सीता एयरको विमान दुर्घटना, बिमानमा सबार सबै १९ जनाको मृत्यु

आज लुक्लातर्फ उडेको सीता एयरको एक विमान काठमाडौं विमानस्थलबाट उड्ने बित्तिकै दुर्घटना भएको छ । बिहान ६:१५ बजे भएको सो दुर्घटनामा उक्त विमानमा सवार १६ यात्रु र ३ चालक दल सदस्य लगायत सबै १९ जनाको मृत्यु भएको । काठमाडौं विमानस्थलबाट उड्नासाथ केही बेरमानै आगोलागेको सो विमान ठिमी – १६, मनोहरा खोलाको किनार खसेको थियो।

sita_air_crash_burning-plane

त्रिभुबन अन्तरास्ट्रिय बिमानस्थलले एक बिज्ञप्ति निकाली सो बिमान चरासंग ठोकिएको हुनाले आकासमा नै आगलागी भएको बताइएको छ । उक्त बिमानमा सबार मृतक मध्ये ७ जना नेपाली, ७ जना बेलायती र ५ जना चिनियाँ नागरिक रहेको बताइएको छ  । चालक दलका सदस्यहरुमा क्याप्टेन विजय तन्डुकार, टी थापा रहेका थिए ।

यस दु:खदायी घटनामा ज्यान गुमाउने सबैका परिवारजनमा धैर्यधारणाको शक्ति मिलोस् र मृतआत्माको चीरशान्ति मिलोस !

रोशन छेत्रीले आज दुर्घटना भएको सिता एयरको बिमानको उड्न लागेको एक भिडियो खिचेका रहेछन करीब ३ महिना पहिले । दुर्घटनाभएको खबर थाहा पाए पछि उनले अचम्म मान्दै सो भिडियो फेसबुकमा पोस्ट गरेका हुन् ।

अपडेट: स्थानीय प्रत्यक्षदर्शीका अनुसार, जल्दै बस्त्री बस्तीतिर खस्न लागेको हवाईजहाज खोलातिर मोडिएर खाली स्थानामा खसेको थियो । यसरी उक्त प्लेनका पाइलटले अन्तिम घडीमा पनि जमीनको बस्तीलाइ जोगाएको बुझिन्छ । अहिले खसेको स्थान नजिकै मनोहरा खोला किनारमा रहेका करीब ५-६ सय घरमाथी खसेको भए अझै यो घटनामा अझै ठूलो मानबिय क्षती हुने सम्भाबना थियो ।

चरासंग ठोकिएको भनेर बिज्ञप्ती निकालिए पनि विमान कतै ठोक्किएको पुस्टी हुन सकेको छैन। उड्ने बित्तिकै नै प्राविधिक समस्या आए पछि विमानलाइ आपतकालीन अवतरणका गर्ने क्रममा रनवे नजिकैको खोला किनारको बगरमा अवतरण गरे पछि करीब ४ मिनेट पछि मात्रै विमानमा ठूलो आगो लागेको बताइएको छ । अवतरणको लगत्तै विमानको आपतकालिन ढोका किन खुलेन र दुर्घटनाका कारण के हुन भन्ने कुरा अनुसन्धान पछि मात्रै खुल्ने छ ।

जे भए पनि यो नेपालमा भइरहने हवाईजहाज दुर्घटना मध्येको बिभत्स घटना हो । संसार भरी सबै भन्दा भरपर्दो सबारी साधन मानिने हवाईजहाज नेपालमा मात्र किन त्यति भरपर्दो हुन सकेको छैन, समयमा नै अनुसन्धान गर्न सकिएन भने अलि अलि आउने पर्यटकको संख्यामा अरु ह्रास आउने पक्का छ  ।

अर्को अपडेट

नेपाल वायु सेवा निगमका वरिष्ठ क्याप्टेन रविन्द्रकुमार शेरचनले चरा ठोक्किएरमात्र कुनै पनि विमान दुर्घटना नहुने भन्दै दुर्घटनामा प्राविधिक कमजोरी रहेको दाबी गरेका छन्। शेरचनका अनुसार एक दिन अघि उडानका लागि अयोग्य भन्दै ग्राउन्डेड गरिएको विमान भोलिपल्ट नै उडाइनु शंकास्पद रहेको छ।

ज्ञानेन्द्रको स्वागतको लागि निस्फिक्री खर्च, दलको बिरोध

पूर्व राजा ज्ञानेन्द्र पश्चिमाञ्चलका विभिन्न जिल्लाको भ्रमणमा निस्के पछि  राप्रपा समेत सम्मिलित १० राजनीतिक दलले यसको बिरोध गरेका छन् । एकीकृत नेकपा माओवादी, कांग्रेस, एमाले, नेकपा माओवादी, राप्रपा, माले लगायत १० दलले ज्ञानेन्द्रको राजतन्त्र बिउताउने षडयन्त्रको शुरुवात भन्दै बिभिन्न बिरोध कार्यक्रम गर्ने भएका छन् ।

gyanendra_greentin_local_pokhara_visit (5)

पूर्व राजा ज्ञानेन्द्र का गन्तव्यमा बिभिन्न धार्मिक र पर्यटकीय क्षेत्र भए पनि उनको मुख्य उद्देश्य शक्ति प्रदर्शन नै भएको बुझ्न गाह्रो छैन ।

औपचारिक रुपमा पुष्टि हुन नसके पनि अनौपचारिक रुपमा पूर्व राजा ज्ञानेन्द्रको गण्डकी – धौलागिरी भ्रमणको अनुमानित खर्च ५ करोड सम्म हुन सक्ने बताइन्छ ।

 Continue reading

ज्ञानेन्द्रको पोखरा भ्रमणका केही झलक

अपडेटअरु फोटोको साथ साथै भ्रमणको खर्च बिबरण यहाँ राखिएको छ ।

कोत्रे देखी करिब १५०० मोटारबाईकको स्कटिङका साथ पोखरा पुगेका पूर्बराजा ज्ञानेन्द्रलाइ पोखरामा स्वागतको लागि गरिएको मोटरसाइकल र्यालीको एक झलक:

motor_cycle_rally_ex_king_gyanendra_pokhara_visit (2)

पोखराका सिडियो ज्ञानेन्द्रको सुरक्षाको जिम्मा लिन नसक्ने बताए पछि भ्रमण आयोजक समितिले नै सुरक्षाको सम्पूर्ण व्यवस्था गर्ने बताएको थियो।

Welcome_rally_ex_king_gyanendra_pokhara_visit (6)

मोटरबाटोबाट पोखरा जाने क्रममा पोखरा नपुग्दै राजमार्ग वीच-बीचमा पनि बिभिन्न स्वागत अभीवादनका कार्यक्रम भएका थिए। निम्न फोटो धादिंगको कार्यक्रममा खिचीएको हो:

 Continue reading

हाम्रा नेता र तिनका नेता

शिक्षक म्यागेजिनको २०६९ असोज अंक सरसर्ती पल्टाउँदै जाँदा अन्तिम पातोको आलोपालो स्तम्भले निकै तान्यो । ‘कहिले फुल्छौँ, किन फुल्छौँ’ शीर्षकको उक्त पाठ टाइम म्यागेजिनको १० सेप्टेम्बर २०१२ को अंकबाट लिइएको रहेछ । त्यहाँ दुई पूर्वअमेरिकी राष्ट्रपतिहरू विल क्लिन्टन र जर्ज डब्ल्यु बुस तथा वर्तमान राष्ट्रपति बाराक ओबामाको दुई दुई ओटा फोटो दिएर तुलना गरिएको छ । ती फोटाहरू हरेक राष्ट्रपतिले आफ्नो ४ वर्षे (एक) कार्यकाल पुरा गर्नु अघि र पुरा गरेपछिका हुन् । त्यसमा देखाइएअनुसार ती राष्ट्रपतिले ४ वर्षे कार्यकाल विताइसक्दा तिनको कालो कपाल फुलेर तिलचामले भएछन्, चिल्लो अनुहार चाउरी नै चाउरी परेछन् । ती त ४ वर्षमै झण्डै चिन्नै नसकिने गरी बुढो देखिएछन् । टाइम म्यागेजिनले यसको वैज्ञानिक कारण खोतल्दा पदीय भूमिका निभाउँदा गरिने चिन्ता र चिन्तनले त्यस्तो भएको निष्कर्ष पस्केको रहेछ ।

obama_compared_hair_color

यो पढ्नेवित्तिकै एकाएक मेरो मथिंगलमा तरंग पैदा भयो । अमेरिकी राष्ट्रपतिका फोटाहरुसँगै हाम्रा नेताका फोटाहरु पनि राखेर शिक्षकले नेपाली संस्करण पनि सँगै पस्किदिएको भए कस्तो दृश्य देखिँदो हो ! मैले मनमनै गम्न थालेँ । सत्ताको उच्चासन सम्हाल्न पुगेका नेपालका राजनीतिक पात्रहरूको मुखाकृति चलचित्रका दृश्यजस्तै मेरो मानसपटलमा दौडन थाले । राष्ट्रपति रामवरण यादवको चारवर्ष अघिको र अहिलेको अनुहार मनमनै तुलना गरेँ । बाबुरामको १ वर्ष अघिको र पछिको…। झलनाथको ६ महिना अघिको र पछिको…। माधव नेपालको…। प्रचण्डको…। गिरिजाबाबुको…। ज्ञानेन्द्रको…। सूर्यबहादुरको…। लोकेन्द्रबहादुरको…। शेरबहादुरको…। उता, केपी ओलीको…। विद्या भण्डारीको… । सुजाता कोइरालाको…। विजय गच्छदारको…। भिम रावलको…। बामदेव गौतमको…। कृष्ण सिटौलाको…। राजेन्द्र महतोको…। चिरञ्जीवी वाग्लकोे…। खुमबहादुर खड्काको…। गोविन्दराज जोशीको…। जे.पी. गुप्ताको…। श्यामसुन्दर गुप्ताको… । ओहो ! मैले देख्दा त सबका सबको अनुहार पदमा पुग्नुअघि चाउरिएको र पदबाट निस्कँदा पुष्टिएको । पदविना १ महिना पनि बाहिर बस्नुपर्दा अनुहारै टाक्सिएको र पदमा पुगेको भोलिपल्टैदेखि उक्सिएको पो देखेको थिएँ, धरोधर्म !
 Continue reading

गरिबीको पनि परिचयपत्र

हाम्रा प्रधानमन्त्री डा. बाबुराम भट्टराइले गरीबहरुको लागि भनेर छुट्टै परिचय पत्रको व्यवस्था गरेर "गरीब" भन्ने छुट्टै बर्गका नेपाली नागरिक भएकोकुरालाई औपचारिकता प्रदान गरेका छन् । यस्तो परिचय प्राप्त नगर्ने सबै स्वत: धनी हुने हुनाले तेस्ता ‘धनी’ बर्गका नेपाली नागरिकले प्राय: जसो कुनै पनि सरकारी  सुबिधा प्राप्त नगर्ने अनुमान गर्न गाह्रो छैन ।

कर तिर्ने ‘धनी’ बर्गका नेपाली र सुबिधा पाउने ‘गरीब’ बर्गका नागरिक बीचमा हुन सक्ने बर्ग संघर्षको बारेमा अध्ययननै नगरी ल्याइएको यस्तो ब्यबस्थाले समाजलाई कुन दिशामा लाग्ने हो  भन्ने बुझ्न केही समय कुर्नुको बिकल्प छैन ।

२५ जिल्लामा गरिबीको परिचय पत्र बितरण शुरु

garib_identity_card

नेपाल सरकारले आज असोज १ गते बाट गरिबीको परिचय पत्र वितरण कार्यक्रमको पहिलो चरण अन्तर्गत २५ जिल्लामा शुरु गरि क्रमैसँग देशभर पुर्‍याउने लक्ष्य लिएको छ । यस कार्यको लागि गरिब घरपरिवारको पहिचान गरि परिचयपत्र वितरण गर्ने कार्यक्रम छ ।

सरकार गरिबी परिचयप्रत्रले परिचय प्राप्त परिवारलाई हाल पाइरहेको सुबिधाको साथ साथै र भविष्यमा प्रदान गरिने सुविधा पनि बितरण गर्नेकार्य सजिलो हुने बिस्वास गरेको छ । यही भदौ १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरिब घर परिवार पहिचान गरी त्यस्ता परिवारलाई परिचय वितरण गर्न निर्देशिका जारी गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री डा. बाबुराम भट्टराइले एक सन्देश मार्फत राजनीतिक दल तिनका भातृ संगठन, नागरिक समाज, निजी क्षेत्र, पत्रकार जगत, शिक्षक विद्यार्थी तथा आम नागरिकलाई पनि यस कार्यमा सहयोग गर्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री भट्टराइका अनुसार गरिब परिचयपत्रले गरिब परिवारलाई स्वाथ्य, शिक्षा, कृषि, बाणिज्य, आपूर्ति तथा अन्य सार्वजनिक सुविधा उपलव्ध गराउन सहयोग पुर्याउने छ ।

रामराजप्रसाद सिंह लाइ श्रदान्जली

ramraja_prasad_singगणतन्त्रवादी नेता भनेर चिनिने रामराजप्रसाद सिंहको आज विहान निधन भएको छ । नेकपा माओवादीले आफ्नो तर्फबाट नेपालको पहिलो रास्ट्रपतिको उमेदबार पनि बनाएका रामराजप्रसादको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने तयारी गरिएको छ ।  सन १९३६ मा जन्मिएका रामराजाप्रसाद ७७ बर्षका थिए ।

विं सं. २०४२ सालमा नेपालमा गणतन्त्र स्थापना हुनु पर्ने माग गर्दै नारायणहिटी दरबार निकट लगायत देशका विभिन्न ठाउँमा बम विष्फोट गराउनमा मुख्य भूमिका खेल्ने रामराजाप्रसादलाइ तत्कालिन पञ्चायती सरकारले मृत्यु दण्डको सजाय पनि सुनाएको थियो ।

रामराजप्रसाद लामो समयदेखि मधुमेह, उच्च रक्तचाप, र मिर्गौलाको रोगसंग लडिरहेका थिए । गत भदौ १७ गतेदेखि सिकिस्त भएका रामराजप्रसादलाइ त्रिवि शिक्षण अस्पतालमा भर्ना गरि उपचार गरिएको थियो । उनलाइ कम्मरमुनिको भाग चल्न छोडेको, स्मरण शक्तिमा कमी आएको, र ढाड दुख्ने समस्याले पनि सताएको थियो ।

 Continue reading

प्रकाश दाहाल ‘रुपान्तरण’ हुने रे

साथीभाई र कार्यकर्ताको नाडी छाम्न फेसबुकको प्रयोग गरिरहेका प्रचण्डपुत्र आखिरमा ‘रुपान्तरण’ हुने निस्कर्षमा पुगेका छन् । केही समय अघि आफ्नो बाबु भेट्न पाउनु पर्ने माग बाट शुरु भएको यस प्रयोगको निस्कर्ष उनले यसरी ब्यक्त गरेका छन्:

रुपान्तरण हुनुको विकल्पनै छैन. आउने छु फर्केर.. साथीहरुको सहयोग सल्लाह सुझाबको प्रतिक्ष्यामा!!

तेस्तै:

प्रिय मित्रहरुले मेरोबारे लिनु भएको चिन्ता र दिनु भएको सल्लाह सुझाबकोलागि बिशेष धन्यबाद! तपाईहरुको सल्लाह सुझाब अनुसारनै अघि बढ्ने छु र चाडै राजनीतिमै जोडिने छु! तपाईहरुको सल्लाह सुझाबको प्रतिक्ष्यामा रहने छु..

"पार्टीमा झन् सशक्तरूपमा" लाग्ने र "अनाबस्यक अफवाहबाट टाढै बस्दानै फाइदा हुने" निर्णयमा पुगेका प्रकाशले साथीहरुको सल्लाह सुझाबको कारण रुपान्तरण हुने निर्णय गरेका हुन ।

prakash_dahal_desperate moments

रुपान्तरण हुनेलाई स्वागत गर्नुको पनि बिकल्प छैन होला नि !

काठमाण्डौंका चार गणेश

आज मंगलबार गणेश भगबानको पूजा गर्ने गरिन्छ । यस दिनमा धार्मिक आस्था हुने नेपाली पाठकहरुका लागि काठमाण्डौंका चार गणेशका फोटोहरु पोस्ट गरिएको छ ।  यी फोटाहरु सबै राजु नेपालले खिचेका हुन ।

१. अशोक बिनायक, बसन्तपुर

Ashoke Vinayak, Bashantapur

 

२. कार्य बिनायक, बुंगमती

 Continue reading