प्रधानन्यायधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउने सहमति, म्याद थप्न पाउने पनि सहमति

khilraj regmiप्रमुख राजनीतिक दलहरुले बहालवाला प्रधानन्यायधीशलाई चुनाव गर्ने जिम्मेबारी पाएको मन्त्रीपरिषद्को अध्यक्षता गर्न दिने सहमती गरेका छन् । यस चुनाबी सरकारको मुख्य जिम्मेवारी भनेको निर्वाचन गर्नु मात्र रहने भएकोले दीर्घकालीन प्रकृतिका कामहरु नगर्ने सहमति गरिएको छ ।

प्रमुख तीनदल र मधेसी मोर्चाका सिर्शस्थनेताहरु बीच बसेको बैठकले एक ११ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेपछि आगामी सरकारको अध्यक्षता खिलराज रेग्मीले गर्ने भएका हुन ।

रेग्मीले बिहिबार बिहान पद तथा गोपनियताको सपथ लिने कार्यक्रम पनि तय गरिएको छ ।

सहमतिका अनुसार अन्तरिम सरकारले असार ७ भित्र निर्बाचन गर्ने उल्लेख भए पनि सो सम्भब नभएमा मंसिरसम्म म्याद थप्न पाउने ब्यबस्था पनि राखिएको छ ।

मन्त्रिपरिषदका सदस्यहरुको नियुक्तिको जिम्मा पाएका नयाँ प्रधानमन्त्री रेग्मीले निजामती सेवाका अवकाशप्राप्त विशिष्ठ श्रेणीका कर्मचारीहरुमध्येबाट मन्त्री बनाइने पनि सहमतिमा उल्लेख छ ।

 Continue reading