‘अब संविधान नबन्ने भयो’, नेताहरु

अपडेट – १२ बजे प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रका नाउँमा सम्बोधन गरेका छन् । जसमा उनले राष्ट्रपतिलाई चुनाव सिफारिशको औपचारिक जानकारी मात्र गराएको बताएका थिए ।

– चुनाब मंसिर ७ मा गर्ने प्रस्ताब लिएर प्रधानमन्त्री रास्ट्रपतिलाइ भेट्दै

– नेपाल टेलिभिजनका अनुसार मन्त्रीपरिषदको आपतकालिन बैठक सकेर प्रधानमन्त्री बाबुराम भट्टराई रास्ट्रपतिलाइ भेट्न शीतल निवास गएका छन् ।

– संबिधान बन्ने आशा न्यून रहदै गर्दा मन्त्रीपरिषदको आपतकालिन बैठक बस्न लागेको र प्रधानमन्त्री बाबुराम भट्टराई नेपाल टेलिभीजनबाट देशवासीको नाममा सम्बोधन गर्ने तयारी गरिरहेका भन्ने खालका बिभिन्न हल्लाहरु मिडियाहरुले गरिरहेका छन् । 

– माओबादी अध्यक्ष प्रचण्ड ले पनि संबिधान बन्ने आशा सकिएको बताएका छन् । संकटकाल लगाउने कुरामा सहमति हुन नसके पछि नयाँ चुनावको तिथि घोषणा गर्ने कुरामा सहमति जुटाउने प्रयास जारि रहेको बताइएको छ।

**

प्रमुख दल बीच सहमति हुन नसके पछि संविधान नबन्ने निश्चित भएको नेकपा एमालेका नेता केपी ओलीले बताएका छन् । तेस्तै नेकपा माओवादी नेता पोस्टबहादुर बोगटीले पनि उस्तै आसयको कुरा गर्दै संबिधान नबने पछिका विकल्पका बारेमा छलफल शुरु भएको बताएका छन्

पोस्टबहादुर बोगटीका अनुसार काङ्ग्रेस र एमाले वार्ताका लागि बैठक बस्न बानेश्वर जान समेत राजी नभएको बताए।

नेताहरु बीच अहिले निम्न तीन विकल्पमा छलफल भइ रहेको बताइएको छ:

  1. संविधानसभाका सबै काम हालकै रुपान्तरित संसदलाई जिम्मा लगाउने
  2. संकटकाल लगाएर अरु ६ महिना संविधानसभाको म्याद थप्ने
  3. संविधानसभाको ताजा चुनाव गर्ने

पहिले बालुवाटारमा भइरहेको बैठकलाइ छोडेर सिंहदरबारमा रहेको संसद सचिवालयमा भएको एक बैठकपछि एमाले र माओवादी नेताले आज संविधान जारी नहुने निस्कर्षमा पुगेका हुन्।

sambidhan_sabha_bhawan

बिरोध/माग थरीथरीका

संबिधान बन्नु पर्ने समयमा बिभिन्न माग राखेर सबै ले आ-आफ्ना मातहतका समूह लाई उचाल्ने /भड्काउने काम गरि रहेका छन् । कतिपय समूहले जायज माग गरिरहे पनि अन्य कतिपयले यस सम्बेदनशील समयको ‘धमिलो पानीमा माछा मार्ने’ सुर कसेका हुन । यसरी  बिभिन्न समूह हरुले कस्ता कस्ता माग र बिरोधका कार्यक्रम गरे त … केही झलक तल प्रस्तुत छन् :

motorcycle_rally_sudur_paschim

४ हजार भन्दा बढी मोटरसाईकलमा करिब ९ हजार मानिसको सहभागीता सहित अखण्ड सुदूरपश्चिमको माग गर्दै धनगढीदेखी कर्णाली चिसापानीसम्म आयोजना गरिएको मोटरसाईकिल र्यालीको एक झलक (फोटो- दीपक जोशी मार्फत)

tanker_vantalizing_woman_activitist_enforcing_banda

बन्दको अवज्ञा गरेको भन्दै एउटा ट्‍याँकरमा तोडफोड गर्न लाग्दा शनिवार विहान बृहत मधेशी मोर्चाका महिला कार्यकर्तालार्इ कुट्दै पुरुष प्रहरीहरु । (फोटो सन्तोष मिश्र मार्फत)

 

royalists_protest

राजाबादी पूर्बपंच र हालका राष्ट्रिय प्रजातन्त्र पार्टी को धर्ना

kirat_protest_baneshowr

१३ जेठ २०६९ शनिबार नयाँ बानेश्वर स्थित सिभिल हस्पिटलसँग जोडीएको क्षेत्र किरात राइ यायोक्खा केन्द्रिय कार्य समिती( किरात स्वायत्त राज्य),नेपाल तमाङ घेदुङ संघ( ताम्सालिङ राज्य) र किरात याक्थुङ चुम्लुङ( लिम्बुवान राज्य)ले गरेको बिरोध प्रदर्शन। (फोटो पारुहांग राइ मार्फत)

welcome_new_constitution

संबिधान जारी हुनु अगाबै नयाँ संबिधानको स्वागत गर्दै प्रदर्शनकारीहरु बानेश्वरमा (फोटो पुकार बम मार्फत)

peace_rally

शान्ति तथा सदभाब र्याली

protest_against_band

बन्दका बिरुद्ध प्रदर्शन – "बन्द सदाका लागि बन्द गर" (फोटो इशान मार्फत)

यसरी विभिन्न समूहले काठमाडौंको नयाँ बानेश्वरस्थित संविधानसभा भवन वरपर धर्ना र सभा का कार्यक्रम गर्न थलेपछि त्यहाँ सबारी र मानिसहरुलाई आउजाउमा नै समस्या उत्पन्न हुन थाले पछि ६ सय ४० जना सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ ।आदिवासी जनजाति संयुक्त संघर्ष समिति, संयुक्त महिला संघर्ष समिति, संयुक्त मधेसी विधार्थी मोर्चा, संघीय विद्यार्थी युनियन, राष्ट्रिय जनमोर्चा, नेकपा मसाल, नेकपा माले, जनमोर्चा नेपाल आदि विभिन्न संघ संस्थाहरु संविधानसभा भवन अगाडी धर्ना, घेराउ तथा सभा गरिरहेका छन् ।

protest_near_ca_building

भीखारिको जुलुसको त यस अघाडी नै कुरा गरि सकिएको छ ।

भिखारीको पनि जुलुस – न्यूनतम भिख रु ५ गर्नु पर्ने माग

कहिँ नभएको बिरोध नेपालमै हुन्छ! बिरोध पनि हदसम्मका हुन्छन! बिराटनगरमा निस्केको यो ‘भिखारी एकता समाज नेपाल’ को जुलुस हेर्नुहोस !

Bhikhari-protest_biratnagar_nepal

भिखारीलाइ पनि पेशाको रुपमा बिकास गर्ने नियतले गरिएको यो जुलुस कुनै राजनीतिक शक्तिले आफ्नो निहीत स्वार्थ पूर्ति गर्ने गरेको सहजै अनुमान गर्न सकिन्छ । काम नगरी पैसा कमाउने यस्तो जुक्तिलाई कतिपय देशमा चोरी बराबरको दर्जा दिने गरिन्छ । नेपालमा संगठित रुपमा भिख माग्ने कार्यको थालनीको रुपमा बुझिने यस्तो जुलुसले अपराधिक गतिबिधिमा बढाबा दिने शंका गर्न सकिन्छ । भिखारीको जुलुसलाई प्रहरीको सुरक्षा सहित परिक्रमा गर्न दिइएको यस घटनाले भोली चोर, डाँका, तस्कर आदि अपराधिक गतिबिधी संचालन गर्ने व्यक्तिहरुले पनि संगठन खोलेर ब्यापार गर्न पाउने संदेश दिन्छ ।

भिखारीलाई न्यूनतम भिख रु ५ दिनु पर्ने माग राख्ने यस्तो जुलुस देख्दा अबका दिनमा भिखरीको पेशाको सुरक्षाको लागि शुरक्षा गार्ड र भिख माग्ने कलामा प्रशिक्षण आदि खबर आउन थालेमा पनि अचम्म नमाने हुने भएको छ । विराटनगरको कालीमन्दिरबाट सुरु भएको ६०–७० जना भिखारी सम्मिलित सो जुलुशले विराटनगरका विभिन्न ठाउको परिक्रमा गरेको छ । सो बिरोध जुलुसमा विराटनगरका भिखारीहरुले आफ्नो हक र अधिकार खोज्नुका साथै सामाजिक सदभाब कायम हुनु पर्ने माग पनि गरेका थिए ।

bhikhari_ekata_samaj_protest

Bhikhari-protest_biratnagar_nepal_ekata_saman

नेपालमा हुने बिभिन्न बिरोध, बन्द र आन्दोलन देख्दा बिरोध, आन्दोलन आदिमा गिनिज बुकले रेकर्ड राख्न थाल्ने हो भने कम्तिमा पनि ९० प्रतिशत रेकर्ड त नेपालले नै राख्छ होला । यस्तो खालको जुलुस देख्दा तपाईलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला ।

Bhikhari_aandolan_biratnagar_nepal_ekata_samaj

फोटो – सुबास कार्की, दिपेश राउत र अन्य मार्फत

अपडेट – यस सन्धर्भमा गणेश लम्सालको कुरा जायज लागेको ले थपिएको छ :

कसैले उक्साएर निकाल्न लगाएको भएपनि उनीहरुमा पनि चेतना हुन्छ भन्ने प्रस्ट पारे उनीहरुले । उनीहरु पनि मानव हुन । उनीहरुलाई राज्यले सधै भीखारी वनाईराख्न पाउदैन , यसैले उनीहरुलाई घरवास र रोजगार दिनुपर्छ भन्ने मेरो पनि सर्मथन । अझ यी वालिका भीख माग्ने भीखारीकै एक छोरी हुन । यिनका अरु ३ जना भाईवहिनी पनि छन । सडकमै जन्मेका यिनीहरुको दिन पनि वावु आमासंगै भीख मागेरै वित्छ । विद्यालयको मुख देखेका छैनन । कसैको नजर परेहुन्थ्यो यिनीहरु माथि ।

begger_girl_protest