बुद्ध जयन्तीको शुभकामना

आज २५५६ औ बुद्ध जयन्ती!

बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण पनि आजकै दिन भएको हुनाले यस दिनलाइ अझ बढी महत्वका साथ हेर्ने गरिन्छ ।  बुद्धका उपदेशमा अन्य धर्ममा जस्तो  भगवान, आत्मा, परमात्मा, स्वर्ग, नर्क, पाप, पुण्यजस्ता कुराको कुनै उल्लेख नभै जीबन दर्शन र मानबताको कुरा मात्र हुन्छन ।  आजकाल बुद्धलाइ देवताको अवतारको रुपमा चित्रण गरेर पूजा गर्न थालेको भए पनि उनले आफुलाई सधैं साधकको रुपमा मात्र लिएका थिए । तेसैले बुद्धलाइ सच्चा रुपमा पूजा गर्नु भनेको उनका उपदेशहरुलाइ ब्यबाहारमा ब्यबाहारमा ल्याउनु नै हो ।

Buddha_statue

शान्तिका दुत शिद्धार्थ गौतम बुद्ध जन्मेको स्थल लुम्बिनीमा पर्यटक बढाउन नेपाल सरकारले सन २०१२लाइ लुम्बिनी भ्रमण बर्ष को रुपमा मनाउने निर्णय अनुसार बिभिन्न कार्यक्रम संचालन पनि गरि रहेको छ । आजको दिन बुद्धलाइ सम्झेर उनका उपदेशहरुलाई मनन गर्न मन लागोस, सम्पूर्ण नेपालीहरुमा बुद्ध जयन्तीको हार्दिक मंगलमय शुभकामनाका!

पहिचानको आधारमा संघियता…

पहिचान र जातीय आधारमा संघियता खोज्नेहरुको लागि मुकुन्द जोशीले यस्तो प्रस्तावना गरेका रहेछन!

एक स्वर र निस्पक्ष बिचारको खडेरी लागेको अबस्थामा यो व्यंग्य निकै सान्दर्भिक देखिएको छ  । जब सम्म आफू र आफ्नो बाट माथि उठेर समग्र देशलाई प्रतिनिधित्व गर्ने हिसाबले हामी र हाम्रो भनेर निर्णय गरिदैन, संघीयतालाइ यस्तै तरिकाले बुझिने संम्भावना रहिरहन्छ । nepal_division

माथिको चित्रमा नेपाललाई कुनै खास जाति र कुनै खास बर्गको पहिचानका आधारमा संघियतामा लैजान चाहाने पार्टीका सबै शिर्ष नेताहरुको जातीय पहिचानको आधारमा प्रदेशको नामंकरण गरिएको छ । (चित्र कन्सेप्ट र कला – मुकुन्द जोशी)