सरकारले मिचेर भत्काएका सडक छेउका संरचना

सडक विभाग हेटौंडाले सडक मिची बनाएको आफ्नै पर्खाल किन भत्कायो?

"हेटौंडामा डिभिजन सडक कार्यालयले सडक सीमा मिची बनाएको आफ्नै कार्यालयको पर्खाल भत्काएको छ" भन्ने समाचार आज विहानै पढ्न पाईयो! सडक सीमा केन्द्ररेखाबाट दायाँबायाँ २५ मीटर कायम गर्न त्यसो गरिएको रे !

अब प्रश्न उठ्छ :

सडक विभागले आफै किन सडक ऐन विपरित पर्खाल बनाएको? यदि सडक ऐन विपरित पर्खाल बनाएकै हो भने पर्खाल बनाउन लागेको खर्च र अहिले भत्काउन लागेको खर्च बनाउने व्यक्तिबाट असुलउपर गर्नु पर्छ कि पर्दैन? त्यो पर्खाल व्यक्ति (हाकिम) ले बनाएको हो कि संस्था (कार्यालय) ले बनाएको हो ?

व्यक्तिले बनाएको भए व्यक्तिबाट असुल उपर गर्नु पर्यो ।  कार्यालयले बनाएको भए पनि ऐन विपरित बनाउन निर्णय गर्ने सम्बन्धित व्यक्तिबाट जनताको सम्पति जथाभावी भएकोमा असुलउपर गर्नु पर्यो ।

यो भयो सरकारको जग्गामा बनेको पर्खालको कुरा !

अब व्यक्तिको जग्गामा बनेका घर, टहरा र पर्खालको कुरा गरौँ। सडक कार्यालयले केंद्ररेखा बाट दायाँबायाँ २५ मीटर सम्म सडक सीमा भनी दावी गरेको छ ! यो दावी पूरा हुनको लागि सडक कार्यालयले व्यक्तिको जग्गाको स्वामित्व आफ्नो नाममा नामसारी गरिसकेको हुनुपर्छ। यो कानुनको सार्वभौम नियम हो। स्वामित्व नामसारी हुनका लागि व्यक्तिले कुनै न कुनै किसिमले सडक विभागको नाममा राजिनामा पास गरि दिएको हुनुपर्यो कि सरकारले कानुन बमोजिम मुआब्जा दिई अधिग्रहण गरेको हुनु पर्यो। तर यो दुवै काम भएको छैन भने सडक विभागले नागरिकको नीजी स्वामित्त्वको जग्गालाई सडक सीमा दावी गर्न मिल्दैन। यो पनि कानुनको सार्वभौम नियम हो।

road expansion kathmandu

तर, सडक विभागले निहत्था नागरिकको निजी स्वामित्त्वको जग्गामा राज्यको सशस्त्र प्रहरी वल प्रयोग गरी, उल्टै अतिक्रमणकारी भनी झूठा आरोप लगाई नागरिकको घरवास उठिवास गर्ने काम गरिरहेको छ । नागरिकको नीजी जग्गामाथि डोजर पनि चलाउने, भात्ताभुंग गर्ने अनि निहत्था नागरिकलाई नै अतिक्रमणकारी भनी उल्टो झूठा आरोप लगाउने जस्तो नीच काम राज्य र राज्यका निकायहरुले किन गरिरहेको छ ?
तथाकथित मापदण्ड कायम गर्ने नाममा काठमाडौं उपत्यकामा पनि यस्तै अन्याय भैरहेको छ। नागरिकको निजी स्वामित्त्वको जग्गामा राज्यले सशस्त्र र डोजर सहित मुढे वल प्रयोग गरिरहेको छ ।

नागरिकको निजि जग्गामा राज्यले मापदण्ड तोक्दैमा जग्गाको स्वामित्त्व परिवर्तन हुँदैन। यो पनि कानूनको सार्वभौम नियम हो। स्वामित्त्व परिवर्तन नभएसम्म स्वामीको अनुमति वेगर स्वामीको सम्पतिमाथि कसैले पनि हात हाल्न मिल्दैन। स्वामीको अनुमति वेगर कसैले सम्पतिमाथि हात हाल्छ भने कि त्यो चोरी ठहर्छ, कि डकैती ठहर्छ । राज्यको तर्फबाट यस्तो चोरी, डकैति गर्ने काम तत्काल रोकिनु पर्छ ।

स्वामित्त्व परिवर्तन हुनको लागि नागरिकले राजिनामा गरि दिएको हुनुपर्यो वा राज्यले मुआब्जा दिई अधिग्रहण गरेको हुनुपर्यो। कानुन बमोजिम अधिग्रहण गरेर गर्नुपर्ने काम त्यसरी नै गरे कसैलाई पनि अन्याय हुँदैन, अनि आपत्ति पनि हुँदैन। जनताको लागि राज्य चलाउने कुरा गर्नेहरुले नागरिकको निजि सम्पतिमाथि चोरि डकैति गर्ने काम तत्काल बन्द हुनु पर्छ । विकास निर्माणका काम नागरिक अधिकारको रक्षा गर्दै कानून बमोजिम मात्र हुनु पर्छ । राज्यले गर्ने कुनै पनि कामले एक जना व्यक्तिको पनि वैधानिक अधिकारमा दखल पर्नु हुँदैन ।

(लेखक – उमेश श्रेष्ठ, ललितपुर)

सम्पादकको कथन – लेखकको कुरा बोझिलो भए पनि सरकारको कदम गैरकानूनी भएको कुरामा बहस हुन जरुरी छ । सरकारले बाटो वरपरका जग्गा अधिग्रहण गर्न कानूनी अड्चन भएको भए अहिले सम्म किन मुद्दा परेका छैनन त?

"दर्शन" नमस्ते…

दीपशिखा केही नराम्रो थिएन तर यी शाही अभिनेत्रीलाई के सुर चलेर दीपशिखा बाट दीप हटाएर शिखा शाही भनेर नाम राखिन । तर किन के कुरामा चित्त बुझेन कुन्नि, अहिले आफूलाई दर्शन शाही हुँ भनेर चिनाउन थालेकी छिन । यसरी एकै महिनाको अन्तरालमा तीन नामकी धनी हुने सायद उनी नै पहिलो नेपाली कलाकार होलिन !

darshan shahi - dipsikha shahi

छिन छिनमा नाम परिवर्तन गर्दा सर्बसाधारण झुक्किएर कसैले नचिन्ने हुने सम्भाबनाको बारेमा समयमा नै सचेत भए राम्रै हुने थियो ।

 Continue reading

"छड्के" को प्रारम्भिक प्रतिक्रिया – राम्रो छैन

फिल्म राम्रो भएको हल्ला र कान्तिपुरले "नचल्दै हिट" भनेर हल्ला फिंजाएको भरमा पहिलो शोमा मारामार चलेको फिल्म हेरेर बाहिर निस्कने दर्शक भने निराश देखिन्थे । दर्शकहरुको भिडका कारण फिल्म हलहरुले थप हलमा नेपाली फिल्म लगाएका समाचार पनि आएका थिए ।

chadke poster1

chadke hit -- before releaseबहुचर्चित र बढी आश गरिएको फिल्मबाट आश गरेकोजति खुराक प्राप्त हुने सम्भाबना न्यून हुन्छ । पहिलो शो हेरेका दर्शकको प्रतिक्रिया हेर्दा यस फिल्ममा दर्शकको बाढी आशा हुनुका कारण दर्शकको चित्त बुझाउन गाह्रो  भएको हो कि भन्ने शंका गर्ने प्रशस्त ठाँऊ छ ।

फिल्म हेर्ने मध्येका एक कान्तिपुर पत्रकार, बिदुर खतिवडाका अनुसार "छड्के" मा आवश्यकता भन्दा बढी पात्र छन् र ती पात्र बीचको समन्वयको पनि कमी छ । खतिवडाले आफ्नो टाउको दुखेको बताउदै भने,  "म व्यक्तिगत रुपमा छड्के नहेर्ने सल्लाह दिन्छु ।"

तेस्तै, अर्को कान्तिपुरकै पत्रकार सुब्रत आचार्यले पनि फिल्म मन नपरेको प्रतिक्रिया दिएका छन् ।

 Continue reading

पूर्ब युबराज पारसको मृत्युको हल्ला

पूर्ब युबराज पारस हृदयघातपछि थाईल्याण्डको अस्पतालमा मृत्युसंग लडिरहेका छन् । उपचार पछि उच्चज्वरो नियन्त्रणमा आए पनि स्वास्थ्यमा भने कुनै सुधार नआएको अबस्थामा केही अनलाइन समाचारहरुले उनको मृत्युको हल्ला फिंजाई रहेका छन् ।

बैंककको समितिभेज अस्पतालमा सिसियु भित्र अचेत अवस्थामा रहेका पारसका बहिनी प्रेरणा र डा. राजीव शाही उनको रेखदेख गरिरहेका छन् ।

अबस्था चिन्ताजनक भएर बाच्ने आशा कम भए पनि मृतुपूर्व नै आनाबश्यक हल्ला फिजाउनु मानबताको धर्म बिपरित हुन्छ । यसरी हल्ला फिंजाउन प्रचण्डपुत्र प्रकाश दाहाल पनि लागेको भान हुन्छ।

 prakash dahal -- rip

मानबताको नाताले,  पारस शाहको सीघ्र स्वास्थ्य लाभको कामना !

अपडेट – भर्खरै फेसबुक मार्फत प्रकाशले आफ्नो गल्तिको दोष पत्रकारहरुलाई दिएका छन् :

prakash khandan - paras

पूर्ब युबराज पारसलाई हृदयघात

अपडेट २ – पारसको अबस्थामा कुनै सुधार आएको खबर छैन, उनी बेहोसीकै अबस्थामा रहेको बताइएको छ । तर,  पूर्वयुवराज्ञी हिमानी शाहको थाईल्याण्ड जाने कार्यक्रम भने रद्द भएको छ पहिले जाने भने पनि अहिले आफ्नी कान्छी छोरी कृतिकाको अप्रेशन गर्नु परेकोले कार्यक्रम रद्द गर्नु परेको बताइएको छ । बिहान अकस्मात कृतिकाको एपिन्डक्सको अप्रेशन गर्नु परेकोले हिमानी बैंकक नजाने भएकी हुन् ।

अपडेट – छोरा पारसको स्वस्थअबस्था बिग्रे पछि पारिवारिक कामको लागि सिमरामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह पनि सिमराबाट काठमाण्डौ फर्केका छन् । भोली पहिलो उडानबाट पूर्बराजपरिवारको बैकक जाने तयारी पुरा गरिएको खबर छ ।

***

पूर्ब युबराज पारस शाहलाई आज हृदयघात भएको खबर आएको छ । हृदयघातको कारण अवस्था नाजुक रहेका पारसलाई थाइल्यान्डको राजधानी बैंकक स्थित समितिवेज अस्पतालमा भर्ना गरिएको छ ।

paras_shah_birgunj_file photo

पारस शाहको फाइल फोटो (बिरगंज)

राजसंस्थाको अन्त्य संगै सिंगापुर गएका पारस त्यहाँ सुरक्षा खतरा महशुस गरेपछि थाइल्याण्ड बस्न थालेका थिए ।  राजसंस्थाको अन्त्य पछिको धेरै जसो समय सिंगापुर र थाइल्यान्डमा नै बिताउदै आएका थिए। नेपालमा रहंदा बेला बेलामा बिबादमा परिरहने पारस त्यहाँ पनि लागू पदार्थ सहित भेटिएको आरोपमा मुद्दा पनि खेपेका थिए । उनले सन २०१२को अन्त्यमा आँफू असुरक्षित भएको भन्दै सुरक्षाको खोजी गर्दै नेपाली दुताबासलाई पत्रपनि लेखेका थिए ।

 Continue reading

प्रेम दिवसमा रेखा थापाको फोटो सेसन

प्रेम दिवस, भ्यालेन्टाइन डेको बारेमा हामीले यस अघि पोस्ट गरेका थियौं

हाल अमेरिकामा रहेकी नेपाली नायिका रेखा थापाले प्रेम दिबसको अवसर पारेर रातो वान पिस र ‘जय श्री मुक्तिनाथ’ लेखिएको सल ओढेर फोटो खिचेकी छिन ।  

rekha thapa -- red one pice valentine

छबीराज ओझासंग छुट्टिएर ‘सिंगल’ भन्न रुचाउने रेखाले आफ्नो भ्यालेन्टाइनको बारेमा भने केहि भनेकी छैनन । वासिंगटन डिसीमा खिचिएका यी फोटो संगै रेखाले सबैलाई प्रेम दिबसको शुभकामना पनि दिएकी छिन ।

 Continue reading

बितेका पलमा केकी र अविनाश

माया आफै हुदोरैछ हुदैन कसैले भनेर?
कोहि आए झैँ लाग्यो जीवनमा संगीत बनेर ……

चलचित्र बितेका पल को यो गीतमा रोमन्स गर्दै गरेको यो तस्बिर राजेश घतानीले फेसबुक मार्फत शेयर गरेका हुन ।

तस्बीरमा नायिका केकी अधिकारी संग नवनायक अविनाश गुरुङ नृत्य गर्दै छन् ।

keki adhikari biteka pal

रेखाको स्कार्फ, झण्डा र देशभक्तिको कुरा

अमेरिका पुगेपछि अमेरिकी झण्डाको स्कार्फ बेरेर खिचेको फोटो देखेर रेखा अमेरिकन भाइन भनेर आएको टिकाटिप्पणी सुन्दा सार्है दुखी भएकी रेखाले उनलाई आफ्नो देश नेपाल अति नै प्यारो लाग्ने बताइन ।

nepali and us flag rekha thapa

अमेरिकी झण्डाभएको स्कार्फ लगाउदैमा कोही पनि देशद्रोही नहुने बताउदै आजकल रेखा नेपाली झन्डाभएको पिन लगाएर हिड्छिन । तर, रेखाले अमेरिकी झण्डा भएको स्कार्फ लगाएको देख्ने मिडियाले नेपाली झन्डा भएको पिन लगाएको नदेखेको गुनासो पनि रेखाले गरिन ।  (बिस्तृत अंग्रेजीमा)

अहिले रेखा अमेरिकाका बिभिन्न शहरहरुमा आयोजना हुने “नमस्ते अमेरिका २”मा भाग लिन र ‘ए फर अमेरिका’ भन्ने फिल्म को शुटिंगको लागि अमेरिकामा छिन् ।