बाबुराम भट्टराईको जिवनीको बिजोग

खुशीको कुरा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको जिवनको बारेमा जान्नको लागि एक पुस्तक प्रकाशित भएको छ । तर दुखको कुरा, यसका लेखक  वरिष्ठ समाजशास्त्री तथा कृषिशास्त्री ईश्वर विक्रम सिंहको अंग्रेजी भाषा लेखन हेर्दा यो किताबलाई प्रुफ पढ्ने मानिस फेला नपरेको भान पर्छ।

baburam bhattarai book

रु. ५०० मूल्य राखिएको यस जिबनीमा अपूर्ण वाक्य, गलत अर्थ लाग्ने शब्दहरुले भरिएको छ बिन्देश दाहालले फेसबुकमा पोस्ट गरेका किताब भित्रका केही प्याराग्राफहरु हेर्दा लेखले निस्फिक्री हेल्चेक्र्याई गरेको प्रष्ट हुन्छ ।

 bhattarai book extract

चैते दशैं मनाईंदै

चैत्राष्टमीको दिनलाई हिन्दुहरुले चैते दशैं मानेर दुर्गाभवानीको पूजाआराधना मनाउने गर्दछन । बडा दसैँ भन्दा अलिक कम महत्व दिइने भए पनि आजकाल चैते दशैंलाई पनि बिशेष महत्वका साथ मनाइन थालिएको छ । यस दिन बिभिन्न देवीको मन्दिरहरुमा वली दिने र पूजा आराधना गर्ने गरिन्छ  ।

bhagawati

चैते दशैंको दिन काठमाडौका दक्षिणकाली, शोभाभगवती, गुह्वेश्वरी, नक्साल भगवती, संकटा, कालिकास्थान, आदि शक्तिपीठहरुमा दर्शनार्थीहरूको भीड लाग्ने गर्दछ । तेस्तै देशभरका देबीका मन्दिरहरुमा पनि भक्तजनहरुले पूजा आराधना गरेर दसैं मनाउने गर्दछन ।

 Continue reading

राजेशदाइको जोक अब सचित्र इ-बुकमा पनि

एक बर्ष अघि राजेश दाइको जोकको खुबै चर्चा थियो । केही सुस्ताए पनि अझै पनि राजेश दाइको जोकको चर्चा भने नहुने होइन । हामीले ती चुट्किलाहरुको कम्तीमा पनि तीन वटा पोस्ट गरेका थियौं । तीनै चुट्किला र थप अरु केही चुट्किलाहरुलाई संग्रह गरेर सचित्र रुपम एक ए-बुक भर्खरै प्रकाशित भएको छ ।

rajeshdai_jokes_cover_500

आनन्द नेपालले संकलन गरेको यस सचित्र चुट्किला संग्रहमा झन्डै सय वटा चुट्किला रहेका छन् र साथै सबै जसो चुट्किला संगै फोटो पनि राखिएका छन् । $ ०.९९ मूल्य राखिएको यस किताबलाई एप्पलको किताब पसलबाट किन्न सकिन्छ । पुस्तक किन्ने लिंक तल पोस्ट गरिएको छ ।

यस चुट्किला संगहलाई इबूकभण्डार ले प्रकाशित गरेको हो । साहित्य, केटाकेटीले लेखेका किताबहरु र अन्य किताबहरु गूगल र एप्पलका इ-किताब पसलहरु मार्फत बिक्रि गर्ने यस प्रकाशनले निकट भबिश्यमा अन्य चुट्किला किताबहरु पनि प्रकाशित गर्ने बताइएको छ ।

Incoming search terms:

  • rajes hamal

६० घण्टे अविरल टिभी कार्यक्रम

बिहीवार बिहान साढे १० बजेवाट न्युज २४ टिभीमा ६० घण्टे अन्तरवार्ता कार्यक्रम अबिरल चलिरहेको छ । भगवान बुद्ध नेपालमा जन्मेका  हुन् भन्ने शन्देश बिश्वमा फैलाउने उद्देश्यले शुरु गरिएको यस कार्यक्रमले बिश्व रेकर्ड कायम गर्ने सम्भाबन रहेको छ । पत्रकार रबि लामिछानेले यस कार्यक्रममा बिभिन्न अतिथीसंग लगातार अन्तरवार्ता लिइरहेका छन् ।

longest marathon television talk show - rabi lamichane

हाम्रो शुभकामाना – रबि लामिछानेलाई थकाइ नलागोस्, निन्द्रा नलागोस् र यो निरन्तर ६० घण्टा लामो कार्यक्रम सफलता पूर्बक संचालन होस् भनेर ।

रोड, रोडमा गएर सेबा नदिने कर्मचारी र अपांग मैत्री नभएको अफिस

यो सागर प्रसाईले आफ्नो फेसबुकमा पोस्ट गरेको भनाइ हो । अपांग मैत्री संरचना नभएको कारणले उहाँले पाउनु भएको दु:खलाई चित्रित गरिएको यस लेखोटले सम्बन्धित निकायलाई झक्झक्याउछ कि भनेर यहाँ पोस्ट गरिएको हो :

चार चक्के स्कुटर दर्ता गर्नका लागी यातायत व्यवस्था कार्यलय गाको, एकजना अधिकृतले-"तपाईँहरुको यो छुट्टै प्रकारको स्कुटर भएकाले हामीले सिधै दर्ता गर्न मिल्दैन- यातायत व्यवस्था विभाग बाट सिफारीस लिएर आउनु" भने। होला त नि भनेर, कोटेश्वरमा भएको यातायात व्यवस्था विभाग गईयो। हामीलाई चिठी दिने भनिएको शाखा, विभागको चौथो तल्लामा रहेछ। म जान नसक्ने भए। मेरो भाई मेरा सबै कागजात लिएर माथि गयो। म तलै बसिरहेँ।

sagar prasai

माथि अर्का अधिकृतले कागज पुगेन भनेर सिफारीस दिन मानेनछन्। यो चाहिन्छ, त्यो चाहिन्छ भन्न थालेपछि, मेरो भाईले भनेछ, "सर, मलाई त यस्ता कुराहरु त्यति थहा छैन। म त साथी मात्ृ आको हुँ। दाई तल बसिरहनुभएको छ। वहाँलाई नै गएर सबै कुरा बुझाईदिनुस् न। अनि वहाँले चाहिने कागजपत्र मिलाउनु हुन्छ नि!"

 Continue reading