अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालका बर्तमान प्रमुख आयुक्त लोकमान कार्किको ट्विटर खातामा भएका ३००,००० चानचुन फलोअर एकै दिनमा एक्कासि ४००,००० चानचुन पुगे पछि मलाइ उनलाइ मन पराएर फलो गर्ने फलोअर को को रहेछन भन्ने जिज्ञाषा लग्यो ।
एकै दिनमा एकलाख जनाले फलो गर्न कि त ठुलै हलचल नै हुनु पर्यो कि बदमासि । बदमासि रोक्ने निकायका प्रमुखले बदमासि गर्लान भनेर सोच्नु पनि पाप हुन्छ भन्ने बुझेको हुनाले अहिले नेपालमा भएका घटनाक्रमलाइ अध्धयान गर्न थालें । नेपालमा भएको बजेट भाषण साच्चै नै ठुलो घटना रहेछ । लोकमानले बजेटको बारेमा ठुलै कुरा गरे होलान भनेर खोजेको केहि पनि फेला परेन ।
रियल डाटा हेर्दा जुलाइ ६ मा ३,२४,५१८ थियो (एक ट्विटर प्रयोगकर्ता ‘महाचोर’ले जुलाइ ६ मा त्यो नम्बर टिपेका थिए) भने अहिले जुलाइ १५ मा त्यो नम्बर ४,०९,३१२ छ। मैले देखे अनुसार हिजो सम्म ३ लाख २५ हजार पनि पुगेको थिएन तर, मैले यसको कुनै रेकर्ड राखेको थिइन। तेसैले, थप ८४,७९४ फलोअर लाइ ८ दिनमा बराबर हिसाब लगाउदा दैनिक १०,६०० जना नयाँ फलोअर थप भएको तथ्य आफैमा अस्वाभाविक देखिन्छ।
आज जुलाइ २० मा कार्किको फलोअर शंख्या ४१५, ६०४ छ जुन जुलाइ १५ बाट जुलाइ १६ मा ५,००० ले बढेको थियो तर, त्यस पछि उल्लेख्य रुपमा बढेको छैन । (यो लेख जुलाइ १५ मा लेखेर जुलाइ २०मा अपडेट गरेर पोष्ट गरिएको हो)
ट्विटरमा गरिने बदमासि
पहिला ‘बदमासि’ भनेको के हो त्यसको बिश्लेषण गरौँ : नियम कानुन अनुरुप नगर्नुलाइ बदमासि गरेको मानिन्छ । कसैले नियम कानुन बिपरित काम गरेर बदमासि गर्लान भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग खडा गरिएको हो । तर, ट्विटरको नियम नेपालको नियम कानुन भन्दा बाहिरको भएकोले अख्तियारको दायरा भित्र पर्दैन। तेसैले लोकमान कार्किले यदि ट्विटरमा बदमासि नै गरेको भए पनि कुनै कानुन भने लाग्दैन। तेसैले यो लेखको उद्देश्य कसैलाइ दोष लगाउनु भन्दा पनि यस्तो पनि हुन्छ भनेर सचेत बनाउनु मात्र हो ।
खासमा ट्विटर, फेसबुकमा फलोअर, लाइक आदि किनबेच हुने गर्छ। धेरै मानिसहरु यस्तै फलोअर र लाइक किनबेचलाइ ब्यबसाय नै बनाएर बसेका हुन्छन। यि वेबसाइटहरुले तेस्तो कार्यलाइ निरुत्साहित गरे पनि यस्तो कार्य रोक्न सजिलो छैन । लोकमान को एकाउन्टमा पनि तेस्तै खालको फलोअर किनबेचको कार्य भएको शंका गरिएको छ । यो शंकाका आधारहरु निम्न छन्:
- एकै दिनमा हजारौं लाइक पाउन कि त ठुलै सेलिब्रेटि हुनु पर्छ होइन भने कमसेकम पनि केहि अस्वाभाभिक अबस्था आएको हुनु पर्दछ । लोकमान खासै चिनिएका ब्यक्ति पनि होइनन र नेपालका सरकारि कर्मचारि बाहेक अरु कसिलाइ चासोका ब्यक्ति पनि होइनन ।
- नेपालिहरुमा उनि भन्दा बढि नाम चलेका र मन पराइएका धेरै मानिसहरु छन् ।
- भुकम्पको बेलामा धेरै राम्रो काम गरेको र धेरै नेपालिले सरहना गरेको नेपाल प्रहरिको फलोअर जम्मा ३२ हजार हुँदा लोकमानको दशौँ गुणा बढि ४०९ हजार रहेको छ ।
- लोकमानका फलोअर सबै जसो फेक अकाउन्ट रहेका छन् । प्राय फलोअरहरु प्रोफाइल फोटो समेत नराखेका, फलोअर नभएका, कुनै पोस्ट नभएका छन् ।
- एकै चोटि दसौं हजार फेक फलोअर झुक्किएर आउदैन । तेसैले यि फलोअर किनिएका हुने प्रबल सम्भावना छ ।
- अहिले प्रोफाइलमा ताल्चा लगाइएको छ। ताल्चा लगाएको एकाउन्टलाइ फलो गर्ने मानिस धेरै कम हुन्छन ।
- लोकमानले खासै ट्विट पनि गरेका छैनन् । जुलाइ ५ पछि एउटा मात्र ट्विट गरेका छन् भने RT र फेव एउटा पनि गरेका छैनन् ।

को हुन लोकमान सिंह कार्कि ?
भुपालमान सिंह कार्कि तथा दुर्गा कार्किको छोराको रुपमा बि. सं. २०१२ चैत्र २४ बिहिबार जन्मेका लोकमान सिंह कार्किले बि.सं. २०७० बैसाख २५ गतेदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तको कार्यभार सम्हालेका हुन । नेपालको अन्तरिम संबिधान, २०६३ बमोजिम संवैधानिक परिषदको सिफरिसमा राष्ट्रपतिले उहाँलाइ ६ बर्षको लागि प्रमुख आयुक्तमा नियुक्त गरिएको हो । यस हिसाबले उनको कार्यावधि अरु चार बर्ष बाँकि छ । संबैधानिक परिषदको सिफरिस सर्बदलिय सहमतिको आधारमा गरिएको थियो।
Continue reading