नेपाली सुन्दरी – रोपाइँ

आज स्टिभ म्याकरीको ब्लग चहार्दै थिएँ एउटी नेपाली सुन्दरीको फोटो पोस्ट गरेका रहेछन "गरिबीलाइ खुवाउदै" शिर्षकमा । फोटोको रंग र ती युबतीको कौतुहलता भरिएको मन्द मुस्कान देखेर यो फोटो सबैमा बाँड्न मन लाग्यो । 

NEPAL-10009

रोपाइको बेलामा पानीबाट बाँच्न ओढीने घुम (देशको बिभिन्न भागमा यसको भिन्दै नाम हुन्छ) ओढेर म्याचिंग शर्ट , रातो पटुका र टाउकोमा पनि रातै पछौरा बेरेकी यी सुन्दर महिला कुनै मोडल भन्दा कम छैनन । स्टिभ म्याकरीका यो लगाएत अरु फोटाहरू यहाँ छन् ।

शिवरात्री – एक परिचय र शुभकामना

आज हिन्दु धर्मावलम्बीहरुको महान चाड महाशिवरात्री हो । भगबान शिवको आरधना गरेर मनाइने यस चाडमा शिवमन्दिरहरुमा ठूलो घुइँचो लाग्छ । काठमाण्डौंको  पशुपतिमा भारत लागाएत देशका बिभिन्न स्थानबाट आएका शिवभक्तहरुकोको घुइचो लाग्छ । आज पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई शिवको दर्शन गराउन सजिलो होस् भनेर बिहान साढे ३ बजेदेखि नै पशुपतिनाथको सबै ढोका खुल्ला गरिएका थिए ।

Pashupati

भगबान शिवले पार्बती संग बिबाह गरेको दिन मानिने शिबरारात्री बिशेषत: रातको समयमा मनाइन्छ । फाल्गुण फाल्गुन कृष्ण चतुर्दशीको दिन मनाइने यस पर्वको दिनमा  शिवजीले ताण्डब नृत्य गर्छन भन्ने पनि बिश्वास पनि गरिन्छ ।

सृष्टिको प्रारंभमा यही दिनको मध्यरारातमा भगवान् शंकर ब्रह्मा बाट शिवको रूपमा अवतरण भएको पनि कथन छ । यस दिनमा आत्मा र परमात्माको मिलन, अथवा शिव र पार्वतीको विवाह भएको दिन पनि मानिन्छ ।

बिकृति

शिवरात्रीमा शिवको आरधनाको साथ साथै शिवको प्रिय लागु पदार्थ गाँजा, भांग, धतुरो आदिको पनि सेबन गर्ने चलन छ । थाहा नदिइ अन्य खाद्य पदार्थमा भांग मिसाएर खुवाउदा लामो समय सम्म त्यसको असर गरेका घटनाहरु पनि सुन्नमा आइ रहन्छन ।

twit_bhang

shivaratri_ganja

कतिपय साधुहरु शिवरात्रिको समयामा गाँजाको ब्यापार गरेर राम्रो आम्दानी गर्ने गरेको पनि पाइन्छ । एक खिली गाँजा भरेको चुरोटको १० रुपैयाँदेखि ५० रुपैयाँसम्ममा किनेर खाने युबाहरुको पशुपतीमा बाक्लो उपस्थिति हुन्छ ।  (फोटो – विकिपिडिया, माइसंसार, ट्वीटर स्क्रिनसट)

अन्त्यमा, सबैमा शिवरात्रिको शुभकामना !