भुबन केसीको फिल्मको पोस्टर पनि चोरीको?

यो चोरी नेपाली फिल्म "प्रेमिका" र अन्य फिल्मको (तलको दोश्रो चित्र) जस्तो अर्काको डिजाइन माथि नेपाली फिल्मको नाम राख्ने खालको चोरी त होइन । "चपली हाइट" को जस्तो नामको डिजाइन र फोटो को डिजाइन चोरी गरिएको पनि नभए पनि कन्सेप्ट चाहिँ अबस्य नै चोरिएको हो ।    (फोटोमा किल्क गरेर बिस्तृत अंग्रजी लेख पढ्नुहोस)

पोस्टरलाइ बिस्वास गर्ने हो भने विल स्मिथ को "पर्स्युट अफ ह्यापिनेस" हेरिसकेका साथीहरुले यो फिल्म हेर्ने कष्ट नगरे पनि होला । अंग्रजी बुझ्ने र सो अंग्रेजी फिल्म नहेर्नेहरुले पनि "साथी म तिम्रो"को साटो "पर्स्युट अफ ह्यापिनेस"नै हेर्ने कि?

 Continue reading

आज श्री स्वस्थानी ब्रत समापन हुदै

swasthani-101पौष शुक्ल पूणिर्मादेखि सुरु भएको श्री स्वस्थानी ब्रत आज माघ २४ गते (फेब्रुअरी ७, २०१२ मंगलबार) सकिंदैछ । स्वस्थानी ब्रतको अन्तिम दिन, माघशुक्ल पूणिर्माका दिन, विशेष पूजा अर्चना गर्दै स्वस्थानी ब्रतको समापन गरिन्छ । यस अबसरमा एकसय आठ सुपारी, पान, पुष्प, रोटी, ल्वाङ, अक्षता आदि पूजा सामग्रीले स्वस्थानीको पूजा गरी ब्रतको बिर्सजन गर्ने परम्परा छ । आज रातभरी पूजाआजा गरि जाग्राम बस्ने चलन पनि छ ।

आजका दिन काठमाण्डौंको साँखुमा रहेको शाली नदीमा ब्रतालु महिलाहरु पनि व्रत बिसर्जन गरेर घर फर्किन्छन् । आज शाली नदीमा बिहानैदेखि व्रतालुहरुको घुईंचो छ ।

हरेक वर्ष पौषशुक्ल पूणिर्माको दिनदेखि माघशुक्ल पूणिर्मासम्म एक महिना श्रीस्वस्थानीको पूजा आराधना गरि कथा सुन्ने र सुनाउने चलन छ ।

यस प्रकारको चोरीलाइ ‘प्राबिधिक त्रुटी’ भनिन्छ

हालै कान्तिपुर दैनिकमा लामो समय देखि न्युयोर्क टाइम्स लगाएतका लेखहरु नेपालीमा उल्था गरेर आफैले लेखेको भनेर छापिदै आएको कुरा सार्बजनिक भएको थियो । नाम चलेका युवा पत्रकार आशिस लुइँटेलले आफ्नो सो गल्ति स्वीकार गरी ट्वीटरमा माफी पनि मागेका थिए  ।

Really SORRY for d mistake I did! It was unintentionally/with positive aspect though!Realized that I was wrong!My readers are awesome <3 <3  (ट्विटर)

I do appreciate d thoughts of valuable readers!Apologized!It’ll be clearly addressed in the upcoming issue of @helloshukrabar too!Thank you (ट्वीटर)

ट्विटर प्रयोगकर्ताहरुको चासोको जवाफ दिदै कान्तिपुरका सम्पादक सुधिर शर्माले पनि सो कुराको स्पटीकरण दिइने बताएका थिए

Hello Sukrabar को उक्त सामगृीबारे त्यही सप्लिमेन्टको आउंदो अॅकमा स्पष्ट पारिनेछ। धन्यवाद । (ट्विटर)

त्यसको तीनदिन पछि शुक्रबारको अंकमा सो बिषय "प्राबिधिक कारणले" भएको त्रुटी भन्ने  स्पटीकरण छापियो :

kantipur_response

यस्तो सम्पादकको प्रतिउत्तर गैरजिम्मेबार पूर्ण र निराशाजनक भएको गुनासो चल्दै गर्दा सुधिर शर्माले अर्को ट्वीटमा पत्रकार आशिस लुइँटेललाइ उनको जिम्मेबारीबाट मुक्त गरेर अनुसन्धान शुरु गरेको बताए (ट्विटर लिंक) । तर, यो बारेमा कान्तिपुर पब्लिकेसनको औपचारिक धारणा अहिले सम्म सार्बजनिक भएको  छैन ।

के भएको थियो?

 Continue reading