मार्क जुकरबर्गले फेसबुकमा अनाउन्स नगरी बिबाह गरे

फेसबुक संस्थापक मार्क जुकरबर्गले लामो समय देखिकी गर्लफ्रेन्ड प्रिस्सिला चानसंग बिहे गरेका छन् । नौ वर्षअघि हार्वर्ड विश्वविद्यालयमा भेट भए देखि शुरु भएको प्रेमलाइ जुकरबर्गले आफैले डिजाइन गरेको रुबीको रिङ्ग लगाइदिएर यही शनिबार दाम्पत्य जीवनमा परिणत गरेका थिए । 

Mark_Priscilla_marriage_photo

जुकरबर्गको क्यालिफोर्नियास्थित पाओ आल्टोको आफ्नै घरमा भएको सानो कार्यक्रममा भएको बिबाहमा १०० जना भन्दा पनि कम मानिसलाई बोलाएका थिए । समाचारहरुका अनुसार बिबाह भोज अतिनै कम खर्च गरेर गरिएको थियो । निम्तालुहरुलाई उनीहरुले आफ्नो मनपर्ने स्थानीय रेस्टुरेन्टबाट मगाइएको मेक्सिकन र जापानिज खाना खुवाएका थिए जसमा मेक्सिकन खानाको मूल्य साढेसात डलर मात्र परेको थियो । डेजर्टको लागि उनीहरुले पहिलो डेटमा खाएको मुसा आकारको चकलेट राखिएको थियो जसको मूल्य तीन डलर भन्दा पनि कम पर्छ ।

२८ वर्षीय जुकरबर्ग र २७ वर्षीया प्रिस्सिला चानले यो बिबाहको तयारी गत ७ महिना देखि गरेको भए पनि बिबाह अघि यसको बारेमा कसैले सुइँको सम्म पनि पाएको थिएन। आगन्तुकहरु अघिल्लो महिना मेडिकल कलेज पास गरेकी प्रिस्सिलाको ग्रयाजुएसन पार्टी भन्ने सोचेर सो कार्यक्रममा आएका थिए । तर उनीहरु त्यो बेला अचम्मित भए जब उनीहरुलाई सधैं जिन्स लागाएर बस्ने जुकरबर्ग निलो सुटटाई र प्रिस्सिलालाइ बिहे गर्दा लगाउने सेतो लुगामा देखे ।

प्रिस्सिलाले लगाएको ४,७०० डलर पर्ने क्लेरी पेट्टीबोन आइभोरी लेस गाउन अक्टोबरमा नै किनिएको थियो । बिहेको खबर लुकाउन सो गाउन पनि अर्कै नाम बाट किनिएको थियो ।

बिहेको अघिल्लो दिन मात्र स्टक मार्केटमा फेसबुकको शेयर खुल्ला गरिएको थियो जसका कारण जुकरबर्गको सम्पति १९ बिलियन डलर पुगेको छ।

सोसल नेटवर्क फेसबुकका संस्थापकले आफ्नो बिबाह फेसबुकमा अनाउन्स नगरी गर्नुले सबै कुरा फेसबुकमा शेयर गर्न लायक हुदैनन भन्ने कुरा फेरी एकपटक प्रस्ट पारिदिएको छ । यस नेपाली वेबसाइटका तर्फबाट मार्क जुकरबर्ग र प्रिस्सिला चानलाइ लामो दाम्पत्य जीवनको शुभकामना !

धुवाँको पोस्टरमा निशा अधिकारीको पुरानो फोटो

दुईवर्षअघि एक म्यागजिनमा प्रकाशित गर्न खिचिएको एक फोटो गत मंगलबार फस्टलुक सार्वजनिक गरिएको एक फिल्मको पोस्टरमा देखिएपछि त्यस फोटोका फोटोग्राफर कमल श्रेष्ठले यसरी प्रतिक्रिया दिए :

चलचित्र "धुवाँ" ले फोटोग्राफर संग कुनै अनुमति नै नलीइ निशा अधिकारीको फोटो आफ्नो चलचित्रको कमर्सियल पोस्टर डिजाइन तयार गरि फस्ट लुक बाहिर ल्याएको छ , निशा अधिकारी को सो फोटो मैले चलचित्र "धुवाँ" को लागि नभई अर्कै पर्पोज को लागि शूट गरेको थियो ..

फिल्मका लेखक अनुप सापकोटाले सो पोस्टर आफुले बनाएको स्विकार गर्दै उनले यस्लाई आफ्नो "व्यक्तिगत प्रयोजनको लागि" भनेर बनाएका बताएका छन । तर, पोस्टरको डिजाइन र यसलाई बनाउँन लाग्ने मेहनत हेर्दा सापकोटाको कुरा पत्यारलाग्दो भने लाग्दैन ।

dhuwa_poster_and_original_photo

anup_sapkota_response

रामप्रसाद रिजालको निर्माणमा बनेको ‘धुवाँ’लाइ लक्ष्मण रिजालले निर्देशन गरेका छन् भने यस फिल्ममा आर्यन सिग्देल र निशा अधिकारीको मुख्य भूमिका रहेको छ। यस अघि, यस फिल्ममा आर्यानलाई ८ लाख १ हजार ५ रुपैयाँमा साईन गराएको कुरा पनि धेरैले पत्याएका थिएनन । यो पोस्टर बिबाद पनि नेपाली चलचित्र बजारमा प्रचार प्रसारको लागि गरिने प्रोपोगाण्डाको अर्को रुप हुन सक्ने सम्भाबनालाइ पनि नकार्न सकिदैन ।