साताका पोस्टहरु (पौष १५ सम्म)

अंग्रेजी नयाँ बर्ष २०१२ बाट नियमित रुपमा साता भरि गरिएका पोस्ट हरुको सारांश प्रत्येक शुक्रबार पोस्ट गर्ने तयारीको रुपमा यो दोश्रो प्रयास हो. यसको शुरुवात पौष ४ (डिसेम्बर १९) बाट गरिएको भए पनि अर्को हप्ता बाट यो नियमित हुने जानकारी गराउछौं.

पौष ४ (डिसेम्बर १९)

  • गत साताका पोस्टहरु साता भरिका नयाँ कुरा हरुको संगालो को पहिलो प्रयोग (भाषा – नेपाली)

  • Nepal Bandha – Organizing leader became a victim – नेपाली काँग्रेस गरेको नेपाल बन्दले सोही पार्टीका बरिष्ठ नेता राम चन्द्र पौडेललाइ मातृशोक पर्दा उलंघन गरेको तीतो यथार्थले आगामी दिनमा सो पार्टीले तेस्तो निर्णय गर्नु अघाडी सोच बिचार गर्छ कि भन्ने आशा पलाउनुका साथै जनता बीच सो पार्टीको धारणा नकारात्म बन्न पुगेको विश्लेषकहरु बताउछन. (फोटो, भाषा – अंग्रेजी)

पौष ५ (डिसेम्बर २०)

  • Komal Oli to make a movie on her own life – आफ्नै जिबनीलाइ आधार बनाएर अबिबाहित गायिका एबं प्रत्रकार कोमल वली ले फिल्म बनाउने सोच बनाएर स्क्रिप्ट लेखन शुरु गरेकी छिन. सो फिल्मले अबिबाहित नारीहरुको मर्मलाई चित्रण गर्ने बताइएको छ (भाषा – अंग्रेजी)

पौष ७ (डिसेम्बर २२)

  • Palpali Karuwa – a huge monument of water jug – पाल्पामा खडा गरिएको एक बिशाल करुवाको फोटो (फोटो, भाषा – अंग्रेजी)

palpali_karuwa_watervase

  • Nepali Comedy – Note of Decent (2068) – कमल गाउँले को गाइजात्रे बिशेष (भिडियो, भाषा – नेपाली)

पौष ८ (डिसेम्बर २३)

  • Harshika Shrestha’s suitcase : the benefit of being an actress एक नायिकाको सुटकेश हराउनु र नागरिक राष्ट्रिय दैनिकमा छापिनुले फिर्ता पाउनुको कथा – नायिका हुनुमा येस्तो पनि फाइदा हुँदो रहेछ. (भाषा – अंग्रेजी)

harshika_suitcase_return

  • Rumor: ‘iPad 3′ to be released on Steve Jobs birthday on Feb 24 ? एप्पलको नयाँ आइप्याड सो कम्पनीका सह-संस्थापक स्टिभ जब्सको जन्मदिन दिनमा हुन् सक्ने बारेको हल्लालाइ समेटेर गरिएको समिक्षा. (भाषा – अंग्रेजी)
  • Fake MRPs – मेसिनले पढ्ने पासपोर्ट बने पछि विदेश आउजाउ गरिरहने नेपाली लाइ सजिलो हुन्छ भन्ने विश्वासमा ग्रहण लगाउदै तेस्ता पासपोर्ट पनि नक्कली फेला पर्न थालेका छन्. (भाषा – अंग्रेजी)

पौष ९ (डिसेम्बर २४)

  • Aiselu – wild raspberries found in Nepal – नेपालमा पाइने जंगली फलफुल – ऐसेलुका केही मुखै रसाउने फोटोहरुको संगालो (फोटो, भाषा – अंग्रेजी)

aiselu_wild_berry

पौष १० (डिसेम्बर २५)

  • Samriddhi Rai representing Nepal in Miss Tourism Queen International 2011 – समृद्धि राइ नेपालको प्रतिनिधित्व गर्दै मिस टुरिजम कुइन इन्टरनेशनलमा भाग लिन चाइना गएको बारेमा केही फोटा हरु – उनले त्यहाँ मिस पर्सनालिटी अवार्ड पनि जितेकी थिइन. (फोटो, भाषा – अंग्रेजी)

samriddhi _2

  • Bhuwann KC, astrologer added an extra ‘n’ in his name – नेपाली नायक भुवन केसीले ज्योतिषको कुरा मानेर आफ्नै नाम परिवर्तन गरेर उनको आगामी फिल्म लाइ सफल बनाउने प्रयास गरेका छन्  (भाषा – अंग्रेजी)
  • Eva Ekvall, 28, former Miss Venezuela lost breast cancer battle – पूर्ब मिस भेनेज्वेला २८ बर्षिया मोडल एभा इक्भालको स्तन क्यान्सर बाट मृत्यु (फोटो, भाषा – अंग्रेजी)

पौष १२ (डिसेम्बर २७)

  • Windows Live Writer settings transfer/backup – blog profiles, draft and recent posts – ब्लगरहरुको लागि सहयोगी हुने विन्डोको लाइभ राइटरको सेटिंग ब्याकअप गर्ने तरिका (भाषा – अंग्रेजी)

पौष १३ (डिसेम्बर २८)

  • Remembering late king Birendra – स्व. राजा बिरेन्द्रको जन्मदिबसको अबसरमा उनका पुराना फोटाहरु (फोटो, भाषा – अंग्रेजी)

birendra_remembered

पौष १४ (डिसेम्बर २९)

namrata_fan_autograph

  • Samriddhi Rai – Miss Personality, Miss Toursim Queen International 2011 समृद्धि राइले मिस टुरिजममा  मिस पर्सनालिटी अवार्ड प्राप्त गर्दाका फोटाहरु (फोटो, भाषा – अंग्रेजी)

samriddhi _miss_personality

  • Nepali Movie – Gorkha Paltan – इन्डियन आइडल बन्न सफल नेपाली मुलका प्रशान्त तामांगको हिरोको रुपमा पहिलो फिल्म "गोर्खा पल्टन" सफल फिल्म मा गनिन्छ 

movie_gorkha_paltan

पौष १५ (डिसेम्बर ३०)

Nepali Movie – Samjhi Diya Pugchha – राज बल्लव कोइरालाको फिल्म "सम्झि दिए पुग्छ" २०११ मा रिलिज भएको फिल्म हो.

samjhi_diya_pugchha

नेपाली कलाकारहरुको दरिद्र मानसिकता

namrata_shrestha_2अघिल्लो हप्ता सुन्दर नायिका नम्रता श्रेष्ठसंग सक्षात्कार् हुने सुनौलो अवसर पाएँ | त्यो अवसर त्रिविको शैक्षिक नाटकको दर्शक बन्ने क्रममा मिलेको थियो | "ओलिएना" नामको उक्त नाटकका कलाकारहरु उनी लगायत अनुप बराल,दिया मास्के इत्यादी थिए | सेलिब्रेटीहरु भन्नाले हामी जस्तै तर अलि बढी प्रतिभाशाली र त्यसको प्रदर्शन पहुँच भएका व्यक्तिहरु हुन् भन्ने सोच्दा सोच्दै एउटा साधारण दर्शक मन उनीहरुको उपस्थितिमा त्यसै त्यसै आकर्षित अनि अचम्भित बन्दो रहेछ | अझ नम्रता त मेरो नजरकी नेपाली सिने जगतकै अत्यन्त सुन्दर नायिका, उनी प्रति म हुरुक्कै हुनु स्वाभाविक नै हो |

म्युजिक भिडियोको सुरुवाती दिनहरुमै मलाई उनी सारै राम्री लाग्ने, उनले अभिनय गरेको फिल्म "सानो संसार" र "मेरो एउटा साथी छ " हेरे पश्चात त झनै उनको सुन्दरता, अभिनय, नृत्य कौशलताले  मेरो मनै लोभ्यायो | उनको जीवनमा आएको तीता आरोह अबरोहलाई जुन आत्मविश्वास र साहसका पार गरिन् त्यसपछि म अझ एउटी नारीको हैसियतमा उनको कदर गर्ने नै भएँ |

oleanna_namrata

त्यस दिन अचानक दर्शकदीर्घाको एउटा कुनामा (त्यही मेरो टिकट परेको रहेछ|) उनलाई देख्दा म अवाक् भएकी थिएँ | खुसीको सिमा नै रहेन | पर्दामा देखिए भन्दा अलिक बढी नै राम्री पनि लागिन् मलाई उनी | मलाई उनीसंग भलाकुसारी गर्ने मन भो तर, उनको दायाँ बायाँ हेर्ने र त्यहाँको माहौल बुझ्ने तत्परता कम देखे पछी म केहि हच्किए | यधपी, कलाकार हुन् हामीले उनीहरुको काम नहेरिदिए, इज्जत र माया नदिए कसरी उनीहरुको हौसला बढ्छ त भन्ने सोचाइले मैले सुटुक्क उनीसंग अटोग्राफको लागी अनुरोध गरें | आखिर कलाकार र उनको फ्यानबीच संचार गर्ने अरु बाटो नै के पो छ र ?

तर बिडम्बना, मेरो यो प्रयास असफल भयो |

अब यस्तो परिस्थितिमा कस्तो महशुस हुन्छ हामी आफै बिचार गरौ त ! साच्चैं भन्नु पर्दा मलाई आत्मग्लानी भयो | व्यर्थै अटोग्राफ मागी टोपलेछु भन्ने पश्चाताप पनि | खैर, जे होस् उनी नाटककै रिहर्शलको क्रममा भएकीले होला भन्ने अनुमान गरी चित्त बुझाएँ | यधपी, मलाई आज पनि उनी त्यत्तिकै सुन्दर लाग्छिन | अनि उनको फिल्म,म्युजिक भिडियो पनि म उत्तिकै मग्न भएर हेर्नेछु |

namrata_shrestha_bell

अँ,यो घटना पछी भने नेपाली सेलिब्रेटीहरुको मानसिकता बारे मलाई आफ्नो दिमागले भ्याएसम्म सोच्न मन लाग्यो | म कुनै रंग पत्रकार त हैन जसको ठुला स्टारहरुसंग राम्रो सम्बन्ध होस् | म त एक सामान्य दर्शक र एक आमनागरिक हूँ जो नेपाली कलाजगत अन्य जत्तिकै माथि उठोस् भन्ने चाहन्छ, जसले कहिलेकाही सुटिंगस्पट र त्यस्तै कार्यक्रम देखि बाहेक स्टारहरुलाई काँचको पर्दामा मात्र देखेको छ | तैपनि कलाजगतको पक्षहरुप्रति बढी नै चासो राख्ने हुनाले यस्ता कुराहरु सोच्न अभिप्रेरित हुन मन लाग्यो अनि लाग्यो कतै यस्तै साना तिना कुराहरुले नै  हाम्रा सेलिब्रेटीको क्रेजलाई घटाई रहेका छैनन् ?

 Continue reading

गत साताका पोस्टहरु

highlightsहामी यो अंग्रेजी नयाँ बर्ष बाट नियमित रुपमा साता भरि गरिएका पोस्ट हरुको सारांश यहाँ पोस्ट गर्न शुरु गर्ने सोचमा छौँ.

गत साता १८ पोस्ट भएका रहेछन जसको बिस्तृत विवरण निम्नानुसार छ:

मङ्सिर २५ (डिसेम्बर ११)

  • समानुपातिक शिक्षा – बिद्यार्थीको सिप कला र क्षमताको को वास्ता नगर्ने बर्तमान शिक्षा प्रणालीको खिल्ली उदाउने एक कार्टुन (नेपाली)
  • Good governance club honours journo Thapa – कान्तिपुर पत्रकार हरिबहादुर थापालाइ सम्मान (भाषा – अंग्रेजी)
  • LPG Gas Cylinder – don’t panic, It’s not Expiry Date – जन चेतना जगाउन ग्यास सिलिन्डरको मिती सम्बन्धी एक जानकारी (भाषा – अंग्रेजी)

मङ्सिर २६ (डिसेम्बर १२)

  • अब फेरी हाम्रो भेट होला त पुष्पा ? (ब्लगर रिताको जीबनमा घटेको दुखद घटना को बारेमा लेख)
  • Bollywood Dhoom in Kathmandu – बलिवुड कलाकारहरुको काठमान्डुमा भएको कार्यक्रम बारेमा (भाषा – अंग्रेजी)
  • 4 Wild elephants roamed in Birtamod city – बिर्तामोड बजारमा जंगली हात्तीको प्रबेश (फोटो, भाषा – अंग्रेजी)
  • Anybody who give information on King Birendra’s property to get reward दिबंगत राजा बिरेन्द्रको सम्पत्तिको बारेमा जानकारी दिनेलाई पुरस्कार दिने सरकारी घोषणा (भाषा – अंग्रेजी)
  • Nepali Movie – Nagad Narayan नेपाली फिल्म नगद नारायण को सम्पूर्ण भाग (भाषा – नेपाली)

मङ्सिर २७ (डिसेम्बर १३)

  • Nepali Movie – Dasdhunga नेपाली फिल्म दासढुंगाको सम्पूर्ण भाग(भाषा – नेपाली)
  • Price Hike – unnatural alliance between three media houses (भाषा – अंग्रेजी/नेपाली)

मङ्सिर २८ (डिसेम्बर १४)

मङ्सिर २९ (डिसेम्बर १५)

  • Nepali Movie – Paradeshi Kancha नेपाली फिल्म परदेशी कान्छा को सम्पूर्ण भाग (भाषा – नेपाली)

पौष १ (डिसेम्बर १६)

  • Crow picks plastic एउटा कागले बोकेको वाई वाई चाउचाउको प्लास्टिकको खोल को फोटो र ब्लगरको बिचार (फोटो, भाषा – अंग्रेजी)

पौष २ (डिसेम्बर १७)

  • Bandha returns? चितवन बन्दको फोटो सहित विचार (फोटो, भाषा – अंग्रेजी)

पौष ३ (डिसेम्बर १८)

  • 2 Slaps – Inhuman punishment; is the society going backward? बालाजु को विष्णुमती पुलमा देखिएको एक साइन बोर्डको बारेमा (भाषा – अंग्रेजी)
  • Meeting of NC with PM ended inconclusive calling support for Nepal Bandh on Monday नेपाली कांग्रेस ले गरेको नेपाल बन्दको बारेमा समाचार (भाषा – अंग्रेजी)

अब फेरी हाम्रो भेट होला त पुष्पा ?

केहि समय अगाडी जोया अख्तर निर्देसित "जिन्दगी नामिलेगी दोबारा " हेरेकी थिए |फ्लिम सामान्य लागे पनि यसको शिर्षकले भने मलाई साच्चै आकर्षित गरेको हो | किनकि फिल्मले भन्दा पनि बढी यसको शिर्षकले मलाई जीवनको सिमितताको बारेमा सोच्न प्रेरित गराएको थियो | समयको रफ्तार संगै त्यो सोचाई बिर्सेको रहेछु | आज फेरी परिस्थितिले मलाई पुन: त्यही सत्यलाई सम्झन अग्रसर गरायो | एउटा यस्तो घटना मार्फत जसलाई म जिन्दगीमा सायदै भुलौला |

big_wide_world

पुष्पा मेरो पुर्व बिद्यार्थी थिइ | पुर्व यस अर्थमा कि उसको र मेरो शिक्षिका र विद्यार्थीको सम्बन्ध स्थापित भएको स्कुलमा आज हामी दुबैको उपस्थिति छैन | म पढ्नको निम्ति काठमाडौँ छिरे उ पनि यतैको कुनै बोर्डिंग तिर सिफ्ट भई | म काठमाडौँ छिरी नसक्दै तर उ बोर्डिंग छिरिसके पछी मलाई अचानक एकदिन उसले कल गरी :

"हेलो, रिता मिस बोल्नु भएको हो?"
"हो ,के थियो होला ?"
"मिस म पुष्पा बोलेको के! क्लास फोरको स्टुडेन्ट,पुष्पा दुवादी |"
"ओहो पुष्पा !!!आज कहाँबाट सम्झियौ ? मेरो नम्बर कसले दियो तिमीलाई ? पढाइ कस्तो हुदै छ ? तिमीलाई आरामै त छ?"

मैले एकैचोटी प्रश्न माथि प्रश्न गर्न पुगे | सायद अकस्मात् यस्तो अनौठो खुसी मिलेकोले होला | उसले भनी :
"यसो स्कुलको फोन डायरी हेरेको तपाइको नबर देखे अनि कल गरेको नि ! मिस तपाई सन्चै हुनुहुन्छ ?"
"अँ म सन्चै छु अनि तिमी नि?"
"म पनि सन्चै छु | अनि मिस मेरो स्कुलको साथीहरु र सर, मिस  सबैलाई सोधेको छ भनिदिनु है?"
"ल ल भई हाल्छ नि ! तिमी पनि मन लगाएर पढ्नु नि !"
"हवस्, थाहा छ मिस अहिलेको स्कुलमा त म खेलहरुमा निकै भाग लिन्छु | यहाँ त फुटबल प्राक्टिस गर्नको लागि केटीहरुको पनि टिम छ | जहिल्यै त्यस्तो गेमहरु भैरहन्छ त!"
"ए हो र ! ल ल राम्रोसंग खेल्नु, राम्ररी पढ्नु तिम्रो फुटबल खेलाडी बन्ने सपना पुरा होस् | प्रयास गर्दै जाउ एकदिन अवश्य सफल हुनेछौ |"
"हुन्छ मिस अब म फोन राखी दिन्छु है ?"
"ल ल राम्ररी बस ल ?"

 Continue reading

समानुपातिक शिक्षा

हाम्रो शिक्षा प्रणाली सबैलाई समेटेर लग्न नसक्ने खालको छ भनेर धेरै अगाडी देखि गुनासाहरु सुनिदै आएको थियो | तर अहिले सम्म चित्त बुज्ने गरेर कसैले पनि जवाफ दिन सकेको जस्तो लागेको थिएन … 

तर आज यो तलको कार्टुनले चाहिँ, कम्तिमा मलाई, यस बारेमा छर्लंग बनाएको छ |

exam_syatem_thumb[1]

कान्तिपुरी नगरी

प्रदिप न्यौपानेजी ले कलियुगकी साक्षात देबी को बर्णन सुनेर मलाइ पनि भानुभक्तको बर्णन याद आयो:

भानुभक्तको कान्तिपुर:

चपला अवलाहरू एक सुरमा,

गुन केसरीको फूल ली शिरमा।

हिडन्या सखी लीकन।

ओरीपरी/पशुकापति छन् रखबारी गरी,

शिवकी पुरी कान्तिपुरी नगरी।

आजका ‘भानुभक्त’ चेलाको कान्तिपुर:

चपला अवला हरु स्कुटरमा
हिडन्या कलेज अफिस वरीपरी।

हर्न, मोबाईल गर्छन चुरिफुरी
तिलस्मी कान्तिपुरी नगरी।।

‘हिडन्या सखी’ पछाडी राखी …. अन्य स्कुटरसबार चपला अबलाहरु

अपडेट : फेसबुक र ट्वीटर को यो जमानामा केही समय पछि त बाहिर निस्कने पनि फुर्सद नै हुदैन कि जस्तो लाग्यो तेसैले :

chapala_abala_facebook