नेपाली अभिनेत्री नन्दिता केसीको परिचय

नन्दिता केसीका फिल्महरू यहाँ हेर्न सकिन्छ

नेपाली अभिनेत्री नन्दिता केसीको असली नाम शोभा के.सी. हो । इन्द्रेणी चलचित्रबाट नेपाली सिनेमा क्षेत्रमा भित्रिएकी नन्दिताले फिल्म क्षेत्र्मा प्रबेश गर्नुअघि नै आफ्नो नाम शोभाबाट नन्दिता राखेकी थिइन् । फिल्म लाइनमा प्रवेश गर्न लाग्दा शोभा नामले आधुनिकता नदिएपछि उन्ले नाम परिवर्तन गरेर नन्दिता राखेकी हुन् । अभिनेत्री हुनु भन्दा पहिले उनी नर्स हुने सोचमा थिइन । नायिका नभएर नर्स भएको भए नन्दिताको नाम शोभा नै हुनेथियो । अर्घाखाँचीबाट उच्च शिक्षाका लागि काठमाडौं आएकी नन्दिताको पहिलो म्युजिक भिडियो ‘सान्नानी’ थियो भने पहिलो टेली चलचित्र ‘दर्शन जिन्दगीको’ थियो ।

नन्दिताको जीवनी र उनका राम्रा र नराम्रा बानीहरुको बारेमा भिडियो रिपोर्ट:

नन्दिताले सानै उमेरदेखि नै राम्रो डान्स गर्ने भए पनि उनलाई फिल्ममा अभिनय नै गर्ने सोच भने थिएन । १२ सम्मको अध्ययन पूरा गरेपछि स्टाफ नर्स बन्ने प्लान गरेकी नन्दितालाई बुटवलमा बनेको एउटा लोकल भिडियो फिल्म “यो कस्तो माया”मा काम गर्ने अफर आयो । त्यो फिल्ममा काम गरे पछि उनि काठमाडौं गएर, नृत्य सिक्न शुरु गरिन । नृत्य सिक्दै गर्दा नै उनले चलचित्र इन्द्रेणीमा नायिकाका रूपमा काम गर्ने अवसर प्राप्त गरिन । पहिलो फिल्मको सफलता संगै नन्दिताले एउटी राम्री अभिनेत्रीको रुपमा नेपाली फिल्म क्षेत्रमा जम्न सफल भइन ।

 Continue reading