका पनि प्रेमीबाट नै पहल होस् भन्ने चाहन्छन | उनीहरु आफ्नो मनको कुरा सहजै ब्यक्त गर्न पनि सक्दैनन् | तर पनि मन मनै यस्तो वा त्यस्तो भैदिए भन्ने कल्पनामा भने डुब्ने गर्छन |

यो नियम स्वभाभिक रुपमा चुम्बन क्रियामा पनि लागु हुन्छ| चुम्बन भन्ने बित्तिकै हाम्रो आमधारणामा दुइ ओठ अनि जिब्रोको संयोजन हुनुलाई बुझिन्छ| तर केटीहरु विभिन्न मानवीय भावसंगै आफ्नो प्रेमी र आफु बीच विभिन्न चरणका चुबन क्रियाहरु अगाडी बढाइएको मन पराउछन| केटीहरुको लागि आफ्नो पहिलो चुम्बन प्रतिको खुल्दुली पनि उत्तिकै मात्रामा रहेको हुन्छ| पहिलो चुम्बनलाई केटीहरु आफ्नो जीवनकै अविस्मरनिय र बिशेष होस् भन्ने कल्पना समेत गर्छन| अधिकतर केटीहरु आफ्नो प्रेमीबाट गरिने चुम्बनमा माया र आत्मियताका साथै सम्मान पनि मिसिएको होस् भन्ने चाहन्छन| उनीहरुलाइ  निधारमा, हातमा , गालामा गरिएको चुम्बनमा त्यो सम्मानको आभास हुने गर्छ| पहिलो भेटमा नै ओठमा चुम्बन गर्न खोज्ने केटाहरु उनीहरुलाई जंगली लाग्छन| यधपी समय क्रम संगै बिस्तारै ओठमा ओठ स्पर्श गराई गरिने चुम्बन पनि उनीहरुलाई प्रिय लाग्दै जान्छ|  Continue reading

टाटा न्यानो नेपालीलाई ४ गुणा महंगो – त्यो पैसा कसको खल्तीमा जान्छ ?

tata-nano- नेपालमा टाटाको गाडी बेच्न अनुमति प्राप्त सिप्रदी ट्रेडिंगले टाटा न्यानोको दर हालै रु ६०,००० सम्म बढाएर सबै भन्दा सस्तो मोडलको मूल्य रु ८,५८,००० पुर्याएको छ | त्यो मूल्य भारतमा पर्ने भारु १,४०,८८० (नेरु २,२५,४०८) को ४ गुणा हुन आउछ |

यसरी एउटै कार बाट रु ६,३२,५९२ फाइदा लिएर "संसारकै सस्तो" भनेर नाम कमाएको कार बेच्दा पनि नेपालीहरुले सयौंको संख्यामा यस्तो कार खरिद गर्नु आफैमा अचम्मको कुरा छ | यती धेरै मुल्यको अन्तर देख्दा, सरकारी करले मात्र नेपालमा गाडी महँगो भएको भन्ने तर्क मान्न सकिदैन | एउटै कारमा, त्यो पनि सबै भन्दा सस्तो भनिएको कारमा, यती धेरै सरकारी कर लाग्ने हो भने त नेपाल सरकार धनी हुनु पर्ने होइन र? कम्तिमा पनि काठमाण्डौंको ट्राफिक जाम देख्दा त तेस्तै लाग्छ |

न्यानो कार सस्तो बनाउनको लागि खर्च कटौती गर्नको लागि हटाइएका सुबिधालाइ बिचार गर्दा – यो एउटा अतिनै असुरक्षित, र सुबिधबिहिन कार भन्न मिल्छ |

बिस्तृत बिबरण यसको अंग्रेजी संस्करणमा राखिएको छ |