२२ दलको ‘बिशाल’ आमसभा – सहमति गर्न नसक्नेहरुको एकजुट बिरोध!

आज खुलामन्चमा एमाले र कांग्रेस लगाएत २३ दलको आमसभामा सर्बसाधारण का साथसाथै आफ्नै कार्यकर्ताको न्यून उपस्थितिका कारण ‘बिशाल’ हुन नसकेको बताइएको छ । राजनीतिक दलहरुले जनविश्वास गुमाउदै गएको तथ्य यस सभाले प्रस्ट पारेकोमा छ। एमाले कांग्रेसका नेताले पूर्व पञ्चहरुलाई एकसाथ लिएर माओबादीको बिरोध गर्दा उनीहरुको उचाईमा ह्रास आएको भान भएको छ।

leaders_khullamanch

protest_khulla_manch

आजको आमसभामा सर्बसाधारण मात्र नभएर नेता र कार्यकर्तामा पनि बिरोधको जोश देखिएको थिएन । नेता र कार्यकर्ताहरु पनि एक आपसमा भेटघाटर गफमा नै मस्त थिए भने भाषण सुन्ने भन्दा धेरै जसो छाहारीमा शितलता ताप्दै बदाम खानमा नै मस्त थिए। बक्ता नेताहरुले पनि आफ्नै पार्टीको गुणगान गाउने र बिपक्षीको बिरोध गर्नमा नै सबै समय खर्च गरेका थिए।

khulla_manch_empty_on_huge_mass_meet

party_flags_protest

empty_khullamanch_protest_22parties

empty_khullamanch_protest_22parties_in_preparation

अपडेट – आजको बिरोध सभा २२ दलको सभा भनेर प्रचार गरिए पनि एमाले को वेबसाइटमा २७ दल सभामा जनसागर उर्लिएको उल्लेख छ ।  नेपाली कांग्रेसको वेबसाइटमा आमसभाको बारेमा उल्लेख नभा पनि २२ दलको बक्तब्य पोस्ट गरिएको हुनाले २२ दलकै बिरोध कार्यक्रम रहेको बुझिन्छ ।

नेकपा एमालेको वेबसाइटमा पोस्ट भएको रिपोर्ट जस्ताको तस्तै:

कामचलाउ सरकारको खारेजी र सहमतिको सरकार स्थापनाकालागी आन्दोलनरत २७ दलको आयोजनामा आज खुल्लामञ्चमा आमसभा हुदैछ । अहिले राजधानीका विभिन्न भागबाट खुल्लामञ्चमा जनसागर ओर्लियको छ ।

आजको सभामा उपत्यकाका विभिन्न ठाँउबाट लाखौ जनता सडकमा आएका छन । अहिले भृकुटीमण्डपबाट नेकपा (एमाले) को , सुन्धाराबाट नेपालि काँग्रेशको र अन्य सानादलहरुको गौशालाबाट जुलुश सहित खुल्लामञ्चमा आइपुगेको छ ।

cpn_uml_website

सभालाई सम्बोधन गर्नेमा नेपाली कांग्रेसका सभापति शुशिल कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिं र केन्द्रीय सदस्य भीमबहादुर तामाङ थिए भने नेकपा एमाले बाट एमाले अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल,  केपी शर्मा ओलीले आदिले सम्बोधन गरेका थिए ।राप्रपाका अध्यक्ष पशुपति शमशेर राणा, जनशक्ति पार्टी अध्यक्ष सूर्यबहादुर थापा, नेकपा माले महासचिव सिपि मैनाली, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, चुरे भावर पार्टी अध्यक्ष केशव मैनाली, जनमोर्चाका महासचिव साध्यबहादुर भण्डारी, नेपाल सदभावना पार्टी (अनन्दीदेवी)का देवेन्द्र मिश्र, नेकपा-संयुक्त (मार्क्सवादी)का अध्यक्ष लोकनारायण सुवेदी, नेपाली जनता दलका अध्यक्ष रामकुमार ओझा र नेकपा -मार्क्सवादीका माधव ज्ञवालीले पनि आमसभामा सम्बोधन गरेका थिए ।

फिल्मकर्मी बीचको माया – संचिता र ऋचालाइ दही चिउरा

एकअर्काप्रति प्रतिस्पर्धा र ईर्ष्याको कारण बेला बेलामा चर्चामा आइरहने नेपाली फिल्मका कलाकार हरु एक आपसमा माया र प्रेमको बारेमा बिरलै सुन्न पाइन्छ । यस्तै बिरल घटना मध्यको एक घटना हो संचिता र ऋचालाइ दही च्युरा ख्वाउन गरिएको एक कार्यक्रम । केही समय अघाडी संचिता र अरुणिमालाइ तेसरीनै तीनजना अभिनेत्रीले दही च्युरा ख्वाएको घटनालाई सबैले स्वागत गरेका थिए । अघिल्लो पटक दही च्युरा ख्वाउने मध्येका रेखा थापा र रेजिना उप्रेती उपस्थित नभए पनि अन्य धेरै कलाकारको उपस्थिति रहेको यो कार्यक्रम पहिले अरुणिमाको घरमा भएको भन्दा ठूलो थियो । यस्ता प्रकारका कार्यक्रमले एक अर्कामा रहेको द्वेष कम गर्नुका साथै मिलेर काम गर्ने प्रेरणा पनि मिल्ने कलाकारहरु बताउछन  ।

sanchita_richa_pregnent_treat_dahi_chiura

पहिलो पटक आमा बन्न्लागेकी ऋचा घिमिरे छोरा पाउनेमा पूर्ण आशाबादी थिइन भने पहिलो सन्तान एक बर्ष पनि नहुदै सात महिनाका गर्भवती सञ्चिता दुवैचोटी दही च्युरा खाना पाएर मख्ख थिइन । सधै ५०-५५ केजी को हाराहारीमा रहने ऋचा अहिले ७७ किलोकी भएकी छिन । डाक्टरले असार २४को डेट दिएकोले सोही दिनको व्यग्रताका साथ प्रतिक्षा गरिरहेकी ऋचालाइ अभिनयमा फर्किने कुनै हतार नभएको बताएकी छिन ।  अर्की गर्भवती नायिका संचितालाइ डाक्टरले साउन २५ को डेट दिएको छ ।

संचिताले आफ्नो काखे छोरो लिएर नआएपनि नायिकाहरु अरुणिमा र मेलिनाले आफ्ना काखे छोरीहरु लिएर आएका थिए ।

यो बारेमा बिस्तृत बिबरण हामीले अंग्रेजीमा पनि पोस्ट गरेका छौँ ।

dahi_chiura_richa_sanchita