लूट, फुट र ब्रह्मलुट- प्रत्येक महिना पेट्रोलको भाउ रु ४ बढ्न थालेको संकेत

चलचित्र लूट को निम्न पोस्टरलाइ बिगारेर रमाइलोको लागि ‘ब्रह्मलुट’ बनाएको भए पनि नेपाल सरकारको क्रियाकलापले भने साच्चिकै ब्रह्मलुट नै भइ रहेको भान हुन्छ । नेपाल आयल निगमले भर्खरै पेट्रोल, डिजेल र मट्टितेलको प्रति लिटर ४/४ रुपियाँ  भाउ बढाएको सुन्दा सबै जना अच्चम मानेका छन् । दुइ महिना अघाडी रु ७ (जनवरीमा बढेको रु १० मा रु३ घटाएर) बढेको पेट्रोल एक महिना अघाडी फेरी रु ४ बढेको थियो ।

facebook_loot_poster

यसरी एक एक महिनामा पेट्रोलको भाउ बढेको देख्दा अब नेपाल सरकारले लोड सेडिंगको रुटिन जस्तै पेट्रोलको भाउ बढाउने पनि रुटिन नै बनाएको भान हुन्छ।

यस अघि दुइ पटक रु ४ – रु ४ बढेको हुनाले अर्को महिना फेरी पनि रु. ४ नै बढ्ने सम्भाबणा प्रबल छ । 

पोस्टरको श्रोत फेसबुकमा ‘हाम्रो बिराटनगर’

दुर्गा स्वरुपा नारी – मेरी श्रीमती जागिर खादिन, के गर्ने

नेपाल का लागी फ्रान्सेली राजदुतको आवास मा झुन्डिएको यो तस्बिरले नेपाली महिलाहरु हिन्दु धर्म ग्रन्थ मा बयान गरिए झैँ शक्तिस्वरुपा नवदुर्गाको रुपमा यसरी चित्रित गरेको रहेछ:

 Nepali_woman_durga_

 Continue reading

फेसबुकको पासवोर्ड माग्ने कम्पनीको निन्दा

जागिरको अन्तरबार्तामा फेसबुकको पासवोर्ड माग्ने कम्पनीको खबरले फेसबुकलाई एउटा बक्तब्य निकाल्न बाध्य पारेको छ ।

फेसबुकका प्राइभेसी अफिसर इरिन इगनले फेसबुक ब्लगमा तेस्ता कम्पनीहरुको निन्दा गर्दै तेस्तो कार्यले फेसबुक प्रयोगकर्ता र उसका साथीहरुको गोपनियता भंग हुने बताएका छन् । यस्तो घटनामा फेसबुकले कानुनि उपाय पनि अपनाउन  सक्ने इगनले बताएका छन् ।

fecebook_responds

जागिर दिने कम्पनीले पासवोर्ड सोधेका (र त्यसबारे मिडियामा आएका) केहि घटनाहरु निम्न छन्:

  • जुन २००९ मा बोजम्यान सिटी, मोन्टाना, अमेरिका (रजिस्टार – अंग्रेजी लिंक)
  • मेरिल्याण्ड दिपार्मेंट अफ करेक्सन (अंग्रजी लिंक)
  • ओकभिल, क्यानेडा (क्यालगेरी हेराल्ड – अंग्रेजी लिंक)
  • अमेरिकाको न्यु योर्क (पूर्ब लेखमा उल्लेखित)
  • २०१०मा रबर्ट कलिन भन्ने व्यक्तिले जागिर खाना पासवोर्ड दिएको  (पूर्ब लेखमा उल्लेखित)

फेसबुक वा अन्य इन्टरनेटबाट खुल्ने व्यक्तिगत जानकारीको बचाउ गर्ने के गर्नु पर्छ भन्ने कुरा हामीले यस अघिको पोस्टमा लेखेका थियौं ।

‘छड्के’को पोस्टर कम्पिटिसन – सह्रनिय नयाँ प्रयोग

ग्राफिक डिजाइनर आनन्द महर्जनले नेपाली फिल्म ‘छड्के’को पोस्टर कम्पिटिसनमा उत्कृस्ट पोस्टर डिजाइन गरे पहिलो भएका छन् । नेपाली फिल्म जगतमा यो यस खालको नयाँ शुरुवातले बिदेशी सिनेमा बाट पोस्टर कन्सेप्ट र पुरै पोस्टर नै चोर्ने प्रवृतिमा कमी आउने आशा गर्न सकिन्छ ।

‘छड्के’मा नम्रता श्रेष्ठको मुख्य भूमिका हुने खबर त हामीले पहिले नै लेखेका थियौं । नम्रताको साथ साथै सो फिल्ममा अन्य कलाकार जस्तै सौगात मल्ल, दयाहाङ राई, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, अर्पण थापा, रविन तामाङ आदिको पनि मुख्य भूमिका हुने बताइएको छ । ‘छड्के’लाइ निगम श्रेष्ठले निर्देशन गर्ने छन् ।

नेपाली फिल्मको पोस्टर चोरी र पोस्टर कम्पिटिसनको बिषयमा लिंकबाट पुगिने अंग्रेजी लेखमा बिस्तृत बिबरण दिइएको छ ।

ट्वीटर को छैठौं जन्मदिन

twitter_birthday_6फेसबुकको बारेमा सबैले सुनेको भए पनि ट्वीटर भने नेपाली इन्टरनेट प्रयोगकर्ता बीच त्यति प्रचलित छैन । मार्च २१, २००६ मा पहिलो ट्वीट गरेर शुरु भएको ट्वीटर ६ बर्षको हुँदा सम्म १४० मिलियन (१४ करोड) नियमित प्रयोगकर्ताहरु बीच लोकप्रिय भएको छ । एकै दिनमा ३४० मिलियन (३४ करोड) ट्वीट सम्प्रेषण हुने यस सोसल मिडियाले छोटो समयमा ठूलो फड्को मारेको बिश्वास गरिन्छ ।  पहिलो ट्वीट "Just setting up my twttr," भनेर यसका संस्थापक ज्याक डोरसेले सम्प्रेषण गरेर रचिएको ट्विटरको इतिहास भविष्यमा अझ बढी लोकप्रिय होस् भन्ने एक्स-नेपालीको तर्फबाट शुभकामना ।

बेफुर्सदिला मानिसहरुलाई १४० अक्षर नबढाई कुराकानी गर्न भनेर बनाइएको माइक्रोब्लगिंग प्लेटफर्म पत्रकार, कम्प्युटर चलाउने प्रोग्रामर का साथसाथै केही अन्य व्यवसायका व्यक्तिहरु बीच पनि उत्तिकै पपुलर छ । मुख्यत सेलिब्रेटीहरुले आफ्नो बारेमा जानकारी दिने र उनीहरुलाई पछ्याउने कार्यमा यसको बढी उपयोग गरिने गरिन्छ । पहिले पहिले प्रेस रिलिज गरेर जानकारी दिनु पर्ने कुरा अब ट्वीटरमा पोस्ट गर्ने बित्तिकै एकैचोटी संसारभरि फैलिन्छ। पत्रकारहरुले पनि ट्वीटरलाइ समाचारको एउटा भरपर्दो मध्यम को रुपमा हेर्न थालेका छन्  । ट्वीटरमा पछ्याउने मानिसहरुको आधारमा कुन मानिस कति लोकप्रिय छ भन्ने पनि सजिलै पत्ता लगाउन सकिने भएको छ । अमेरिकी गायिका लेडी गागाका  २ करोड १३ लाख पछ्याउने मानिसहरु छन् भने क्यानेडियन गायक जस्टिन बिबरलाइ झन्डै १ करोड २० लाख मानिसले पछ्याएका छन् । यसरी यिनीहरुले लेखेको पोस्ट एकै चोटी करोडौं मानिसले हेर्ने हुनाले प्रचार प्रसारमा ट्वीटरले ठूलो भूमिका खेलेको छ ।

ट्वीटर प्रयोग गर्ने नेपाली हरुको यकिन तथ्यांक नभए पनि, कुनै पनि समयमा नेपालीहरु पनि हजारौंको संख्यामा ट्वीटर प्रयोग गरिरहेका भेटिन्छन ।  यस लेखका लेखकको ट्विटर एकाउन्टलाइ झन्डै १७०० (प्राय: सबैजसो नेपाली) ले पछ्याउनु भएको छ ।

जागिरको अन्तरबार्तामा फेसबुकको पासवर्ड पनि सोधियो

job_facebook_interviewअमेरिकाको न्यु योर्कका जस्टिन बसेट जागिर खान अन्तरबार्ता दिंदा एउटा अचम्मको अनुवभ गरेका छन् | केही साधारण प्रश्न गरे पछि अन्तरबार्ता लिने महिलाले आफ्नो कम्पुटरमा जस्टिनको फेसबुक एकाउन्ट चेक गर्न थालिन | उनले सबै कुरा हेर्न नपाए पछि जस्टिनलाइ लग इन गरेर देखाउन अनुरोध गरिन | 

जागिर खाने अन्तर्वार्तामा फेसबुकको पास्वोर्ड मागेको देखेर तीन छक परेका जस्टिनले आर्काको निजी जीवनको चियो चर्चो गर्ने कम्पनीमा जागिर खान्न भनेर हिदेछन | तर सबै जना तेसरी कहाँ हिड्न सक्छन र ?

तेस्तै २०१०मा रबर्ट कलिन भन्ने व्यक्तिलाई पनि फेसबुकको पास्वोर्ड मागिएको थियो रे |  रबर्टलाइ अचम्म लागे पनि उनलाइ जागिरको अति नै आबस्यकता भएकोले पास्वोर्ड दिएको टाइम पत्रिकालाइ बताएका छन|

फेसबुक, ट्वीटर आदि इन्टरनेटका "सार्बजनिक स्थान" मा जथाभाबी कुराकानी, फोटो, भिडियो आदि राखेर दुख पाएको त सुनिएको थियो | तर यस्ता अकाउन्टलाइ सबैले हेर्न नमिल्ने बनाएमा आफ्नो कुरा सुरक्षित हुन्छ भन्ने सोच पनि परिवर्तन गर्नु पर्ने भएको छ |

फेसबुक, ट्वीटर प्रायोग गर्दा निम्न कुरामा चनाखो हुनु राम्रो होला:

  • सबैले थाहा पाउन नहुने कुरा नराख्ने | जस्तै, स्क्यान गरेका सम्बेदनशील कागजात जस्तै पासपोर्ट, लाइसेन्स,
  • आपराधिक गतिबिधीमा संलग्न ब्यक्तिलाई साथी नबनाउने | पुलिस र अन्यलाई फेसबुक बाट अपराधको अनुसन्धान गर्ने एकदमै सजिलो हुन्छ | अनि, पुलिसले मागेमा पास्वोर्ड दिन कन्जुस्याई गर्दा उल्टो फसिने सम्भाबना हुन्छ | तेसैले कसलाई साथी बनाउने कसलाई नबनाउने भन्ने कुरामा पनि चनाखो हुनु राम्रो हुन्छ   |
  • कसैको पनि गालि बेईजेती नगर्ने | 
  • अनाबस्यक र अश्लील खालका सामाग्री पोस्ट नगर्ने |
  • काम वा व्यक्तिगत सम्बन्धको बारेमा हुने गुनासा पोस्ट नगर्ने |
  • भबिश्यमा आफुलाई अफ्ट्यारो हुनेखालका कुरा हरु पोस्ट नगर्ने |
  • पहिला तेस्ता पोस्ट भएका छन् भने यथासिघ्र मेटीदिने |

(यी मेरा व्यक्तिगत बिचार हुन, कमेन्टमा अरु थप विचार पोस्ट गरिदिनुहोला)

टाइम पत्रिकाको लेख पढ्न मनलाग्नेले यहाँ किल्क गर्नु भए हुन्छ (अंग्रेजी लेख)|

चपली हाइटको नुनको सोझो गर्ने समीक्षा

अघिल्लो पटक जब ऋचा घिमिरेले मनोज पण्डितको फिल्म समिक्षा उनको वेबसाइटमा बिज्ञापन नदिएको हुनाले नकारात्मक भएको टिप्पणी गरेकी थिइन हामीले उनलाई विश्वास गरेका थिएनौ | ऋचालाइ व्यक्तिगत आक्षेप लगाएर लेखेको रिसमा त्यसो भनिन होला भनेर हामीले अन्दाज गरेका थियौं | तर मनोज पण्डितको नयाँ समीक्षाले चाहिँ हामीलाई गम्भीर भएर सोच्न बाध्य बनाएको छ |

कुरा ‘चपली हाइट’ को  समिक्षाको बारेमा हो| राम्रा फिल्म डाइरेक्टर मानिनुहुने पण्डितले नराम्रो कुरालाइ न त राम्रो भनेका छन् न त नराम्रो भनेका छन् | खासमा उनले फिल्म समिक्षा नै नगरी टाइटल मात्र "समिक्षा" भनेर लेखेका छन् | "चपली हाइट : संकोच नमानौं" शिर्षकमा लेखिएको १,००० शब्द खर्चिएर लेखिएको समीक्षामा त्यस फिल्मका कलाकारको नाम नै उल्लेख गरिएको छैन, एक चोटी निर्देशकको नाम छ र दुइ चोटी उल्लेखित फिल्मको नाम पनि बिम्बको रुपमा मात्र उल्लेखित छ | यस हिसाबले यो फिल्मको समिक्षा नै होइन |

review_biased

मनोज पण्डितले पनि यो "समिक्षा" नभएको बुझेका छन् तेसैले अन्त्यमा थपेका छन्:

(पुनश्चः समिक्षा लेखनमा विभिन्न शैलीहरू स्थापित छन् । यस सिनेमाको समिक्षा जर्मन एक्सपेरेसिजमको शैलीमा छ । सिनेमा निर्माणमा नयाँ शैलीहरू अपनाएको खण्डमा समिक्षा लेखन पनि रोमाञ्चक र नयाँ शैलीहरू खोजी गरेर गरिन्छ । यसर्थ, समिक्षा शैली पनि पुरातन अवधारणामा नरहेको जानकारी गराउन चाहन्छु –समिक्षक ।)

तपाईलाई पनि लागेको होला "जर्मन एक्सपेरेसिजम" भनेको के होला — यो कुनै फिल्म समिक्षा गर्ने तरिका नभएर फिल्म या कलामा प्रतीक, हाउभाउ र बिम्ब प्रयोग गरेर बिचार ब्यक्त गर्ने तरिका हो ।  यस बारेमा बढी जान्ने बिचार भएमा यहाँ पढ्न सक्नु हुन्छ (अंग्रेजी लेख)|

मनोज पण्डितले यो समिक्षा लेख्नुको कारण:

  1. "चपली हाइट"ले समिक्षा लेख्ने शर्तमा बिज्ञापन दिएको हुन सक्छ।
  2. फिल्मको प्राबिधिक र कलात्मक पक्षको बारेमा केही पनि नलेखिएको समिक्षा हुदैन भन्ने ज्ञान भएको "पुनश्चः" थप्न जरुरि ठान्ने समिक्षकले पढ्ने मानिस मुर्ख हुन्छन भन्ने पनि नसोच्नु पर्ने 
  3. ऋचा घिमिरेले पोलेको समिक्षा र बिज्ञापनको बीचको गठबन्दन साँचो हुन सक्ने प्रबल सम्भावना छ ।

[नोट: हाम्रा सहकर्मी रौनक निरौलाले यहाँ चपली हाइटको समिक्षा गरेका छन् (अंग्रेजीमा)| फिल्मको बारेमा जानकारी प्री-रिलिज रिभ्युमा दिइएकोछ ]

प्रकाश दाहालले २ करोड फिर्ता गरे रे

आफ्नै पार्टी लगाएत सबै तिरबाट विरोध हुन थाले पछि ए.नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल का छोरा प्रकाश दाहाललेले सगरमाथा चढ्न भनेर नेपाल सरकारबाट लिएको लिएको  रु. २ करोड फिर्ता गर्ने घोषणा गरेका छन्। फेसबुकमा पोस्ट गरेको मेसेज अनुसार "आरोही दलको पत्रकार सम्मेलन २ बजे पार्टी कार्यालयमा" हुने छ ।

press_meet_prakash_dahal

नागरिकन्युजका अनुसार प्रकाशले, ‘सरकारले दिएको २ करोड फिर्ता गर्ने निर्णय गरेको छु र यस विषयमा २ बजे पेरिस डाँडामा पत्रकार सम्मेलन गरी आफ्ना कुरा राख्नेछु।’  भनेका छन् ।

शान्ति र संविधानका लागि सगरमाथा चढ्न लागेको भनेर नेपाल सरकारसँग रु ३ करोड रुपैयाँ माग गरेकोमा सरकारले रु २ करोड मात्रै दिने निर्णय गरेको थियो । शुरुमा सो रकम कम भएको भनेर प्रत्रिक्रिया दिएअक प्रकाश अन्त्यमा सर्बत्र निन्दा हुन थाले पछि पछि हटेन बाध्य भएका हुन ।

माओबादी टिमको सगरमाथा आरोहणको घटनाक्रम:

prakash_preparing_everest ascent

पत्रकार सम्मेलन अपडेट

प्रकाश दाहालले पत्रकार सम्मेलनमा आफ्नो बाबु-छोरालाई नै सगरमाथा आरोहन संग जोडेर बदनाम गराउन खोजिएको बताएका छन्। ब्यापक बिरोध भए पछि सरकारी सहयोग नलिने घोषणा गर्न आयोजित सो समारोहमा सगरमाथा यात्राका संयोजक केसीले जनता संग एक एक रुपैयाँ जम्मा गरेर भए पनि सगरमाथा आरोहण नरोकिने बताएका थिए ।

प्रचण्डपुत्र मानसिक तनाबमा

माओवादी अध्यक्ष प्रचण्डका पुत्र हाल मानसिक तनाबमा भएको खबर आएको छ । सोही तनाबका कारण हिजो देखि उनले आफ्नो फेसबुक एकाउन्ट पनि डिसेबल गरेका छन् ।

उनका बाबु, प्रचण्ड, मानसिक तनाबमा भएमा धुलिखेल वा माउन्टेन फ्लाइट जान्थे, तर उनका छोराले तेस्तो सिकेका छन् कि छैनन थाहा भएन । तर, अर्को हप्ता उनी माउन्टेन नै चड्ने भनेर तम्सिएका भने पक्कै हुन । सो को लागि सरकारले दिएको २ करोड खर्च गर्छन कि गर्दैनन त्यो भने हेर्न बाँकी नै छ । तनाबको कारण रहेको सो रकमको उपादेयता माथि बिभिन्न मानिसहरुले प्रश्न उठाउदै गर्दा प्रकाश भने "काग कराउदै गर्छ पिना सुक्दै गर्छ" भनेर फेसबुकमा लेख्ने गर्दथे ।

बिरोध गर्नुको कारण

नेपाल जस्तो गरिब मुलुकमा बिकासको लागि, अत्याबश्यक सामग्रीको लागि गर्ने खर्च नहुनु सामान्य हो र २ करोड भनेको सानो रकम होइन । हिमाल चड्न त्यो रकम खर्च गर्नुको साटो बिकास निर्माणमा खर्च गर्ने हो भने त्यति रकमले त एउटा सिंगै गाउलाइ खाने पानी को ब्यबस्था गर्न सकिने, वा एउटा झोलुंगे पुल नै बनाउन पनि पुग्ने जानकार हरु बताउछन । माओबादी नेता सिपि गजुरेलले त्यति रकम भए त दुर्गम स्थानमा एउटा अस्पताल नै बन्न सक्ने प्रतिक्रिया दिएका थिए ।

यसै सन्धर्बमा, बिश्व साईकलयात्री पुस्कर साहलाई सगरमाथा चढन ट्याक्समा छुट दिन गरेको आग्रहलाइ नेपाल सरकारले दिन नमानेको प्रसंग सम्झदै प्रचन्डपुत्र प्रकाश दाहाललाई दीएको २ करोड दिनुको औचित्य माथि पनि प्रश्न चिन्ह लागाइएको हो।

Puskar_shah_tax_rebate

तेस्तै, "माओवादी अध्यक्षका पुत्रको उट्पट्याङ कार्यलाई २ करोड दिएको" भन्दै युवासंघले हिजो राजधानीमा एक घण्टा चक्काजाम गरेको थियो।

बिरोधको रुपमा युवा संघ दोलखा कमिटीले गरेको प्रदर्शनमा एक जुलुसले नाराबाजी गर्दै चरिकोटका विभिन्न भागहरुको परिक्रमा गरेको पनि समाचार आएको छ।

फेसबुकमा त प्रकाश हिम पहिरोमा परेको भनेर एउटा झुठो खबर पनि फैलाइएको छ (तल चित्र हेर्नुहोस, नझुक्किनु होला भनेर रातो अक्षरले "यो झुठो हो" भनेर हामीले थपेको) ।  छेउमा, "यो तस्बिरमा भएका सबै काल्पनिक हुन् l कसैसंग मेल खान गएमा संयोग मात्र हुनेछ l जनता को २ करोड यसै पचाउन मिल्दैन l यसलाई एउटा व्यङ्ग को रुप मा मात्र हेरिदिनुहोला !!" भनेर लेखिएको भए पनि मानिसहरुले साँचै भएको ठानेर कमेन्ट गरिरहेका छन् l झुठो भनेर थाहा पाउनेले पनि बिरोध स्वरूप यस झुठको प्रचार गरिरहेका छन् l

fake_news
यसरी बिरोध भइ रहदा, प्रकाश र माओबादी पार्टिका आरोहीहरुले सो रकम नलिने घोषणा गर्नु नै उपयुक्त निकास होला भन्ने हामीलाइ लागेको छ l

अपडेट – ‘खबर भित्रको खबर’ टीभी कार्यक्रम: 

उपडेट:

नागरिक दैनिकका अनुसार – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाशलाई सगरमाथा आरोहणका लागि सरकारले २ करोड रुपियाँ उपलब्ध गराउन लागेको विरोधमा राजधानीका सबैजसो क्याम्पस अगाडि विद्यार्थीहरुले चक्का जाम गराएका छन्।

रेकर्डनै नराखे पनि साह्रै होची, इश्वरीमाया छिनाल

विश्वकै दोश्रो होची महिला भएको दाबी गरिए पनि दाङ निवासी २० वर्षीया इश्वरीमाया छिनाल दोश्रो होची भनेर पुष्टि गर्ने कुनै माध्यम छैन । बिश्व किर्तिमानको लेखा जोखा गर्ने गिनिज बुकले पनि दोश्रो हुनेको बारेमा कुनै तथ्यांक जम्मा नगर्ने हुनाले साढे ८ किलो तौल भएकी ३० इन्च अग्ली  इश्वरिमाया जुन सुकै दर्जाकी होची भए पनि "सार्है होची युबती" चाहिँ अबस्य हुन ।  तुलाना नै गर्नु पर्दा विश्वकी होची भएर गिनिज बुकमा नाम लेखाउने महिला २४.७ इन्च अग्ली भारतीकी ज्योति अम्गे भन्दा त इश्वरीमाया ५.३ इन्च अग्ली नै छन् ।

घोराहीमा भएको एक तिनदिने अन्तराष्ट्रिय लोकसांस्कृतिक महोत्सवमा  इश्वरीमायालाइ प्रदर्शन गरिएको थियो र त्यहाँ उनलाई हेर्न ठूलै भिड पनि लागेको थियो ।  चार भाइबहिनीमा जेठी इश्वरीमाया उनीहरु सबै भन्दा होची पनि छिन । २० बर्ष अघाडी रुकुममा जन्मेकी इश्वरीमाया बि.सं. २०५५ देखि दाङमा बस्न थालेकी हुन ।

स्मरण रहोस, एक महिना अघाडी सल्यान चन्द्रबहादुर डाँगीलाइ गिनिज बुक अफ वर्ल्ड रेकर्डसले संसारकै सबै भन्दा होचा व्यक्ति भएको पुष्टि गरेको थियो ।

Ishwori_maya_chinal_shortest_woman