मोटरसाइकलको इन्जिनबाट हेलिकप्टर

औपचारिक रुपमा ४ कक्षासम्म मात्र पढेका बर्ष २६का अनिल गौतमले घरेलु रुपमै हेलिकप्टर बनाएर सबैलाई अचम्मित पारिदिएका छन।  हाल हेलिकप्टर उडानको अनुमतिको प्रतिक्षामा रहेका अनिलले "त्रिलोक एयर" नाम दिएको हेलिकप्टरमा चालक बाहेक २ जना बस्न मिल्छ ।

काठमाडौंको नीलोपुलमा एउटा फर्निचर उद्योग सञ्चालन गरेर जीविकोपार्जन गर्ने अनिलको स्थायी घर बुटवल हो । अनिलले हेलिकप्टर बनाउन २२० सीसी पल्सर मोटरसाइकलको इन्जिनलाइ प्रयोग गरेर १८ महिना लगाएर बनाएका हुन रे । 

helicoptor_handmand

फर्निचरका सामान प्रयोग गरेर बनाएको यस हेलिकप्टर उडानको लागि कतिसम्म सुरक्षित छ भन्ने कुरा सम्बन्धित निकायहरुले चाँडो जाँच गरेर उडाउन दिने नदिने निर्क्योल गर्नु आबश्यक छ । जानकारहरुका अनुसार मोटरसाइकलको २०० सिसीको इन्जिनले हेलिकप्टर बन्ने सम्भाबना अति नै न्यून हुन्छ । अझ फर्निचरका काठका सामाग्री पर्योग गरेर बनाइएको यातायातको साधन फर्निचर जस्तै एक ठाउँमा राख्न मात्र उपयुक्त हुने जानकारहरु बताउछन । त्यसमाथि एरोडाइनामिकको सामान्य ज्ञान पनि नभएको मानिसबाट हेलिकप्टरको निर्माण आफैमा शंकास्पद मान्न सकिन्छ ।

केहि समय अघाडी यस्तैखालको ‘डाँफे’ यानको निर्माण भएको समाचार आए पनि पछि तेतिकै हराएर गए जस्तै यो नयाँ प्रयोग पनि हराएर नजाओस, हाम्रो शुभकामना !