‘एटिएम’मा सेन्सर बोर्ड को उपादेयताको अन्त्य ?

atm_kiss_sceneसेन्सर बोर्डको काम अब लगन पछिको पोते जस्तो हुन थालेको हो त ?

"एटिएम" फिल्मको प्रोमो रिलिज भए पछि नेपाली फिल्म क्षेत्रमा आएको भुइचालोले  सेन्सर बोर्ड को उपादेयता माथि नै प्रश्न चिन्ह लागेको छ । उक्त फिल्मका दृष्य परिवारमा बसेर हेर्न लाएक नभएको (लिंक- अंग्रेजी लेख) हामीले बताउदै आए पनि यस्ता खालका फिल्म बन्न शुरु भइ सके पछि यस्ता फिल्मको निर्माण नै रोक्ने प्रयास गर्नु भन्दा नियन्त्रित रुपमा निर्माण हुन दिने बाताबरण बनाउनू आबश्यक हुन्छ ।

प्रशन्न पौडेल, बद्री अधिकारी, सुरेश दर्पण पोखरेल, रामराजा दाहाल, सुमन दाहाल र जनक खकुरेल सम्मिलित निर्देशकहरुको समुहले यस बिषयमा ध्यानकर्षण गरे पछि चलचित्र बिकास बोर्डले सेन्सर बोर्डलाई पत्र काटेका बताएको छ । तर युट्युब लागाएत इन्टरनेटका कुनै पनि माध्यम सेन्सर बोर्डको कार्य क्षेत्र भित्र नपर्ने हुनाले फिल्मको प्रोमोको बारेमा सेन्सर बोर्डले केही गर्न सक्ने ठाउँ नै छैन ।

हुन त यो एक/दुइ मिनेट लामो प्रोमो मात्रै हो तर, यस अघि रिलिज भएको एउटा फिल्म ‘द लास्ट किस’ को रिभ्युमा हाम्रा समिक्षक रौनकका अनुसार त्यो फिल्ममा भएका सबै उत्तेजक दृष्य फिल्मको प्रोमोमा नै अटाएका थिए (अंग्रेजी लेखको लिंक) । यस हिसाबले "एटिएम" फिल्म भित्र पनि प्रोमो मा भएको भन्दा बढी उत्तेजक दृष्य केहि नहुने सम्भाबन प्रबल छ । सेन्सर बोर्डले फिल्म रिलिज पूर्ब तेस्ता सिन काटे पनि सबैले हेरिसकेको हुने हुनाले सेन्सर बोर्डको काम लगन पछिको पोते हुने निश्चित छ।

"एटिएम" फिल्मको प्रोमोमा देखाईएको दृश्य र सम्बाद प्रति चलचित्र बिकास बोर्डले "गम्भिर आपत्ती" जनाएर तेस्ता खालका फिल्म बनाउन छुट नभएको तर्क गरे पनि यसरी फिल्म बन्ने र इन्टरनेटमा प्रोमो रिलिज गर्ने प्रक्रियालाइ परिवर्तन गर्ने सामर्थ्य कसैसंग नभएको कुरा वोर्ड लगाएत सबैले बेलैमा बुझे राम्रो हुने थियो  ।

चलचित्र बिकास बोर्ड, चलचित्र निर्देशक समाज, चलचित्र निर्माता संघ, आदि जिम्मेबार संस्थाहरुले पनि यस्ता फिल्म हरुले "समाजमा अराजकता" फैलाएको गलत बुझाइ समय साक्षप नरहेको हाम्रो ठम्याई छ । छाडा डाइलग र यस्ता खालका दृष्य नेपाली समाजमा अपाच्य भए पनि आँखा चिम्लादैमा कसैले देख्दैन भन्ने सोचाई राख्नु पनि बुद्दिमानी हुदैन ।

(trailer video not available)

‘अब संविधान नबन्ने भयो’, नेताहरु

अपडेट – १२ बजे प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रका नाउँमा सम्बोधन गरेका छन् । जसमा उनले राष्ट्रपतिलाई चुनाव सिफारिशको औपचारिक जानकारी मात्र गराएको बताएका थिए ।

– चुनाब मंसिर ७ मा गर्ने प्रस्ताब लिएर प्रधानमन्त्री रास्ट्रपतिलाइ भेट्दै

– नेपाल टेलिभिजनका अनुसार मन्त्रीपरिषदको आपतकालिन बैठक सकेर प्रधानमन्त्री बाबुराम भट्टराई रास्ट्रपतिलाइ भेट्न शीतल निवास गएका छन् ।

– संबिधान बन्ने आशा न्यून रहदै गर्दा मन्त्रीपरिषदको आपतकालिन बैठक बस्न लागेको र प्रधानमन्त्री बाबुराम भट्टराई नेपाल टेलिभीजनबाट देशवासीको नाममा सम्बोधन गर्ने तयारी गरिरहेका भन्ने खालका बिभिन्न हल्लाहरु मिडियाहरुले गरिरहेका छन् । 

– माओबादी अध्यक्ष प्रचण्ड ले पनि संबिधान बन्ने आशा सकिएको बताएका छन् । संकटकाल लगाउने कुरामा सहमति हुन नसके पछि नयाँ चुनावको तिथि घोषणा गर्ने कुरामा सहमति जुटाउने प्रयास जारि रहेको बताइएको छ।

**

प्रमुख दल बीच सहमति हुन नसके पछि संविधान नबन्ने निश्चित भएको नेकपा एमालेका नेता केपी ओलीले बताएका छन् । तेस्तै नेकपा माओवादी नेता पोस्टबहादुर बोगटीले पनि उस्तै आसयको कुरा गर्दै संबिधान नबने पछिका विकल्पका बारेमा छलफल शुरु भएको बताएका छन्

पोस्टबहादुर बोगटीका अनुसार काङ्ग्रेस र एमाले वार्ताका लागि बैठक बस्न बानेश्वर जान समेत राजी नभएको बताए।

नेताहरु बीच अहिले निम्न तीन विकल्पमा छलफल भइ रहेको बताइएको छ:

  1. संविधानसभाका सबै काम हालकै रुपान्तरित संसदलाई जिम्मा लगाउने
  2. संकटकाल लगाएर अरु ६ महिना संविधानसभाको म्याद थप्ने
  3. संविधानसभाको ताजा चुनाव गर्ने

पहिले बालुवाटारमा भइरहेको बैठकलाइ छोडेर सिंहदरबारमा रहेको संसद सचिवालयमा भएको एक बैठकपछि एमाले र माओवादी नेताले आज संविधान जारी नहुने निस्कर्षमा पुगेका हुन्।

sambidhan_sabha_bhawan

बिरोध/माग थरीथरीका

संबिधान बन्नु पर्ने समयमा बिभिन्न माग राखेर सबै ले आ-आफ्ना मातहतका समूह लाई उचाल्ने /भड्काउने काम गरि रहेका छन् । कतिपय समूहले जायज माग गरिरहे पनि अन्य कतिपयले यस सम्बेदनशील समयको ‘धमिलो पानीमा माछा मार्ने’ सुर कसेका हुन । यसरी  बिभिन्न समूह हरुले कस्ता कस्ता माग र बिरोधका कार्यक्रम गरे त … केही झलक तल प्रस्तुत छन् :

motorcycle_rally_sudur_paschim

४ हजार भन्दा बढी मोटरसाईकलमा करिब ९ हजार मानिसको सहभागीता सहित अखण्ड सुदूरपश्चिमको माग गर्दै धनगढीदेखी कर्णाली चिसापानीसम्म आयोजना गरिएको मोटरसाईकिल र्यालीको एक झलक (फोटो- दीपक जोशी मार्फत)

tanker_vantalizing_woman_activitist_enforcing_banda

बन्दको अवज्ञा गरेको भन्दै एउटा ट्‍याँकरमा तोडफोड गर्न लाग्दा शनिवार विहान बृहत मधेशी मोर्चाका महिला कार्यकर्तालार्इ कुट्दै पुरुष प्रहरीहरु । (फोटो सन्तोष मिश्र मार्फत)

 

royalists_protest

राजाबादी पूर्बपंच र हालका राष्ट्रिय प्रजातन्त्र पार्टी को धर्ना

kirat_protest_baneshowr

१३ जेठ २०६९ शनिबार नयाँ बानेश्वर स्थित सिभिल हस्पिटलसँग जोडीएको क्षेत्र किरात राइ यायोक्खा केन्द्रिय कार्य समिती( किरात स्वायत्त राज्य),नेपाल तमाङ घेदुङ संघ( ताम्सालिङ राज्य) र किरात याक्थुङ चुम्लुङ( लिम्बुवान राज्य)ले गरेको बिरोध प्रदर्शन। (फोटो पारुहांग राइ मार्फत)

welcome_new_constitution

संबिधान जारी हुनु अगाबै नयाँ संबिधानको स्वागत गर्दै प्रदर्शनकारीहरु बानेश्वरमा (फोटो पुकार बम मार्फत)

peace_rally

शान्ति तथा सदभाब र्याली

protest_against_band

बन्दका बिरुद्ध प्रदर्शन – "बन्द सदाका लागि बन्द गर" (फोटो इशान मार्फत)

यसरी विभिन्न समूहले काठमाडौंको नयाँ बानेश्वरस्थित संविधानसभा भवन वरपर धर्ना र सभा का कार्यक्रम गर्न थलेपछि त्यहाँ सबारी र मानिसहरुलाई आउजाउमा नै समस्या उत्पन्न हुन थाले पछि ६ सय ४० जना सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ ।आदिवासी जनजाति संयुक्त संघर्ष समिति, संयुक्त महिला संघर्ष समिति, संयुक्त मधेसी विधार्थी मोर्चा, संघीय विद्यार्थी युनियन, राष्ट्रिय जनमोर्चा, नेकपा मसाल, नेकपा माले, जनमोर्चा नेपाल आदि विभिन्न संघ संस्थाहरु संविधानसभा भवन अगाडी धर्ना, घेराउ तथा सभा गरिरहेका छन् ।

protest_near_ca_building

भीखारिको जुलुसको त यस अघाडी नै कुरा गरि सकिएको छ ।

भिखारीको पनि जुलुस – न्यूनतम भिख रु ५ गर्नु पर्ने माग

कहिँ नभएको बिरोध नेपालमै हुन्छ! बिरोध पनि हदसम्मका हुन्छन! बिराटनगरमा निस्केको यो ‘भिखारी एकता समाज नेपाल’ को जुलुस हेर्नुहोस !

Bhikhari-protest_biratnagar_nepal

भिखारीलाइ पनि पेशाको रुपमा बिकास गर्ने नियतले गरिएको यो जुलुस कुनै राजनीतिक शक्तिले आफ्नो निहीत स्वार्थ पूर्ति गर्ने गरेको सहजै अनुमान गर्न सकिन्छ । काम नगरी पैसा कमाउने यस्तो जुक्तिलाई कतिपय देशमा चोरी बराबरको दर्जा दिने गरिन्छ । नेपालमा संगठित रुपमा भिख माग्ने कार्यको थालनीको रुपमा बुझिने यस्तो जुलुसले अपराधिक गतिबिधिमा बढाबा दिने शंका गर्न सकिन्छ । भिखारीको जुलुसलाई प्रहरीको सुरक्षा सहित परिक्रमा गर्न दिइएको यस घटनाले भोली चोर, डाँका, तस्कर आदि अपराधिक गतिबिधी संचालन गर्ने व्यक्तिहरुले पनि संगठन खोलेर ब्यापार गर्न पाउने संदेश दिन्छ ।

भिखारीलाई न्यूनतम भिख रु ५ दिनु पर्ने माग राख्ने यस्तो जुलुस देख्दा अबका दिनमा भिखरीको पेशाको सुरक्षाको लागि शुरक्षा गार्ड र भिख माग्ने कलामा प्रशिक्षण आदि खबर आउन थालेमा पनि अचम्म नमाने हुने भएको छ । विराटनगरको कालीमन्दिरबाट सुरु भएको ६०–७० जना भिखारी सम्मिलित सो जुलुशले विराटनगरका विभिन्न ठाउको परिक्रमा गरेको छ । सो बिरोध जुलुसमा विराटनगरका भिखारीहरुले आफ्नो हक र अधिकार खोज्नुका साथै सामाजिक सदभाब कायम हुनु पर्ने माग पनि गरेका थिए ।

bhikhari_ekata_samaj_protest

Bhikhari-protest_biratnagar_nepal_ekata_saman

नेपालमा हुने बिभिन्न बिरोध, बन्द र आन्दोलन देख्दा बिरोध, आन्दोलन आदिमा गिनिज बुकले रेकर्ड राख्न थाल्ने हो भने कम्तिमा पनि ९० प्रतिशत रेकर्ड त नेपालले नै राख्छ होला । यस्तो खालको जुलुस देख्दा तपाईलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला ।

Bhikhari_aandolan_biratnagar_nepal_ekata_samaj

फोटो – सुबास कार्की, दिपेश राउत र अन्य मार्फत

अपडेट – यस सन्धर्भमा गणेश लम्सालको कुरा जायज लागेको ले थपिएको छ :

कसैले उक्साएर निकाल्न लगाएको भएपनि उनीहरुमा पनि चेतना हुन्छ भन्ने प्रस्ट पारे उनीहरुले । उनीहरु पनि मानव हुन । उनीहरुलाई राज्यले सधै भीखारी वनाईराख्न पाउदैन , यसैले उनीहरुलाई घरवास र रोजगार दिनुपर्छ भन्ने मेरो पनि सर्मथन । अझ यी वालिका भीख माग्ने भीखारीकै एक छोरी हुन । यिनका अरु ३ जना भाईवहिनी पनि छन । सडकमै जन्मेका यिनीहरुको दिन पनि वावु आमासंगै भीख मागेरै वित्छ । विद्यालयको मुख देखेका छैनन । कसैको नजर परेहुन्थ्यो यिनीहरु माथि ।

begger_girl_protest

सर्वोच्चको आदेश – संविधान सभाको म्याद थप्न मिल्दैन

high_court_nepalसंविधान सभा को म्याद तीन महिना थप्‍ने सरकारको प्रस्तावलाइ आज सर्वोच्चको एक अन्तरिम आदेशले जेठ १४ गते भित्र नै संविधान जारी गर्नुपर्ने आदेश दिएको छ ।  यस अघि "जेठ १४ गतेपछि संविधान सभा विघटन हुन्छ" भन्ने सर्वोच्चको आदेशलाइ बेवास्ता गरी सरकारले विधेयक पेश गरेको आरोप लगाउदै प्रधानन्यायाधीश खिलराज रेग्मीको एकल इजलासले गरेको सो फैसला पछि  सरकार यही जेठ १४ गते भित्रनै संविधान जारी गर्न बाध्य भएको छ ।

बिभिन्न राष्ट्रीय र अन्तर्राष्ट्रीय दबाबका बीच ढिला हुदै गरेको संबिधान जारी गर्ने दिन अबका चार दिन भित्र कुन रुपमा जारी हुने हो सबैमा जिज्ञासा बढेको छ ।

सर्वोच्चको आदेशको पूर्ण पाठ यस प्रकार छ :

सर्वोच्च अदालत, एकल इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री खिलराज रेग्मी
आदेश

विषयः उत्प्रेषण समेत।

यसमा के कसो भएको हो? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो? आदेश जारी हुनु नपर्ने कुनै कारण भए यो आदेश प्राप्त भएको मितिले वाटाको म्याद बाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पठाउनु भनी यो आदेश र रिट निवेदनको एक प्रति नक्कल समेत साथै राखी विपक्षीहरुलाई सूचना दिई त्यसको बोधार्थ महान्यायाधिवक्ताको कार्यालयमा पठाई लिखित जवाफ परेपछि वा अबधि नाघेपछि नियम बमोजिम पेश गर्नू।

साथै निवेदनमा अन्तरिम आदेश समेतको माग भएकोले सो सम्बन्धमा विचार गर्दा  नेपालको अन्तरिम संविधान, २०६३ मा दशौं संशोधन बाट धारा ६४ मा संशोधन गरी  संविधान सभाको म्याद तीन महिना थप गरेको विषयमा पर्न आएको रिट नं.०६८-WS- ००१४ को निवेदनमा यस अदालतबाट मिति २०६८।८।९ मा अन्य कुराका अतिरिक्त अन्तरिम संविधानको धारा ६४ को प्रतिवन्धात्मक वाक्यांशले अभिनिश्चित गरेको अवधि  ननाघने गरी अन्तिम पटकको लागि संविधान सभाले वास्तविक रुपमा जे जति समय आवश्यक पर्छ यकिन गरी सोही अवधिभित्रै संविधान निर्माणको कार्य सम्पन्न गर्न र त्यसरी गर्न नसकिने भएमा तत्पश्चात वर्तमान संविधान सभाको कार्यकाल स्वतः समाप्त हुने हुँदा सो अवधिभित्रै संविधानको धारा १५७ बमोजिम जनमत संग्रह वा धारा ६३ बमोजिम अर्को संविधान सभाको निर्वाचन वा संविधान बमोजिम अन्य उपयक्त प्रवन्ध मिलाउन जो चाहिने आवश्यक काम कारवाही गर्न गराउन विपक्षी संविधानसभाका  अध्यक्ष तथा नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका नाममा आदेश जारी भएको देखिन्छ।

उक्त आदेशले निर्देश गरे बमोजिम नै प्रत्यर्थीहरुबाट अन्तरिम संविधानमा एघारौं  संशोधन गरी संविधान सभाको कार्यकाल मिति २०६८।८।१४ बाट पुनः छ महिना बढाएको देखिए तापनि सो अवधि समेत समाप्त हुने अवस्था रही संविधान निर्माणको कार्यले पूर्णता नपाउँदै संविधान सभाको कार्यकाल पुनः ३ महिना थप गर्नको लागि प्रत्यर्थी मन्त्रिपरिषदबाट मिति २०६९।२।९ मा निर्णय गरी प्रत्यर्थी व्यवस्थापिका संसद सचिवालयमा संशोधन विधेयक दर्ता गराएकोभन्नेरिट निवेदनमा उल्लेख गरेको पाइयो।

यस अदालतबाट भएको उक्त आदेशको पुनरावलोकन गरी पाउँ भनी प्रत्यर्थीहरुकै तर्फबाट परेको पनरावलोकनको निवेदन यस अदालतबाट दरपीठ भैसकेको अवस्था हुँदा संविधानको धारा ११६ बमोजिम अन्तिम भएको उक्त आदेश प्रत्यर्थीहरु लगायत सबैलाई बाध्यकारी हुन्छ। साथै यस अदालतको उक्त आदेशले निर्देश गरेबमोजिम नै प्रत्यर्थीहरुबाट अन्तरिम संविधानमा एघारौं संशोधन गरी संविधान सभाको कार्यकाल पुनः छ महिना बढाएको देखिएको हुँदा प्रथमतः सो अवधि अर्थात मिति २०६९।२।१४ भित्रै संविधान निर्माणको कार्य पूरा गर्नु पर्ने हुन्छ। अपितु मिति २०६८।८।९ को उक्त आदेश बमोजिम वर्तमान संविधान सभाको कार्यकाल स्वतः समाप्त हुने उल्लिखित अवस्था सम्ममा पनि संविधान निर्माणको कार्यले अझै पूर्णता नपाई सक्ने स्थिति भए सो आदेशले निर्देश गरेका विकल्पहरुमध्येअर्को संविधान सभाको निर्वाचन, जनमत संग्रह वा संविधानबमोजिम अन्य उपयुक्त प्रवन्धको सम्बन्धमा निकाश फुकाई प्रवन्ध मिलाउने तर्फ नलागी यस अदालतबाट कुनै आदेश नै नभए जस्तो ठानी साविक बमोजिमकै संविधान संशोधनको प्रक्रियाबाट संविधान सभाको कार्यकाल पुनः ३ महिना थप गर्ने निर्णय गरी  संविधान संशोधन विधेयक पेश गरेको काम कारवाही यस अदालतबाट भएको आदेश तथा संविधानको धारा ६४ र धारा ११६ समेतको अनुकूल देखिन आएन।

यस अदालतबाट भएको अन्तिम आदेश तथा संविधानका उपरोक्त प्रावधान विपरित संविधान सभाको म्याद थप्ने विषयमा प्रत्यर्थी मन्त्रिपरिषदबाट मिति २०६९।२।९ मा गरिएको निर्णय प्रारम्भिक रुपमा नै त्रुटिपूर्ण देखिएको हुँदा सुविधा सन्तुलन समेतलाई दृष्टिगत गर्दा सो निर्णय कार्यान्वयन नगरी पेश गरिएको नेपालको अन्तरिम संविधान, २०६३ को तेह्रौं संशोधन विधेयकको प्रक्रिया अघि नबढाई यथास्थितिमा राख्नू भनी प्रत्यर्थी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र संविधान सभाका अध्यक्ष समेतका नाउँमा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ४१ बमोजिम यो अन्तरिम आदेश जारी  गरी दिएको छ। आदेशको जानकारी महान्याधिवक्ताको कार्यालय मार्फत यथाशीघ्र विपक्षीहरुलाई गराउनू।

प्रधान न्यायाधीश
ईतिसम्बत्२०६९ साल जेठ ११ गते रोज ५ शुभम्।

मार्क जुकरबर्गले फेसबुकमा अनाउन्स नगरी बिबाह गरे

फेसबुक संस्थापक मार्क जुकरबर्गले लामो समय देखिकी गर्लफ्रेन्ड प्रिस्सिला चानसंग बिहे गरेका छन् । नौ वर्षअघि हार्वर्ड विश्वविद्यालयमा भेट भए देखि शुरु भएको प्रेमलाइ जुकरबर्गले आफैले डिजाइन गरेको रुबीको रिङ्ग लगाइदिएर यही शनिबार दाम्पत्य जीवनमा परिणत गरेका थिए । 

Mark_Priscilla_marriage_photo

जुकरबर्गको क्यालिफोर्नियास्थित पाओ आल्टोको आफ्नै घरमा भएको सानो कार्यक्रममा भएको बिबाहमा १०० जना भन्दा पनि कम मानिसलाई बोलाएका थिए । समाचारहरुका अनुसार बिबाह भोज अतिनै कम खर्च गरेर गरिएको थियो । निम्तालुहरुलाई उनीहरुले आफ्नो मनपर्ने स्थानीय रेस्टुरेन्टबाट मगाइएको मेक्सिकन र जापानिज खाना खुवाएका थिए जसमा मेक्सिकन खानाको मूल्य साढेसात डलर मात्र परेको थियो । डेजर्टको लागि उनीहरुले पहिलो डेटमा खाएको मुसा आकारको चकलेट राखिएको थियो जसको मूल्य तीन डलर भन्दा पनि कम पर्छ ।

२८ वर्षीय जुकरबर्ग र २७ वर्षीया प्रिस्सिला चानले यो बिबाहको तयारी गत ७ महिना देखि गरेको भए पनि बिबाह अघि यसको बारेमा कसैले सुइँको सम्म पनि पाएको थिएन। आगन्तुकहरु अघिल्लो महिना मेडिकल कलेज पास गरेकी प्रिस्सिलाको ग्रयाजुएसन पार्टी भन्ने सोचेर सो कार्यक्रममा आएका थिए । तर उनीहरु त्यो बेला अचम्मित भए जब उनीहरुलाई सधैं जिन्स लागाएर बस्ने जुकरबर्ग निलो सुटटाई र प्रिस्सिलालाइ बिहे गर्दा लगाउने सेतो लुगामा देखे ।

प्रिस्सिलाले लगाएको ४,७०० डलर पर्ने क्लेरी पेट्टीबोन आइभोरी लेस गाउन अक्टोबरमा नै किनिएको थियो । बिहेको खबर लुकाउन सो गाउन पनि अर्कै नाम बाट किनिएको थियो ।

बिहेको अघिल्लो दिन मात्र स्टक मार्केटमा फेसबुकको शेयर खुल्ला गरिएको थियो जसका कारण जुकरबर्गको सम्पति १९ बिलियन डलर पुगेको छ।

सोसल नेटवर्क फेसबुकका संस्थापकले आफ्नो बिबाह फेसबुकमा अनाउन्स नगरी गर्नुले सबै कुरा फेसबुकमा शेयर गर्न लायक हुदैनन भन्ने कुरा फेरी एकपटक प्रस्ट पारिदिएको छ । यस नेपाली वेबसाइटका तर्फबाट मार्क जुकरबर्ग र प्रिस्सिला चानलाइ लामो दाम्पत्य जीवनको शुभकामना !

धुवाँको पोस्टरमा निशा अधिकारीको पुरानो फोटो

दुईवर्षअघि एक म्यागजिनमा प्रकाशित गर्न खिचिएको एक फोटो गत मंगलबार फस्टलुक सार्वजनिक गरिएको एक फिल्मको पोस्टरमा देखिएपछि त्यस फोटोका फोटोग्राफर कमल श्रेष्ठले यसरी प्रतिक्रिया दिए :

चलचित्र "धुवाँ" ले फोटोग्राफर संग कुनै अनुमति नै नलीइ निशा अधिकारीको फोटो आफ्नो चलचित्रको कमर्सियल पोस्टर डिजाइन तयार गरि फस्ट लुक बाहिर ल्याएको छ , निशा अधिकारी को सो फोटो मैले चलचित्र "धुवाँ" को लागि नभई अर्कै पर्पोज को लागि शूट गरेको थियो ..

फिल्मका लेखक अनुप सापकोटाले सो पोस्टर आफुले बनाएको स्विकार गर्दै उनले यस्लाई आफ्नो "व्यक्तिगत प्रयोजनको लागि" भनेर बनाएका बताएका छन । तर, पोस्टरको डिजाइन र यसलाई बनाउँन लाग्ने मेहनत हेर्दा सापकोटाको कुरा पत्यारलाग्दो भने लाग्दैन ।

dhuwa_poster_and_original_photo

anup_sapkota_response

रामप्रसाद रिजालको निर्माणमा बनेको ‘धुवाँ’लाइ लक्ष्मण रिजालले निर्देशन गरेका छन् भने यस फिल्ममा आर्यन सिग्देल र निशा अधिकारीको मुख्य भूमिका रहेको छ। यस अघि, यस फिल्ममा आर्यानलाई ८ लाख १ हजार ५ रुपैयाँमा साईन गराएको कुरा पनि धेरैले पत्याएका थिएनन । यो पोस्टर बिबाद पनि नेपाली चलचित्र बजारमा प्रचार प्रसारको लागि गरिने प्रोपोगाण्डाको अर्को रुप हुन सक्ने सम्भाबनालाइ पनि नकार्न सकिदैन ।

डाँगी केक – बिश्वकै होचा चन्द्र बहादुर डाँगीलाइ उपहार

हाल अस्ट्रेलिया भ्रमणमा रहेका बिश्वकै सबै भन्दा होचा व्यक्ति चन्द्र बहादुर डाँगीलाइ अस्ट्रेलियाको ‘प्लानेट केक’ ले एउटा अविस्मरणीय उपहार प्रदान गर्दैछ – ‘डाँगी केक’ ।

dangi_cake_final_stage

चन्द्र बहादुर डाँगीकै उचाइ, ५४.६ सेमी अग्लो, यो केक अहिले निर्माणको अन्तिम अबस्थामा रहेको बताइएको छ ।

२० घण्टा लागाएर बनाइएको यो केक को शरीर केक र आइसिंगले मात्र बनाइएको भए पनि टाउको भने खाना नहुने स्टेरोफोमबाट बनाइएको हो । यो केक नोभा ९६.९ एफएमको ‘डाँगी फिभर’ नाम गरेको लाइभ प्रोग्राममा डाँगीलाइ प्रदान गरिने छ । (फोटो क्रेडिट – novafm.com.au)

dangi_cake_artist

लोभी नजर – सम्झना बुढाथोकी र शंकर शुटिंगको क्रममा

नो कमेन्ट !

sideways_glance_chest_dancer_lovi_nazar

म्युजिक भिडियोको शुटिंगको क्रममा नृत्यकार सम्झना बुढाथोकी र शंकर खिचिएको यो फोटोमा शंकरले सम्झनाको छातीतर्फ नियाली रहेको यो दृष्य रमाइलोको लागि मात्र पोस्ट गरिएको हो!

अग्नी एयर दुर्घटनामा ‘रसना गर्ल’ तारुनी सचदेवाको निधन

taruni_sachdeva‘रसना गर्ल’ को रुपमा परिचित पेय पदार्थ रसनाको विज्ञापनमा देखिने गरेकी बालकलाकार तारुनी सचदेवाको हिजो जोमसोममा भएको अग्नी एयरको बिमान दुर्घटनामा दुःखद् निधन भएको छ ।

हालै अमिताभ बच्चनसंग चलचित्र ‘पा’मा पनि अभिनय गरेकी यी बाल कलाकारले ‘भेलिनकक्षत्रम’ (२००४) र ‘सत्यम’ (२००४) दुई मलायलम फिल्महरुमा पनि अभिनय गरेकी थिइन । तारुनीले शाहरुख खानले संचालन गर्ने रियालिटी सो ‘क्या आप पाचवी पाससे तेज है?’ मा पनि काम गरेकी थिइन् ।

आमा गीता सचदेवाको साथ मुक्तिनाथ दर्शन गर्न उडेकी तारुनीकी आमा पनि बिमान दुर्धटनामा निधन भएका १३ जना भारतीय मध्ये एक थिइन । 

यस नेपाली वेबसाइटका तर्फबाट दुर्धटनामा परी निधन हुने तारुनी सचदेवा लगायत सबैमा हार्दिक समबेदना ।