मलेशियन जहाज ‘अपहरण’ भएको हुन सक्ने

एक हप्ता अघि देखि बेपत्ता रहेको मलेशियन एयरलाइन्सको बोइङ ७७७ विमानलाई अपहरण गरिएको हुन सक्ने मलेशियन अधिकारीहरुले बताएका छन्  ।

गत शनिबारदेखि एक हप्ता सम्म खोज तलास गर्दा पनि दुर्घटना भएको कुनै संकेत नमिले पछि अपहरण भएको हुन सक्ने निधोमा अधिकारीहरु पुगेका बताइएको छ । तर अपहरण हुन पर्ने कुनै कारणहरुको निधो भने  भएको छैन ।

plane disappear

विमानमा चालकदलसहित २३९ सवार फ्लाइट नम्बर ३७०को जहाज मलेशियाको क्वालालाम्पुरबाट बेइजिङको लागि उडेको थियो। जहाज उडेको २६ मिनेटपछि सम्पर्क टुटेर अहिलेसम्म कहाँ छ भन्ने कुनै अत्तो पत्तो छैन ।

 Continue reading