जन्मदिनमा अभिनेत्री प्रियंका कार्कीको परिचय

बिक्रम सम्बत २०४४ फाल्गुण १५ (सन् १९८७ को फेब्रुअरी २७), शिब रात्रीका दिन जन्मिएकी प्रियंका कार्की आज २८ बर्षकी भइन ।

priyanka karki (3)

१८ वर्षको उमेरमा उनले मिस इन्टिलिजेन्ट पेजेन्ट जितेर रंग क्यारियरको शुरुवात गरेकी प्रियंका सन २००५ को मिस टीन नेपाल पनि भइन् ।

उनको अभिनय यात्रा कान्तिपुर टिभीबाट प्रसारण हुने ‘घरबेटी बा’देखि सुरु भएको हो । त्यस पछि कान्तिपुर टिभीमा नै बिभिन्न कार्यक्रम संचालन गर्दा गर्दै फिल्म सम्बन्धी अध्ययन गर्न अमेरिका गाइन । सन् २००६ मा ‘सेल्युलोइड’ नामक कार्यक्रम चलाएकी थिइन । तेस्तै उनले संचालन गरेको अर्को कार्यक्रम ‘द ग्ल्याम फ्याक्टर’ जीवनशैलीमा आधारित कार्यक्रम थियो ।

 Continue reading

पारस खड्काले आफ्नी प्रेमिका प्राप्ति राज्य लक्ष्मी राणासँग विवाह गरे

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का यही बिहीबार, फाल्गुण १५ गते वैवाहिक बन्धनमा बाधिएका छन् । लामो समय देखिकी आफ्नी प्रेमिका प्राप्ति राज्य लक्ष्मी राणासँग पारसले विवाह गरेका हुन् । उनले बिबाहको अघिल्लो दिन, बुधबार स्वयमबर गरेका थिए ।

भिडियो रिपोर्ट:

 Continue reading

अभिनेत्री हर्षिका श्रेष्ठ पनि पलायन हुने? ग्रिनकार्ड होल्डर संग बिवाहको योजना

अभिनेत्री हर्षिका श्रेष्ठले आशिष कुमार शाक्यसँग प्रेममा परेको कुरा हालै सार्बजनिक गरेकी छिन । सानै देखि चिनजान भए पनि मित्रता प्रेममा बदलिएको भने एक बर्ष मात्र भएको उनी बताउँछिन । बसन्तपुरका स्थाई बासिन्दा आशिष अमेरिकानै बसोबास गर्ने ग्रिनकार्ड होल्डर हुन । हर्षिकाले आशिष क्रिसमसको बिदामा नेपाल आएको बेला खिचिएका तस्बीर फेसबुकमा सार्बजनिक गर्दै आफ्नो प्रेमको बारेमा जानकारी दिएकी हुन ।

harshika shrestha mission paisa reloaded

हर्षिकाको यो प्रेम सम्बन्ध पनि यस अघिका दुई ओटा सम्बन्धको अन्त्य पछि शुरु भरको हो । एक अनलाइन संग कुरा गर्दै हर्षिकाले भनिन्, "मेरो २ जना प्रेमीसँग ब्रेकअप भएको त सबैलाई थाहा नै छ । अहिले फेरि प्रेममा छु ।"

 Continue reading

हिमानीले भेटे पछि पारस थाई प्रेमिकालाई छोडेर नेपाल आउन राजी

फागुन पहिलो साता पूर्वयुवराज्ञी हिमानी शाह पारसलाई राखिएको थाइल्याण्डको जेलमा नै गएर भेटे पछि उनलाई स्वदेश फर्काउने तयारी पनि शुरु भएको छ । पारस जेलमा परे पनि उनलाई छुटाउन उनका बाबु र पूर्ब राज परिवारले कुनै पहल नगरेको गाइगुइ हल्ला शुरु हुँदै गर्दा हिमानीको यो भ्रमणलाई अर्थ पूर्ण रुपमा हेरिएको छ ।

भिडियो रिपोर्ट:

paras-shah and himani shah

समाचारहरू अनुसार पूर्वयुवराज पारस शाहले आफ्नी थाई प्रेमिकालाई छोडेर स्वदेश फर्किन राजी भएका कारण हिमानीले उनलाई स्वदेश फर्काउने तयारी गरेकी हुन ।
हिमानी २९ माघमा थाइल्यान्ड गएर फाल्गुण ६ मा नेपाल फर्केकी हुन् । हिमानीले थाइल्यान्डको उदुकखानीस्थित जेलमा पुगेर पारसलाई भेटेकी थिइन् । सो भेटमा पारसकी थाई प्रेमिका कन्निका चाइसानको बारेमा पनि बिस्तृत कुराकानी भएको बताइएको छ । हिमानीले परिवारका सदस्यलाई बताए अनुसार पारसले कन्निकालाई नलिई स्वदेश फर्कन मानेको छन् ।

 Continue reading

काठमाण्डौंमा तेजाब आतंक, तेजाब सजिलै किन्न पाइनु ढु:खको कुरा

एसएलसी परीक्षाको तयारी गरिरहेका दुई किशोरीहरूको अनुहार नै विकृत हुने गरेर तेजाब आक्रमण भएको छ । बसन्तपुरको ए–प्लस ट्युसन सेन्टरमा एसएलसीको तयारी गर्न बिहानै देखि कक्षामा पुगेका तीन किशोरीहरू मध्ये एक जनालाई गम्भीर रुपामा तेजाबले पोलेको छ भने अर्कीको अनुहार र घाटीमा तेजाबले पोलेको छ ।

भिडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=sh3QkodbNks

तराई क्षेत्र र भारतमा यदाकदा हुने तेजाब आतंक काठमाण्डौमा तीन बर्ष पछि भएको हो । तीन बर्ष अघि बानेश्वरमा भएको तेजाब आक्रमण घरायसी झगडाको कारणले भएको थियो भने अहिलेको तेजाब आक्रमण के कारणले भएको हो भन्ने कुनै निष्कर्श निस्कन सकेको छैन ।

seema basnet acid attack

सुन्तला रंगको ‘हुड’ लगाएर अनुहार छोपेका एक किशोरले हर्लिक्सको शिशिमा बोकेर आएको तेजाब पढीरहेका किशोरी हरु तर्फ छ्यापेर भागेका थिए । आक्रमणबाट गम्भीर घाइते संगीता पुलामी मगरको सिनामंगलको काठमाडौं मेडिकल कलेजमा शल्यक्रिया भइरहेको छ। शान्ति निकुन्ज माध्यमिक विद्यालयमा पढ्ने संगीताको अनुहार, तिघ्रा र छातीमा तेजाबले पोलेको छ। अर्की घाइते सीमा बस्नेत निधार र गालामा तेजाबले पोलेको छ।
 Continue reading

नेपाली अभिनेत्री नन्दिता केसीको परिचय

नन्दिता केसीका फिल्महरू यहाँ हेर्न सकिन्छ

नेपाली अभिनेत्री नन्दिता केसीको असली नाम शोभा के.सी. हो । इन्द्रेणी चलचित्रबाट नेपाली सिनेमा क्षेत्रमा भित्रिएकी नन्दिताले फिल्म क्षेत्र्मा प्रबेश गर्नुअघि नै आफ्नो नाम शोभाबाट नन्दिता राखेकी थिइन् । फिल्म लाइनमा प्रवेश गर्न लाग्दा शोभा नामले आधुनिकता नदिएपछि उन्ले नाम परिवर्तन गरेर नन्दिता राखेकी हुन् । अभिनेत्री हुनु भन्दा पहिले उनी नर्स हुने सोचमा थिइन । नायिका नभएर नर्स भएको भए नन्दिताको नाम शोभा नै हुनेथियो । अर्घाखाँचीबाट उच्च शिक्षाका लागि काठमाडौं आएकी नन्दिताको पहिलो म्युजिक भिडियो ‘सान्नानी’ थियो भने पहिलो टेली चलचित्र ‘दर्शन जिन्दगीको’ थियो ।

नन्दिताको जीवनी र उनका राम्रा र नराम्रा बानीहरुको बारेमा भिडियो रिपोर्ट:

नन्दिताले सानै उमेरदेखि नै राम्रो डान्स गर्ने भए पनि उनलाई फिल्ममा अभिनय नै गर्ने सोच भने थिएन । १२ सम्मको अध्ययन पूरा गरेपछि स्टाफ नर्स बन्ने प्लान गरेकी नन्दितालाई बुटवलमा बनेको एउटा लोकल भिडियो फिल्म “यो कस्तो माया”मा काम गर्ने अफर आयो । त्यो फिल्ममा काम गरे पछि उनि काठमाडौं गएर, नृत्य सिक्न शुरु गरिन । नृत्य सिक्दै गर्दा नै उनले चलचित्र इन्द्रेणीमा नायिकाका रूपमा काम गर्ने अवसर प्राप्त गरिन । पहिलो फिल्मको सफलता संगै नन्दिताले एउटी राम्री अभिनेत्रीको रुपमा नेपाली फिल्म क्षेत्रमा जम्न सफल भइन ।

 Continue reading

मोडल तथा अभिनेत्री माला लिम्बुको परिचय

सिंगापुरमा जन्मिएर हुर्केकी नेपाली चेली माला लिम्बु १६ बर्षकी भएपछि सन २००७मा नेपाल फर्केकी हुन । उनले ‘गुडबाई काठमाण्डु’ नाम गरेको फिल्ममा पहिलो पटक अभिनय गर्न शुरु गरेकी हुन । त्यस पछि उनको दोश्रो फिल्म ‘वन वे’मा काम गरिन जुन फागुन १ गतेबाट प्रदर्शनमा शुरु भए पछि उनको रिलिज भएको पहिलो फिल्म हुनेछ । यस फिल्ममा माला एक प्रेमिकाको भूमिकामा रहेकी छिन ।

Video profile:

मालालाई सानैदेखि कलाकार बन्ने चाहना थियो रे तेसैले उनी यो क्षेत्रमा मोडल तथा अभिनेत्रीको रूपमा स्थापित हुन आएकी हुन रे ।

mala  dancing

 Continue reading

पुनर्जन्म फागुन २२बाट हेर्न पाइने

यही फागुन २२ गतेबाट रिलिज हुन लागेको नेपाली फिल्म “पुनर्जन्म” को टोलीले मंगलबार राजधानीमा एउटा पत्रकार सम्मेलन गरेर सो फिल्मको ट्रेलर र एउटा गीत पनि सार्वजनिक गरेको छ ।

सो कार्यक्रममा बोल्दै फिल्मका अभिनेताहरू गजित विष्ट र आर्यन सिग्देलले आफ्नो भूमिकाको बारेमा प्रष्ट पारे । यो फिल्म द्वन्द्वकालको बेलामा सैनिकको परिवारमा घटेको सत्य घटनालाई लिएर बनाइएको हो । आर्यन सिग्देलका अनुसार यो फिल्मलाई व्यावसायिकतालाई भन्दा पनि सत्यपरक विषयलाई बढी जोड दिएर निर्माण गरिएको छ । सो कार्यक्रममा बोल्दै अभिनेत्री केकी अधिकारीले सैनिक अधिकृतको जीवनमा आउने उतारचढाव का कारणले उसको वैवाहिक जीवनमा पार्ने प्रभावलाई फिल्ममा प्रस्तुत गरिएको बताईन् ।

punarjanma press meet

“पुनर्जन्म”लाई निर्माता मोहनकृष्ण श्रेष्ठ निर्माण गरेका हुन । फिल्मका निर्देशक तथा सम्पादन सजन श्रेष्ठका अनुसार यो फिल्मलाई शुरुमा छोटो फिल्म बनाउने भनेर शुरु गरिएको भए पनि पछि कथालाई नयाँ प्रकारले प्रस्तुत गरेर फिचर फिल्मनै बनाइएको हो ।

 Continue reading

नेपालका अर्बपति विनोद चौधरीको सम्पति अझ बढ्यो

‘फोर्ब्स’ पत्रिका ले बार्षिक रुपाम प्रकाशित गर्ने अर्बपति हरूको सूचिमा नेपाली अर्बपति विनोद चौधरी यो बर्ष अघिल्लो बर्ष भन्दा १५९ स्थान माथि उक्लिएर बिश्वका अर्बपतिको १३०६ औँ स्थानमा पुगेका छन् । उनी अघिल्लो बर्ष, अर्थात सन २०१३मा उनी १४६५ स्थानमा थिए । अघिल्लो बर्ष जस्तै फोर्ब्सको अर्बपति सूचिमा बिल गेट्स फेरि पनि पहिलो स्थानमा नै रहेका छन् ।

binod chaudhary

सो सुची अनुसार यो वर्ष चौधरीको सम्पत्ति २० करोड डलरले बढेको हो । यसअघि पहिलो पटक अर्बपति सूचिमा पर्दा उनको सम्पती १ अर्ब १० करोड डलर थियो भने सन् २०१४ को सूचिमा पर्दा उनको सम्पति १ अर्ब ३० करोड डलर देखिएको छ ।

 Continue reading