इच्छा, बालकृष्ण समको कविता

आज, म नाट्य शिरोमणि बालकृष्ण समको इच्छा  कविता प्रस्तुत गर्दै छु । देश प्रेमको बेजोड नमुना यो कवितामा समले आफ्नो अन्तिम समयसम्म नेपालमा नै रहने इच्छा ब्यक्त गर्नुका साथ साथै अर्को जन्ममा पनि नेपालिहरु नै जन्मने भु-भागमा जन्मने इच्छा ब्यक्त गरेका छन् ।

यस् अघि लेखनाथ पौड्यालको कविता कालमहिमा र सिद्धिचरण श्रेष्ठको कविता ओखलढुंगा पनि पोष्ट भएका छन् ।

इच्छा – नाट्य शिरोमणि बालकृष्ण सम

इच्छा यो छ महेश, अन्तिम जसै यो मृत्युसैया जलि
मेरो रक्त सुकाउला म गरुँला अन्योल भै छट्पटि
त्यो बेला मुखमा बुटिहरु परुन् नेपालकै केवल
जे-जेमा हिमशैलको छ मधुरो मिठो चिसो चुम्बन ।१।

यो नेपाल स्वतन्त्र भै फुलिरहोस्, राजाप्रजामा सधैँ
झाँगी फैलिरहोस् बढेर लहरा यै शान्ति ऐर्श्वर्यको
यो सन्देश म ब्रहृमनाल तकिया पारि पठाउँ वहाँ
साक्षि शङ्कर छन् श्मसानपछिका आशा रहेका जहाँ ।२।

बज्ला मन्दिरमा “तथास्तु” जब यो घण्टा दिदै उत्तर
हाँस्तै शान्त भइ उहि समयमा नेपाल हेरि मरुँ ।
मेरो लाश पवित्र चन्दन घसोस्, कात्रो मलाई बनोस्
नेपालि सुकुमार हातहरुले खस्रा बुनेका लुगा ।३।

नेपालि वनका कपुर तुलसि श्रिखण्डका साथमा
प्यारो सुन्दर आर्यघाट तटको साझा चितामा जलुँ,
पाउँ बस्न मरेर आखिर गई स्वर्गिय त्यै ठाउँमा
मानेपालिहरु छन् मरिकन सबै जन्मिरहेका जहाँ ।४।

कविता सुन्नुहोस:

https://www.youtube.com/watch?v=9r-d8udlXxA

 Continue reading