जयप्रकाश गुप्तालाई डेढ वर्ष कैद ८४ लाख जरिवाना

बहालवाला सूचना तथा सञ्चार मन्त्री जयप्रकाश गुप्तालाई (जेपी गुप्ता)  भ्रष्टाचार गरेको ठहर गर्दै सर्वोच्च अदालतले डेढ वर्ष कैद र ८४ लाख ९ हजार ९ सय २८ रुपैयाँ बराबरको बिगो र जरिवाना गरेको छ।  सर्बोच्चका न्यायाधिशद्वय सुशीला कार्की र तर्कराज भट्टको इजलाशले सो सजाय सुनाएको हो ।

jp_gupta_convicted

अख्तियारको उजुरी अनुसार गुप्ताले २ करोड ८ लाख ८ हजार रुपियाँ सम्पत्तिको स्रोत खुलाउन नसकेको आरोप लगाए पनि सर्वोच्चको फैसालामा उनले ८४ लाख सम्पतिको मात्रै स्रोत खुलाउन नसकेको फैसला गर्दै सोही रकम बराबरको जरिवाना असुल गर्ने फैसला गरेको हो। 

तर, यस अघि २०६४ जेठ २४ गते विशेष अदालतका न्यायाधीश भूपध्वज अधिकारीसहितको इजलासले जेपी गुप्ताको सम्पत्ति स्रोत खुलेको देखिएको भन्दै सफाइ दिएको थियो। सो विशेष अदालतको फैसलाविरुद्ध नेपाल सरकारले २०६४ कात्तिक २२ गते सर्वोच्चमा पुनरावेदन गरेको थियो । तर त्यसको सुनुवाइ भने दुई वर्षपछि मात्रै सर्वोच्चमा सुरु भएको थियो।

सर्बोच्चको फैसलामा यसअघि विशेष अदालतले उनलाई सफाई दिने फैसला गर्ने न्यायाधीशले प्रमाणको मूल्याङ्कनमा गम्भीर लापरवाही र त्रुटी गरेको पाइएकोले उनलाई समेत कारबाहीको सिफारिश गरेको छ।

श्रोत नखुलेको सम्पति

 Continue reading

मेरी हजुरआमाको हिन्दी सिरियल मोह

remote-controlसन् १९६८ तिर हजुरबुवा भारतीय सेनामा कार्यरत हुदै गर्दा मेरी हजुरआमा त्यतै नागाल्यान्डको फ्यामिली क्वाटरमा आश्रित हुनुहुन्थ्यो रे ! अहिले पनि हजुरआमा ती दिनहरुलाई बारम्बार सम्झिने गर्नुहुन्छ | उहाँले त्यहाँ बिताउनु भएको समयको रोचक कहानीहरु सुन्न मलाई औधी मनपर्छ | नागाल्याण्ड बासीहरु जसलाई हजुरआमा ‘नागा’ भनेर सम्बोधन गर्नु हुन्छ, उनीहरुको रहनसहन, वस्त्र, जातीइतर् मानिससंग गर्ने ब्यबहार सबै अनौठो थियो भनि बताउनु हुन्छ | नेपालको एक बिकट गाउँबाट सात समुन्द्र पारी ( उहाँकै शब्दमा ) जाँदा ती परिवेशहरु अनौठो लाग्नु स्वाभाविकै पनि हो | त्यसमाथि घरायशी सीमाको सानो संसारबाट बाहिर चियाउन नसक्नाले ती परिवेशहरु जहिल्यै असहज भएको अनुभव रहेछ उहांसंग | देशको चौघेराबाट बाहिर जाँदा अशिक्षित् व्यक्तिलाई पर्ने भाषागत समस्याले उहाँलाई पनि धुरुक्कै रुवाएको रैछ | हजुरबुवाको सरुवै पिच्छे स्थान फेरी फेरी लगभग ४ बर्ष भारत बस्दा पनि हिन्दीमा जम्न गारो भएको थियो रे उहाँलाई | अचेल समय केहि बदलिएको छ | हजुरबुवा बित्नुभएको ८ बर्ष पुग्यो | उहाँसंग बिताएका दिनहरुको याद  अहिले पनि ताजै होलान तर हिन्दी नबुझ्दा हजुरबुवाले नै उल्था गरी बुझाउनु पर्ने अवस्था अहिले छैन | किनकि अचेल हजुरआमाले  हिन्दी सिरियल हेर्न थाल्नुभएको छ | 

हजुरआमाले सिरियल हेर्न सुरु गर्नु अघिको घर भित्रको कहानी पनि रोचकै थियो | सानो परिवार पनि हिन्दी र नेपाली कार्यक्रमको लागि अघिल्लो र पछिल्लो पिढीमा हानथाप हुदा आमालाई त्यो बिबाद मिलाउन हम्मे हम्मे पर्थ्यो | पछी त अंशबन्डा नै गरे जसरी टिभीका कार्यक्रमहरु हेर्न भनि दुइवटा टिभीमा विभक्त हुने पर्यो जाबो  ६ जनाको परिवारलाई पनि | त्यसपछि भने आआफ्नो संसारमै रम्न थाल्यौ आआफ्नो रोजाईको कार्यक्रम हेर्दै |

grand_mother

 Continue reading