मिस स्पेनले मिस वर्ल्ड जितिन, मिस नेपाल इभाना रित्तै फर्किन

यस् बर्षको मिस वर्ल्डको टाइटल  स्पेनकि सुन्दरिले  जितेकि छिन भने फर्स्ट रनर अप मिस रसिया भएकि छिन । तेस्तै, सेकेण्ड रनर अप मिस मिस इन्डोनेशिया भएकि छिन ।  एक सय तेह्र देशका सुन्दरिहरुले प्रतिस्पर्धा गरेको मिस वर्ल्डमा मुख्य टाइटल बाहेक अनेक सब टाइटलमा पनि प्रतिस्पर्धा भएका थिए । तर, मिस नेपाल इभाना मानन्धरले भने कुनै टाइटल नजिते पनि नेपालको प्रतिनिधित्व गरेर “बिश्व सामु नेपाललाइ चिनाउने प्रयास गरेको” भन्दै फर्किइन ।

भिडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=fPNWoGVJjTI

चीनको दक्षिणी शहर सान्यामा सम्पन्न ‘मिस वर्ल्ड प्रतियोगिता’को फाइनलमा ‘मिस नेपाल’ इभाना मानन्धरले ‘जाउँ जाउँ रेलैमा’ बोलको गीतमा नृत्य गरेकी थिइंन् । नेपाली परम्परा पोशाकमा सजिएकि इभानाले सो अबसरमा बिश्वसामु नेपालीपनको झल्को दिएकि थिइन् । प्रतियोगिताको ‘डान्सेज अफ द वर्ल्ड’ मा सहभागी विभिन्न देशका सुन्दरीहरुले नृत्य गरेका थिए ।

 Continue reading