नेपालका दोश्रा उपराष्ट्रपतिमा नेकपा एमाओबादि नेता नन्दकिशोर पुन निर्वाचित भएका छन् । प्रस्तुत छ, पासाङ नामले चिनिने पुनको छोटो जिवनि:
- नाम – नन्दकिशोर पुन
- उपनाम – पासाङ
- जन्म – २०२२ कात्तीक ७
- पिता – रामसुर पुन
- आमा – मनसरा पुन
- जन्मस्थान – रोल्पाको राङ्सी–९ भन्भने
नन्दकिशोर पुनको बारेमा छोटो भिडियो:
पाँच भाइमध्ये माइला नन्दकिशोर पढाइलेखाइमा खासै ध्यान दिदैनथे । तर उनको नेतृत्व क्षमता भने सानैदेखि नै देखिएको थियो। तिन कक्षामा नै उनि स्कुलको ‘मनिटर’ चुनिएका थिए। पढाइलेखाइमा खासै ध्यान नदिने भनिएका नन्दकिशोर पुनले त्रिभुवन विश्वविद्यालयबाट राजनिति शास्त्रमा एमए गरेका छन्। उनि कुशल सैन्य प्रशिक्षक र पार्टि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दाहिने हात जस्तै हुन ।
राजनितिको साथ साथै पुन गायन र संगितमा दख्खल राख्छन । उनले धेरै क्रान्तिकारि धारका गीतहरु पनि लेखेका छन् ।