मिस अर्थमा भाग लिइ रहेकि मिस अर्थ इण्डिया आइतल खोसलाले आफ्नो प्रमोसन भिडियोमा नेपालका द्र्श्यहरु देखाएर भारतको सुन्दरताको बखान गरेकि छिन । नेपालका हिमाल, पहाड र सडकका दृश्य समेटिएको सो भिडियोलाइ पहिले हेराइमा नै यो भारत नभएर नेपाल भएको प्रष्ट हुन्छ । एक दृश्यमा, नेपालको ट्राफिक प्रहरि, सडकमा नेपालि नम्बर प्लेट भएका गाडि र नेपालि साइनबोर्ड प्रष्ट देखिएको छ ।
भिडियो रिपोर्ट:
सो भिडियोमा राखिएका नेपालाका भिडियो क्लिप पनि खोसलाले स्वयं खिचेको नभइ अनलाइनमा फेला परेको भिडियो प्रयोग गरेको पुष्टि भएको छ । सो भिडियो टेटन ग्र्याभिडि रिसर्चका एरियल सिनेमा एक्स्पर्टले बनाएको र करिव नौ महिना पहिले भिमियो भिडियो होस्टिंग साइटमा अपलोड गरेको पत्ता लागेको छ । काठमान्डुबाट हेलिकप्टरमा उडेर खिचिएको सो भिडियोमा सगरमाथा, आमा दबलम र लोत्सेको भिडियो पनि समावेश गरिएको छ ।
मिस अर्थको अफिसियल च्यानलमा अपलोड गरिएको खोसलाको सो भिडियोमा कसैलाइ क्रेडिट दिइएको छैन र ब्याकग्राउन्डमा खोसलाले भारतको सुन्दरता र बातावरण बचाउको चुनौतिको बारेमा चर्चा गर्दै गर्दा काठामाण्डुको सडक देखाइएको छ ।
सो भिडियो को बिरोधमा फेसबुकमा, युट्युबमा र अन्य अनलाइन प्लेटफर्ममा बिरोध शुरु भए पछि मिस अर्थले अहिले सो भिडियोलाइ मेटाइ सकेको भए पनि अन्य विभिन्न व्यक्तिहरुले त्यो भिडियो अपलोड गरेको हुनाले हेरेर भारतिय सुन्दरिको बदमासिको बारेमा थाहा पाउन सकिन्छ ।
यो बर्ष मिस अर्थमा नेपालको तर्फबाट दिब्यता बैध्यले भाग लिएकि छिन । दिब्यताको प्रमोसन भिडियो होम स्टे भिलेज कम्युनिटिको कथा लाइ आधार बनाएर तयार गरिएको छ।
भिडियो हेर्नुहोस: