अन्जु पन्त कसरि क्रिश्चियन बनिन (उनकै शब्दमा, भिडियो)

नेपालि गायिका अन्जु पन्त क्रिश्चियन धर्मावलम्बि भएको कुरा प्राय: सबैलाइ थाहा नै छ। पहिले हिन्दु अन्जु कसरि क्रिश्चियन धर्मावलम्बि हुन पुगिन त भन्ने जिज्ञासा सबैमा हुनु स्वभाविकै हो । सो जिज्ञाषा मेटन आज अन्जु पन्तको आफ्नै मुखबाट कसरि धर्म परिवर्तन गरिन भन्ने कुरा सुन्न निम्न भिडियो हेर्नुहोला ।

भिडियो हेर्नुहोस:

अन्जुका अनुसार, केहि बर्ष अघि उनि सपरिवार बिरगंज घुम्न जाँदा त्यहाँ भएको चर्चमा भएको स्तुति गान र भजनले अन्जुलाइ प्रभावित गर्यो र उनले क्रिश्चियन बन्ने निर्णय गरिन। उनि क्रिश्चियन बने पछि, उनि अझ बढि शुखि र शान्त भएको अनुभब गरेको पनि बताउछिन । उनलाइ क्रिश्चियन बनाउन उनका आफ्नै बुवा राजकुमार घिमिरेको ठुलो हात रहेको अन्जुले बताइन ।

 Continue reading

अमेरिकाबाट फर्कनेहरुको धनको सुख र मनको सुखको हिसाब किताब

अमेरिकाबाट फर्कने अभिनेताहरू – सरोज खनाल, गौरि मल्ल, करिष्मा मानन्धर, रमेश र राजाराम पौडेल सबैलाई नेपाल नै प्यारो लागेको बताएका छन् । सांस्कृतिक कार्यक्रममा भाग लिने भनेर अमेरिका छिरेर उतै बेपत्ता हुने कलाकारहरु मध्ये केहि कलाकार नेपाल फर्केका छन । यसरी नेपाल फर्कने कलाकारहरुमा पनि आफ्नो इच्छाले फर्कने र बाध्यताले फर्कने भनेर दुइ कित्तामा बाँड्न सकिन्छ । नेपालका कलाकारहरु अमेरिका पुगे पछि उनिहरुको सेलिब्रेटी स्टेटस गुम्नुलाइ नै मुख्य मुद्दा बनाएर फर्केको बुझ्न सकिन्छ ।

सरोज खनाल

१७ बर्ष अमेरिका बसेर नेपाल फर्केका पुराना अभिनेता सरोज खनाल USA भनेको ‘U Start Again’ हो भन्छन । नेपालमा प्रशस्त नाम कमाएका सरोजले अमेरिकामा सम्पति कमाए पनि नेपालमा हुँदाको उनको ख्यातिले संधै पिरोल्यो । त्यसैले अमेरिकालाइ सदाको लागि छोडेर उनि हालै नेपाल फर्केका हुन । एक अनलाइनसंग सरोजले भने , ‘जुन स्टाटसमा अमेरिका पुगे पनि त्यहाँ शुन्य स्थानबाट नै सुरु गर्नुपर्छ । मैले पनि त्यही गरेको हुँ ।’

उनले पनि अमेरिकालाई अवसरको खानि हो भन्ने कुरालाइ चाहि मानेका छन् । शुरुमा धेरै संघर्ष गरेका सरोजका अनुसार सबै जसो नेपालि कलाकारहरु शुरुमा भारतिय नागरिकले खोलेको रेष्टुरेन्ट, सपिङ सेन्टरमा काम गर्ने गरेका छन् । सरोजले पनि सुरुका २-४ बर्ष यसरि नै संघर्ष गरेको बताउछन ।

सरोजको बुझाइमा, “नेपालमा दुख गर्नेहरु दुखै मात्र गरिरहन्छन्, मोजमस्ति गर्नेहरु मोजमस्तिमै रमाइरहन्छन् । तर, अमेरिकामा यस्तो छैन । दुख गर्नेले फल अवश्य पाउँछन् त्यहाँ ।” उनले, अमेरिकामा भौतिक सुख भरपुर प्राप्त गरेको भए पनि मनको सुख भने नपाएको बताउछन ।

अब अमेरिका बसेर आइ सकेपछि सरोजले अमेरिकालाई चटक्कै माया मार्न भने नसक्ने बताउँछन् ।  अब बर्षमा एकपटक उनको आफ्नै संस्था युनाइटेड नेपालको तर्फबाट अमेरिकामा आयोजना हुने कार्यक्रममा सहभागी हुन बर्षेनि अमेरिका जाने उनको प्लान छ ।

saroj khanal

 

 Continue reading