नेपालको पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीको परिचय

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा एमाले कि उपाध्यक्ष विद्यादेवी भण्डारी निर्वाचित भए पछि इतिहासमै पहिलो पटक नेपालले महिला राष्ट्रप्रमुख पाएको छ। व्यवस्थापिका संसद भवन, नयाँबानेश्वरमा कार्तिक ११ गते बुधबार भएको मतदानमा भण्डारीले नेपालि कांग्रेसका उम्मेदवार कुलबहादुर गुरुङलाइ पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएकि हुन्।

नेपालमा गणतन्त्र स्थापना भए पछि प्रथम राष्ट्रपतिमा तत्कालीन कांग्रेस नेता डा. रामवरण यादव चुनिएका थिए जसले मधेसी समुदायको प्रतिनिधित्व गर्छन ।

राष्ट्रपतिको निर्वाचन नेपालको संविधानको धारा २९७ को उपधारा (३) र अन्तरिम कार्यविधिको दफा २६ को उपदफा (२) बमोजिम भएको थियो। राष्ट्रपतिमा निर्वाचित भण्डारीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएर आफ्नो कार्यभार सम्हालेकि छिन । राष्ट्रपति निर्वाचित भएपछि भण्डारिले आफ्नो विजय सबै नेपालीको भएको र यो प्रक्रिया संगै संविधान लागु हुने क्रम पनि सुरु भएको बताएकि थिइन। उनले आँफु संसदबाट निर्वाचित भएको हुनाले सबै नेपालिहरुलाइ धन्यवाद पनि दिइन।

भिडियो परिचय:

विद्यादेवी भण्डारी को हुन ?

बिक्रम सम्बत २०१८ असार ५ गते भोजपुरको गुँरासेमा बुबा रामबहादुर पाण्डे र आमा मिथिला पाण्डेको कोखबाट जन्मेकि विद्यादेवी भण्डारी २०३५/३६ साल देखि राजनितिमा सक्रिय हुन थालेकि हुन । २०३७ सालमा तत्कालिन नेकपा मालेको सद्स्य भएकि थिइन । २०३९ सालमा मदन भण्डारिसँग बैवाहिक बन्धनमा बाँधिएकि भण्डारि बिवाह पश्चात केहि समय राजनितिमा निष्क्रिय भइन। तर, २०५० साल जेष्ठ ३ गते चितवनको दासढुंगामा भएको एक रहस्यमय जिप दुर्घटनामा उनका श्रिमान,  तात्कालिन मालेका महासचिव मदन भण्डारिको, मृत्यु भएपछि उनि सक्रिय राजनितिमा फर्किइन ।

 Continue reading

नेपालि उखान टुक्काहरुको आधुनिकिकरण

धेरै नेपालि उखान टुक्काहरु चोटिला र रमाइला छन् । कतिपय उखान अरुलाइ होच्याउने र जिस्क्याउने पाराका भए पनि धेरै जसो उखान टुक्काले हाम्रो भाषालाइ मिठो र चाखलाग्दो बनाएकोमा दुइमत छैन । आज यहाँ केहि चर्चित उखानहरुलाइ रिमिक्स गरेर प्रस्तुत गरिएको छ । यो पोष्टमा सन २०१२ मे ४ मा दश वटा रमाइला उखान पोस्ट गरिएको मा केहि थप उखान थपेर यसलाइ फेरि पोस्ट गरिएको हो ।

ukhan tukka 1

तपाइले अरु रिमिक्स गर्नु भएको छ वा सुन्नु भएको छ भने कमेन्टमा लेख्नु होला, उचित लागेमा तपाइको नाम सहित यहाँ अपडेट गरिने छ ।

नयाँ नेपाली उखान टुक्का….

  • १२ बर्ष रामायण पढ्यो लास्टमा क्रिस्चियन भयो । (१२ बर्ष रामायण पढायो सिता कसकि जोइ!)
  • जुन गोरुको को सिङ छैन तेस्को बिस्तारै पलाउछ । (जुन गोरुको सिंङ छैन, उस्कै नाम तिखे!)
  • भिर तिर जाने गोरुलाइ काँध थाप्न नसके पनि best of luck भन्न सकिन्छ । ( भिर तिर जाने गोरुलाइ राम राम भन्न सकिन्छ, काँध थाप्न सकिन्न)
  • रात भरि रुग्यो बिहान् भयो । (रात भरि रुग्यो बुढि त जिउँदै)
  • नाच्न जान्दैन गित पुरानो । (नाच्न जान्दैन आँगन टेढो)
  • हात्ति छिर्यो अर्को पट्टि निस्क्यो । (हात्ति छिर्यो पुच्छार अड्क्यो)
  • हात्ति आयो हात्ति आयो फर्केर गयो । (हात्ति आयो हात्ति आयो फुस्सा)
  • जुन जोगि आए पनि थैलि बोकेका । (जुन जोगि आए पनि कानै चिरिएका)
  • १८ बर्ष कुकुरको पुछर डुंग्रामा हाल्यो अनि बल्ल एडल्ट भयो । (१२  बर्ष कुकुरको पुछर डुंग्रामा हाले पनि बाँगो को बाँगै)
  • राजाको काम चारैतिर बदनाम (राजाको काम कहिले जाला घाम)
  • बादरको पुच्छर टाइ न इँजार (बाँदरको पुच्छार लौरो न हतियार)
  • तरुनि हुँदा सयवटा पोई,मर्ने बेला कोइ न कोइ ।
  • कलिवुडको जात्रा तिघ्राको व्यापार।
  • सित्तैमा पायो भट्टि रित्तै ।
  • के खोज्छस् नेता ? कुर्चि ।
  • घाँटी हेरि हाइनेक किन्नु ।
  • जोगिको घरमा हिप्पि पाहुना ।
  • एक पल्ट पक्राउ परेको चोर पोस्टम्यानलाई देख्दा पनि तर्सन्छ ।
  • बाहुन को टुप्पि एन्टेना न एरियल ।
  • खाइ न पाइ दौरामाथि टाइ ।
  • नपाउनेले काक्रो पायो चियामा चोबेर खायो ।
  • घिच्न जान्दैनन् पकाउनेलाई दोष ।

Incoming search terms:

  • उखान टुक्का
  • नेपाली उखान
  • नेपाली उखान टुक्काहरु
  • नेपाली उखान र अर्थ

रोटि – उज्वला महर्जनको कविता

युट्युबमा अपलोड भएको “कालि” शिर्षकको कविताको कारणले चर्चित भएकि कवियत्रि उज्वला महर्जनको अर्को “रोटि” शिर्षक को कविता प्रश्तुत छ| यो कवितामा हाम्रो समाजमा भएका राम्रो कुराको प्रशंशा नगर्ने तर नराम्रो कुराको गुनासो गरि रहने मानिसहरुलाइ लक्षित गरेर व्यंग्य गरिएको छ |

यो कविता उज्वलाको आफ्नै आवाजमा रेकर्ड गरिएको छ र यसलाइ निम्न भिडियो मा सुन्न सकिन्छ :

https://www.youtube.com/watch?v=PKQLxv0g3us

रोटि

मेरो रोटि फुलेन
मेरो रोटि फुलेन
फुल्यो त रोटि गोलो बनेन
बन्यो त रोटि नरम भएन
भयो त रोटि साइड साइडमा अलि पाकेन
हर दिन मेरो रोटि तपाइलाइ रोटि लागेन
धेरै दिनको प्रयास पछि
जव रोटि फुर्र तकिया झैं फुल्यो
पुर्णिमाको जुन बन्यो
दुइ औंलाले टुक्रिने कमलो मन बन्यो
र
मिडियम रेयर लाइ बिर्सेर वेल डन बन्यो
तब भने तपाइले केहि बोल्नुभएन
कि अब मेरो रोटि अब रोटि भएन
कि अब तरकारि तिर लाग्ने हो ?

ujjwala-maharjan-performing-her

उज्वलाको “कालि” यहाँ सुन्नुहोस :

आज विजयादशमी, टीकाको शुभसाइत १०: ५५ बजे

हरेक वर्ष आश्विन शुक्ल दशमिका दिन विजया दशमि पर्व मनाइन्छ । नेपालमा मनाइने सबै भन्दा ठुलो चाड विजयादशमिमा आश्विन शुक्ल प्रतिपदा, घटस्थापना का दिन घटस्थापना गरेर जमरा राखेर शुरु गरिन्छ । नौ दिन मनाइने यो पर्वलाइ नवरात्रि पनि भन्ने गरिन्छ । घटस्थापना देखि नवमिसम्म चण्डि (दुर्गा सप्तसति) पाठ गरेर नौ दुर्गा अवतारहरू महाकालि, महालक्ष्मि र महासरस्वति आदि देविको विशेष पुजा गरिन्छ ।

https://www.youtube.com/watch?v=5_e21fypVBQ

असत्य माथि सत्यको विजयको खुसियालिको रुपमा मनाइने विजयादशमीमा मान्यजनहरुबाट टिका र आर्शिवाद ग्रहण गरिन्छ ।

दसैँको बेला नयाँ लुगा किन्ने र लगाउने पुरानो चलन हो  । आफ्नो क्षमता अनुसारका मिठा खाने कुरा खाने, सरसफाइ र रङ्ग रोगन गर्ने पनि प्रचलन छ ।

यो बर्षको दशैँको साइत को बारेमा यस अघिनै पोस्ट गरिएको थियो.

तलको फोटो अघिल्लो वर्ष अभिनेत्रि करिश्मा मानन्धर ले अभिनेत्रि रेखा थापालाई टिका लगांदिदै:

दशैं टिकाको साइत बिहान १०:५५ मा

यहि कात्तिक ५ गते बिहिबार विजयादशमि को टिकाको लागि बिहान १०:५५ बजेको साइत उपयुक्त भएको नेपाल पञ्चांग निर्णायक समितिले जनाकेको छ । सामान्यतः दशैंको टिकाकोलागि साइत हेर्नु आबश्यक नपर्ने भए पनि साइत जुराएरै टिका लगाउनेको लागि यो साइत उपयुक्त हुने निर्णायक समितिले बताएको छ ।

https://www.youtube.com/watch?v=5_e21fypVBQ

तिथिको घटबढका कारण बिहिबारकै  दिन महानवमि पनि पर्न गएको हुनाले विजयादशमिको टिका महानवमिको कार्य सम्पन्न भएपछि मात्र गरिने हुनाले महानवमि पुजा बिहान १०:४५ बजे बिसर्जन गर्नु उपयुक्त हुने समितिले सरकारलाइ लेखेको एक पत्रमा उल्लेख गरिएको छ ।

बिजयद्शमिको दिन बिहान ११:०१ मा तुलजा भवानीको यात्रा गरेर ११:५५ मा स्थिराशनपछि खड्गयात्रा गर्नु उपयुक्त हुने बताइएको छ ।

फुलपाति को लागि कार्तिक ३ गते मंगलबार बिहान १०:५५ मा तुलजा भवानी यात्रा गरी ११:५३ बजे स्थिराशन गरिने छ ।

दशैँका उपयोगि पोस्ट हरु:

 Continue reading

गोरू नांगो देख्दा लाज नलागेका प्रधानमन्त्रि केपि ओलिका केहि डायलगहरु

हालै प्रधानमन्त्रिमा नियुक्त भएका केपि ओलिलाइ बोलिको गोलि हान्न खप्पिस नेता मानिन्छ । काम नगर्ने, बोल्न मात्र जान्ने भनेर आरोप लाउने पनि प्रशस्तै छन् । जसले जे भने पनि उनको उखान टुक्का मिश्रित भाषणले प्रभावित नहुने कमै छन्। आज तिनै नेताका उखान टुक्का प्रस्तुत गर्दैछु । उनको जिवनि (अडियो भिडियो सहित)  पढन मन लागेमा केहि समय अघि पोष्ट गरिएको थियो । यि मध्ये केहि उखान पहिले पनि पोस्ट गरिएका थिए ।

KP_Oli

  • गोरू नांगो देख्दा मलाई अहिलेसम्म लाज लागेको छैन ।
  • सरकारमा बस्ने एमालेको धर्म होइन । ब्राह्मणले बिहान उठेर तुलसीमा पानी हाल्छ, गायत्री मन्त्र जप्छ, शुक्रबार–शुक्रबार मुसलमान मस्जिद जान्छ, आइतबार क्रिस्चियन चर्चमा जान्छ भनेजस्तो एमाले सत्तामा जान्छ भन्ने पनि हुन्छ ? (लौ… यो पालि भएछ)
  • वनमाराको झाडीमा पीपलको बिरुवा छोपियो भनेर पीपल हरायो भन्न मिल्दैन । पीपल रुख बनेपछि वनमारा आफैं खुइलिएर जान्छ ।
  • कपाल काट्न सिक्ने भए कमाराका टाउकाबाट सिक्नु भन्ने उखान छ । कपाल भुत्ल्याइए कमाराको भुत्ल्याइन्छ, रौँ उखेलिए कमाराको उखेलिन्छ । दुखे कमारालाई दुख्छ । टाटेपाटे भए कमारो हुन्छ । तर, कपाल काट्न जानेपछि ठूलाबडाको टाउकामा काट्नु भनिएको छ । मलाई लाग्छ– हामीलाई कमाराको टाउको बनाएर प्रयोग गर्न खोजिएको छ ।
  • हात्ती दुब्लाएर बोरामा अट्दैन, मुसो मोटाएर हात्ती हुँदैन ।
  • छोराको तिघ्रा बढेपछि बाबुलाई अभिभावक होइन भन्न मिल्दैन । माओवादीलाई यहाँसम्म ल्याएको एमालेले हो ।
  • झुसिलेबाटै पुतली बन्ने भए पनि झुसिलेलाई पुतली भनिँदैन । झुसिले झुसिले हो, पुतली पुतली नै हो ।
  • संविधानसभामा वामपन्थीको दुई तिहाइ बुहमत भनेर त्यसै छाती पिट्दै हिँडेर हुन्छ ? आफ्नो खेतमा खडेरी परेको छ। त्यसमाथि त्यहीँ बाँदर पल्केको छ । काकाको खेतमा धान फल्यो भनेर खुसी हुने ?
  • म उपप्रधानमन्त्री बन्ने कुरै छैन । केपी ओलीले कुनै कक्षा दोर्होयाएर पढेन, पढ्दैन पनि।
  • एउटा झोला किन्दे भनेर कसैले भन्यो भने झोला किनिदिन सकिन्छ । त्यतिले पुगेन, एउटा हात्ती पनि किनिदे भन्ला । त्यो पनि किनिदिन सकिएला । ‘लौ अब त्यो हात्ती यो झोलामा हालिदे’ भनेर निहुँ खोज्यो भने के र्गने ?
  • म र्ककलोमाथि बन्चरो चलाउन चाहन्नँ ।
  • माओवादीको नेतृत्वमा सरकार बनाउन साथ दियौं । सल्लाह गरेर काम गर्न सुझाव दियौं । नउफ्री, नढल, नकुद्, भन्दाभन्दै मानेन । आफ्नै खुट्टामा अल्झेर लड्यो । ८. झापामै बस्ने जनता चुप छन्, कञ्चनपुरबाट जितेको प्रतिनिधि चुप लागेर बसेको छ । अन्तैबाट कोही आउँछ र ‘झापा त छाडदै छाड्दिनँ, कञ्चनपुर त छाड्दै छाड्दिनँ’ भन्छ ।
  • खहरे आएका वेला ढुंगामुढा सबै बगाउँछ । खहरेको प्रभावमा परेर गरेको निर्णय गलत लाग्यो भने जनताले सच्याउँछन् । यो ‘जनकरेक्सन’ हो ।
  • बिहान सहमति हुन्छ, दिउँसो ‘सहमति भएकै छैन’ भन्नेलाई कुन डाक्टरले उपचार गर्ने ? के दबाई खुवाउने ? संविधान रोक्न बाहिर कता सिन्को, त्यान्द्रो भेटिन्छ त्यसलाई मिलाएर मोर्चा बनाइएको छ ।
  • संविधान बनाऔँ भन्दा केही साथीहरू उत्तेजनामा आउँछन्, उनीहरूलाई ज्वरो बढ्छ । उत्तेजित नहुनुस्, धेरै गाह्रो भए सिटामोल खानुस्, पानीपट्टी लगाउनुस् । 
  • दुई माना दूध उम्लेर एक पाथी जाने डेक्ची भरिएजस्तै हो माओवादी, दुई मानालाई एक पाथीको भ्रम परेको छ ।
  • सिनेमामा हिरोले हिरोइनलाई अँगालो हाल्छ, काखी च्याप्छ, हिरोइन आँसु झार्छे, एक अर्कालाई केही भयो भने पुर्पुरोमा हात राखेर रुन्छन्, जब सिनेमा सकियो केको लभ पर्नु  हिरो एकातिर, हिरोइन अर्कै्तिर । हामीले जति राम्रो बनाउन खोजे पनि एमाले माओवादीको सम्बन्ध त्यस्तै भयो ।
  • झुम्रा, कागज र अरू मटेरियल त पहिल्यै थिए, तर ती पहिल्यै थिए भनेर मैले पुतली बनाएँ भन्न मिल्दैन । जसले सबै मटेरियललाई मिलाएर पुतली बनाउन सिकायो, त्यो उसैले बनाएको भन्नुपर्छ ।
  • हावा भरिएको बेलुनजस्तो आकार मात्र ठूलो भएर हुँदैन, तौल पनि चाहिन्छ । रुक्मांगद नामको छेस्कोले के घोचेको थियो फ्यास्स हावा खुस्कियो ।  माओवादी छाते च्याउ मात्रै हो, भदौको ठूलो थोप्ला पानीले नै ठेगान लगाउँछ ।

नेपालका ३८ औं प्रधानमन्त्रि केपि ओलिको परिचय

खडग प्रसाद ओलि अर्थात केपि ओलि  वि.सं. २००८ साल फागुन ११ गते तेह्रथुम जिल्लाको इवा गाउँमा जन्मेका हुन । उनि बाबु मोहन प्रसाद र आमा मधुमायाका जेठा छोरा हुन । चार बर्षको सानै उमेरमा ठेउलाले आमालाइ लागे पछि केपिलाइ उनकि हजुरआमा राममायाले हुर्काएकि हुन । बच्चा बेलामा नाम ध्रुब भए पनि स्कुल भर्ना गर्ने बेलामा उनका बाबुले खड्ग प्रसाद नाम राखिदिएका थिए। उनले पाँच कक्षा सम्म प्रणामि निम्न माध्यमिक स्कुलमा पढेका थिए ।

भिडियो परिचय:

१४ बर्षमा नै, वि.सं. २०२२ सालमा, कम्युनिष्ट राजनीतिमा होमिएका ओलीले नेपाल कम्युनिष्ट पार्टीको सदस्यता भने २०२६ सालमा लिएका थिए । उनी २०२८ सालमा भएको झापा आन्दोलनको नेतृत्व गर्ने नेता मध्येका एक हुन् ।

केपिले यहि सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक विशेष समारोहमा राष्ट्रपति डा. रामबरण यादव मार्फत प्रधानमन्त्रि पदको शपथ लिएका हुन्। ओलिले देउताको सट्टा देश र जनताका नाममा शपथ ग्रहण गरेका छन्।

kp oli

केपिले २०४८ साल, २०५१ र २०५६ को आम निर्वाचनमा झापा जिल्ला क्षेत्र नं ६ बाट प्रतिनिधि सभामा निर्वाचन जितेका थिए भने ओलिले पहिलो संविधानसभामा भने झापा ७ बाट पराजित भएका थिए । संविधानसभाको २०७० सालको दोश्रो निर्वाचनमा उनि झापा क्षेत्र नं ७ बाट नै नेकपा एमालेको तर्फबाट निर्वाचित भएका हुन् ।

 Continue reading

Incoming search terms:

  • केपि ओलि

५ नेपालि अभिनेत्रि, गाउन मनपराउँने

नेपाली सिने क्षेत्रमा जम्नको लागि अभिनेत्रिहरुले अभिनय र  नृत्य गर्न जान्नु पर्ने पहिलो शर्त हो । त्यस्को साथ साथै अन्य  कलाका बिधामा पनि पारंगत हुनु राम्रो मानिन्छ । तेसैले होला प्राय: अभिनेत्रिहरु गाउन पनि थालेका छन । गाउने रहर भएका यि अभिनेत्रिहरु माध्ये केहिले त गिति गाएर म्युजिक भिडियो पनि बनाएका छन् । आज हामि तेस्तै अभिनेत्रिहरुको चर्चा गर्ने छौं जस्ले गायक भएर गित वा अल्बम नै रिलिज गरिसकेका छन् । आज हामि अभिनेत्रिहरु नम्रता श्रेष्ठ, प्रियंका कार्की, रेखा थापा, र निरुता सिंह गायकिय क्षमताको चर्चा गर्नेछौं ।

भिडियो रिपोर्ट

रेखा थापा

अभिनेत्रि रेखा थापा नेपालि फिल्म क्षेत्रमा एक नंबर अभिनेत्रिको रुपमा लामो समय सम्म राज गरेकि अभिनेत्रि हुन । उनले “समिक्षा” नाम गरेको एक एल्बमको “जिन्दगीको लामो यात्रा ..” बोलको एउटा  गितमा आवाज दिएकि छिन् ।  उक्त गितमा रेखालाइ नृत्य निर्देशक शकंर बिसीले साथ दिएका छन्। त्यसको साथै उनले “अजम्बरि नाता”को एउटा गितमा पनि आवाज् दिएकि थिइन ।

rekha thapa smile 2

रेखाले अन्तर्वार्ताहरुमा आफ्ना फिल्मका गितहरु पनि आफ्नो स्वरमा गाएर सुनाउने गरेकि छिन।

प्रियंका कार्की

उत्क्रिष्ट अभिनय गर्ने अभिनेत्रिको रुपमा परिचित प्रियंका कार्कीले पनि हालै एक गित को म्युजिक भिडियो रिलिज गरेकि छिन् । बच्चु कैलाशको सदाबहार गित “तिमीले त हैन…”  बोलको गितलाइ उनले गाएको गितले राम्रै रेस्पोन्स पाएको छ । प्रियंका अभिनेत्रि बन्नु भन्दा पहिले, स्कुले जिवनमा, नृत्य का साथ साथै गित पनि गाउने गर्थिन रे। तर एसएलसि दिए पछि उनले अभिनयलाइ नै पहिलो प्रथमिकतामा राखेर अघि बढिन । अव्, उनले आफ्नो गायनलाइ पनि संगै लिएर जाने सोच लिएको बुझ्न सकिन्छ ।

priyanka-karki-summer-love-unveiling3

नम्रता श्रेष्ठ

नेपालि सिने क्षेत्रकि अर्कि उत्क्रिष्ट अभिनेत्री नम्रता श्रेष्ठले पनि गायिका हुने रहर गरेकि छिन् । उनले आँफैले निर्माण गरेको पहिलो चलचित्र “सोल सिस्टर”को एउटा गित गाएउनुको साथै कन्सर्ट्मा लाइभ पनि गाएकि थिइन ।

priyanka karki and namrarata shrestha hot dress

निरुता सिंह

आजकाल नाम त्यति नसुनिने अभिनेत्रि निरुता सिंह आफ्नो जमानाकि माथिल्लो दर्जाकि अभिनेत्रि हुन । केहि वर्ष अघि त्निरुताले गाएको गित चर्चित भएको थियो । अरु अभिनेत्रिहरु जस्तै अभिनयमा सफल भए पछि निरुताले पनि गित गाएकि थिइन । उनले गाएको “छाडि जाने मायालुलाई …”  बोलको गितमा उषा खड्गि ले अभिनय गरेकि छिन ।

niruta singh

अनु शाह

अर्कि उदियमान अभिनेत्रि अनु शाहले पनि मोडलिङ, अभिनय हुँदै गायिका हुने पनि जमर्को गरेकि छिन । संगितकार चेतन सापकोटाको सहयोगमा अनुले चलचित्र “सकस”को लागि एउटा गित गाएकी छिन् । “खुशि नै छ खुशि …” बोलको उक्त गित भने अहिले सम्म बजारमा आइ नसकेको हुनाले अनुको आवाज कस्तो छ भन्न नसकिने अबस्था छ ।

anu shah