जिरे खुर्सानि र भद्रगोल नयाँ बर्ष अगाबै प्रशारण शुरुहुने

‘तितो सत्य’ र ‘मेरि बाँस्सै’लाई नेपाल टेलिभिजनमा देखाउँदै आएको मिडिया हबले अब ‘जिरे खुर्सानि’ र ‘भद्रगोल’ पनि आफ्नो भागमा पारेको छ । विगत केही हप्तादेखि नेपाल टेलिभिजनबाट प्रशारण रोकिएका यी दुई चर्चित हाँस्य सिरियल अब भने फेरि प्रशारणमा आउने भएका छन् ।

भिडियो रिपोर्ट

मिडिया हबका अध्यक्ष सोम धितालका अनुसार चर्चित हाँस्य सिरियल ‘जिरे खुर्सानि’ र ‘भद्रगोल’ चैत्रको अन्तिम साता वा नयाँ बर्षबाट प्रशारणमा आउने भएका हुन् । उनले भने अनुसार मिडिया हबले अब नेपाल टेलिभिजनमा प्रसारणको टेन्डर पारेर चैत्र २७ गतेबाट ‘भद्रगोल’ र चैत्र ३० गतेबाट ‘जिरे खुर्सानि’को प्रशारण को तयारि गरेको बताएका हुन ।

 Continue reading

एसिड प्रहारको अनुसन्धानमा प्रहरी नै कुहिरोको काग

फागुन १० गते राजधानीको बसन्तपुरमा ट्युसन पढ्न गएकी किशोरीमाथि भएको एसिड प्रहारको घटनाबारे जानकारी दिन भन्दै शुक्रबार दिउँसो पत्रकारहरूलाई भेला पारिएको थियो । एसिड हान्ने व्यक्तिलाई सार्बजनिक गरिने आशा गरेका पत्रकारहरूलाई “प्रहरीले काम गरिरहेको छ” भन्ने सन्देश दिन मात्र पत्रकार सम्मेलन गरिएको बताएर आफैलाई हलुका बनाएको छ ।

sangita pulami

महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा एआइजी विज्ञानराज शर्माले दिएको घटनाको अनुसन्धानमा बिबरण अनुसार प्रहरी नै कुहिरोको काग बनेको भान हुन्छ । उनका अनुसार एसिड घटनाको अनुसन्धान गर्नको लागि भनेर एसपी मीरा चौधरीको संयोजकत्वमा एक पाँच सदस्यीय समिति गठन गरेर अनुसन्धान अघाडी बढाएको थियो । यसलाई प्रहरी प्रधान कार्यालय, राष्ट्रिय अनुसन्धान ब्युरो र स्थानीय प्रहरी इकाइले पनि साथ दिइरहेको बताइन्छ । तर यी सबै अनुसन्धानले घटनामा संलग्न व्यक्तिलाई पहिचान गर्न नसकेको बताइको छ।

 Continue reading

दुलही अभिनेत्री सुमिना घिमिरे साच्चिकै दुलही बनिन

नेपाली अभिनेत्री सुमिना घिमिरेले सोमबार बाट बिवाह गरेकी छिन् । दुलही फिल्ममा राजेश हमालसंग बिवाह गर्दा चर्चा भएकी अभिनेत्री सुमिनाले रियल लाइफको बिवाह भने गुपचुप नै गरेकी छिन । पेशाले पाइलट, रोशन सापकोटासँग सुमिनाले एउटा पार्टी प्यालेसमा बिहे गरेकी हुन् ।

भिडियो रिपोर्ट:

केही समय देखि प्रेममा रहेका सुमिना र रोशनले बिवाह गरे पछि सुमिनाले फिल्म क्षेत्र बाट अबकास लिने हल्ला चलेको छ । तेसैले होला विवाहमा फिल्मकर्मी र मिडियालाई बोलाइएको थिएन भने विवाहमा दुबै तर्फका आफन्तहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 Continue reading

होलीमा चलचित्रकर्मीहरु

यस अघिका वर्षहरूमा प्राय: सबै जस्ता चलचित्रकर्मीहरुलाई उनको घरमा एकतृत गरेर होलीको विशेष कार्यक्रमको आयोजना गर्दै आएकी अभिनेत्री करिश्मा मानन्धरले यो पटक तेस्तो कार्यक्रम गर्न पाइनन । आफ्नो आगामी चलचित्र ‘फागू’को छायांकनको लागि भनेर उपत्यका भन्दा बाहिर रहेकाले यो बर्ष काठमाडौँका कलाकारहरू बिभिन्न ग्रुपमा आ-आफनै तरिकाले होलि मानाए।

भिडियो रिपोर्ट

https://www.youtube.com/watch?v=wTgTJ98yYJ8

फागु पूर्णिमा अर्थात होलीको राम्रै रमझम काठमाडौँमा देख्न सकिन्थ्यो । बिहिबार दिउसो देखि नै युवा युवतीहरू रंगीन भएर शहर परिक्रमा गरिरहेका थिए भने आफ्नो आफ्नो झुण्ड बनाएर होली खेलिरहेका थिए । उपत्यकाका विभिन्न स्थानमा होलीका विशेष कार्यक्रम पनि आयोजना गरिएको थियो । गायक गायिकाहरू टेलीभिजन र रेडियोका प्रत्यक्ष प्रसारण कार्यक्रममा ब्यस्त रहे भने चलचित्रकलाकारहरू  रेड स्टुडियो र नमस्ते नेपालमा जम्मा भएका थिए ।

 Continue reading

टर्किस एयरलाइन्सको जहाज दुर्घटना, सबै यात्रु सकुशल

अपडेट – दुर्घटनाग्रस्त बिमान हटाउन नसकिएको हुनाले त्रिभूवन विमानस्थलबाट आउने र जाने सबै जहाजहरू अनिश्चित समयको लागि रोकिएका छन् ।

खराब मौसमका कारण टर्कीको इस्तानबुलबाट काठमाडौं आएका टर्किस एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त भएको छ ।

भिडियो रिपोर्ट:

यात्रुहरु जहाजको आपतकालीन द्वारबाट बाहिर निसक्दै गरेको भिडियो:
https://www.youtube.com/watch?v=0N9JBLliRgk

आज बुधबार बिहान ८ बज्न केही समय अघि त्रिभूवन विमानस्थलमा अवतरण गर्दा टीके ७२६ नम्बरको विमान रन वेबाट चिप्लिएर चौरमा पुगेको हो । जहाजमा रहेका सबै २ सय ४८ जना यात्रु सकुशल रहेको र उनीहरूलाई आपतकालिन ढोका बाट बाहिर निकालिएको थियो ।

 Continue reading

निखिल लुटेरा बाट एक्सन फिल्ममा फिर्ता

लामो सयमा नेपाली फिल्म क्षेत्र बाट टाढिएका निखिल उप्रेती फेरि एक्सन रोलमा नै फर्किएका छन्।

बिहानैदेखि राजधानीमा झरी परिरहे पनि यही सोमबार गर्ने भनेको फिल्म ‘लुटेरा’को शुभमुहुर्त गरेरै छोडिएको छ । गौशलास्थित पशुपतिनाथ मन्दिरमा सोमबार बिहान यो फिल्मको मुहुर्त गरिएको हो । फिल्म वितरकका रुपमा चिनिएका गोपाल कायस्थले यो फिल्म बाट निर्माणमा हात हाल्न लागेका हुन ।

भिडियो रिपोर्ट:

पानीको बीचमा सिनेकर्मीहरु छाता ओडेर सो मुहुर्त समारोहमा सहभागी भएका थिए । सो समारोहमा क्ल्याप ठोक्ने काम एमाले सभासद रामवीर मानन्धरले गरे भने फिल्मका कलाकारहरु निखिल उप्रेती, निशा अधिकारी, सविन श्रेष्ठ, हर्षिका श्रेष्ठ र अमित श्रेष्ठले संयुक्त रुपमा मुहुर्त सट दिएका थिए ।

 Continue reading

केकी र राजेशपायल राइको बीच आत्मीयता

नेपाली सांगीतिक क्षेत्रका चर्चित तथा गायक राजेशपायल राईलाई अहिलेसम्म एक्लो छन् । उनले मितज्यू भन्ने गरेका अर्का राजेश – राजेश हमालले बिहे गरेपछि भने अब उनकै पालो हो भन्दै हिड्ने राजेश पायलसंग नाम जोड्न लायक कोही देखिएको थिएन । तर हालै भएको एक घटनाले भने उनले बिहे गर्नको लागि सदस्य फेला पारेको हुने सक्ने संकेत मिलेको छ ।

https://www.youtube.com/watch?v=R4FOA5EhmGQ

आफ्नो विश्वव्यापी सांगीतिक टुर सकेपछि राजेशले काठमाण्डौको कमलपोखरीमा ‘दर्शन नमस्ते’ नाम गरेको रेष्टुरेन्टको ब्यबसाय शुरु गरेका छन् । यही शनिबार साँझ सो ब्यबसायको उद्घाटन गर्न उनले नायिका केकी अधिकारीलाई मात्र बोलाएका थिए । उनीहरू बीचको सम्बन्ध केही बिशेष रहेको शंकेत गरेका छन् !

 Continue reading