ज्ञानेन्द्र १७ साल फर्काउने आशामा

पुर्व राजा ज्ञानेन्द्रले भैरहवामा एक पत्रकार सम्मेलन गरि राजसंस्था शक्तिको साथ उदाउने बताएका छन् ।  ज्ञानेन्द्रले भने, "जनताकै चाहनाअनुसार राजसंस्था हटेको हो, जनताले चाहे भने फेरि राजसंस्था पुर्नस्थापित हुनसक्छ, तर म राजनीतिमा भने संलग्न हुन्न"। हालको राजनीतिक संकटका कारण जनता नयाँ शक्तिको खोजीमा रहेको बुझेका ज्ञानेन्द्रले जनताले चाहेमा आफू त्यो "नयाँ शक्ति"को नेतृत्व गर्न तयार रहेको पनि बताएका छन् ।

२००७ सालमा आएको प्रजातन्त्र संस्थागत हुन नसक्नुको कारणलाई प्रयोग गर्दै तत्कालिन राजा महेन्द्रले पंचायती व्यवस्थाको सुत्रपात गरेको जस्तै उनका छोरा ज्ञानेन्द्रको यो पत्रकार भेटघाटलाइ धेरैले धमिलो पानीमा माछा मार्ने प्रयासको रुपमा बुझेका छन् ।

ज्ञानेन्द्रले आज पहिलो पटक माओवादी र ७ राजनीतिक दलबीच १२ बुँदे सहमति भएकोबेलामा राजसंस्थासँग पनि एक लिखित सहमति भएको दावी गरेका छन् । उनले आबश्यकता महशुस भएको बेलामा सो सहमति सार्बजनिक गर्न पनि आफू तयार रहेको बताउने ज्ञानेन्द्रले अहिले सम्म सो सहमतिको बारेमा जनतालाई नबताउनु र अहिलेनै सो बारेमा बोल्नु पर्नुको परेको कारण भने बताएनन । जनताको राजनीतिप्रति देखिएको वितृष्णाको बारेमा चर्चा गर्दै ज्ञानेन्द्रले जनतालाई निराश हुन नदिने पनि बताएका छन् ।

यस अघि राजा निकट समाचार माध्यमहरुले बुटवलमा पूर्वराजा ज्ञानेन्द्रको स्वागत गर्न राप्रपा लगायत  नेपाली काङ्रेस, नेकपा एमाले,  नेकपा माओवादी र मधेशवादी दलहरुका कार्यकर्ताहरुको समेत ब्यापक सहभागिता रहेको बताएका थिए ।

gyanendra_in_crowd_butwal_rupendehi

गुरु पुर्णिमा

books_guru_purnimaआज गुरूपूर्णिमा, गुरुको सम्मान गर्ने दिन । आज सबै जना आफुले गुरु मानेका व्यक्तिहरुको  सम्मान आदर र सम्झना गर्ने दिन । संस्कृत भाषामा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ नष्ट गर्नु भएकोले ‘गुरु’ले अन्धकार जस्तो अज्ञानतालाई नष्टगरि ज्ञानको उज्यालो प्रदान गर्छन।

आजको गुरुमन्त्र:

गुरुर्ब्रह्मा गुरुर्विष्णु: गुरुर्देवो महेश्वर: !
गुरु: साक्षात् परम् ब्रह्मा तस्मै श्री गुरुवे नम: !!

गुरु नै ब्रम्हा गुरु नै बिष्णु गुरु नै देबताका देब शिव हुन । यस्ता परम ब्राम्हण गुरु लाइ प्रणाम ।

शैक्षिक क्षेत्रमा भएको ब्यापक ब्यापारिकरणले आजका धेरै गुरुहरू नाममात्रका गुरु भए पनि जीवननै परिवर्तन गरिदिन सहयोग गर्ने सच्चा गुरुको अझै पनि अनिकाल नपरेको बिध्यार्थीहरु बताउछन ।

यस गुरुपुर्णिमाको अबसरमा गुरुहरुमा आफ्नो दायित्वबोध होस् र बिध्यार्थीमा पनि गुरुहरुको सम्मान गर्ने परिपार्टी बसोस भन्ने कामना !