ह्यापी बर्थ-डे केपी ओली

युवा संघ नेपालले यसको खेलकुद समितिले तयार पारेको ‘स्पोट्स डायरी’को विमोचनका लागि नेकपा एमालेका नेता केपी ओलीलाइ बोलाएको थियो । वर्ड ट्रेड सेन्टरमा आयोजीत सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित ओलीको ६० औं जन्मदिन पनि परेकोले आयोजकहरुले उनको लागि जन्मदिनको केक पनि तयार पारेर राखेका थिए ।

kp-oli-birthday-hat

kp-oli-birthday_sports_diary

एमालेका प्रभावशाली नेता ओली उनको बोलीकै कारण बेला बेलामा चर्चामा रहीरहन्छन् ।

केपी ओली भनेर चिनिने खड्गप्रसाद शर्मा ओलीलाइ हाम्रो तर्फबाट पनि जन्मदिनको शुभकामना । (फोटो साभार – अनलाइनखबर)

एउटा रोचक प्रेम प्रस्ताब

propose_loveभ्यालेन्टाइन पर्व हिडेको नि एक हप्ता बढी भै सक्यो | यस्तो झिना मसिना कुरा के लेखिरहनु भन्ने सोच्दै थिएँ | तर नलेखी मन नै नमान्ला जस्तो भो | यसरी लेखाइमा आफुलाई प्रकट गर्नु पनि नशा जत्तिकै हुदो रहेछ | त्यसमाथि साथीभाई संगै कुरा गरे जसरी लेख्ने बानी छ आफ्नो त !

गाउँमा जब रोपाईको मारामार हुन्छ मेलापातको लागि पर्म भने जस्तो ….तँ फलानो दिन मेरो मेलामा आइज न है भने जस्तै हुन खोज्द्दै थियो मलाई यो पालिको भ्यालेन्टाइन डे | एक हप्ता अगाडी नै मेरो साथी सर्कलको एउटा केटोले कल गरेर त्यस्तै त्यस्तै कुरा गर्यो |

उसको भनाइ अनुसार, उसले अहिले सम्म देखेको, भेटेको केटीहरु मध्ये म नै सबै भन्दा राम्री अनि असल अरे | मान्छेहरु अरुलाई फुर्क्याउन के के भन्छन भन्ने मलाई थाहै नभए जस्तो क्या !

उसले अहिले सम्म कसैलाई आफ्नो गल्फ्रेंड बनाएको छैन रे ! कतिन साँचो र झुट बिचको भेउ नै पाउन नसक्ने जस्तो मैले !

उसका कुराहरु सुन्दै बनावटी, होमा हो मिलाउदै मन मनै हासें | सब भन्दा बढी हासों त मलाई त्यतिखेर उठ्यो जतिखेर उसले टिकट नै बुकिंग गरे जसरी भन्यो हेर अबको सात दिन पछी भ्यालेन्टाइन छ तिमीलाई त्यो दिनको लागि भनेर आजै भनी राख्छु, बुझ्यौ ? त्यो दिनमा एक कल गरेर एक राउण्ड प्रपोज चै दिने हो | तिम्रो जवाफ के हुनेछ त्यो पनि मलाइ थाहा छ किनकि मेरो शब्दहरु सुने पछी जो कोही पनि लट्ठ परेकै हुन्छ | बस मेरो कललाई पर्खेर बस मात्र न !

 Continue reading

एक घन्टाको खुशी – अब लोडसेडिंग १ घण्टा कम

नदीहरुमा पानीको जलस्तर घटी रहे पनि चुहावट नियन्त्रण प्रभाबकारी भएको ले थप एक घण्टा लोडसेडिंग घटाउन सकिएको नेपाल विद्युत प्राधिकरणको लोडसेडिङ्ग परिवर्तन सम्बन्धि सूचनामा जनाइएको छ ।

नदीहरुमा पानीको जलस्तर घट्ने क्रम रहेता पनि कुलेखानी जलासयमा भएको पानीको संचिति एवं विद्युत चुहावट नियन्त्रण गर्न चालिएका कार्यहरु प्रभावकारी भएको कारणबाट साविकमा हुँदै आईरहेको लोडसेडिङ्ग तालिकामा हेरफेर गरी मिति २०६८/११/११ गते बिहीबार देखि निम्न परिवर्तित समय तालिका अनुसारको लोडसेडिङ्ग हुने ब्यहोरा ग्राहक वर्गमा जानकारी गराउँदछौ ।

फाल्गुण एक गते देखि १ घण्टा घटेको लोडसेडिंग र अबको थप एक घण्टा जोड्दा अब दैनिक कम्तिमा ९ र बढीमा १२ घण्टासम्म लोडसेडिङ हुनेछ। पुष ३ देखि १४ घण्टे लोडसेडिङमा गुजारा गरिरहेका नेपालीलाइ यसले केही मात्रामा राहतको अनुभब हुने छ ।

नयाँ लोडसेडिंग तालिका २०६८/११/११ (February 23, 2012):

load_shedding_schedule

अत्यधिक चुहावट हुने फिडरहरुमा पहिले जस्तै थप लोडसेडिङ्ग हुनेछ ।
(क) ३५ देखि ४० प्रतिशतसम्म १ घण्टा थप
(ख) ४० भन्दा बढी ५० प्रतिशतसम्म २ घण्टा थप
(ग) ५० भन्दा बढी ६० प्रतिशतसम्म ३ घण्टा थप
(घ) ६० भन्दा बढी ७० प्रतिशतसम्म ४ घण्टा थप
(ङ) ७० प्रतिशत भन्दा बढी ५ घण्टा थप