एक नायिकाको दुखद अन्त्य – सेक्स स्क्यान्डलको भित्रि कथा

Jeshika_jyoti_khadkaमोडल तथा नायिका जेसिका खड्का (ज्योति खड्का) ले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेको दुखद खबरले हामि मर्माहत भएका छौँ ।  हामि उनको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछौँ । उनि बसन्तपुरस्थित आफ्नै निवासमा पासो लगाएको अवस्थामा भेटिएकि थिइन ।

सुनसरिकि ज्योति खड्‍का नायिका बन्ने धुनमा तत्कालिन प्रख्यात कमेडि गाएक प्रकाश ओझाको निकट बन्न पुगेकि थिइन । सो क्रममा प्रकाशसंग भएका यौन संसर्गका दृष्य सहितका भिडियो र फोटाहरु सार्बजनिक भए पछि प्रकाश ओझालाइ कैद हुनुका साथै उनको संगितक यात्रानै अबरुद्ध भयो । प्रकाशका प्रतिस्पर्धि शिशिर सुवेदिले सार्बजनिक गरेका भनिएका ति निजि फोटो/भिडियो काण्ड पछि ज्योतिको जिबन अतिनै कष्टकर भएको उनले बताउदै आएकि थिइन ।

आफ्नो अतितबाट भाग्ने प्रयास स्वरुप ज्योति खड्‍का ले ‘जंगल क्विन’मा नायिका हुदा जेनिशा खड्‍काको नयाँ नामबाट सार्बजनिक भएकि थिइन (watch ‘Jungle Queen’ here। नाम परिवर्तन गरे पनि उनको कहालिलाग्दो अतितले उनलाइ नछोडेको उनको केहि समय अघाडि छापिएको बयानले पनि प्रष्ट पार्छ । उनका अरु फिल्महरु

इटहरिको स्थानिय साङ्गितिक समूह मदानि समूहको म पनि एक सदस्य हुँ । त्यसमा प्रकाश ओझा शिशिर सुवेदिलगायतका व्यक्तिहरु पनि थिए । गायक प्रकाश ओझाले त्यहि समूहबाट शुरु गरेको साङ्गितिक यात्राले क्रमशः विस्तारित रुप लिँदै गयो । उहाँ राष्ट्रिय स्तरको कलाकार हुनुभयो । काठमाडौंमा कान्तिपुर टेलिभिजनको प्रशारण भर्खरै शुरु भएको थियो । उक्त टेलिभिजनबाट ओझाको नेतृत्वमा तिते करेलि नामक हाँस्य कार्यक्रमको निर्माण गर्ने कुरा शुरु हुनथाल्यो । तिते करेलिको अभिनयका लागि म काठमाडौं बस्नुपर्ने भयो ।

गाउँठाउँका दाजुभाइ र दिदिबहिनिबिचको त्यो जमघट शुरुका दिनमा निक्कै रोमााचक भयो । तर जब दिन बित्दै गयो तब एक पुरुषले अर्कोलाइ मन पराउने एउटाले अर्कोको घृणा गर्नेजस्ता कृयाकलाप बढ्न थाल्यो । त्यसै क्रममा मलाइ शिशिर सुवेदिले औधि मन पराएको भन्दै बिवाह प्रस्ताव गरे । तर म त्यो प्रस्ताव स्विकार गर्न समर्थ भइनँ । मैले हुँदैन भन्ने जवाफ दिएकै दिन शिशिरले भनेका थिए यो घमण्डको जवाफ म एक दिन दिउँला ।

म प्रकाश ओझाको प्रतिभा र व्यक्तित्वबाट निक्कै नै प्रभावित थिएँ । हुन पनि उहाँको प्रतिभाबाट हाम्रो इटहरि शहर निक्कै गौरवान्वित पनि थियो । त्यसैले मलाइ अरुको भन्दा प्रकाश ओझाको बढि भर लाग्थ्यो । तर एक दिन मलाइ प्रकाश दाइले मैले बाथरुममा नुहाउँदै गरेको नग्न तस्विर देखाउनुभयो । होइन भनौं मैं हुँ त्यो हो भनौं त्यो फोटो खिचेको मलाइ थाहै छैन । प्रकाशले त्यो फोटो खिचेपछि मलाइ श्रिषा कार्कि बनाउँछु भन्नेसम्मको धम्कि दियो । त्यो धम्किपछि मैले सोचें म मर्नु ठिक होइन । आफ्नि आमा पनि तिन वर्षको छँदै मरेको । कान्छि आमाले स्याहार सुसार गरेकि म मर्नुबाट मेरो परिवारमा ठूलो चोट पुग्छ । त्यसैले प्रकाश ओझाका शर्त मान्नुबाहेक मसँग कुनै बिकल्प रहेन । शब्दमा भन्नु नपर्ला प्रकाश ओझाका प्रत्येक माग मैले पूरा गरें ।

लोग्ने फेर्दै हिँड्ने इटहरिकि बद्नाम युवति सुदेशा सिग्देल र प्रकाश ओझाबिच सुमधुर सम्बन्ध थियो । म सुदेशालाइ दिदि भन्थें । एक दिन सुदेशाले शिशिर सुवेदिको सहयोगमा प्रकाशसँग भएका चिप्सहरु बरामद गरेकि रहिछन् । त्यो चिप्समा सुदेशाकि छोरि मनिषा म र मेरि बहिनिको पनि नग्न तस्विर थियो । तर सुदेशाले आफ्नि छोरिको दृष्य सबै नष्ट पारेकि रहिछ । उनले ओझाले चेलिबेटिमाथि दुव्र्यबहार गरेको भन्दै उसलाइ छोड्न नहुने भन्दै मलाइ उक्साइन् । त्यसैले मैले ओझा विरुद्ध मुद्धा दायर गर्नमा सहमति जनाएँ । मैले बुझिन कि ओझासँगको मेरा सम्पूर्ण सम्पर्कलाइ सार्वजनिक गर्ने अपराधि सुदेशा हुन् भन्ने कुरा । कारणः ओझाले ति दृष्यहरु विक्रिरका लागि नभएर मात्र ब्ल्याकमेलिङ्गका लागि तयार पारेका थिए ।

प्रकाश ओझा पक्राउ परेपछि मलाइ उनकि श्रिमतिले पटक-पटक अनुनय गरिन् प्रकाशलाइ माफ दिन । उनले प्रकाशसँग मलाइ विवाह गर्नका लागि पनि दबाब दिइन् । तर मैले मानिनँ । उनले मलाइ पढाइ खर्च र चाहिएजति पैसा दिन्छु पनि भनिन् तर मेरा लागि त्यो कुरा स्विकार्य भएन ।

प्रकाश ओझा जेलबाट मुक्त भएलगत्तै उसले मसँग माफ मागिसकेको छ । उसका पनि घर परिवार छन् भनेर मैले उसलाइ माफ गरिसकेको छु । हुन पनि गल्ति मेरो पनि हो । प्रकाशले आफ्नो चाहना धम्किको शैलिमा व्यक्त गर्यो त्यो उसको कुरा हो मैले प्रतिवाद गर्न सकिन र चुपचाप स्विकरा गरें वास्तवमा त्यो मेरो गल्ति थियो । उसले मलाइ बलात्कार गरेको थिएन । सुदेशाले प्रकाश पक्राउ परेलगत्तै अदालतलाइ बयानमा भनेकि थिइन् प्रकाशका अश्लिल दृष्यहरु मैले सेभ गरेर राखेकि छु । मैले सोधें किन दिदि भनेर । सुदेशाले भनिन् न्यायाधिशले पैसा खाएर प्रकाशको पक्षमा फैसला गरे भने काम लाग्छ नि ।

शिशिरले इमेलमा मेरो नाङ्गो फोटो ठाउँठाउँमा पठायो भनेर पनि मैले सुनें । सुनेपछि मैले शिशिरलाइ सोधें । शिशिरले सुदेशाले हो भन्यो । सुदेशालाइ सोधें उसले शिशिरले हो भनि । फोटोहरु पठाउने कर्तुत गरेपछि फेरि पनि मलाइ शिशिरले भन्यो ज्योति बिगि्रएको केहि पनि छैन म तिमिलाइ अझै पनि स्विकार गर्छु । मेरो यो आशक्तिलाइ बुझिनौं भने म जे पनि गरिदिन्छु । उसले फोन गरेका नम्बरमा मैले कलब्याक गर्दा त्यो त पिसिओबाट गरेको रहेछ । यसबाट प्रष्ट हुन्छ विभिन्न व्यक्तिलाइ इमेलमार्फत मेरो फोटो पठाउने मान्छे शिशिर हो । अनि पछिल्लो समयमा मेरो बद्नाम गर्ने उद्देश्यले सिडि बजारमा ल्याउने सुदेशा र शिशिर नै हुन् । किनभने त्यो सिडिमा सुदेशाले आफ्नि छोरिलाइ जोगाएकि छन् र मलाइ मात्रै प्रस्तुत गरेकि छन् । भरपर्दो आधार छ उनले अदालतमा चिप्स कपि गरेर राखेको बयान दिएकि थिएन । यसबिचमा मैले पटक पटक मर्ने प्रयास गरें । मलाइ जिवन भन्दा श्रिषा कार्कि बन्नु उचित पनि लाग्यो । तर मरेपछि हारिन्छ भनेर म मर्न सकिन । जित्छु एकदिन ममाथि भएको अन्याय जित्छु भनेर आजसम्म बाँचेकि छु ।

तर, राति राति मोबाइलमा फोन आउँछ- कति पैसा चाहिन्छ त्यसले पाउने हामिले नपाउने… तिम्रो … त कति राम्रो रैछ हेर्न मात्रै देऊ न यस्ता फोनबाट आजित भएर मैले मोबाइल बोक्न छाडें । बाँचौ आज पनि समाजले राम्रो भन्दैन मरौं हारेजस्तो हुन्छ म के गरौं दोधारमा छु ।

नेपालि फोरममा पोस्ट भएको यो बयानको आधिकारिकता पुस्टि गर्ने बास्तबिक सोर्स त्यहाँ नदिइएको भए पनि पत्रकार बिश्वमणि सुबेदिले पाँच बर्ष अघाडि सो बयान नयाँ पत्रिकाका लागि लिएको बताएका छन्।

हिमाल खबरपत्रमा छापिएको अर्को बयानमा ज्योतिले आफुलाइ प्रकाश ओझाले ब्ल्याकमेल गरेको र सो कुरा परिवारलाइ नभनेकोले दुख पाएकोमा पछुतो मानेकि थिइन :

२० वर्षकै उमेरमा धेरै नसोचेका कुरा भोगिसकेका कारण म भोलि यहि नै हुन्छु भनेर भन्न सक्ने अवस्थामा छैन। तर एउटा पछुतो भने सधैँ रहिरहनेछ। समयमै सारा कुरा परिवारलाइ भन्न सकेको भए आज म यस्तो अवस्थामा हुने थिइनँ होला। यदि मेरो जस्तो घटना अरू माथि पनि भइरहेको छ भने घरका मान्छेलाइ सबै कुरा भन्न म उनिहरूलाइ अनुरोध गर्दछु। मैले त यस्तो दिन भोग्नु पर्‍यो-पर्‍यो, तर अब अरू कसैले अर्कि ज्योति खड्का बन्नु नपरोस्।

नेपालि पत्रका अच्युत कोइरालाले लिएको एक अन्तरबार्तामा ज्योतिले भनेकि थिइन:

अरुलाइ भन्दा विश्वास गर्दैनन्, कतिले त प्रकाशलाइ फँसाउन र चर्चामा आउन यसो गरि भनेर मेरो मुखेञ्जि नै पनि भने । तर मैले उसलाइ भाइटिका लगाइदिएकि थिएँ । हामिबिच आत्मियता थियो । उसको (प्रकाश) घरमा जान्छु भन्दा आमाले पनि रोक्नुहुन्न थियो । उसको वाइफसँग पनि मेरो राम्रो सम्बन्ध थियो । दुइ छोरिहरुले पनि मलाइ दिदि भन्थे । तर कहाँनेर कुरा बिगि्रयो भने उसले कतिबेला मेरो नाङ्गो फोटो खिचिसकेछ । त्यो देखाएर मलाइ ब्ल्याकमेलिङ गर्यो ।

नोट: दिर्घ हटाएर ह्रस्वको मात्र प्रयोग गर्ने ‘सजिलो नेपालि‘ प्रयोगलाइ निरन्तरता दिन यो लेखमा भएका सबै दिर्घहरुलाइ ह्रस्व बनाइएको हो । (July 23, 2015)

Incoming search terms:

  • सेकस भिडियो
  • नेपालिसेकसि
  • नेपालि सेकस भिडियो
  • नेपालि कान्छि
  • नेपाली कान्छि