प्रधानमन्त्रि निवास बालुवाटारमा फुलै फूलको मौसम; ओलिले निरोलाइ फिक्का पारेको आरोप

पौष १३ गते सोमबार प्रधानमन्त्रि निवास बालुवाटार फिल्ममय बनेको थियो । कार्यक्रम थियो, निर्देशक दिनेश  डिसिको होम प्रोडक्सन फिल्म ‘फुलै फुलको मौसम तिमिलाइ’ को श्रव्य तथा दृश्य सामाग्रिको लोकार्पण । प्रधानमन्त्रि केपि शर्मा ओलिको हातबाट, उनकै सरकारि निवासमा कुनै फिल्मको श्रव्य तथा दृश्य सार्वजनिक गरिएको यो नै पहिलो अवसर थियो। (Report In English)

भिडियो रिपोर्ट

https://www.youtube.com/watch?v=rkjVTam0pYw

यहि फागुन २१ गतेदेखि देशभरबाट प्रदर्शनमा आउने फिल्म ‘फुलै फुलको मौसम तिमिलाइ’ को टाइटल गितको भिडियो हेरेपछि प्रधानमन्त्रि ओलिले आफु फिल्मको प्रमोबाट प्रभावित भएको भन्दै फिल्मका दश वटा टिकट किन्ने भनेका पनि थिए ।

 Continue reading

भुपि शेरचनको अप्रकाशित कविता र भुपि परिचय

म एक्लै छु कविता सुन्नुहोस :

https://www.youtube.com/watch?v=AkI6bzud5ek

नेपालि आधुनिक कवि भुपि शेरचन को थिए?

वास्तविक नाम भुपेन्द्रमान शेरचन भएका कवि भुपिको जन्म वि.स. १९९२ (१४ मे १९३७) मा मुस्ताङ जिल्लाको थाक टुकुचेमा भएको थियो । उनि छ बर्षको हुँदा उनकि आमाको मृत्यु भएको हुनाले मातृ वात्सल्यको बिषयमा भुपि अत्यन्त सवेदनशिल थिए भनिन्छ। उनको अल्पायुमा नै निधन भएको थियो, वि.स. २०४६ साल जेठ १ गते ।

भुपिले बनारसमा बि.ए. सम्मको अध्ययन सम्पन्न् गरेका थिए । भुपिले नेपाल कमन्युस्ट पार्टि निकट रहेर राजनिति गर्नुका साथै जिविकोपार्जनको लागि वि.स. २०१८ देखि ठेकेदारि पेशा अंगालेका थिए । उनले गरेका दुइ विवाह मध्ये २०२५ सालमा गरेको दोश्रो विवाह अन्तर्जातिय विवाह थियो। उनि वि.स. २०१८ सालमा नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानका सदस्य भएका थिए । भुपिलाइ २०४२ सालमा गोरखा दक्षिणबाहु दोस्रो पनि प्रदान गरिएको थियो ।

 Continue reading