हरिबंश आचार्यको जीवनी प्रकाशित हुँदै

मह समुहका हाँस्य कलाकार हरिबंश आचार्यले आफ्नो जीवनभर घटेका घटनाहरुको संग्रह गरेर एउटा पुस्तक तयार गर्ने भएका छन् । "चिना हराएको मान्छे" शिर्षकमा प्रकाशित हुने सो पुस्तकको बारेमा जानकारी दिनको निम्ति यही विहीवार एक कार्यक्रममा आयोजना गरिएको थियो । आफ्नी पत्नी मीरा आचार्यको असामयिक मृय्तुको पीडा कम गर्न आफ्नै जीवनी लेख्न थालेको बताउदै हरिबंशले बाल्यकालको रमाइलो देखि जीवन संघर्ष र दोश्रो बिबाह पछिका घटना पनि समेटिएको बताए।

haribansha announcing his book

मिरा आचार्यको २०६८ साल बैशाख ७ गते निधन भएको थियो भने सो घटनाको एक बर्ष नपुग्दै हरिबंशले रमिला पाठक संग बिबाह गरेका थिए।