नेपालका ३८ औं प्रधानमन्त्रि केपि ओलिको परिचय

खडग प्रसाद ओलि अर्थात केपि ओलि  वि.सं. २००८ साल फागुन ११ गते तेह्रथुम जिल्लाको इवा गाउँमा जन्मेका हुन । उनि बाबु मोहन प्रसाद र आमा मधुमायाका जेठा छोरा हुन । चार बर्षको सानै उमेरमा ठेउलाले आमालाइ लागे पछि केपिलाइ उनकि हजुरआमा राममायाले हुर्काएकि हुन । बच्चा बेलामा नाम ध्रुब भए पनि स्कुल भर्ना गर्ने बेलामा उनका बाबुले खड्ग प्रसाद नाम राखिदिएका थिए। उनले पाँच कक्षा सम्म प्रणामि निम्न माध्यमिक स्कुलमा पढेका थिए ।

भिडियो परिचय:

१४ बर्षमा नै, वि.सं. २०२२ सालमा, कम्युनिष्ट राजनीतिमा होमिएका ओलीले नेपाल कम्युनिष्ट पार्टीको सदस्यता भने २०२६ सालमा लिएका थिए । उनी २०२८ सालमा भएको झापा आन्दोलनको नेतृत्व गर्ने नेता मध्येका एक हुन् ।

केपिले यहि सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक विशेष समारोहमा राष्ट्रपति डा. रामबरण यादव मार्फत प्रधानमन्त्रि पदको शपथ लिएका हुन्। ओलिले देउताको सट्टा देश र जनताका नाममा शपथ ग्रहण गरेका छन्।

kp oli

केपिले २०४८ साल, २०५१ र २०५६ को आम निर्वाचनमा झापा जिल्ला क्षेत्र नं ६ बाट प्रतिनिधि सभामा निर्वाचन जितेका थिए भने ओलिले पहिलो संविधानसभामा भने झापा ७ बाट पराजित भएका थिए । संविधानसभाको २०७० सालको दोश्रो निर्वाचनमा उनि झापा क्षेत्र नं ७ बाट नै नेकपा एमालेको तर्फबाट निर्वाचित भएका हुन् ।

 Continue reading

Incoming search terms:

  • केपि ओलि