जुंगे दिपाश्रि निरौलाले कस्तो नृत्य गरिन त डि सिने अवार्डमा? (भिडियो)

हास्यकलाकार दिपाश्री निरौला मंगलबार आयोजित सातौं डि सिने अवार्डमा अलि बेग्लै पाराले प्रस्तुत भइन । प्राय:  संधै आफ्नो कमेडि पार्टनर दिपकराज गिरिसँग स्टेज शेयर गरेर हँसाउने दिपा सो कार्यक्रममा भने पुरुषको भेषमा भिभिन्न चर्चित अभिनेताहरुको गितमा नाचेकि थिइन ।

डि सिने अवार्ड जित्ने सबै फिल्म र कलाकारहरुको सुचि अंग्रेजि ब्लगमा छ।

भिडियो रिपोर्ट

https://www.youtube.com/watch?v=XTenbYgnVN0

युवकको भेषमा ओथामाथि जुंगा राखेर स्टेजमा प्रस्तुत भएकि दिपालाइ देखेर दर्शक अचम्मित र प्रफुलित भएका थिए । उनले  पहिलो गित अभिनेता भुवन केसिमाथि फिल्मिएको  ‘कुसुमे रुमाल’ को  ‘मायाको बारिमा प्रितिको फुल’ मा नाचिन । उनले भुवनले जस्तो ननाचेर गायक उदित नारायण झाको जस्तो पारा ल्याएकि थिइन उनको पहिलो नृत्यमा ।

उनको दोश्रो गित पनि भुवनकै थियो – ‘करोडपति’ फिल्मको ‘ठुला ठुला घर छैन, मर्जिडिज कार छैन’ बोलको गितमा । सो गितमा नाच्दा उनले ज्याकेट खोलेर भुवन केसिको छनक दिएकि थिइन ।

त्यस पछिको पालो राजेश हमालको थियो ।  ‘हे दुश्मनको लागि यो हात फलाम हो’ भन्दै राजेश हमालको क्यारिकेचर गर्दै उनले, ‘बाँझो खेतमा …. ’ गितमा नाचिन।

त्यसपछि शिव श्रेष्ठ बन्न उनले गेटअप परिवर्तन गरिन र ‘चिनो’को मोहनी लाग्ला है गितमा नृत्य गरिन ।

त्यसपछि पालो थियो, दिलिप रायमाझीको । वेस्टकोट लगाएर दिपाश्रिले दिलिपको पारामा नाचिन ‘माया नै माया छ तिम्रो नाउँमा’ बोलको गितमा ।

अन्त्यमा, दिपाश्रिले उनको आफ्नै फिल्म ‘वडा नम्बर छ’ को ‘सुर्के थैलि’ गितमा अभिनेत्रि  रिश्ता बस्नेतलाई जोडि बनाएर नाचिन । फिल्ममा सो गितमा उनिमाथि नै फिल्माइएको थियो, महिलाकै रुपमा ।  डि सिने अवार्डको स्टेजमा नाच्दा भने उनले  शिरमा ढाका टोपी पनि लागाएकि थिइन । नाच सकिने बेलामा दिपाश्रिले रिश्तालाई चुम्बन गरे पछि रिस्ताले अचम्मको भाव देखाउँदा दर्शकहरु मज्जाले हाँसेका थिए ।

दिपाको सो फरक शैलिको नृत्यले दर्शकहरुलाइ रमाइलो प्रदान गर्नु को साथै कार्यक्रमको रौनक नै बढाएको थियो ।

dreepa-shree niraula kisses rista basnet dcine award