नोट –> यो बिषयमा अंग्रेजि भाषामा यस अघि नै गरिएको पोस्ट मा अरु धेरै फोटाहरु पोस्ट गरिएका थिए.
विश्वभर पश्चिम संस्कृतिको प्रभाव तिव्र गतिमा फैलीरहेको देखिन्छ । टेलिभिजन र इन्टरनेटको सहज पहुँच संगै यि चाल चलनले नेपालि समाजमा जरा गाढन सफल भएको हो । यस अघि क्रिष्मस र भ्यालेनटाइन डे ले राम्रै प्रभाव पारेकोमा अब क्रिष्चियन पर्व हलोइनले पनि प्रभाव जमाउन सफल भएको छ ।
नेपालमा मनाइने गाइजात्रा जस्तै यो पर्वमा क्रिश्चियनहरुले आफ्ना परिवारका दिवंगत सदस्यहरुको सम्झनामा बिभिन्न भुतका पहिरनहरु लगाएर सहर परिक्रमा गर्ने गर्दछन् र नेपालमा मनाइने देउसि भैलो जस्तै घर घरमा गएर “ट्रिक अर ट्रिक” अर्थात चक्लेट र क्यान्डि माग्ने गर्दछन् । प्रत्येक बर्ष अक्टोबर ३१ का दिन मनाईने यस पर्वमा भुत र सैतानको स्वरुपमा हाँसि मजाक गर्ने र त्यस्तै विषयका डरलाग्दा चलचित्रहरु पनि हेर्ने गरिन्छ ।
नेपालमा सर्बसाधारणको साथ साथै यो वर्ष नेपालि कलाकार हरुले पनि यो बर्षको हलोइन यसरि मनाए :
अभिनेत्रिहरु केकि अधिकारि, बेनिशा हमाल र रिमा बिस्वकर्माले हलोइन मनाउदै गर्दाको फोटो फेसबुकमा शेयर गरेका छन् भने, केहि महिना अघि भारतीय व्यवसायी प्रसुन झुनझुनवालासँग वैवाहिक सम्बन्धमा गाँसीएका नायिका हर्षिकाले पनि यो पर्वमा रमाईलो गरिन् । तेस्तै अमेरिका भ्रमणमा रहेका राजेश हमालले अभिनेत्रि जल शाहको घरमा हलोइन मनाए । अभिनेता र निर्देशक दिनेश डिसि ले पनि “फेसन पुलिस”को कस्ट्युमलगाएर हलोइन मनाएका थिए । यि सबै फोटाहरु माथिको भिडियोमा र यो पोस्टमा राखिएका छन् ।
यहाँ सर्बसाधारण ले मनाएका हलोइनका फोटो प्रस्तुत छन् :