सन्तोष पन्तकी नयाँ छोरी केटलिन पन्त अब पूर्ण युबती

pratik_pant_sex_change-sonसानै देखि केटीको जस्तो ब्यबहार गर्ने प्रतिक पन्त आफ्नो केटो नामबाट छुटकरा पाउदा निकै खुशी छिन् । पुरुष प्रतिक आफ्नो यौनांगको अप्रेसन पछि पूर्ण रुपमा महिलाको रुपमा यही शुक्रबार नेपाल फर्किसकेकी छिन् । उनी भन्छिन, ’प्रतिक नाम मलाई जहिले पनि अड लाग्थ्यो, त्यो म हैन भनेर अहिले प्रमाणित भएको छ ।’ 

महिला हुनको लागि हर्मोन उपचार गरिरेहका प्रतिकको करीब तीन हप्ता अघाडी थाइल्याण्डको सुर्पोन क्लिनिकमा भएको आठघण्टे सल्यक्रियामा लिंग परिवर्तन गरे पछि आफ्नो नाम पनि परिवर्तन गरेर केटलीन भएका हुन । यो परिवर्तनले पन्त परिवार पनि अतिनै खुशी भएको बताइएको छ । जेठी छोरीको एउटा दुर्घटनामा मृतु भए पछि सन्तोष पन्तकी श्रीमती प्रतिभाले प्रतिक गर्भमा हुँदा देखिनै छोरीको चाहाना गरेकी थिइन ।

सानै देखि केटीको ब्यबहार गर्ने प्रतीकको १७ बर्षको हुँदासम्म दाह्री जुंगा नआएको र डाक्टरहरुले पनि उनमा केटी हर्मोन बढी भएकोले यसको उपचार गर्नु भन्दा यही रुपमा स्वीकार गर्न सुझाब दिएको थियो । केटीहरुको साथमा बस्न रुचाउने प्रतीक केटीको भेषमा ठूला ठूला आँखा भएकी एउटी राम्री युबती देखिने हुनाले पनि पन्त परिवारले लिंग परिवर्तन नै उचित उपचार हो भन्ने ठानेको बताइन्छ । पन्त परिवारको अनुसार लिंग परिवर्तन सल्यक्रियाको लागि २० लाख रुपैयाँ खर्च लागेको थियो।

चिकित्सकका अनुसार उनीले शल्यक्रिया गरेको ४ महिना पछिनै महिलाको रुपमा शारिरिक सम्पर्क गर्न सक्ने र एक बर्ष भित्र पूर्णरुपमा स्वस्थ्य हुनेछिन ।  केटलीन पन्त अब कुनै पनि पुरुषसंग बिबाह गर्न लायक भएकी छन् तर आमा बन्न को लागि भने अर्को एउटा शल्यक्रिया गरेर पाठेघर प्रत्यारोपण गर्नु पर्ने उनी बताउछिन ।

Incoming search terms:

  • ketlin panta photo

पप गायिका व्हिटनी होष्टन को निधन

फेब्रुअरी ११, शनिबार राती अमेरिकी पप गायिका व्हिटनी होष्टन को क्र्यालिफोर्निया स्थित एक होटेलमा निधन भएको छ । गिनिज वोर्ल्ड रेकर्ड किताब अनुसार सबै भन्दा धेरै पुरस्कार प्राप्त गर्न सफल ४८ बर्षीय गायिका को १ सय ७० मिलियन भन्र्दा बढी एल्बम बिक्रि भएका छन । गायिकाको साथ साथै उनी फिल्म निर्माण, मोडलिंग, अभिनय आदि सबैमा सफल नै भएकी थिइन ।

Whitney_Houston_2009

सन १९८० र १९९० को दशकमा निकै चर्चामा रहेकी होष्टन त्यस पछिको समयमा  लागुपदार्थको दुर्व्यसनका कारणले सुस्ताएकी थिइन । अर्का गाएक क्रिस ब्राउन संगको बैबाहिक जीवनमा आएको समस्याले पनि यसमा अरु जटिलता थपिएको बताइन्छ ।

अंग्रेजी पढ्न सक्नेको लागि उनको वेबसाइटमा उनको पूर्ण जिबनी पोस्ट गरिएको छ । (फोटो साभार – विकिपिडिया)